Daily Archives 10th December 2017

बेलायतमा व्यापक हिमबर्षा

लण्डन । बेलायतको ठूलो क्षेत्रमा आइतबार विहानैदेखि हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ। हिमपातका कारण आइतबार वेल्स, मिडल्याण्ड तथा उत्तर तथा पश्चिमी इङल्याण्डमा यो बर्षकै पहिलो पटक व्यापक हिमपात भएको स्थानीय मौसमविद्हरूले जनाएका छन्। हिमपातका कारण बरमिङघम विमानस्थलबाट विभिन्न स्थानका लागि तय भएका उडानहरू अवरुद्ध भएका छन् भने अन्य यातायातबाट हुने आवतजावतमा समेत निकै कठिनाई परेको प्रहरीले जनाएको छ। हिमपातका कारण वेल्स तथा मिडल्याण्ड लगायतका क्षेत्रमा परेको हिमबर्षाले लामो समयसम्म यातायातका साधन ठप्प हुनपुगेका थिए। मौसम विज्ञान कार्यालयले उक्त क्षेत्रमा आइतबार नै थप हिउँ पर्ने जनाउँदै सावधानी अपनाउन सम्वद्ध सवैजनालाई आग्रह गरेको छ। हिमपातपछि स्कटल्याण्ड, वेल्सलगायतका भूभागमा तापक्रम ह्वात्तै
More

एमाले एक्लैलाई थोरैले बहुमत नपुग्ने, नेपाली कांग्रेस तेस्रो

काठमाडौं । कूल १ सय ६५ स्थानका लागि भएको प्रत्यक्ष निर्वाचनमा नेकपा एमालेले आइतबार राति ९ बजेसम्म ६५ स्थानमा जित निकालिसकेको छ । उसले अझै १६ स्थानमा जित्न सक्छ । यदि उसले १६ स्थानमा जित निकाले ८१ स्थानमा एमाले विजयी हुनेछ । स्वतन्त्र ३ स्थानमा विजयी र झापा–३ मा एमालेकै समर्थनमा विजयी भएका राजेन्द्र लिङदेनसमेत जोड्दा प्रत्यक्षतर्फ एमालेको ८५ सिट पुग्नेछ । उसलाई बहुमत पुग्न थप ५३ सांसद आवश्यक पर्छ । बहुमतका लागि १ सय ३८ सांसद चाहिन्छ । समानुपातिकबाट प्राप्त गर्ने सांसद जोड्दा एमाले एक्लैलाई बहुमत पुग्न थोरै सांसद नपुग्न सक्ने अनुमान गरिएको छ । दोस्रो स्थानमा रहेको नेकपा
More

विजयी साहलाई मतदाताबाट बधाई

बारा क्षेत्र नं ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित वाम गठबन्धनकी विजय उम्मेदवार ज्वाला साहलाई मतदाताहरुले बधाई दिँदै । तस्बिरः सृजा थापा
More

आलेको हत्यामा संलग्न तीनजना पक्राउ

तनहुँ । गत मंसिर २० गते राति जिल्लाको रिसिङ गाउँपालिका–६ चालिसे निवासी ६५ वर्षीय कृष्णबहादुर आलेको हत्यामा संलग्न तीन जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउमा पर्नेमा रिसिङ गापा–६ का २४ वर्षीय मदन आले, सोही स्थान निवासी ६० वर्षीय बिसन आले र २५ वर्षीय दानबहादुर आले रहेका छन् । सोही वडाको गोठादी भन्ने स्थानमा पूजाको निम्तो मान्न जाँदा रक्सीसहित खानेकुरा खाई घर फर्कने क्रममा गाउँमा भएको सामान्य विवाद झगडालाई रिसईवी साँधेर घटनास्थलको एकान्त स्थानमा आइपुगेपछि विवाद गरी हात मुक्का तथा पिपलको दाउराले टाउको अनुहारलगायत शरीरको अन्य भागमा कुटपिट गरेको पक्राउ परेकाले स्वीकारेका थिए । कर्तव्य गरी मारेको भन्ने
More

