Daily Archives 8th December 2017

५७ स्थानको मत परिणाम

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा १७ र प्रदेश सभामा २९ स्थानमा विजय हासिल गरिसकेका छन्। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्। हेर्नुहोस् कसले कहाँ जिते र कसको कहाँ अग्रता छ सूचीसहित प्रतिनिधि सभामा विजयी हुनेहरू नेकपा एमाले म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)- मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले) मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत बझाङ -भैरवबहादुर सिंह(एमाले)
More

एनआरएन प्रमुख संरक्षकमा डा. उपेन्द्र महतो मनोनित, को को परे सल्लाहाकार?

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको प्रमुख संरक्षकमा डा. उपेन्द्र महतो मनोनयन भएका छन् । संघको शुक्रवार बसेको बैठकले संस्थापक अध्यक्ष समेत रहेका महतोलाई सो पदमा मनोनयन गरेको हो । यसअघि सो पदका लागि निर्वतमान अध्यक्ष शेष घले समेत आकांक्षी थिए । बैठकले ११ जना हल्लाहाकार, कार्यसमितिको सदस्यमा मनोनय र ५१ जना रहेको अडिनरी काउन्सिल’ सदस्यमा मनोनयन गरिएको छ । संघको ११ सदस्यीय बिषयगत सल्लाहकार समितिमा युकेबाट माओवादी केन्द्र निकट सुरेन्द्र श्रेष्ठ र एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व प्रवक्ता डा. हेमराज शर्मा छन् । यस्तै नवनिर्वाचित सांसद डा. सूर्य पाठक, हरिवोल भण्डारी (अमेरिका), एफएनसीसीआई अध्यक्ष भवानी राणा, पत्रकार
More

बागलुङ प्रदेशसभामा राष्ट्रिय जनमोर्चा विजयी

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (ख) मा साझा वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको छ । घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जित शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको छ । बाँकी दुई प्रतिनिधिसभा र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि साझा वाम उम्मेदवारले फराकिलो मतसहित अग्रता हासिल गरेका छन् । सबै क्षेत्रको अन्तिम मत परिणाम भोलि बिहानसम्म आइसक्ने जनाइएको छ । जिल्लामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए । काँग्रेसले भने एक्लै चुनाव लडेको थियो । –––
More

प्रधानमन्त्रीसँग इयु टोलीको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली सांसदका टोलीले आज भेटवार्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ भएको भेटमा नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । भेटका क्रममा टोलीका सांसदहरुले नेपालमा निर्वाचन सफलरुपमा सम्पन्न गराएकामा प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए । प्रधानमन्त्री देउवाले इयुको टोलीले गरेको निर्वाचन पर्यवेक्षणका लागि धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । सांसद निना गिल सहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो ।
More

सिरहा १ र २ मा काँग्रेसको अग्रता

लहान । प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ र २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ भने ३ र ४ मा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ मा काँग्रेसका प्रदीप गिरीले ५०४ मत ल्याएर अग्रता लिनुभएको छ भने वाम गठबन्धनबाट नेकपा (एमाले) का गंगाप्रसाद यादवले २९९ मत ल्याउनुभएको छ । क्षेत्र नं २ मा काँग्रेसका रामचन्द्र यादवले ७०८ मत ल्याएर अग्रता लिनुभएको छ भने वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेशचन्द्र दास यादवले ३४४ मत ल्याउनुभएको छ । क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले एक हजार २५३ मत ल्याएर अग्रता लिनुभएको छ भने
More

बाग्लुङ-१ मा एमालेका सूर्य पाठक विजयी, कांग्रेस १३ हजार ४१ मतको अन्तरले पराजित

बहालवाला राज्यमन्त्रीलाई हराउदै बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ साझा बाम उम्मेदवार नेकपा एमालेका युवा नेता डा. सुर्य पाठक फराकिलो अन्तरले विजयी भएका छन् । उनले ३३ हजार ६ सय ५७ मत लिएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनको प्रतिद्धन्द्धी नेपाली काग्रेसका चम्फादेवी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन । वहालवाला राज्यमन्त्री खड्का संगको मत्तान्तर १३ हजार ४१ रहेको छ । विजयी पाठक २०७० काे निर्वाचनमा साविक क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७० मा विजयी अाफ्ना पति हरिबहादुर खड्काकाे निधनपछि बागलुङ एकमा भएको उपनिर्वाचनबाट सभासद भएकी थिइन । खड्का हाल
More

काठमाडौँ २ र ४ मा एमाले, १ मा काँग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिनुभयो । विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहनुभएको छ । नेकपा (माओवादी केन्द्र) उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गर्नुभएको छ । क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा
More

बाजुरा प्रदेश निर्वाचन क्षेत्र १ मा वाम गठबन्धन विजयी

बाजुरा। बाजुरा प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) जिल्ला कमिटी सचिव बलदेव रेग्मीले नौ हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । वाम गठबन्धनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनकराज गिरीले आठ हजार ३११ मत ल्याउनुभएको थियो । बलदेव रेग्मीले एक हजार ५२९ मतले काँग्रेस गिरीलाई पराजित गरेका हुन् । प्रदेश सभाको लागि निर्वाचन क्षेत्र २ भए पनि प्रतिनिधिसभामा भने एक निर्वाचन क्षेत्र रहेको छ । प्रदेशसभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही र वाम गठबन्धनका प्रकाशबहादुर शाहको कडा प्रतिस्पर्धा भइरहेको पाइएको छ ।
More

लिभरपुलमा सम्झिए नारायण गोपाल

लण्डन । सबैको ध्यान नेपालमा भैरहेको निर्वाचन तिर भैरहेको वेला वेलायतस्थित लिभरपुलमा रहेको नेपाली समूदायले भने स्वरसम्राट नारायण गोपाललाई सम्झिन भ्याए । लिभरपुल नेपाली समाज बेलायतलेमंगलवार आयोजना गरेको कार्यक्रममा नारायण गोपालका कालझै गीत प्रस्तुत गरियो । कार्यक्रममा गायक उज्वल भण्डारीले स्वरसम्राट नारायण गोपालका सुमधुर गीतहरु गायर मनोरन्जन दिलाए । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रम निकैनै रोमाञ्चक रहेको र साच्चि नै नारायण गोपालको सम्मान भएको उपस्थित सहभागीहरुले बताए। कार्यक्रमका संयोजक शिवराज पन्तले कार्यक्रमबाट संकलित रकम लिभरपुल नेपाली समाजका अन्य संगित गतिविधिमा प्रयोग गरिने जानकारी दिए। समाजका अध्यक्ष डा. शम्भु आचार्यले नारायण गोपालले नेपालको सांगित क्षेत्रमा गरेको
More

गोरखा १ मा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धन अगाडि

गोरख । गोरखा १ मा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धन र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मत परिणाम अगाडि देखिएका छन् । बिहीबारबाट मतगणना गरिएको गोरखामा अहिले बिहानसम्मको मतगणनामा गोरखा १ प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता हरिराज अधिकारी ४,९३४ मतका साथ अघि र काँग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठ ४,४७२ मतका साथ पछ्याइरहनुभएको छ । अहिलेसम्म १० हजार ८७४ मत गणना भएको छ । यस्तै गोरखा १ प्रदेशसभा क मा पनि माओवादी केन्द्रका नेता लेखबहादुर थापा ३,८२९ मत ल्याउनुभयो भने काँग्रेसका नेता धीरन थापा २,५०७ मत ल्याउनुभएको छ । अहिलेसम्म छ हजार ६८३ मत गणना गरिएको छ । प्रदेशसभा क्षेत्र ‘ख’ मा नेकपा
More