Daily Archives 27th December 2017

के उपेन्द्र देवकोटालाई क्यान्सर भएको हो ?

चिरन शर्मा ,लन्डन- लन्डनको किङ्ग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार्थ भर्ना भएका पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। नेपालमा नियमित चेकअपका बेला जन्डिस देखिएपछि अकस्मात अस्पताल भर्ना भएका डा. देवकोटाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको बताए। देवकोटाले मंगलवार अपस्पतालको शैयाबाट नागरिकन्युजसंग संक्षिप्त कुरा गर्दै स्वास्थ्यमा पहिलाभन्दा निकै सुधार भएको बताए। किङ्ग्स कलेज अस्पतालको अन्तर्राष्ट्रिय तथा प्राइभेट शैयामा रहेका देवकोटाले आफ्ना शुभचिन्तकको शुभेच्छा र सद्भावले आफ्नो स्वास्थ्यलाई धेरै सहयोग पुगेको बताए। करिव ३ साताअघि श्रीमति मधु देवकोटासँग लन्डन आइपुगेका उनको स्वास्थ्य स्थितिबारे सामाजिक सञ्जालमा आएका खबरप्रति परिवारले असन्तुष्टि जनाएको छ। श्रीमति देवकोटाले उनलाई क्यान्सर नभएको
More

कबड्डी र झोलेको सिक्वेल फरक छ; दयाहाङ

मंगलवार फिल्म ‘मिस्टर झोले’को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायक दयाहाङले ‘झोले’को सिक्वेल ‘मिस्टर झोले’ नभएको बताए । उनले भने, ‘‘मिस्टर झोले’, ‘झोले’भन्दा विल्कुलै फरक छ । तर, बजारमा ‘मिस्टर झोले’, ‘कबड्डी’को तेस्रो सिक्वेल भन्ने जसरी चर्चा चलेको छ त्यो विल्कुलै गलत हो । हो, यस फिल्ममा प्रायः ‘कबड्डी’को नै टीम छ । त्यसैले पनि कतै ‘मिस्टर झोले’, ‘कबड्डी’को सिक्वेल त होइन भन्ने लाग्न सक्छ । बाहिरको रंग उस्तै लागेपनि ‘मिस्टर झोले’को प्रस्तुती र कथा फरक छ ।’ उनी फिल्मलाई दर्शकले रुचाउनेमा ढुक्क देखिन्छन् । ‘मिस्टर झोले’को बक्स अफिस कलेक्सनले तपाईको फिल्मी करिअरलाई चाहीँ कति अर्थ राख्छ ?
More

बाग्लुङ महोत्सवमा महिला भलिबललाई प्राथमिकता

पुस १४ गतेदेखि २३ गतेसम्म बागलुङमा हुन लागेको पाँचौं बागलुङ महोत्सवमा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । बागलुङमा भलिबल खेल धेरै हुने गरेता पनि महिला भलिबल भने कमै मात्रमा हुने गरेका छन् । महोत्सवमा मुख्य आकर्षणको रुपमा लिइएको खुल्ला महिला तथा पुरुष भलिबलमा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले प्रतियोगितामा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका खेलाडीहरुको सहभागिता रहने बताउनुभयो । महिला भलिबलमा अहिले देशकै चर्चित टिमहरु न्यू डायमण्ड क्लब, नेपाल आर्मि, पुलिस लगायतका टिमहरुलाई प्रतियोगितामा भाग लिनको लागि आग्रह गरिएको र आउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ । महिला भलिबलमा
More

