Monthly Archives January 2018

भवन भट्टको नेतृत्वमा एनआरएनका ९ काम (३ महिने प्रतिदेवन)

काठमाण्डौं । गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । सोमवार काठमाण्डौंमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो । कार्यक्रमको सुरुमा संघका प्रवक्ता भूषण घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संघले नयां कार्यकालमा गरेका गतिविधिहरु र भावी कार्यक्रमहरु बारे जानकारी गराउनुका साथै संघले गरेका गतिविधिहरुलाई विश्वभर जानकारी गराउनको लागी सेजनसंगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । साथै उहाँले नेपालका संचारकर्मीहरुले सदैव गैरआवासीय नेपालीहरुका चासोका विषयहरुलाई आफ्नो संचार माध्यममा प्राथमिकता दिएकोमा आभार प्रकट गर्नु भयो । संघका अध्यक्ष भवन भट्टले गैरआवासीय
More

राज्यमन्त्री हुँ, कर्मचारीले टेर्दैनन्

यशोदाकुमारी लामा, भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री केही दिनयता भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामा आक्रोशित छिन् । कर्मचारीले टेरेनन्, सञ्चारमाध्यमले आफूले बोल्दै नबोलेको कुरा लेखेको भनेर उनी आक्रोशित भएकी हुन् । सरकार, प्रतिपक्ष र कर्मचारी मिलेर काम गर्ने हो भने भ्रष्टाचार नियन्त्रण हुने र देश स्वीट्जरल्यान्ड बन्न धेरै समय नलाग्ने उनको निष्कर्ष छ । यिनै परिवेशमा राज्यमन्त्री लामासँग राज ढुंगानाले गरेको कुराकानी : ० सरकारले गरेको निर्णयको धेरै आलोचना भयो नि ? – राज्यलाई अनिर्णयको बन्दी बनाएर राख्नु हुँदैन । राज्य भनेको अविछिन्न हुन्छ । कतिपय निर्णय यस्ता हुन्छ, जुन अर्को सरकार आएर गरोस् भनेर पर्खन मिल्दैन । मुलुक सञ्चालनका
More

एमाले स्थायी समितिमा देउवा सरकारको निन्दा

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेश
More

कांग्रेस नेताको जुत्ता पालिस कार्यक्रममा ३० हजार रुपैयाँ संकलन

काठमाडौं । राजनीतिक शुद्धिकरण अभियानका लागि नेपाली कांग्रेसका नेताहरुले मंगलबार जुत्ता पालिस गरेका छन् । आज विहान दश बजेदेखि एघार बजेसम्म राजधानीको बानेश्वरमा कांग्रेस केन्द्रिय सदस्यहरु धनराज गुरुङ, चन्द्र भण्डारी राधेश्याम अधिकारीलगायतले जुत्ता पालिस गरेका हुन । पन्चायत कालमा कांग्रेसका स्वर्गिय नेता कृष्णप्रसाद भट्टराईले किताव कापी किन्न पैसा नभएका कांग्रेस कार्यकर्तालाई दिनको एकघन्टा जुत्ता पालिस गर्न दिएको सन्देशलाई अनुशरण गर्दै जुत्ता पालिस गरिएको सहभागीले बताएका छन् । राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य गर्दै कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जुत्ता पालिस गर्ने कार्यक्रम गरेको हो । व्यग्यको रुपमा गरिएको कार्यक्रममा तीस हजार रुपैया चन्दा समेत संकलन भएको छ । कृष्णप्रसाद भट्टराई जस्ता अग्रज भएको
More

शहीदप्रति श्रद्धाञ्जलि

शहीद दिवसको अवसरमा मंगलबार कञ्चनपुरको भीमदत्तनगरमा रहेको शहीद दशरथ चन्दको सालिकमा माल्यार्पण गरीं श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर: शेरबहादुर सिंह
More

