Daily Archives 22nd December 2017

सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले भन्नुभयो “सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो ।” पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो । पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो छलफल आवश्यक छ, फेरि दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्दछ ।” राष्ट्रियसभा गठन सम्बन्धमा
More

प्रदेशसभाको समानुपातिक नतिजा सार्वजनिक

निर्वाचन आयोगका सचिव एवम् समानुपातिक तर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको समानुपातिक नतिजा शुक्रबार निर्वाचन आयोगमा सार्वजनिक गर्दै । तस्बिर : नवीन पौडेल
More

पुस १५ सम्म मेलम्ची दोस्रो खण्डको सुरुङको काम सम्पन्न हुने

काठमाडौं । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब नौ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ । इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत
More

प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा मृत्यु

कालीकोट । प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ । प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो । अहिले कालीकोटको अवस्था तनावग्रस्त छ । जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब
More

तीन नेतालाई भारतीय प्रम मोदीको फोन आएपछि राजनीतिमा नयाँ तरंग

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष दलका नेतालाई फोन गरेपछि गतिरोध भएको नेपालीको राजनीतिमा नयाँ तरंग आएको छ । भारतीय प्रधानमन्त्री मोदीले हिजो नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बेग्ला बेग्लै फोन गरेका थिए । हिजो बिहीबार तीनै नेतालाई प्रधानमन्त्री मोदीको फोन आएपछि प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै पाँच दलको सर्वदलीय बैठक बोलाउनुलाई संयोग मात्र मानिएको छैन । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस शीर्ष नेतालाई शितल निवासमा बोलाएर राष्ट्रियसभाको निर्वाचनबारे सरकारले प्रस्तुत गरेको अध्यायदेशमा छलफल गरेकी थिइन् । सम्भवतः तीन दलबीचको तिक्ता भारतीय प्रधानमन्त्री मोदीको फोनले मेटाइदिएको छ
More

राष्ट्रपति भण्डारीद्वारा अध्यायदेशबारे कांग्रेस नेतासँग छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यायदेशका विषयमा कांग्रेस नेतासँग छलफल गरेकी छिन् । शितल निवासमा बोलाएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग भण्डारीले छलफल गरेकी हुन । छलफलमा भण्डारीले विधयेकमा राजनीतिक सहमति जुटाउन आग्रह गरेको बताइएको छ । उनले विधयेकका विषयमा दलहरु विभाजित हुनु राम्रो नभएको भन्दै सरकारका तर्फवाट सहमतिको प्रयास गर्न आग्रह गरेकी छिन् । जवाफमा कांग्रेस नेताहरुले भने सरकारले पेश गरेको विधयेक राष्ट्रपतिले रोक्न नमिल्ने भन्दै पारित गरेर सरकार गठनसँगै राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए । लामो समयसम्म विधयेक राष्ट्रपति कार्यालयमा रोकिदा राम्रो सन्देश नगएको भन्दै त्यसतर्फ समेत राष्ट्रपतिले ध्यान दिनुपर्ने सुझाव दिएका थिए
More

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

लहान । सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिनुभयो । बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताउनुभयो । मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम आज दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् । बम कसले
More

समानुपातिकतर्फ सिट बाँडफाँट सकियो, नतिजा कहिले ?

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट सकिएको जनाएको छ । गत पुस २ गते सम्पन्न भएको समानुपातिकतर्फको मतगणनापछि आज दलको सिट बाँडफाँट सार्वजनिक गर्ने तयारीमा आयोग रहेको हो । राष्ट्रियसभा निर्वाचनको विवादमा दलहरुबीच सहमति भएपछि मात्र सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ । यद्यपि प्रदेशसभाको परिणाम भने आजै सार्वजनिक गर्ने तयारी भएको छ । राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा थ्रेसहोल्ड निर्धारण गर्ने लगायतको काम पूरा भएको जनाएकोछ । प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट
More

पूर्वराजाको रहस्यमय सुदूरपश्चिम भ्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी साता मध्य तथा सुदुरपश्चिम भ्रमणमा जाने भएका छन् । निजी भ्रमणमा मध्यपश्चिम तथा सुदुरपश्चिम जाने तय भएको पूर्व राजाका सहयोगी डाक्टर फणीराज पाठकले जानकारी दिए । केही दिनको निजी भ्रमणमा क्रमा पूर्व राजा त्यसतर्फ जान लागेका हुन । भ्रमण कुन–कुन जिल्लामा हुने भन्ने तय हुन बाँकी रहेको छ । पूर्व राजाले सुदुर र मध्यपश्चिममा केही प्रसिद्ध केही धार्मिकस्थलको भ्रमण गर्ने बुझिएको छ । भ्रमणका क्रममा पूर्वराजाले शुभचिन्तकसँग पनि भेट गर्ने बताइएको छ ।
More

म्यादी प्रहरी आजवाट घर फर्किए

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी आजवाट घर फर्किएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले भर्ना गरेको ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीलाई सरकारले विदा दिएको हो । म्यादी भर्ना भएको शुक्रवार ५५ दिन पुग्ने भएकाले आजसम्मको रासन भत्ता दिएर उनीहरुलाई विदा दिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरी जवानले पाए सरहको तलब, भत्ता र सुविधा सहित म्यादी प्रहरी बिदा भएका हुन । म्यादी प्रहरीले ५५ दिन खटिए बापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाएका छन् । त्यस्तै, निर्वाचनका बेला
More

