Daily Archives 23rd December 2017

कास्कीमा सडक भासिँदा बस दुर्घटना ; एक जनाको मृत्यु

कास्कीको पोखराबाट कास्कीकै मादी गाउँपालिकाको मकैखोलातर्फ जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार साँझ भाचोकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना३ख ७४३६ नम्बरको बस सडक भासिएर बाटोबाट करिब ५० मिटर तल खस्दा एकजनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मादी गाउँपालिका वडा नम्बर–९ का पदम नेपाली रहेका छन् । दुर्घटनामा अरु ९ जना घाइते भएका छन् । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि जिप र एम्बुलेन्समा पोखरा ल्याएको प्रहरीले जनाएको छ ।
More

हराएका चेलीवेटीको लागि मोबाइल एपको प्रयोग सुरु

काठमाडौं । हराएका, बेश्याबृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक मोबाइल एप सुरु गरिएको छ। माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमा नाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रुपमा जान लागेका, बेचविखनमा पर्न लागेका बालबालिका र चेलीबेटी तुरुन्त पत्ता लाग्नेछ। अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो। एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीबेटी खोज्ने कार्य सहज हुने भएको हो। अन्तराष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मुल्य करिब १ मिलियन अमेरिकी डलर अर्थात १० करोड नेपाली
More

प्रदेश प्रमुख र अस्थायी राजधानी एक साताभित्र तोक्ने तयारी

काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ। निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो। आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ। अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ। र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ। तर, अझै पनि प्रदेश प्रमुख नतोकिएकाले सरकारलाई दबाब बढेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए। सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो। तर, अन्य दलहरूसँग सहमति गर्न
More