Daily Archives 27th December 2017

म्यान्मा–नेपाल मैत्री संघ गठन

काठमाडौं । म्यान्मा–नेपाल सम्बन्धलाई जनस्तरमा समेत सुदृढ एवं सुमधुर तुल्याउने उद्देश्यले म्यान्मा–नेपाल मैत्री संघ गठन गरिएको छ । नेपालका लागि म्यान्माका पूर्व राजदूत ल्हा मिन्ट ऊको अध्यक्षतामा उक्त संघ गठन भएको यांगुनस्थित नेपाली राजदूतावासले जनाएको छ । संघमा म्यान्माका सामाजिक कार्यकर्ता, व्यापारी र बौद्धिक व्यक्तित्व सदस्य छन् । नेपाल र म्यान्माबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५७ वर्षपछि औपचारिक रुपमा जनस्तरमा यसरी पहिलोपटक संघ गठन भएको हो । सरकारीस्तरको पारस्परिक सम्बन्धलाई अझ घनिभूत तुल्याउन तथा जनस्तरको मैत्रीलाई थप प्रगाढ बनाउन संघ स्थापनाको नतृत्व गरेकामा पूर्वराजदूत ल्हाप्रति म्यान्माका लागि नेपाली राजदूत भीम उदासले आभार व्यक्त गर्नुभएको उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा
More

पचास लाख विदेशी पर्यटक भित्र्याउने

काठमाडौं । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेका छन् । नाट्टाका अध्यक्ष मधुसुधन आचार्यले आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु-याउने लक्ष्यका साथ संस्थाले अन्य पर्यटकीय संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताउनुभयो । निर्वाचनको निर्णयसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीले दौडधुप शुरु
More

सरकारले अध्यायदेश फिर्ता लिनुपर्ने ओली–प्रचण्डको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको छ । सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि आज दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सञ्चारकर्मीलाई भेटका बारेमा जानकारी दिँदै उहाँले पार्टी एकता, सरकार गठनका बारेमा बाहिर आएका हल्ला गलत भएको भन्दै यसमा कुनै समस्या नरहेको र उहाँहरुबीच एकमत रहेकाले यसलाई छिटो टुंगोमा पु-याउनेबारे छलफल भएको बताउनुभयो । भेटका क्रममा
More

मूल हलमा प्रतिनिधिसभा र नुप्सेमा राष्ट्रियसभा

काठमाडौं । आगामी संघीय ससदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ । हलको मूल स्वरुपमा कुनै परिवर्तन नगरी प्रतिनिधिसभाका २७५ जना सदस्यका अतिरिक्त दुवै सदनको संयुक्त बैठक सञ्चालनसमेत गर्न सकिने गरी सिटको व्यवस्था गरिएको छ । राष्ट्रियसभाका लागि प्रतिनिधिसभाको पूर्वतिरको नुप्से हलको हालको मौलिक संरचनामा केही फेरबदल गरी बैठक बसाल्न सकिने ठाउँ बनाउने कार्य भइरहेको छ । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । संघीय संसद्को पहिलो
More

‘नयाँ सरकार निर्माणमा देउवा बाधक’

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन् । नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सुझाव दिए । काठमाडौंमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा हार ब्यहोर्दासमेत प्रधानमन्त्री देउवाले राजीनामा नदिएकोमा आपत्ति जनाए । सरकार गठनमा बाम गठबन्धनभित्र कुनै विवाद नरहेको दावी पनि उनले गरे । झण्डै दुई तिहाई बहुमत ल्याएको बाम गठबन्धनले नै नयाँ सरकार बनाउने उनको भनाई थियो । सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता सँगसँगै अघि बढ्ने जानकारी उनले दिए ।
More

ओली–दाहालको मौनताले गम्भीर कुराको संकेत, आज भेट

काठमाडौं । राजनीतिक गतिरोध अन्त्य गर्दै सरकार निर्माण प्रक्रियालाई तिव्रता दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुने भएको छ । ओली र दाहालबीच हिजै छलफल हुने भनिए पनि दुवै नेताको व्यस्तताका कारण हुन सकेको थिएन । तर आज दुई नेताबीच छलफलको तयारी भइरहेको बताइएको छ । दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने छ । त्यसैगरी राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा पनि छलफल गरी एउटा निष्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ । यता, अध्यक्ष ओली र दाहालबीच पदको बाँडफाँटका विषयमा देखिएको चिसोपना अन्त्यका लागि युवा नेताहरुले दबाब
More

काठमाडौँका सदस्य सम्मानित

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँद्वारा बुधबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य नेकपा (एमाले) का नेता माधवकुमार नेपाललाई सम्मान गरिँदै । तस्बिर : कृष्णराज गौतम
More

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौं । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा कार्यकारी निर्देशक घिसिङ र प्रवक्ता अधिकारी सम्मिलित हुनुहुन्छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गर्ने र सम्झौता
More

कर्णालीको जनजीवन कष्टकर

जुम्ला । कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ । हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ । अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी मर्कामा परेका छन् । चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल निर्देशक डा पूजन रोकायाले बताउनुभयो । अस्पतालमा आउने बिरामीलगायत सबैलाई बाक्लो कपडा लगाएर न्यानो राख्न र
More

सांसदलाई ऋण तिर्न सार्वजनिक सूचना

रुकुम । रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले ऋण भुक्तानीका लागि सार्वजनिक सूचना आह्वान गर्दै आग्रह गरेको हो । कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन उद्योग सञ्चालन गर्ने भन्दै रु चार लाख ऋण लिएको बताइएको छ । संस्थाको तत्कालीन अध्यक्ष हुँदा २०६८ सालमा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत लिएको रकमको अहिलेसम्म ब्याज र साँवा कति पनि नतिरेको बैंकको भनाइ छ । उक्त संस्थाले मासिकरुपमा नौ प्रतिशत ब्याज
More