Daily Archives 20th December 2017

एनआरएन यूकेको सय दिन

रमेश सराङकोटी, लण्डन । एनआरएन यूकेको वर्तमान सातौं कार्यसमितिको पहिलो सय दिन पूरा भएको छ । यही अवसरमा आइतबार डिसेम्बर १७ का दिन एक विशेष कार्यक्रम आयोजना गरिएको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेस्थित कार्यालयको समेत उद्घाटन भएको छ । एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथि तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन् । एनआरएन यूकेको कार्यसम्पादन अबदेखि अल्डरसटको ९ ए हाई स्ट्रि«टस्थित सोही कार्यालयबाट सञ्चालन गरिने बताइएको छ । त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार मानार्थ परिषद् सदस्य तथा कोअप आइसिसी सदस्यमा मनोनित हुनेहरूलाई सम्मान गरियो ।
More

सांसद सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । ललितपुर १ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य नवराज सिलवाल विरूद्ध कागजात किर्ते गरेको मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका सिलवालविरुद्ध काठमाडौं प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो । सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको हो । मुद्दा दर्तासँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । उनलाई पक्राउ गरेर थुनामा राखी अनुसन्धान गर्ने तयारी छ । यसअघि नै प्रहरीले गरेको आन्तरिक छानवीनमा सिलवालले कार्य क्षमता मुल्यांकन प्रतिवेदन सच्चाएको खुलेको थियो।
More

राष्ट्रिसभाको अध्यादेश नयाँ सरकारपछि : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताउनुभएको छ । वाम गठबन्धन, काठमाडौँद्वारा आज यहाँ आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन हुने भनी संसदीय समितिबाट समेत पारित भइसकेको विधेयकलाई लत्याएर वर्तमान सरकारले आफूखुशी एकल संक्रमणीय प्रणालीको व्यवस्था गरी पेस गरेको अध्यादेश जारी हुन सम्भव नरहेको दाबी गर्नुभएको हो । “कुनै दल विशेषका लागि दुरुपयोग गर्ने माध्यम अध्यादेश हुन सक्दैन, निर्वाचनको ताजा जनादेशको परिणाम आइसकेपछि नयाँ सरकार गठन हुन्छ र नयाँ सरकारले उक्त अध्यादेश जारी गराउँछ”–अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रियसभा नभई सरकार बन्दैन
More

एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दशैं परेकाले परीक्षा सञ्चालन नहुने र बिदा दिइएको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । त्यसैगरी
More

काठमाडौँका सांसदलाई बधाई

वाम गठबन्धनबाट काठमाडौँमा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई बधाई दिन आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत । तस्बिर : प्रदीपराज वन्त
More

निर्वाचन परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा भेला गर्ने

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताउनुभयो । “पार्टीको पराजयबारे वडा इकाई समितिदेखि केन्द्रीय तहका नेतासम्मले आत्मालोचना गर्नुपर्छ,” उहाँले भन्नुभयो । बैठकले काँग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको
More

मृग ठानेर गोली चलाउँदा महिला घाइते

काठमाडौं । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग ठानेर चलाएको गोलीबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो । महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको छ । घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।
More

ग्यास उद्योगको आगलागी नियन्त्रणमा, पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं । पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन् । संघको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए । चालकले गाडी स्टार्ट गर्नेक्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गइ उक्त दुर्घटना भएको उनले बताए । ‘नेपालको ४८ वर्ष लामो ग्यास उद्योग सन्चालनको इतिहासमा उद्योगभित्र पहिलोपटक आगलागी भएको छ’–उनले भने । सो आगलागीमा परी थुप्रै ग्यास सिलिन्डर पड्किएको तर कतिओटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन ।
More

जनवरी १ मा पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौं । विगतमा झै अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ लाई अन्तर्राष्ट्रिय टोपी दिवसका रुपमा मनाइने भएको छ । यो पाँचौं अन्तर्राष्ट्रिय टोपी दिवस हो । अन्तर्राष्ट्रियरुपमा नेपालीपनको प्रवद्र्धन र देशभित्र पनि आफ्नो संस्कृतिको सम्बद्र्धनका लागि टोपी दिवस मनाउन लागिएको आयोजकद्वय डा. लेखनाथ काफ्ले (ताइवान) र शंकर बन्जाडेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔंदेखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहेका
More

टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौं । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे । स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ । महिला खतरामुक्त प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेकाे बताएका छन् । – अनलाइन खबरबाट ।
More