Daily Archives 24th December 2017

एभरेष्ट ल सोलिसिटर्सले मनायो छैठौं वार्षिकोत्सव

लन्डन । लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्मको छैठौं वार्षिकोत्सव शुक्रबार सांझ एक कार्यक्रमबीच मनाइएको छ । अल्पर्टनस्थित क्ले ओभनमा क्रिसमस डिनरसहित आयोजित कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले सांसद बीरेन्द्र शर्मा, लेबरका इलिङ डेपुटी लिडर रन्जित धीर, इलिङ पूर्व मेयर हरबजन कौर लगायत अन्य विशिष्ठ अतिथीहरुको स्वागत गरेका थिए । कार्यक्रमका अवसरमा सांसद शर्माले ल फर्मका तर्फबाट कर्मचारी, नेपाली समुदायमा योगदान गर्ने व्यक्तित्व अनि मिडियाकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरे । सोलिसिटर थापाले आफ्नो फर्म नेपाली समुदायको हित र कानुनी सेवामा निरन्तर लागिरहने प्रण गरे । सन् २०११, डिसेम्बरमा स्थापित एभरेष्ट ल बेलायत र युरोपमै पहिलो नेपाली ल फर्म भएको
More

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

होमप्रसाद लम्साल । अमेरिका– अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राइभर लाइसेन्स परीक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले क्यालिफोर्नियाका नेपालीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन्। क्षेत्रीय संयोजक जोशीले एक प्रेश विज्ञप्ति जारी गर्दै अमेरिकामा बस्ने सबैले हस्ताक्षर अभियानमा सहभागी भइ अधिकार प्राप्तिको लागि ऐक्यबद्धता जनाइदिन अनुरोध गरेका छन्। यसअघि गरिएको प्रयास स्वरुप मेरिल्याण्डमा नेपाली भाषाबाटै ड्राइभर लाइसेन्सको परीक्षा दिन पाउने नियम बनेको जोशीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यस हस्ताक्षर अभियानमा हस्ताक्षर गर्न www.change.org मा गएर अमेरिकामा बस्ने
More

डा. देवकोटाको स्वास्थ्यलाभका लागि काठमाण्डौंमा दीप प्रज्ज्वलन

लण्डन । कित्सकीय भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भनिने पित्तथैली र पित्तनली वरिपरिको क्षेत्रमा हुने जटिल क्यान्सरका कारण गम्भीर स्वास्थ्यावस्थासँग जुझिरहनुभएका सुविख्यात एवम् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको उपचार यतिबेला बेलायतस्थित किंग्स कलेज अस्पतालमा जारी छ । लण्डनस्थित सुत्रहरूका अनुसार डा. देवकोटाको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएका कारण शल्यक्रिया समेत गर्न नसक्ने अवस्था रहेको छ भने अस्पतालले उहाँलाई केमोथेरापी दिएर आवश्यक उपचार गर्ने प्रक्रिया अगाडि बढाएको छ । करिव तीन साताअघि उपचारकै लागि सपत्नी सुटुक्क लण्डन पुगेका डा. देवकोटाको क्यान्सरको जटिलताले उता सम्बन्धित चिकित्सकहरूलाई उपचारमा निकै व्यवधान पुगिरहेको बताइन्छ, यता भने क्यान्सरपीडित देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथ मन्दिरमा नेपाली चिकित्सकहरूले दीप प्रज्ज्वलन
More

प्रदेशको राजधानीका लागि किन गर्नुहुन्छ अनावश्यक विवाद : बालानन्द पौडेल

संघीयता कार्यान्वयनको चरणमा गएसँगै स्थानीय सरकार सञ्चालनमा विभिन्न विवादहरु आउन थालेका छन् । कतै गाउँपालिकाको केन्द्र राख्ने विवाद देखिएको छ भने कतै नाम फर्ने विषयमा विवाद देखिएको छ । कतै कर्मचारी पूर्ति गर्ने विषयले विवाद जन्माएको छ । विवादका श्रृङ्खला धेरै छन् । किन यस्ता विवाद आउँछन् । यिनै विषयलाई परगेल्न सहकर्मी सञ्जीव अधिकारीले तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग गरेको कुराकानी– ० स्थानीय तहमा अहिले देखिएका विवाद स्वभाविक हुन् ? – अस्वभाविक हुन् भन्ने लाग्दैन, किनभने हामीले पुनर्संरचना गर्दैगर्दा पनि केन्द्र राख्ने विषयमा फरक धारणा आएका थिए । जनताले आफ्नो प्राथमिकता अभिव्यक्त गर्नु स्वभाविक हो । गाउँसभा
More