बाग्लुङमा ५ केजी चरेस सहित एक जना पक्राउ

बाग्लुङ -जिल्लाको निसीखोला गाउँपालिका–५ भल्कोटबाट बुर्तिबाङ तर्फ आउँदै गरेको ना ४ ख ९२०९ नम्बरको यात्रु बाहक बसबाट ईलाका प्रहरी कार्यालय झिवाखोलाले करिब ५ किलो चरेस सहित निसीखोला गाउँपालिका–५ निसीका ३० वर्षिय खिमबहादुर घर्तीलाई पक्राउ गरेको छ । प्रहरी नायव निरिक्षक रिमबहादुर बैदवारको टोलीले गाडी चेक जाँच गर्ने क्रममा झोलामा चरेस भेटिएको निरिक्षक बैदवारले जानकारी दिए । पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भैरहेको र आज जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिए ।
More

महिला प्रहरीलाई बाल अधिकार विषयक २ दिने तालिम

बाग्लुङ –धौलागिरीका ३ जिल्लाका महिला प्रहरीको लागी बाल अधिकार विषयक २ दिने तालिम बागलुङमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशन बागलुङ र संघिय प्रहरी इकाई कार्यलय बागलुङको सहकार्यमा तालिम सम्पन्न भएको थियो । समावेशी शिक्षा प्रवद्र्धन परियोजना अन्र्तगत आयोति तालिममा बागलुङ,पर्वत र म्याग्दीका २४ जना महिला प्रहरीको सहभागिता रहेको थियो । वालअधिकारका घटना न्युनिकरण गर्ने उदेश्यले तालिम आयोजना गरिएको हो । तालिममा संघिय प्रहरी इकाई कार्यलय बागलुङक प्रहरी नायव निरिक्षक दिलवहादुर रेग्मी र प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद शर्माले वाल न्याय,वालअधिकर ,संविधान, वालवालिको अधिकार लगाएतको विषयमा सहजिकरण गर्नु भएको गाजा डेभलपमेण्ट फाउण्डेशनका फिल्ड
More

अधुरो रह्यो देउवाको प्रतिबद्दता

काठमाडौँ । निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ। अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एकीकृत रुपमा केन्द्रीय नेताहरु लागिपरेका छन्। पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि मत माग्दै देउवाले भनेका थिए, ‘पार्टीमा निरन्तर योगदान पुर्याएका कर्मठ, क्षमतावान र लोकप्रिय सबै नेता तथा कार्यकर्ता साथीलाई उदार हृदयले न्याय, सुरक्षा र अवसरको प्रत्याभूति दिँदै सबै क्षेत्र, वर्ग र समूहको समावेशी सहभागीता एवं प्रतिनिधित्वसहितको एकताबद्ध पार्टी बनाउने ठोस नीति र कार्ययोजना बनाएर अघि बढ्न अब ढिला गर्ने अवस्था छैन।’ यी सबै काम पुरा गर्ने नेतृत्वका लागि आफू दृढ
More

चर्को विवादका बीच सम्मान कार्यक्रम सम्पन्न, समाजका प्रमुख अगुवाद्धारा बहिष्कार

लन्डन । विश्व घुम्ने अभियानमा दौडिएका नेपालका एकजना रंग पत्रकारले लन्डनमा बांड्न खोजेको नागरिक सम्मान बेलायतस्थित अग्रजहरुले वहिष्कार गरिदिएका छन् । मंगलबार सांझ लन्डनको सि एण्ड एल कन्ट्री क्लब, नर्थहोल्टमा आयोजना गरिएको ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ मा छनोट गरिएका अधिकांश व्यक्तित्व अनुपस्थित रहे । ५१ जनालाई सम्मान गर्ने आयोजकको पूर्व योजना रहेपनि डेढ दर्जनलेमात्र सम्मान ग्रहण गरे, कुल सहभागिता संख्या तीन दर्जन पनि रहेन । कार्यक्रम हुनुअघि नै विभिन्न मिडियामा यसको छनोट प्रक्रिया, स्तर र दिने व्यक्तिको हैसियतमाथि प्रश्नचिन्ह उठेर विवाद उत्पन्न भएपछि प्रमुख अतिथीका रुपमा निम्त्याइएका नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, सांसद बीरेन्द्र शर्मा, इलिङका डेपुटी लिडर
More