भोलि बुधबार १५२ वर्षपछिको खगोलीय घटना

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि
More

एमालेले राष्ट्रियसभाको निर्वाचनपछि मतदानबाट मुख्यमन्त्री छान्ने

काठमाडौं । नेकपा (एमाले)ले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २१ गतेसम्म प्रत्येक प्रदेशमा मतदातालाई आफ्ना उम्मेदवारलाई मत हाल्नका लागि अभिमुखीकरण तालीम सञ्चालन हुनेछ । बैठकले प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीको चयन राष्ट्रियसभाको निर्वाचनपछि गरिने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् । बैठकले नयाँ सरकार गठनपछि वर्तमान सरकारले
More

१० चितुवा मृत फेला

पोखरा : कास्कीमा वैशाखदेखि अहिलेसम्म १० वटा चितुवा मृत फेला परेका छन्। जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार कास्कीका विभिन्न ठाउँमा ती चितुवा मृत फेला परेका हुन्। मृत फेला परेकामध्ये ७ वटा भाले र ३ वटा पोथी चितुवा छन्। साउन, भदौ र असोजमा १/१ वटा, पुसमा ४ वटा र माघमा ३ वटा चितुवा मृत फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ। आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ भेडीफारम नजिकै मृत चितुवा फेला परेको हो। ‘चितुवालाई विष खुवाएर मारिएको पोस्टमार्टम रिपोर्टले देखाएको छ’, बरालले भने,‘ यसबारे अनुसन्धान भइरहेको छ।’ मृत फेला परेकामध्ये दुई वटा चितुवालाई विष खुवाएर
More

धौलागिरी अञ्चल अस्पतालको सुत्केरीमाथि लापारबाही

बागलुङ : जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि-अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’ उनलाई शारीरिक पीडा त थियो नै ! पिसाब गर्न पनि कठिन हुन
More

राष्ट्रिय सभामा ३२ सदस्यका लागि मात्रै चुनाव हुने

काठमाडौं । निर्वाचन आयोगले अब राष्ट्रिय सभा सदस्यको ३२ सिटका मात्रै चुनाव हुने बताएको छ । २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले अब ३२ सदस्यका लागि मात्रै चुनाव हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनु भएको छ । प्रदेश १ मा ६ जना, प्रदेश २ मा सबै ८ जना, प्रदेश ४ मा १ जना, प्रदेश ५ मा ३ जना, प्रदेश ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, प्रदेश ३ र प्रदेश ६ का भने सबै ८ पदमा निर्वाचन हुने आयोगले जनाएको छ । ५६ मध्ये अब ३२ पदमा ५२ जनाबीच प्रतिस्पर्धा हुने आयोगले जनाएको छ ।
More

आज शहीद दिवस

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा जीवन आहूति दिने शहीदको सम्झना गरी आज शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सप्ताहकै रुपमा शहीद दिवस मनाउने गरिएको छ । विक्रम सम्वत २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजनमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा शुक्रराज शास्त्रीलाई विक्रम सम्वत १९९७ मा माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएका थिए । शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ
More

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउनु हुने भएको छ । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लाग्नु भएको हो । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि आउँदो बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ । भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने बताइएको छ ।
More

१७ विदेशी चिकित्सक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाबाट अस्पताल सञ्चालक र विदेशी चिकित्सक गरी १७ जनालाई पक्राउ गरेको छ । सरकारबाट अनुमति नलिएका अस्पताल सञ्चालक र विदेशी चिकित्सक पक्राउ परेको अनुसन्धान व्यूरोले जनाएको छ । एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक पक्राउ परेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनु भएको छ । ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । निजी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा संस्थान (आईओएम)ले तोके भन्दा बढी शुल्क लिएको खुलेको छ । आईओएमले उपत्यकाको हकमा साढे
More