प्रमुख दलको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा बोलाउनुभएको प्रमुख पाँच दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा
More

प्रमुख पाँच दलको बैठक निस्कर्षविहिन

काठमाडौं । राष्ट्रिय सभाको गठन बिधयेक राजनीतिक सहमतिका आधारमा टुग्याउन प्रमुख दलहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाको आब्हानमा आज बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले, कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरु सहमतिबाटै विधेयकलाई टुंगो लगाउन तयार भएका हुन । बैठकमा कांग्रेसले राष्ट्रपतिकोमा अडकिएको विधयेक पारित हुनुपर्ने र एमाले–माओवादीले फिर्ता हुनुपर्ने अडान राखेका थिए । दुबैका अडानका कारण बैठक निस्कर्षमा नपुगेपछि छलफललाई जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय दलहरुले गरेका हुन । राष्ट्रिय सभा विधयेक अघि नबढदा नयाँ सरकार गठनमा समेत जटिलता देखिएपछि प्रधानमन्त्रीले निर्वाचनमार्फत राष्ट्रिय दल बन्न सफल पाँच दलको बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस
More

५७ मेगावाट विद्युत् खेर जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन् । कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन् । झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ । आर्थिक वर्ष २०६२-६३ देखि शुरु भएको सो प्रसारण लाइन
More

प्रमुख दलको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा बोलाउनुभएको प्रमुख पाँच दलको बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत । तस्बिर: रोशन सापकोटा
More

केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन शेखरको माग

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गर्नुभएको छ । विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उहाँले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु-याउनुपर्ने विषयमा जोड दिनुभयो । पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आपू निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पत्रकारको जिज्ञासामा उहाँले काँग्रेस
More

सुत्केरीलाई दश हजार !

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ । अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका अनुसार गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको आपत्कालीन कोष स्थापना गरिएको छ । गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको पुनले बताउनुभयो । जलविद्युत् र पर्यटनमा जिल्लामै
More

क्यान्सरपीडित माझीको उपचारार्थ आर्थिक सहयोग

लहान । पत्रकार कमानन्द माझीको रगतको क्यान्सरबाट पीडित बालक एक्लो छोरा गणेशकुमार माझीको उपचारार्थ सप्तरीका सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग गरेका छन् । राजविराजबाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादकसमेत रहनुभएका पत्रकार कमानन्द माझीले आफ्ना १४ वर्षीय छोरा गणेश रगतको क्यान्सरबाट पीडित रहेको भन्दै सहयोगको याचना गरेपछि पत्रकार तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् । पत्रकार शैलेन्द्रकुमार सिंहको विशेष पहलमा सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुबाट संकलन भएको रु २२ हजार ५०० नगद आर्थिक सहयोग प्रदान गरेको सप्तरी युथका विष्णु यादवले जानकारी दिनुभयो । यादवका अनुसार अन्य व्यक्ति तथा संस्थाबाट आर्थिक संकलन कार्य भइरहेकाले संकलन हुने
More

पाँच दलको बैठक बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक शुरु भएको हो । पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय
More

वरिष्ठ न्यूरोसर्जन देवकोटाको अवस्था सामान्य, लन्डनमा उपचार हुदैं

चिरन शर्मा । लन्डन- पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा लण्डनस्थित एक अस्पतालमा भर्ना भएका छन्। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार नियमित उपचारको क्रममा उनी अकस्मात विरामी परे पछि अस्पताल भर्ना गरिएको हो। देवकोटाको लण्डनको लकिंग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार भइरहेको छ। दूतावासका अनुसार देवकोटालाई भेट्न वेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी समेत अस्पताल पुगेका थिए। ‘विरामी भएको खबर प्राप्त भएपछि महामहिम राजदूत स्वयं पुगेर उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुभएको थियो,’ अवस्था सामान्य नै रहेको बुझियो आरणले भने। दूतावासले देवकोटाको राहदानीका खाली पृष्ठ सकिएर नयाँ बनाएर दिएको जानकारीसमेत आरण दिए। देवकोटाको अवस्था गम्भीर भन्दै केही अनलाइन
More

एनआरएनको लगानी शेयर बजारमा आउने

गैरआवासीय नेपाली संघ (एनआरएन)ले नेपालको शेयर बजारमा लगानी गर्ने भएका छन । गत मंगलबार नेपाल धितोपत्र बोर्ड र एनआरएनएका प्रतिनिधिबीचमा भएको छलफलमा नेपालको पूँजी बजारमा लगानी गर्न एनआरएनएले चासो देखाएको बोर्डले बताएको छ । बोर्डका पदाधिकारीसँगको छलफलमा शेयर बजारमा लगानी गर्न कानुनी प्रक्रिया सहज बनाउन आग्रह गरिएको एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले जानकारी दिए । संघका अध्यक्ष भवन भट्ट र पूर्व अध्यक्ष जिबा लामिछाने सहितको ११ जनाको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतसँग छलफल भएको लामिछानेले बताए । छलफलमा एनआरएन प्रतिनिधिले शेयर बजारमा व्यक्तिगत र संस्थागत दुबै तर्फको लगानीका लागि कानुन सहज बनाउन आग्रह गरेका थिए । एनआरएनएका प्रतिनिधिहरुले व्यक्तिगतभन्दा
More