Daily Archives 16th December 2017

सलमान खान नेपाल आउनेमा आशंका

लण्डन । बलिउठ अभिनेता सलमान खान आगामी फाल्गुण महिनामा नेपाल उत्रिने हल्ला चलाए पनि उनको गामनको बारेमा आशंका उब्जिन थालेका छन् । ओडीसी समूहले खानलाई नेपाल ल्याउने सहमतिपत्रमा हस्ताक्षर गरेको दावी गरे पनि ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुगंको विगतको गतिविधी हेर्दा कतिपयले सलमान खानको कार्यक्रम चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलो जस्तै हविगत हुने भएको हो । १३ मार्च २०१३ मा “दीप पर्पल लाईभ ईन नेपाल‘ गर्ने भन्दै ओडीसीले ५ सय देखी दश हजार सम्म टिकट बिक्री गरी ठगी गरेको थियो । सम्बन्धी निकायले ध्यान नदिदा सर्बसाधारणको करोडौं रुपैंयामा ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुङले मोजमस्ती गरेका थिए । उनै सिमान्त गुरुङ प्रवन्ध
More

प्रोफेशर सूर्य सुवेदी समूहले नेपाललाई सहयोग गर्न

लण्डन । नेपालभन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएर रहेको नेपाली बौद्धिक समुदायले नेपाललाई सहयोग गर्न तत्परता देखाएको छ । प्राध्यापक डा सुर्य सुवेदीले शनिबार एक वक्तव्य जारी गर्दै नेपाललाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा डोर्याउने अभियानमा सहयोग गर्न बौद्धिक समुदाय तयार रहेको बताएका छन् । हालै सम्पन्न निर्वाचनपछि देशमा लामो राजनीतिक सक्रमणको अन्त्य भएको र धेरै उतारचढावहरुपछि देशमा लोकतन्त्रको नयां युगको सुरुआत भएको ठहर वक्तव्यमा छ । मुलुकलाई राजनीतिक स्थिरता दिने, आर्थिक समृद्धिमा अगाडि बढाउने, लोकतन्त्र विधीको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढिकरण गर्ने लगायतका चुनौतिहरुलाई सामना गर्ने कार्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गरी सहयोग गर्न आफु र
More

अब तत्काल पार्टी एकीकरण : दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनअघि विभिन्न कारणले पार्टी एकीकरण हुन नसकेपनि अब तत्काल नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण हुने बताएका छन् । शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले निर्वाचनमा वाम गठबन्धनले हासिल गरेको जित एमाले र माओवादी केन्द्रको मिलनबाट सम्भव भएको नबिर्सन सबैलाई आग्रह गरे । राजनीतिक स्थायित्व, विकास निर्माण र समृद्धिका लागि जनताले दिएको मतमा चूक हुन नदिने वचन पनि उनले दिए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार गठनलाई साथसाथै अघि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेल, प्रदेशसभा सदस्यद्वय
More

राष्ट्रिय सभा निर्वाचनको खोंचे थापेर सत्ता लम्ब्याउने प्रयास : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् । बालकोटमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । कानुनको खोचे थापेर जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको भन्दै ओलीले मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय नहुने पनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह समेत गरे । उनले नयाँ सरकार बनाउन राष्ट्रिय
More

बिहेको खर्च बाढीपीडितलाई

दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भई विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गर्दै । तस्बिर : प्रेमनारायण आचाय
More

अध्यक्ष ओलीलाई राजेश हमालको बधाई

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताउनुभएको छ । बधाई तथा शुभकामना दिन आज ओली निवास बालकोटमा पुग्नुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै उहाँले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । ओलीले भन्नुभयो, “जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।” अध्यक्ष ओलीले चलचित्र नायकहरुले चलचित्रको अभिनयमा मात्र सीमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने
More

राजकुमार ह्यारीको बिहेको मिति तोकियो

लण्डन । बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाँहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ । वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो । उहाँहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै
More

एसियर्टस म्यानेजमेन्ट कम्पनीको शुभराम्भ

काठमाडौं । गैरआवासीय नेपालीहरुको संलग्नतामा नेपाल एसेयर्टस म्यानेजमेन्ट कम्पनीको शुभराम्भ भएको छ । नेपाल ब्रिटेन डट कमका अध्यक्षसमेत रहेका चिरञ्जीवी ढकालले शनिबार कम्पनीको शुभराम्भ गरेका हुन् । कम्पनीका अध्यक्ष कृष्णप्रसाद नेउपानेका अनुसार नेपालको वित्तीय क्षेत्रमा पाँचवटा उद्देश्य लिएर कम्पनी स्थापना भएको हो । स्वदेशमा विदेशी लगानी भित्र्याउने, गैरआवासीय नेपालीहरुले नेपालमा गरेको लगानीलाई व्यवस्थापनमा सहयोग पु¥याउने, सेयर बजारमा लगानीकर्तालाई आकर्षण बढाउने, विभिन्न बैंक तथा वित्तीय संस्थाको खराब ऋणको लिलामी गृहको काम गर्ने, तथा कम्पनीलाई आवश्यक पर्ने पूँजी परिचालनको काम कम्पनीले गर्ने अध्यक्ष नेउपानेले बताए । नेपालमा सम्पत्ति व्यवस्थापनको काम गर्ने यो एक मात्र कम्पनी भएको अध्यक्ष नेउपानेले दाबी गरे ।
More

सम्पन्न निर्वाचनको अमेरिकाद्वारा स्वागत

काठमाडौं । संयुक्त राज्य अमेरिकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित रूपमा सम्पन्न गराएकोमा नेपाली र नेपाल सरकारप्रति सराहना व्यक्त गरेको छ । मतगणना लगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा समेत अमेरिकाले प्रशंसा गरेको छ । ‘स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुंगा हो, जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनुपर्दछ,’ नेपालस्थित अमेरिकी राजदूतावासद्वारा जारी वक्तव्यमा भनिएको छ । पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउन तथा सुरक्षित र सुव्यवस्थित वातावरण बनाउन लागिपरेका असंख्य सरकारी अधिकारीप्रति पनि सराहना व्यक्त गरिएको छ। निर्वाचन अधिकारी, स्वयंसेवक, पर्यवेक्षक,
More

निर्वाचनमा २ उपप्रधानसहित २४ मन्त्रीले पराजित

काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका छन। प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य छन । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा थिए । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोगेका हुन । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री छन् । निर्वाचनमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भएका छन । अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि स्याङ्जा २ बाट पराजित भए । जनमत परीक्षणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार
More