Daily Archives 29th December 2017

बागलुङमा पर्यटन, जलविद्युत् र कृषिको सम्भावना : भट्ट

बागलुङ । पाँचौँ बागलुङ महोत्सव आजदेखि शुरु भएको छ । सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित महोत्सवको गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले उद्घाटन गर्दै विदेशमा रहेका नेपालीले पठाउने विप्रेषणलाई लगानीमा परिणत गर्ने योजना रहेको बताउँदै पर्यटन, जलविद्युत्, कृषिलगायत भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्रसँग संघले सहकार्य गर्ने बताउनुभयो । सो अवसरमा नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले जिल्ला र समग्र मुलुकको समृद्धिका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा पर्यटन, जलविद्युत्, कृषि र स्थानीय उत्पादनको दृष्टिकोणले प्रशस्त सम्भावना रहेकाले परियोजना बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संघका अध्यक्ष
More

महोत्सवको उद्घाटन

उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन गर्दै गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट । तस्वीर: रामबहादुर थापा
More

रु बत्तीस लाखसहित भारतीय पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले रु ३२ लाख रकमसहित आज एक भारतीयलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नंको गाडीमा आउँदै गरेको अवस्थामा जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई आज अपराह्न सो रकमसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिनुभयो । चौधरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।
More

दवाव सिर्जना गरेर अध्यादेश जारी गरियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन । नेपाल पर्वतारोहण संघको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताएका हुन । सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराईएको ओलीको भनाई छ । मिडियाले पनि राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको भन्दै उनले आफु शितलनिबास नगएको स्पष्ट पारे । ओलीले कांग्रेसहरुले पटक पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए । नाकाबन्दीका बेलापनि छिमेकी
More

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा चाँडै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उहाँको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गर्नुभएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश आज प्रमाणीकरण गर्नुभएपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो । सो अवसरमा डा यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा
More

महिला अधिकार मञ्चको दशौं परिषद् उद्घाटन

नवलपरासी । स्थानीय तहमा निवार्चित महिला जनप्रतिनिधिको भूमिका महिलाअधिकार सुनिश्चिताका लागि दरिलो आधार भएको भरतपुर महानगरपालिकाको उपमेयर पार्वती शाह ठकुरीले बताउनु भयो । राष्ट्रिय महिला अधिकार मञ्चको दशौं वार्षिक सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपमेयर शाहले यस्तो बताउनु भएको हो । कार्यक्रमको प्रमुख अतिथि शाहले समानतामा आधारित समाज निर्माण हुन अझै नसकेकोमा चिन्ता व्यक्त गर्दै समानताको लागि सबै वर्ग, समुदाय क्षेत्रबाट एकजुट हुनुपर्ने औल्याउनु भयो । सो अवसरमा उहाँले महिला वर्गको हकअधिकारका लागि सामाजिक संघसंस्थाको भुमिका उल्लेखनीय रहेको समेत बताउनु भयो । यस्तै कार्यक्रमका विशिष्ठ अतिथी गैडाकोट नगरपालिकाकी उपमेयर विष्णु कँडेल सापकोटाले महिला हिंसामा मदिराजन्य वस्तु कारक तत्व रहेको
More

ह्विलचियरमैत्री हुनुपर्ने माग

काठमाडौँका भौतिक संरचनाहरु (भवन, सडक र सार्वजनिक स्थानहरु) ह्विलचियरमैत्री हुनुपर्ने माग राख्दै शुक्रबार काडमाडौँमा करुणा फाउन्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा भएको ¥यालीमा सहभागीहरु । तस्बिर: कल्पना पौडेल
More

विवादको गाँठो फुक्यो, कसरी गठन हुन्छ राष्ट्रियसभा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ । अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ । यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो पर्ने जनाएको थियो । सोही कारण संघीय व्यवस्थापिका र नयाँ सरकारको गठनमा ढिलाइ हुँदै आएको थियो । नेपालको संविधानअनुसार संघीय व्यवस्थापिकामा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ भने कानूनको अभावमा राष्ट्रियसभाको निर्वाचनमा ढिलाइ हुने सम्भाबना थियो ।
More

माओवादी केन्द्रले समानुपातिक नामावली बुझायो (नामावलीसहित)

काठमाडौं । माओवादी केन्द्रले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, र ३ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् । प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् । माओवादी केन्द्रबाट प्रदेशसभाको समानुपातिकमा पर्ने उम्मेदवारको सूची यस्तो छः सीता थेवे कुशुमकुमारी श्रेष्ठ शौभाग्य राई सरस्वती पोखरेल उमिता बिश्वकर्मा जगतप्रसाद यादव महम्मद समीर रुबीकुमारी कर्ण प्रमिला कुमारी यादव फुलियादेवी सदा दिनेश महर्जन आङ्देण्डी लामा ओम घलान हिमाली गोले प्रतिमा श्रेष्ठ
More

आफ्नै दाजुबाट बहिनी बलात्कार हुँदा लुकाउन खोज्छन् घरपरिवार

आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् । अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरी थाना धाइरहेकी छिन् । थानामा उजुरी दर्ता गरेको ३ दिन भयो तर प्रहरीले अहिलेसम्म आरोपी दाजुलाई पक्राउ गर्न सकेको छैन । अर्कोतर्फ घरमा पीडित किशोरीलाई बस्नै नसक्ने अवस्था आएको छ । परिवारका अन्य सदस्यले उनलाई घरबाट निकालेका त छैनन् तर यतिसम्म बेवास्ता गरेका छन् कि उनी घरमा भएर पनि नभएजस्तो व्यवहार
More