प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी

काठमाडौं । संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडका साथ लागिरहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ । नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका लागि निर्वाचन सम्पन्न भइसकेको तथा संविधानअनुसार संसदीय क्रियाकलाप सञ्ंचालन गर्नका लागि एउटा संघीय संसद सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालको व्यवस्था हुने व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू निर्वाचित भई आएपछि बैठक सञ्चालनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको कक्ष मर्मत संभारका लागि संसद सचिवालय जोडतोडका साथ काम गरिरहेको र मेच, टेबुल तथा माइकको मर्मत कार्य भइरहेको उहाँले बताउनुभयो । राष्ट्रियसभाको
More

मलेसियामा खोटाङ्गे युवाको मृत्यु

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको मृत्यु भएको छ । सात वर्षअघि मलेसिया पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका राजेन्द्र प्रधानको मृत्यु भएको हो । बस्दै आएको कोठानजिक अर्धचेत अवस्थामा फेला परेका प्रधानको उपचारका क्रममा कजाङ अस्पतालमा मृत्यु भएको सँगै काम गर्दै आएका विकास प्रधानले जानकारी दिनुभयो । मलेसियाको कजाङमा सेक्युरिटीगार्डका रुपमा कार्यरत प्रधानको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्तले बताएका छन् । अस्पतालले उच्च रक्तचापका कारण मृत्यु भएको बताए पनि प्रधानको मृत्युलाई शंकास्पद मानिएको छ । प्रधानको हत्याको प्रयास भएको आफन्तको आशंका छ ।
More

को–को हेविवेट नेता पराजित भए ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् । नेपाली काँग्रेस, नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०का दोस्रो तहका नेताको पराजय भएको छ । काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, पूर्व महामन्त्री विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री डा. रामशरण महत, अर्जुननरसिंह केसी, प्रधानमन्त्री पत्नी डा. आरजु देउवाएमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पराजयलाई संयोगको रुपमा लिइएको छ । वर्तमान सरकारका उपप्रधानमन्त्री समेत रहेका कमल थापा मकवानपुरबाट पराजित हुनु भएको छ । उहाँलाई एमालेका कृष्णप्रसाद दाहालले पराजित गर्नुभयो । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४०
More

जिप दुर्घटनामा स्कुले बालकको मृत्यु

कटारीबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भीरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ । र्घटनामा स्कुले बालकसहित ९ जनाको मृत्यु भएको छ ।
More

स्वतन्त्र जितेका सबै एमालेका सांसद बन्ने

काठमाडौं । स्वतन्त्र उम्मेदवारीबाट प्रतिनिधिसभामा निर्वाचित तीनैजना सांसद एमालेको हुने भएका छन् । अहिलेसम्म तीनजनाले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् । हुम्लाबाट विजयी भएका छक्कबहादुर लामालाई माओवादीले कारबाही गरेको थियो । बागी उम्मेदवार दिएको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । उनले नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतअन्तरले पराजित गरेका थिए । कपिलवस्तु क्षेत्र नं. २ बाट विजयी भएका वृजेशकुमार गुप्ता पनि एमालेकै सांसद बन्ने छन् । स्वतन्त्र हैसियतमा निर्वाचन लडे पनि गुप्ताले चुनाव चिन्ह सूर्य लिएका थिए । उनले नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् । गुप्ताले ३५ हजार १ सय ४७ मत पाउँदा आचार्यले ३१ हजार
More

अब कहिल्यै चुनाव लड्दिन : केसी

सोलुखुम्बु । नेपाली काग्रेंसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले भविष्यमा कुनै निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताउनुभयो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।” नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । नेपाली काँग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयम काँग्रेसको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो । विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जित्नुभएका केसीको
More