Daily Archives 28th December 2017

अस्पताल भवनमा सिलबन्दी

मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरेपछि जानकारी दिँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । नेपाल सरकारको रु २९ करोडको लागतमा निर्माण भईरहेको राष्ट्रिय क्षयरोग केन्द्रको ३०० शैयाको क्षयरोग अस्पतालको भवन निर्माण गर्दा नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण गरेको भन्दै सिलबन्दी गरिएको हो । तस्विर: रमेश गिरी
More

बलात्कार अभियोगमा युवक पक्राउ

त्रिशूली । विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ । एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । मंगलबार साँझ भएको घटनाको बुधबार उजुरी परेपछि आरोपित युवकलाई पक्राउ गरी आज मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
More

एनआरएन अनररी काउन्सिलमा नबस्ने विश्व पण्डितको घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वसल्लाहाकार विश्वआर्दश पण्डितले हालै गठन गरेको एनआरएन अनररी काउन्सिल सदस्यमा नबस्ने घोषणा गरेका छन् । पण्डितले संघका अध्यक्ष र महासचिवलाई एक पत्र लेख्दै संघको बिधानमै नभएको निकायमा बस्न असमर्थ रहेको जनाएका छन् । पत्रमा विधानमा यस्तो कुनै समितिको व्यवस्था छैन, तसर्थ यो समितिको काम कतव्र्य र अधिकार के हो भनी प्रश्नसमेत गरेका छन् । उनले पत्रमा भनेका छन्, ‘स्वघोषित मान्यवर भनिएको परिषदमा योग्य ठानेर नियुक्ति गरेकोमा धन्यबाद दिदैं नयाँ पद सिर्जना गरी नियुक्ति लिनुदिनु पर्ने अवस्था किन आइलाग्यो ? असमन्जस र किंकर्तव्यबिमुढ छु ? यो भन्दा त बरु संघलाई विभिन्न ढंगले टेवा पु-याउँदै
More

अन्तिम ओभरमा रोहितको लगातार छक्का, भैरहवा फाइनलमा

काठमाडौं। दोस्रो क्वालिफायरमा शानदार जीतसँगै भैरहवा वारियर्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अन्तिम ओभरमा रोहित पौडेलले आक्रामक ब्याटिङसहित लगातार दुई छक्का प्रहार गर्दै भैरहवाको फाइनल यात्रा निश्चित गरेका हुन् । अब भैरहवा पर्सी शनिबार हुने फाइनलमा विराटनगर वारियर्ससँग भिड्नेछ । भैरहवा पहिलो क्वालिफायरमा हिजो मात्रै विराटनगरसँग पराजित भएकोले उसले हिलोको बदला लिने मौका पाएको छ । अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का हानेका रोहितले तेस्रो बलमा एक रन लिँदै इनिङ समाप्त गरे । उनले १७ बलमा नटआउट २८ रन बनाए । ओपनर प्रथम सालुन्केले आक्रामक सुरुवात गरेको भैरहवाको इनिङ मध्यक्रमका
More

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको वैठक भोलि

काठमाडौं । कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनापछि कांग्रेस सभापति शेरवहादुर देउवाले पहिलो पटक केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा निर्वाचनको समिक्षा हुनुका साथै समानुपातिक सांसद चयनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । दोस्रो संबिधान सभा निर्वाचनमा पहिलो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतक्ष्यतर्फ तेस्रो स्थानमा खुम्चिएको छ । निर्वाचनपछि केहीले पार्टी सभापति देउवाको राजिनामा समेत माग गर्दै आएका छन् ।
More

दीर्घरोग लागेका विरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौं । सरकारले दीर्घरोग लागेका विरामीहरुको जिविकोपार्जनका लागि मासिक भत्ता दिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले दुवै मृगौलाले काम नगर्ने, क्यान्सर, स्पाइनल इञ्जुरी तथा पक्षघात भई अपांग भएका विरामीलाई जिविकोपार्जनका लागि मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो । जटिल रोग लागेको बिरामीलाई जीवनयापनको लागि सहयोग गर्न स्वास्थ्य मन्त्रालयको प्रस्तावमा जीवन निर्वाहको लागि भत्ता उपलब्ध गराउने निर्णय बैठकले गरेको हो । बैठकले स्वास्थ्य सचिवमा डाक्टर पुष्पा चौधरीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी डाक्टर चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि स्वास्थ्य सचिव खाली थियो । त्यस्तै
More

दार्चुला केन्द्र भएर गयो भूकम्प

काठमाडौं। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दर्चुलामा केन्द्र भएर ४.५ म्याग्निच्युटको भूकम्प गएको छ भूकम्प मापन केन्द्रले जनाएको छ। ७२ बैशाख १२ को महाभूकम्प पछि लगातार पराकम्प जाने क्रम कयमै रहेको भएपनि आज दार्चुलामा गएको यो पराकम्प नभएर भूकम्प भएको उल्लेख छ।
More

अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन

अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधवार दिउँसो बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार थापाको निधन भएको हो । राजधानीको बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई वीर अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । उनी अभिनीत नयाँ फिल्म ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ । उनले ‘उवर्शी’, ‘डिभोर्स’ फिल्मसँगै दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी छिन् । देश
More

मिस्त्रीखोला जलविद्युत आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । रोवस्ट ईनर्जी प्रालीले निर्माण गरेको यो आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र पेनस्टक निर्माणको काम एकै साथ तीब्र गतिमा भैरहेको छ । तस्बिर : सन्तोष गौतम
More

पूर्वराजा ज्ञानेन्द्र आज नेपालगञ्ज जाने

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह आज बाँके जाँदैछन् । लामो समयपछि पारिवारिक भ्रमणका लागी उनी आज नेपालगञ्ज जान लागेका हुन । श्रीमती कोमल सहित उनी दिउसो पौने चार बजे नेपालगञ्ज जाने कार्यक्रम छ । पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उदघाटन गर्ने कार्यक्रम छ । शाह दम्पती करिव दुई साता पश्चिम नेपालमा रहने बताइएको छ । सो क्रममा शाह दम्पतीले केही धार्मिक क्षेत्रको भ्रमण गर्ने बताइएको छ । उनले पश्चिम नेपालमा रहदा राजवादी संघसंस्थाका प्रतिनिधिसँग भेटघाट समेत गर्ने कार्यक्रम छ ।
More