Daily Archives 15th December 2017

राप्रपाः पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षाको खाँचो आँैल्याउनुभएको छ । पार्टी अध्यक्ष कमल थापाले आज जारी गरेको विज्ञप्तिमा परिणाम जेजस्तो भए पनि चुनावमा पार्टीसँग सहकार्य गर्ने सबै राजनीतिक दल तथा शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सफल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा अंग र प्रशासनिक संयन्त्र र सबै जनतालाई धन्यवाद दिइएको छ । निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै नेता थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल भएकामा नेकपा (एमाले) लाई बधाई दिनुभएको छ । परिणाम निराशाजनक भए पनि
More

प्रचण्डसँगको भेटपछि ओली सिधै शितल निवासमा

काठमाडौं । संसदमा सबैभन्दा धेरै सिट जितेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनका सहयात्री पुष्पकमल दाहालसँग भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो । अध्यक्ष ओलीले राष्ट्रियसभा गठनबारे छलफल गर्न राष्ट्रपति भण्डारीलाई भेट्नु भएको बुझिएको छ । राष्ट्रियसभा गठनसम्बन्धी सरकारले प्रस्तुत गरेको अध्यायदेश राष्ट्रपति भण्डारीले जारी गर्नुभएको छैन । हिजै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भेटी अध्यायदेश जारी गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नुअघि अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो । दुई शीर्ष नेताको भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको छ । अपराह्न काठमाडौँमा भएको भेटवार्तामा
More

राष्ट्रियसभा गठनका विषयमा कानूनविद्बीच नै फरक मत

काठमाडौं । राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने- नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रियसभा गठन नगरी नयाँ सरकार गठन हुन नसक्ने बताउनुभयो । उहाँले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशलाई जतिसक्दो छिटो स्वीकृत गर्नुको विकल्प नभएको र राष्ट्रपतिले अध्यादेश रोकिराख्दा सरकार गठन हुन नसक्ने जिकिर गर्नुभयो । संविधानविद् डा भीमार्जुन आचार्यले राष्ट्रियसभा गठन नभए पनि सरकार गठन हुनसक्ने तर त्यसका लागि प्रतिनिधिसभा आवश्यकपर्ने बताउनुभयो । उहाँले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा आफू भएको उल्लेख गर्दै वर्तमान धरातलीय आवश्यकता भएको हुँदा मत खेर जान
More

श्रीमानकै ४ साथी बलात्कारको प्रयासमा पक्राउ

काठमाडौं । चार साताअघि अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । ललितपुरमा सामूहिक बलत्कारपछि हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले जनाएको छ। पक्राउ परेक तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया
More

सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गर्नुभयो । वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उहाँले जनाउनुभयो । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ । महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल
More

एमाले ७३ हजार मतको अन्तरले अगाडि

काठमाडौं । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट ३ : ३० प्राप्त जानकारीअनुसार, नेकपा एमालेले ३० लाख ७३ हजार, नेपाली काँग्रेसले २९ लाख ९९ हजार, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ४४ हजार र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५२ हजार मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ३२ हजार, विवेकशील साझा पार्टीले दुई लाख नौ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार मत
More

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त

काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजित काठमाडौँ विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा दीक्षित विद्याथीहरु । तस्बिर : पेमा लामा
More

आफ्नो सस्कृति र संस्कार त मान्नै प-यो

पदमा श्रेष्ठ ढेवाजु, शिक्षक जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाइलाई जीवनको हरेक मोडमा आत्मसात गदै अगाडि बढ्नुभएको छ नारी उथ्थान केन्द्र नारायणगढकी अध्यक्ष पद्मा श्रेष्ठ ढेवाजु । ४० वर्षअघि शिक्षण पेसामा लाग्नु भएकी अध्यक्ष ढेवाजु विभिन्न सामाजिक संघ–संस्थामा पनि उत्तिकै सक्रिय हुनुहन्छ । घरपरिवार, समाज अनि पेसा सबैलाई सन्तुलनमा राख्न सक्नु आफ्नो खुबी हो भन्ने प्रावि द्वितीय श्रेणीको शिक्षक ढेवाजुसँग गरिएको कुराकानीका अंश : ० डे«समा हुनुहन्छ विद्यालय जान लाग्नुभएको होला, हैन ? – हो, ९ बजिसक्यो नि अब जाने बेला भयो । ० कहिलेदेखि पढाउन थाल्नुभएको हो? – भर्खर एसएलसी पास गरेर कलेज जान थालेको थिएँ । सूर्यकुमार मास्केले
More

होला त सिलावाललाई कारबाही ?

