Daily Archives 25th December 2017

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइते हेलिकोप्टरबाट काठमाडौंमा

काठमाडौं । स्याङ्जामा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको छ । स्याङ्जाको वालिङमा बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन् । स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए । कांग्रेसको समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा निकट रहेका श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको थियो। घाइते भेशराज अर्याल, कमल ढकाल र सुशील कफ्लेमध्ये अर्याल र ढकाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको
More

पूर्वविद्यार्थीको पुनर्मिलनबाट एक करोड संकलन

म्याग्दी । धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन भए पनि खर्च कटाउँदा न्यून बचत हुने गरेको सन्दर्भमा यहाँको एक विद्यालयले फरक शैली अपनाएर करोडौँ रकम संकलन गरेको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फी विकासमा सहयोग जुटाउन विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकको पुनर्मिलन कार्यक्रममार्फत रु एक करोड भन्दा बढी सहयोग जुटाएको हो । पुस ७ र ८ गते विद्यालयमा आयोजना
More

शुभकामना आदानप्रदान

ख्रीष्टमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राजधानीमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुँदै पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल तथा रक्षामन्त्री भिमसेनदास प्रधानलगायत । तस्बिर: नवीन पौडेल
More

डा देवकोटाको स्वास्थ्य सुधारोन्मुख, राष्ट्रपति भण्डारीद्वारा चासो

लन्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई आज अपराह्न टेलिफोन गरी उहाँको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । डा देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी राष्ट्रपतिलाई दिनुभएको बताइएको छ । प्रमुख स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले शनिबार पनि लण्डनस्थित नेपाली राजदूतावासमार्फत डा देवकोटाको स्वास्थ्यबारे जानकारी लिनुभएको थियो । नेपालका उत्कृष्ट न्यूरो सर्जन ६३ वर्षीय डा देवकोटाको किग्ङ्स कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ । पूर्वमन्त्री डा देवकोटाको
More

समानुपातिक बाँडफाँडमा राजपाभित्र लफडा

काठमाडौं । राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ । नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ । समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त विवाद किनारा लगाउन आज अपराह्न १ बजेका लागि बैठक बोलाएको भए पनि नेताहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो । राजपाका महासचिव केशव झाले बैठक मंगलबार पुनः बसी समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिँदैे समानुपातिक स्थान बाँडफाँटमा दलभित्र सामान्य विवाद रहेको स्वीकार्नुभयो । केही नेताहरू काठमाडौँ
More

कांग्रेस संसदीय बोर्डको बैठक यसैसाता

काठमाडौं । निर्वाचन आयोगमा प्रदेशसभा तर्फका सामानुपातिक सांसदहरुको नामावली शुक्रवारसम्म बुझाउनुपर्ने भएकाले संसदीय बोर्डको बैठक यसैसाता बस्ने भएको छ । निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसभित्र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन सशक्त दबाब अभियान जारी रहेको बेलमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी भएको छैन् । पार्टी सभापति शेरबहादुर देउवा समानुपातिक तर्फका सांसदहरुको नामावली निर्वाचन आयोगमा बुझाएपछि मात्र केन्द्रीय समितिको बैठक बोलाउने सोचमा छन् ।कांग्रेस नेताहरुका अनुसार प्रदेशसभाबाट समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगलाई शुक्रबार बुझाउनुपर्ने भएकाले संसदीय बोर्डको बैठक ढिलोमा बिहीबार बस्नुपर्ने छ र त्यसका लागि तयारी भइरहेको छ ।
More

कांग्रेसबाट समानुपातिकमा को–को सांसद बन्दैछन् (नामावलीसहित)

काठमाडौं । प्रत्यक्षतर्फ ज्यादै कमजोर उपस्थिति भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने सन्तोषजनक परिणाम प्राप्त गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने ४० सिट जितेको छ । समानुपातिकतर्फ सांसद हुन पाउने ४० जना भाग्यमानी को को होलान् ? भन्ने लेखाजोखा नेपाली कांग्रेस वृत्तमा भएको छ । प्रत्यक्ष र समानुपातिक गरी ६३ मध्ये ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान संविधानमा छ । प्रत्यक्षतर्फ एकजना महिलाले पनि चुनाव नजितेका कारण समानुपातिकतर्फबाटै ३३ प्रतिशत पु¥याउनुपर्ने बाध्यता कांग्रेसलाई छ । त्यसैले समानुपातिकका ४० मध्ये २१ जना महिला पर्ने निश्चित छ भने पुरुष १९ जना पर्नेछन् । ती १९ पुरुषमध्ये खसआर्यबाट
More

