Daily Archives 14th December 2017

नेपालमा लगानी भित्राउन लण्डन दूतावासको सकृयता

लन्डन । नयाँ सरकार गठन पछि नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहंदा लन्डनमा सम्पन्न व्यापार तथा लगानी विषयक एक सेमिनारमा सहभागीहरुले नेपालमा लगानीको लागि आब्हान गरेका छन् । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा सहभागीहरुले नेपालमा राजनैतिक स्थिरतको बाटो खुलेको भन्दै लगानीको लागि आव्हान गरेका हुन् । बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी उक्त कार्यक्रममा बिएनसीसी अध्यक्ष राजन कंडेलले नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरे । उनले नयाँ बन्दै गरेको सरकारका प्रमुख साझेदार पार्टीहरु समेत नेपालमा लगानीको लागि सकरात्मक रहेको वताए । उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड
More

नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ

काठमाडौं । काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ । चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब पाँच हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएको तर मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सञ्चालक र आयोजकले अटेरी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहोनीले जानकारी दिनुभयो । पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेका छन् । उनीहरुले टिकटबापत रु दुई हजारदेखि पाँच हजारसम्म प्रतिव्यक्ति उठाएको महाशाखाका
More

म्यादी प्रहरी सड्क अवरुद्ध गर्दै

नेपाल सरकारले निर्धारण गरेको भन्दा बढी तलब सुविधाको माग गर्दै बिहीबार वीरगञ्जको घण्टाघर चोकमा सडक अवरुद्ध गरी बसेका म्यादी प्रहरी । तस्बिर : विजयकुमार महतो
More

यिनै हुन्- नेपाली कांग्रेसलाई अस्पताल भर्ना गर्ने टोली

काठमाडौं । गगन थापालाई पार्टी प्रवक्ता नियुक्ति गर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गर्दै थिए । थापालाई प्रवक्ता नियुक्ति गर्न पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई पत्र तयार गर्न सभापति देउवाका सहयोगी भानु देउवाले फोनमा भनिसकेका थिए । पार्टी कार्यालयमा पत्र तयार नहुँदै बालकृष्ण खाँण र डा. प्रकाशशरण महत प्रधानमन्त्री निवास बालुवाटार पालैपालो छिरेर गगनलाई पार्टी प्रवक्तामा नियुक्त नगर्न दबाब दिए । प्रधानमन्त्री देउवाले डा. महत र खाँण दुवैलाई हप्काएर पठाए । आफूहरुको कुरा सभापति देउवाले नसुनेपछि उनीहरुले प्रधानमन्त्री पत्नी डा. आरजु देउवालाई भेटे । डा. आरजुले सभापति देउवाको कान फुकेपछि पार्टी कार्यालयमा बन्दै गरेको गगन थापा प्रवक्ता नियुक्तिको
More

तत्कालिन डिआइजी सिलवाललाई कारवाही गर्न सर्वोच्च आदेश

काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन प्रहरी नायव महानिरीक्षक ‘डिआइजी’ नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गरेको छ । सर्वोच्चले गोप्य रहने कार्यसम्पादन मुल्यांकन फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी कारबाही चलाउन आदेश दिएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा जारी गरिएको आदेशमा सिल्वालले पेस गरेको र लोक सेवा आयोगलगायतका निकायबाट प्राप्त कासमू अंक भिन्न देखिएको भन्दै कासमु फारमको अंक फरक पार्ने कार्यमा संलग्न सबैमाथी अनुसन्धान गरी कारबाही गर्न भनिएको छ । यस्तै, अदालतको फैसलामा अधिवक्ता कपिलदेव ढकालले नवराज सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्त विरुद्ध रिट
More

राष्ट्रपति भण्डारीविरुद्ध फेसबुकमा अमर्यादित शब्द लेख्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । पत्रकार डुम्रेको रिहाइ माग नेपाल पत्रकार महासंघले रुपन्देही कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई विनाशर्त रिहा गर्न सरकारसंँग माग गरेको
More

प्रतिनिधिसभा बैठकका लागि माइक मिलाउँदै कर्मचारी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समापनसँगै प्रतिनिधिसभा बैठकको लागि व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बिहीबार माइक मिलाउँदै कर्मचारी । तस्बिर: रत्न श्रेष्ठ
More

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साञ्जेनलाई साधारण सेयर निष्काशनको अनुमति दिएको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलिमे गाविसका कर्मचारीका लागि प्रदान गरिने साधारण सेयर बिक्रीको अनुमति दिइएको हो । बोर्डबाट स्वीकृति पाएको ६० दिनभित्र पहिलो चरणमा कोषका कर्मचारी र सञ्चयकर्ता लगायतलाई साधारण सेयर बिक्री गरिनेछ । सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, त्यहाँ कार्यरत कर्मचारीका लागि
More

घुस लिँदालिँदै पक्राउ

भक्तपुर । जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।
More