बाम गठबन्धनले प्रदेश सरकार गठनको तयारी थाल्यो

काठमाडौं । बाम गठबन्धनले प्रदेशमा सरकार गठनका लागि छलफल सुरु गर्ने भएको छ । प्रदेश सभाको समानुपातिकतर्फ सीटको औपचारिक बाँडफाँटसँगै अधिकांश प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का जस्तो देखिएपछि छलफल थाल्ने भएको हो । प्रदेशसभामा वाम गठबन्धनका दल सोही प्रदेशबाहेक अन्यमा अरु पार्टीभन्दा अगाडि छन् । तर प्रदेशहरुमा नेतृत्व कसको हुने भन्ने बारेमा भने अनिर्णित जस्तो देखिएका दलहरु समानुपातिक सीट बाँडफाँटसँगै त्यसबारे छलफल गर्ने तयारीमा छन् । निर्वाचन आयोगले शुक्रवार बाँडफाँट गरेको सीट अनुसार सातवटै प्रदेश सभाको समानुपातिकतर्फ एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कूल २ सय २० सिटमध्ये १ सय १० वटा पाएको छ । प्रदेशस्तरमा २ नम्बर बाहेकका
More

रेशम चौधरीको सांसद बन्ने बाटो तत्काल अवरोध

काठमाडौं । फरार रहेकै अवस्थामा चुनाव जितेका राष्ट्रिय जनता पार्टी नेपालका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्ट्रारको आदेश कानुनसम्मत भएको फैसला सुनाएको छ । साथै, आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुनसुकै बेला
More

सान्ता क्लजसँग विद्यार्थी

क्रिस्मसको पूर्व सन्ध्यामा आइतबार काठमाडौँको सिटीसेन्टरमा सान्ता क्लजसँग कलेजका विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त
More

गजल प्रतिभा पुरस्कारका लागि रु एक लाख सहयोग

पोखरा । गजल प्रतिभा पुरस्कार वितरणका लागि अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाली संघ युकेका संयोजक लालबहादुर गुरुङले आफ्ना स्व पिता बेलबहादुर गुरुङको स्मृतिमा रु एक लाख १११ सहयोग प्रदान गर्नुभएको हो । लालबहादुरका तर्फबाट गजल सन्ध्याका पूर्व अध्यक्ष उदीपराज ढुंगानाले संस्थाका अध्यक्ष अमृत सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । गजल साहित्य सिर्जनामा हौसला प्रदान गर्न अक्षयकोष स्थापनार्थ उक्त सहयोग प्रदान गरेको दाता लालबहादुरले बताउनुभएको छ । गजल सन्ध्या पोखराले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
More

चीनका १३ हजार अवैध वेभसाइट बन्द

बेईजिङ । चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो । यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो । इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ । “यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भन्नुभयो । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय
More

कांग्रेस घाटमा पुगेको छैन; विश्वप्रकाश

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले कांग्रेस घाटमा नपुगेको तर, थला मात्र परेको बताएका छन् । आइतबार कांग्रेस बुटवल नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा शर्माले भने, ‘कांग्रेसलाई राष्ट्रव्यापी रुपमा बलियो बनाउन सही ‘ट्रिटमेन्ट’ जरुरी छ ।’ अब गम्भीर आत्मसमीक्षा नगरी अघि बढेमा कांग्रेस इतिहासका पुस्तकमा खोज्नुपर्ने अवस्थामा पुग्ने समेत उनले बताए । कांग्रेसका युवा नेता शर्माले पार्टीको कपालको रौंदेखि खुट्टाको बुढी औंलासम्ममा कमजोरी रहेकोले राष्ट्रव्यापी रूपमा कांग्रेस बदल्न आवश्यक रहेको औंल्याए । शर्माले पार्टीमा आमूल परिवर्तन जरूरी रहेको भन्दै पार्टी विस्तार नभई व्यवस्थापन आवश्यक रहेको तर्क राखे । उनले चुनाव हार्दैमा पार्टी नसकिने भन्दै
More