अध्यादेश तुरुन्त जारी गर्न काँग्रेस भ्रातृसंस्थाको माग

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तुरुन्त जारी गर्न माग गरेका छन् । भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालय पठाएको उक्त अध्यादेश हालसम्म जारी नभएकोमा दुःखसमेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले प्रतिनिधिसभा र प्रदेशसभाका साथै राष्ट्रियसभाको निर्वाचन गराउने दायित्व पनि वर्तमान सरकारको रहेको उल्लेख गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको अनिवार्य व्यवस्था संविधानमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको निर्वाचन नगरी प्रतिनिधिसभामा महिला सदस्यको संख्या यकिन हुन नसक्ने हुनाले तत्काल राष्ट्रियसभाको निर्वाचन गरेर मात्र
More

राष्ट्रियसभा अध्यादेश जारी गर्न माग

नेपाली काँग्रेसका भातृ र शुभेच्छुक संस्थाका प्रमुखहरुले सोमबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जारी गर्न माग गर्दै । तस्बिर: भीष्मराज ओझा
More

अमेरिकामा नेपालीले भव्य मनाए क्रिसमस

अमेरिका । राजधानी वासिङ्टन नजिक अवस्थित भर्जिनियामा यूनाईटेट नेपाली फेलोसिपको आयोजनामा क्रिसमस चाड भव्य र सभ्य तरिकाले मनाईएको छ। यही डिसेम्बर महिनाको २४ तारिखका दिन वासिङ्टनमा अवस्थित एक चर्चमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस चाड मनाईएको हो । कार्यक्रममा नेपाली रजतपटका प्रख्यात कलाकार सरोज खनाल, डिसीनेपालका प्रतिनिधि खेम भट्टचन लगायतका अतिथिहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष आशिष थापाले भगवान येशु र क्रिसमस चाडका बारेमा प्रकाश पारेका थिए भने उपाध्यक्ष रमेश मैनालीले कार्यक्रमको व्यवस्थापन गरेका थिए । संस्थाका सचिव कृष्ण श्रेष्ठको नेतृत्वमा बाधबादन व्यवस्थापन गरिएको थियो । कार्यक्रममा उपस्थित सबैले मेरी क्रिसमस भन्दै एकआपसमा
More

ग्यास उद्योग जोखिममा

बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा शर्त पालना नगरेको पाइएको छ । “ग्यास उद्योग स्थापनामा सुरक्षाका हिसाबले लापरबाही जस्तो देखिएको छ त्यसैले उद्योग सञ्चालकलाई बोलाएर छलफल गर्छौं,” प्रजिअ सिङ्खडाले भन्नुभयो । उहाँले ‘अटोमेटिक फायर फाइरिङ सिस्टम’ नभएको, पानी पनि कम भएकाले सुरक्षाको दृष्टिकोणले जोखिम रहेको आँैल्याउँदै अव्यवस्थितरुपमा ग्यास उद्योग सञ्चालन भएको बताउनुभयो । “कामदार पनि उद्योगमा बस्दैनन्, केही भइहाल्यो भने कहाँ खोज्न जाने,” उहाँले भन्नुभयो । सगरमाथा ग्यास उद्योगका सावर मल्ल अग्रवालले उद्योग मापदण्डअनुसार नै भएको
More

छाउगोठमा बस्दै महिला

महिनावारी (छाउपडी) भएको समयमा घरभन्दा टाढा रहेको छाउगोठमा बस्दै खप्तड छान्ना गाउँपालिका–७ गोर्खाली गाउँकी महिला । तस्बिर : ललित सिंह
More

कालीकोटमा छानविन समितिले अाजैबाट काम सुरू गर्दै

कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर अान्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो । घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो । समितले सोमबार नै दुवै पक्षवीच छलफल
More

काँग्रेसलाई सुधारको खाँचो छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको खाँचो रहेको बताउनुभयो । “काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको आवश्यकता छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु”, नेता सिंहले भन्नुभयो । पार्टीका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले विधानअनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा ल्याएको बताउनुभयो । “समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको छैन”, उहाँले भन्नुभयो । काँग्रेसले आफ्नो सरकारका पालामा गरेका
More