मुख्यमन्त्री छान्न एमाले स्थायी समिति बैठक

काठमाडौं । प्रदेश सभामा संसदीय दलको नेता चयन लगायतका विषयमा सहमति जुटाउन नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रदेश सभा संसदीय दलसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसुचि छ । बैठकवाट एमालेले प्रदेश सभा संसदीय दलको नेताका लागि मापदण्ड बनाउने तयारी गरेको छ । केही दिनमै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढने भएकाले दलको नेता चयन गर्न विधि, प्रक्रिया र मापदण्ड बनाउने एमालेको तयारी छ । एमालेले मुख्यमन्त्रीका उम्मेदवार सकेसम्म सहमतिमा बनाउने नभए मापदण्ड र योग्यता तोक्ने तयारी गरेको छ । एमालेको पाँच नम्बर प्रदेशमा शंकर पोखरेल सर्वसम्मत संसदीय दलको नेता चयन
More

एनसेलबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ — एनसेल र त्यसमा लगानी गर्ने कम्पनीहरूले कर छलेको भन्दै सर्वाेच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता भएको छ । निवेदनमा एनसेलले तिर्न बाँकी रहेको करिब ३९ अर्ब रुपैयाँ बराबरको लाभकर सेयरधनी र कुनै पनि विदेशी व्यक्ति/कम्पनीको नाममा हस्तान्तरण गर्न र निकासा गर्न रोक लगाउन माग गरिएको छ । विभिन्न क्षेत्रका अनुभवी ६ व्यक्तिले आइतबार रिट निवेदन दर्ता गराएका हुन् । सर्वोच्चका अनुसार रिट निवेदनमा एनसेल र यसका सेयरधनीबाट प्रचलित कानुनबमोजिम लाभकर उठाई तत्काल असुलउपरको आदेश गर्न माग गरिएको छ । ‘२०५८ असार ३ गतेपछि एनसेललाई क–कसले कसरी नियन्त्रण गरे ? सेयर लिएर वा व्यवस्थापनमा सहभागी भएर नियन्त्रण गर्दा क–कसले विदेशी लगानी र प्रविधि
More

विदेशी नक्कली डाक्टर प्रहरीको फन्दामा

नेपाल मेडिकल काउन्सिलको अनुमति नलिई राजधानीका विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत कम्तिमा २० जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। राजधानीका विभिन्न अस्पतालमा अवैध रुपमा चिकित्सकको काम गरिरहेका २० जना विदे‍शी नागरिकलाई पक्राउ गरी हिरासतमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लेज जानकारी दिएको छ । ‘नेपाल मेडिकल काउन्सिलको अनुमति बिना नै नेपालमा विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत विदेशी नागरकिलाई हिरासतमा लिएका छौँ’, सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले भने, ‘उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकाले अहिले नै सबै कुरा बताउन मिल्दैन, केही दिनमै यसको विस्तृत विवरण बाहिर ल्याउँछौँ ।’ सीआईबीका अनुसार ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पतालबाट अमेरिका,
More

दरवारमार्गमा युवतिमाथि सामूहिक बलात्कार ,प्रहरीले नै दियो मिल्न दबाव

काठमाडौं । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो । स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए । शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन
More

सुष्मा स्वराज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् । भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ । भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । भारतीय विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ । माघ १८ गते नेपाल आउन लागेकी स्वराज
More

युवतीको हत्या अभियोगमा नेपाली युवकलाई आजीवन कारावास

काठमाडौँ । आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका भोताङ–८, सिन्धुपाल्चोकका ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (युएई) को प्रारम्भिक अदालतले आइतबार आजीवान कारावासको फैसला सुनाएको छ । गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा उनले भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो। तामाङलाई दुवईको अल अवीर केन्द्रीय कारागारमा राखिएको छ। अदालतले उनलाई १५ दिनभित्र पुरावेदन गर्नको लागि मौका दिएको छ। उनलाई सजाय भुक्तान गरेपछि युएईबाट निष्कासन गर्नसमेत आदेश दिइएको भएपनि काराबास सजाय कति वर्षमा पूरा हुन्छ भन्ने खुलाइएको छैन। बुलेले भने लप्साङलाई मार्ने उद्देश्य आफ्नो नभएको बयान अदालतसमक्ष दिएका थिए। छुट्टीको
More