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट नवनिर्वाचित सांसद एवं तत्कालीन डीआइजी नवराज सिलवालले बढुवाका लागि पेस गरेको कार्यसम्पादन मूल्यांकन गलत रहेको ठहर गर्दै कारबाही गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सातजना न्यायाधीशको बृहत् इजलासले हालै तयार पारेको फैसलाको पूर्णपाठमा उक्त आदेश दिइएको हो । जसमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी सहभागी हुनु भएको थियो । नवराज सिलवालले निवेदनसाथ प्रस्तुत् गरेको फर्मको अंक र लोकसेवा आयोगलगायतका निकायबाट प्राप्त अंक भिन्न देखिएकाले अधिवक्ता कपिलदेव ढकालले सिलवालको बढुवाका लागि सार्वजनिक सरोकारको सिद्धान्तविरुद्ध रिट दायर गरेको ठहर गर्दै उहाँलाइ समेत कारबाही गर्न नेपाल
More

राष्ट्रियसभा गठनपछि मात्र समानुपातिको नतिजा

काठमाडौं । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अडचन देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मत परिणाम सार्वजनिक भए पनि समानुपातिकतर्फको गणना जारी छ । तर गणना सकिएपछि दलहरूले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट निर्धारण गर्नुपर्ने निर्वाचन आयोगले महिला कोटाको सिट संख्या तोक्न राष्ट्रिय सभाको परिणाम हेर्नुपर्ने जनाएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कानुन अभावमा राष्ट्रिय सभा निर्वाचनको मिति अन्योलमा छ । संविधान र कानुनअनुसार प्रतिनिधिसभाको समानुपातिक कोटामा सिट प्राप्त गर्ने दलले प्रतिनिधित्व गराउनुपर्ने महिला सिट संख्या तय गर्न राष्ट्रिय सभाको परिणाम आवश्यक पर्ने उल्लेख गर्दै
More

‘देउवाले कांग्रेसलाई अझै ड्यामेज गराउँदै छन्’

निर्वाचन पद्धतिको बाहनामा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिएर नेपाली कांग्रेसलाई अझै क्षति पु¥याइरहेको राजनीतिक विश्लेषक डा. राजेश अहिराजको छ । निर्वाचनको मिति घोषणासँगै सरकार काम चलाउ भएकाले विभिन्न नियुक्ति गर्नु अशोभनीय भएको तर्क गर्दै डा. अहिराज भने, कांग्रेसलाई जनताले जुन मत दिए त्यस हिसाबमा प्रधानमन्त्री देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपथ्र्यो । तर यहाँ कार्यकाल लम्ब्याउन खोज्न लोकलाजको विषय बनेको छ । यिनै विषयमा चन्द्र धामीले डा. राजेश अहिराजसँग गरेको कुराकानी– ० अब राजनीतिक स्थायित्व हुन्छ ? – अझै बाँकी छ, राजनीतिक स्थायित्व माओवादीको भूमिकामा निर्भर रहन्छ । एमालेसँग पार्टी एकीकरण गछौं भनेर जनताको बीचमा मत मागेर आइसकेपछि निर्वाचन सकेको केही
More

पेशा होइन राजनीति, समाजसेवा हो : डा. बच्चुकैलाश कैनी

बेलायतको संसदीय निर्वाचनमा लेबर पार्टीबाट सांसदको उम्मेदवार बनेका बच्चुकैलाश कैनी यतिबेला नेपालमा छन् । उनी नेपाली मूलका बेलायती नागरिक हुन् । उनको बेलायत प्रवेश, बेलायतको संसदीय राजनीतिबाट नेपालले के सिक्न सक्छ, बेलायतमा आप्रवासीको अवस्था तथा नेपालको राजनीतिबारे सञ्जीव अधिकारीले डा. कैनीसँग गरेको कुराकानी– ० बेलायत जाने सोच कसरी आयो ? – शहिद राष्ट्रिय गंगालाल हृदयरोग केन्द्रमा प्रशासन प्रमुखको रुपमा काम गर्थे । पेशाले म अस्पताल व्यवस्थापक हुँ र एसोसियटका रुपमा पार्टटाइम हेल्थ केयर व्यवस्थापन विषय पढाउँथे । त्यही सन्दर्भमा पिएचडी गर्न विदेश जाने सुरमा थिएँ । त्यही बेला बेलायतमा हाइली स्किलको भिषा खुलेको रहेछ । मैले पनि साथीकै लहडमा बेलायत
More