विश्वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन । विश्वका विभिन्न देशहरुमा आज क्रिसमस पर्व मनाइँदै छ । इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन् । यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई लिएर यस पर्वको पूर्वसन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । कतिपय देशहरुले क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ सुरक्षा व्यवस्था लागू गरेको जनाएका छन् । यो पर्व मनाउने क्रममा विशेषगरी मुस्लिम देशमाहरुमा इस्लामिक अतिवादीहरुले क्रिस्मसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले जनाएका छन् । क्रिस्मस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु,
More

मलेसियामा अलपत्र दुई जना नेपालीलाई गैर आवासिय नेपाली संघको सहयोग

क्वालालम्पुर । मलेसियमा अलपत्र परेका दुई नेपालीलाई गैर आवासिय नेपाली संघ मलेसियाले नेपाल फर्काउन सहयोग गरेको छ। रोजगारीको सिलसिलामा मलेसियामा आएका बोहरागाउँ ३ बागलुङका यम बहादुर बुढा र सिरहा जिल्ला लहान घर भएका किशुन देव महतोलाई हवाइ टिकट उपलब्ध गराएर सहयोग गरेको हो। बागलुङका बुढा मलेसियामा विरामी भएर अस्पतालमा अलपत्र थिए भने महतोले जेल जीवन विताइ रहेका थिए। केही समय अगाडिदेखि विरामि परेका वुढालाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया, नेपाल मगर संघको पहलमा अस्पतालमा लागेको खर्च आरएम ६००० रिंगेट रकममा सहयोग गरेको थियो। विरामी रहेका वुढा शनिवार दिउँसो नेपाल फर्कदै छन। बुढालाई ट्रार्भल डकुमेण्ट दुतावास र स्पेशल पासको लागि एचएन
More

एनआरएन मलेशियाको शाखा विस्तार

मलेशिया । गैरआवासिय नेपाली संघ मलेशियाको जोहोर क्षेत्रीय शाखा गठन भएको छ । क्षेत्रीय कमिटीको अध्यक्षमा रविलाल अधिकारी, वरिष्ट उपाध्यक्षमा माधव श्रेष्ठ, महिला उपाध्यक्षमा संगिता राई,उपाध्यक्षमा हरिबहादुर बस्नेत, सचिवमा अर्जुनबहादुर सिंह,सहसचिवमा युवराज ज्योति र कोषाध्यक्षमा खेमबहादुर थापा रहेका छन् । यसैगरी सदस्यहरुमा रेस्मा राई,कविन्द्र राई,सिताराम बस्तेत,रवि लिम्वु,नारायण गिरि, विन्दु दर्लामी, गणेश आरपी, सिताराम फुयाल,अनिलकुमार,माया भुजेल, भिम दाहाल, विजय अधिकारी, रुद्र बस्नेत, धमेन्द्र महतो र नारायण बटाला रहेका छन् । शाखाको उद्घाटन आईसीसी सदस्य विश्व राई, एनआरएनएका मलेसिया अध्यक्ष खगेन्द्र न्यौपाने र संरक्षक रमेश तिवारीले सयुक्त रुपमा गरेका थिए । कार्यक्रममा वोल्ने वक्ताहरुले धेरै लामो समय पछाडि जोहोरवारुमा शाखाको स्थापना भएको
More

मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर दान

अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ ।’ – उक्त रकम घोषणा गर्ने क्रममा घलेले भने । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै विस्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय
More

म्यादीको भत्ता फरक–फरक

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइका क्रममा दोलखा र कालिकोटमा झडप भयो । दुवै घटनामा म्यादी प्रहरीको असन्तुष्टि थियो– दिने भनिएको सेवासुविधा प्रहरीले कटौती गरेर दियो । दोस्रो दिन पनि जारी कफ्र्युले सुनसान कालिकोट सदरमुकाम मान्म बजार । प्रहरीको गोलीले म्यादीको मृत्यु भएपछि शुक्रबारदेखि सदरमुकाम तनावग्रस्त छ । यही विवादमा ३ पुसमा दोलखामा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा ७ जना घाइते भए । त्यस्तै, ७ पुसमा कालिकोटमा यस्तै प्रकृतिको झडप हुँदा प्रहरीको गोली लागी म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भयो । ८ पुसमा गृह मन्त्रालयले कालिकोटमा मृत्यु भएका म्यादी प्रहरीको घटनामा छानबिन गर्न मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा
More

छन्दमा यसरी बहन्छन् सुदेश सत्याल

यो समयका निकै बलशाली कवि हुन् सुदेश सत्याल । देशको उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका युवा कवि सत्यालले छन्दमा थुप्रै कविताहरु लेखेका छन् ।
More