Daily Archives 9th December 2017

I Want To Assist Children With Their Development: Melica Niccole, Author

Melica Niccole, the author of 16 books, is known for her passionate writing style that engages readers and takes them on an emotional rollercoaster to life. Her dream big personality inspires others to continue moving toward their unceasing passion. Melica previously released Dead Wrong, less than a year ago, with intentions to release another work by the end of the year. Niccoli, also the owner of Hampton Publication,  was born and raised in Columbus, Ohio and now resides in New Jersey to chase her dream. Melica achieved Master’s Degree in Health Services. Currently, she works with individuals with Developmental Disabilities
More

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको सन्दर्भमा नेपाली काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा विपरीत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि गरेर अलोकतान्त्रिक चरित्र देखाएको विद्यार्थी संगठनको भनाइ छ । अखिल(क्रान्तिकारी)का महासचिव उत्तम अधिकारी र अनेरास्ववियुका महासचिव ऐन महरले आज एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ । कामचलाउ सरकारले वामपन्थी गठबन्धनलाई सरकार गठनमा सहयोग पु-याउनुपर्ने समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर लोकतान्त्रिक गठबन्धनको बचेखुचेको साख समेत अन्त्य गरेको उल्लेख गरिएको छ ।
More

शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा सिंहको जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले निर्वाचनमा वाम गठबन्धनले अग्रता लिएसँगै राष्ट्रिय जीवनका समस्याको सम्बोधनका लागि मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणको आवश्यकतामा जोड दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्यूठान, बाग्लुङलगायतका जिल्लामा वाम तालमेलमा रहेको जनमोर्चा नेपालको सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति जारी गरी कम्युनिष्ट पार्टीको नेतृत्वमा नै देशमा राष्ट्रिय समस्याको वास्तविक समाधान, मेहनतकश र शोषित उत्पीडित जनताको हितको रक्षा वा राष्ट्रिय विकासको सम्भावना रहेको औँल्याइएको छ । शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण सही र क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र संगठनात्मक प्रणालीका आधारमा नै सम्भव हुने भएकाले तत्काल त्यसप्रकारको कम्युनिष्ट पार्टीको निर्माण हुन नसके पनि
More

काँग्रेस वरिष्ठ नेता पौडेल ३५०० मतले पछाडि

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि पर्नुभएको छ । पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं १ को प्रदेशसभा (क) मा एमालेका उम्मेदवार रामबहादुर गुरुङ्गले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार ६४५ तथा प्रदेशसभा ‘ख’मा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३०
More

एनआरएनमा प्रमुख संरक्षक, सल्लाहकार र सदस्य मनोनित

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेका अनुसार हिजो शुक्रबार बसेको आईसीसी बैठकले संघको प्रमुख सल्लाहकारमा डा. उपेन्द्र महतोलाई नियुक्त गर्ने निर्णय गरेको छ । अन्य संरक्षकहरुमा पूर्वअध्यक्षहरु शेष घले, जीवा लामिछाने, देवमान हिराचन र पूर्वउपाध्यक्ष रामप्रताप थापालाई नियुक्त गरिएको छ । बैठकले सल्लाहकार समिति र मनोनित केन्द्रीय सदस्य समेत चयन गर्दै नयाँ मानार्थ परिषद् समिति समेत गठन गरेको छ । संघको सल्लाहकारमा डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भूर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दिपकराज जोशी
More

मतअन्तरमा इतिहास बनाउने दोलखाका पार्वत गुरुङ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिनु भएको छ । नेकपा (एमाले) र नेकपा( माओवादी केन्द्र)का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३ मतले विजयी भएर रेकर्ड कायम गर्नुभएको हो । यस्तै रुकुम पश्चिममा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा पनि प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर बढी मतले विजयी बन्नुभएको छ । दोलखामा गुरुङले ५५ हजार २५४ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पार्दै विजयको झण्डा फहराउनुभएको हो ।
More

काठमाडौं २ मा नेपाल विजयी

काठमाडौं । काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गर्नुभयो । विवेकशील साझा पार्टीका डा सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गर्नुभएको छ । कुल ५२ हजार १३५ मत खसेको थियो ।
More

बेनीमा विजय उत्सव

म्याग्दीको एक प्रतिनिधि र २ प्रदेशसभा सदस्यमा विजय गरेपछि नेकपा एमाले र माओवादी केन्द्रले शनिबार बेनीमा निकालेको विजय उत्सव । तस्बिर : सन्तोष गौतम
More

वाम गठबन्धनका कार्यकताको कुटाइबाट चार प्रहरी घाइते

बझाङ । वाम गठबन्धनका कार्यकर्ताको आक्रमणमा परी गस्तीमा रहेका चारजना प्रहरी घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताले प्रहरीको गाडीमा तोडफोड समेत गरेको छ । शुक्रबार राति जिल्ला वन कार्यालय अगाडि रहेको प्रहरी गस्तीलाई लक्ष्य गरी मदिरा सेवन गरेका उनीहरुले ढुंगामुडा गरेका थिए । ढुंगा लागेर प्रहरी जवानहरु हेमराज पनेरु, लक्ष्मी भट्ट, तेजबहादुर चन्द र यज्ञराज जोशी घाइते भएको प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी दिनुभयो । धाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ढुंगामुडा गर्दा प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । ढुंगा लाग्दा वडाप्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको सञ्चार सेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका
More

तनहुँ–१ मा रामचन्द्र पौडेल पराजयउन्मुख

दमौली । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ । तनहुँको क्षेत्र नं १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १२ हजार ६६४ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) १५ हजार ८२४ मत प्राप्त गरेका गर्नु भएको छ । त्यस्तै सोही क्षेत्रबाट प्रदेशसभा १ को सदस्यमा काँग्रेसका गोविन्द भट्टराईले चार हजार ८९१ र एमालेका उम्मेदवार रामबहादुर गुरुङले पाँच हजार ६३३ र प्रदेशसभा दुईको सदस्यमा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले पाँच हजार २७९ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार
More