समानुपातिकतर्फ काँग्रेस पहिलो

लुम्बिनी । रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ। मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ। जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो। तीन सिट जितेको नेकपा (एमाले) दोस्रो स्थानमा छ। संघीय समाजवादी फोरमले तेस्रो स्थान सुरक्षित गरेको हो। नेपाली काँग्रेसले एक लाख १५ हजार ३२९ मत प्राप्त गर्दै पहिलो बनेको छ। दोस्रो बनेको एमालेले एक लाख १३ हजार ५८५
More

पर्सामा फोरम बारामा काङ्ग्रेस

वीरगञ्ज । पर्सामा प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि फोरम नेपालले बाजी मारेको छ । बारामा भने कांग्रेसले सबैभन्दा धेरै मत हासिल गरेको छ । कुल २ लाख ८९ हजार ५५ मतदाताले मतदान गरेको पर्सा जिल्लाको प्रतिनिधि र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल पहिलो भएको हो । दोस्रो स्थानमा नेपाली कांग्रेस छ भने देशमै पहिलो स्थानमा रहेको एमाले पर्सामा तेस्रो भएको छ । पर्सामा प्रत्यक्षतर्फ ४ वटै प्रतिनिधिसभा र ८ प्रदेशसभामध्ये ६ प्रदेशसभा सदस्यमा फोरम नेपालले बाजी मारेको छ । पर्सामा प्रतिनिधिसभाको समानुपातिकमा फोरम नेपालले कुल ५३ हजार ८ सय २१ मत पाएको छ भने कांग्रेसले ५० हजार ५ सय ९२
More

व्यापारी गौचन हत्याको बारेमा बाहिरियो अर्को रहस्य

व्यापारी गौचन हत्याको बारेमा अर्को रहस्य बाहिरियो ! डिसी नेपाल , २९ मङ्सिर २०७४ Election Update ZEN Travels Sejal IT banner बारा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा प्रयोग भएको पेस्तोल डेढ महिनाअघि नै काठमाडौं पुगेको रहस्य खुलेको छ। दिनहुँ कडा चेक हुने वीरगन्जको गण्डक, बाराको जितपुर, पथलैया, हेटौंडा रातोमाटे, भीमफेदी, सिस्नेरी, दक्षिणकाली, ग्वार्को र बल्खुका चेक प्वाइन्टमा खटिएका प्रहरीलाई छलेर पेस्तोल काठमाडौंसम्म पुगेको थियो। घटना अनुसन्धानका क्रममा हतियार व्यवस्थापन गर्ने पर्साका शिवजी महतोले भारत बिहारको बेतिया जिल्लाका मुकेशकुमार पाण्डेलाई पेस्तोल बुझाएका थिए। पाण्डेले असार अन्त्यतिरै पेस्तोल नारायगढमा श्यामबहादुर गुम्बेलाई बुझाएका थिए। गुम्बेले पाण्डेमार्फत महतोलाई ६५ हजार
More

बढे किशोरी आमाहरु

सुर्खेत । सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको भए पनि यो क्रम रोकिएको छैन । बर्सेनि २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । बर्सेनि तीन हजारभन्दा बढी किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३–७४ मा नौ हजार ६७९ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएका थिए, जसमध्ये तीन हजार २९ किशोरी छन् । त्यसैगरी, आव ०७२–७३ मा पनि झण्डै तीन हजार किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आएका थिए । कार्यालयको तथ्यांकअनुसार
More

काभ्रेमा जिप दुर्घटना

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका-१० मा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ । बा ३ च ६७८७ नम्बरको जीप अन्दाजी ५० मिटर तल सुनकोशी नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले सुनकोशी नदिमा डुबिरहेको अवस्थामा जीप फेला परेको जनाएको छ । । जीपमा कतिजना सवार थिए भन्नेबारे केही खुलेको छैन । नेपाल प्रहरीका डीएसपी महेन्द्र मरासिनीले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको बताए । उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ । प्रहरी घटनास्थलमा एउटा मोबाइल सेट फेला पारेको जनाएको छ । -अनलाइन खबरबाट ।
More