Daily Archives 21st December 2017

यौन शोषणको आरोपश्चात बेलायतका उपप्रधानमन्त्रीद्वारा राजीनामा

लण्डन – महिला सहकर्मीमाथि यौन शोषण गरेको आरोप लागेका बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजिनामा दिएको घोषणा गरेका छन्। उनलाई अदालतले छानबिन पश्चात दोषी प्रमाणित गरेको थियो । उनीमाथि सन् २००८ देखि नै महिला सहकर्मीलाई यौन शोषण गरेको आरोप लागेको थियो । बिहीबार बेलायती प्रधानमन्त्री टेरिजा मेले उनको राजीनामा स्वीकृत गरेकी छिन्। छानबिनका क्रममा ग्रिनले महिला सहकर्मीलाई अश्लील भिडियो पठाएकाे पाइएकाे थियो । उनले सन् २००८ देखि २०१५ सम्म उनकी महिला सहकर्मीमाथि यौन शोषण गरेको खुलासा समेत भएको छ। अमेरिकाको द न्युयोर्क टाइम्सले हलिउड फिल्म निर्माता हार्वी वाइन्टिनले थुप्रै नायिका एवं महिलाहरूमाथि यौन दुर्व्यवहार गरेको समाचार प्रकाशित गरेपछि पछिल्लो समयमा
More

नुन लिन आएका स्थानीयवासी

जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–७ दल्लीमा आयोडिनयुक्त नुन वितरण भएपछि लिन आएका स्थानीयवासी । तस्बिर: हेमन्त केसी
More

देउवाले अहिले सरकार छोड्दै छोड्नु हुन्न : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्वीकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्वीकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरे । महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने, ‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दै हुनुहुन्छ, यो
More

घोषित-अघोषित लोडसेडिङ हुँदैन : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ । विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले बत्ती ननिभ्ने प्रष्ट पारेको हो । हाल औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित-अघोषितरुपमा कुनै प्रकारको विद्युत्भार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । प्राविधिक समस्याका कारण कहीँ कतै केही समयसम्म विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यत्भार कटौती नहुने उहाँले बताउनुभयो । “समस्या देखिएका स्थानमा प्राविधिक टोली खटाएर समाधान गर्दैआएका छौँ,” उहाँले भन्नुभयो । विद्युत् आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकको मागलाई ध्यान
More

बाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक भोलि

काठमाडौं । बाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकले पार्टी एकताको आधार तयार पार्ने बताइएको छ । निर्वाचन लगतै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित समितिले पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने बताइएको छ । मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भएको भन्दै गम्भीरता पूर्वतक अघि बढ्ने नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत एक कार्यक्रममा अब एमाले र माओवादी केन्द्र नरहने भन्दै अलग नाम सहितको नयाँ पार्टी बन्ने खुलासा गर्नुभएको थियो । पार्टी एकता समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली,
More

गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

काठमाडौं । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो । उहाँ हिजै नेपाल फर्कनुभएको उक्त दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उहाँ स्वदेश फर्कनुभएको हो । हिजै सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्कनुभएको छ । विगत २ वर्षदेखि उहाँ मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न
More

नेपाली सामुदायिक भबनको लागि चन्द्र योन्जनद्धारा १ लाख डलर सहयोगको घोषणा

भिक्टोरिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घरको रुपमा नेपाली सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा सहितको वहुसाँस्कृतिक केन्द्र बनाउने कार्यको लागि आबस्यक पर्ने कोष संकलन अभियानको लागि गत १८ तारिखबाट शुरु भएको वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलद्धारा वाचन भैराखेको सप्ताहब्यापी महापुराणको तेश्रो दिन करीब चार सयको सहभागिता थियो । सप्ताहको तेश्रो दिन ४५ परिवार र एक जनाले आजीवन सदस्यता लिनु भयो जसबाट ६८,५०० डलरको प्रतिबद्धता जाहेर भयो भने सबै किसिमको चन्दा समेत गरी १,३२,७०४ डलरको प्रतिबद्धता जाहेर भयो । हिजोको उल्लेख्य योगदानमा भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १,००,०००
More

पत्रकार भुसालको निधन रहस्यमय

काठमाडौं । पत्रकार तीर्थराज भुसालको निधनको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ । शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो । भुसालको १३औँ दिनको स्मृतिमा आज आयोजित शोकसभामा समूहका केन्द्रीय अध्यक्ष दीपक दाहालले आफ्नो टोलीसँग भुसालको परिवारले घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेकाले त्यसका लागि संस्थामार्फत थप पहल हुने बताउनुभयो । भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्ने समेत हालसम्म
More

बृटिश उपप्रधानमन्त्री दोषी देखिएपछि राजिनामा

लन्डन । बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिनुभएको हो । ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिनुहुने उपप्रधानमन्त्री डेमियनले दिनुभएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्का एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ । उहाँलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो । उहाँलाई सो अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो । सोही कारणले उहाँले राजिनामा दिनुभएको समाचारमा उल्लेख गरिएको छ । उहाँको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गर्नुभएको बताइएको छ । उहाँले आफ्नो राजनीतिक दलका
More

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ। स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ। बोर्डका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले आज रासससँग कुरा गर्दै उत्तर पुस्तिका परीक्षण सकेर सम्परीक्षण, रुजु र इन्ट्री गर्ने काम भइरहेको जानकारी दिए। उनले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए। नतिजा सार्वजनिक गर्न ढिलाइ हुँदा परीक्षाफल प्रकाशित भएको एक महिनामा आउने मौका परीक्षा, त्यसपछि कक्षा १२ को परीक्षा, शिक्षाशास्त्र पढ्नेहरुको
More