कांग्रेसी महिलाले दिए राष्ट्रपति भण्डारीलाई दबाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश तुरुन्त प्रमाणीकरण गर्न कांग्रेस निकट भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरुले विज्ञप्ति प्रकाशित गरी आग्रह गरेका छन् । नेपालको संविधानको धारा ८३ मा “प्रतिनिधिसभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ” भन्ने संवैधानिक व्यवस्था छ । त्यसैले राष्ट्रिय सभाको निर्वाचन विना अर्को सरकार वन्न पनि सक्दैन र निर्वाचन पक्रिया पनि पूर्ण हुदैन भन्दै धारा ८४(८) को सम्मान गर्न उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । उक्त धारामा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाई सदस्य
More

हिरो रिटर्न्स रिलिज, फेब्रुअरीमा लण्डनमा

काठमाडौं । फिल्म ‘हिरो रिटर्न्स’को अफिसियल रिलिज घोषणा भएको छ। निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले फिल्मको रिलिज लक गरेको हो । नयाँ बर्ष २०७५ को बैशाख २८ बाट फिल्म दर्शकमाझ आउनेछ । निर्माता समेत रहेका लिड अभिनेता सविन श्रेष्ठले समाचारको पुष्टी गरेका छन् । यो फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत लिड अभिनयमा छन् । ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दै स्टार अभिनेत्रीको ट्याग पाएकी रेखा यो फिल्म रिलिज हुँदा आफ्नै डेब्यू फिल्मको ब्राण्डलाई जिवित
More

मृत्यु भएका म्यादी प्रहरीलाई २५ लाख

काठमाडौं । प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिईने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हिजो शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई १० लाख रुपैयाँ दिने र घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले घटनामा परी घाइते हुनेहरूको निःशुल्क उपचार गराउने निर्णय पनि गरेको छ । विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो । बाकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिइने छ ।
More

साना बाम एमालेको डोकोमा

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उहाँको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।” प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिनुभयो ।
More

दलहरुलाई मिल्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा उहाँले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरु मिलेर जानका लागि आह्वान गर्नुभयो । “राष्ट्रियसभाको निर्वाचनका लागि दलहरु मिल्नाको विकल्प छैन”, राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भन्नुभयो । राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच सहमति हुन सकेको छैन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका शीर्ष नेतासँग पनि शुक्रबार छलफल गर्नुभएको थियो ।
More

लहानमा क्यान्सर अस्पताल बनाइने

लहान । सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ । लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पूर्वाञ्चलमै क्यान्सर अस्पताल नहुँदा अर्बुद रोगी उपचारका लागि चितवन वा काठमाडाँै जान बाध्य छन् । नेपाल अर्बुद निवारण संस्था सिरहाको पहलमा लहानमा अस्पताल निर्माण गरिने सर्वपक्षीय सहमतिसमेत भएको छ । “लहानमा क्यान्सर अस्पताल निर्माण गर्ने कुरा सकारात्मक हो, अस्पताल निर्माणका लागि म सक्दो सहयोग गर्नेछु”, कार्यक्रममा विविभागीयमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभएको थियो । कार्यक्रममा लहान नगरपालिकाका प्रमुख मुनि साहले अस्पताल निर्माणका लागि नगरपालिकाका तर्फबाट जग्गा र
More

चन्दादातालाई सम्मान

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु २५ लाखको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिँदै । तस्बिर : कमल खत्री
More

राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैनः दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आज यहाँ निर्वाचित सांसदका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसद दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको बताउनुभयो । एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उहाँले भन्नुभयो, “दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन ।” संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै नेता दाहालले भन्नुभयो, “पछि हट्ने विकल्प
More

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

पर्सा । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए । उनले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरेको आरोप क्षेत्रीय समितिको आरोप छ । क्षेत्रीय समितिको बैठकले पूर्वजिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई समेत कारबाहीको सिफारिस गरेको छ । समितिले क्षेत्रीलगायतलाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यबाट
More

कालिकोटमा कफ्र्यु पुनः शुरु

कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । प्रजिअ बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्काे सूचना नहुँदासम्मका लागि थप गरिएको बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ । शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले
More