Daily Archives 2nd January 2018

गर्भनर नेपाल, व्यवसायी ढकाल र एनआरएन अध्यक्ष भवन भट्ट लण्डन आउने

लण्डन । नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपाल र गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लण्डन आउने भएका छन् । गैरआवासीय नेपाली संघ यूकेको महासचिव राजकुमार त्रिपाठीका अनुसार उनीहरु यहि महिनाको तेस्रोसाता लण्डन आउन लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल सहितको सो टोलीले एनआरएन यूकेको आयोजनामा २२ जनवरी, सोमवार हुने एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ । यसै बीच गर्भनर नेपालले अल्डरशटमा स्थापना हुन लागेको ग्लोबल आईएमइ बैंकको सम्पर्क कार्यालय उद्धघाट गर्ने अपेक्षा गरिएको छ । उनीहरुले समृद्ध नेपालको लागी समूहिक लगानी विषयमा आफ्ना धारणा राख्ने एनआरएन यूकेले जनाएको छ । सो कार्यक्रमलाई सफल
More

पुष २७ लाई किन अन्तर्राष्ट्रिय नेपाली पोशाक दिवशको रुपमा मनाउने ?

-ददि सापकोटा नेपाली टोपी दिवश भर्खरै सकिएको छ । नेपाली युवाहरुले भने विश्व नेपाली पोशाक दिवश मनाउने तयारि गरेका छन् । नेपाली पोशाक दिवश मनाउनुको औचित्यबारे सामाजिक सञ्जालमा बहस र प्रतिक्रियापनि शुरु भएको छ । नेपाल विविध भाषा, संस्क्रिति, भिन्न सामाजिक वनावट, भौगोलिक बिभिन्नता बोकेको देश हुनाले त्यो विविधतालाई समेट्न सक्नेगरि साझा दिवशका रुपमा मनाउनुपर्छ भन्ने युवाहरुको पहलमा पुष २७ (जनवरी ११) का दिन हरेक वर्ष विश्व पोशाक दिवश मनाउन खोजिएको हो । नेपाल एक सय भन्दा बढि भाषा र त्यो भन्दा बढि जातजातिको साझा देश हो । एक सयभन्दा बढि जातजाति अनुसार तिनको संस्क्रिति, भाषा, धार्मिक आस्था, प्रचलन र
More

यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवविरुद्ध आज बिगो रु आठ हजार र सोहीबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले इन्जिनियर यादवलाई निर्माण व्यवसाय अनुमतिपत्र बनाउन सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा केही दिनअघि पक्राउ गरेको थियो । यसैगरी आयोगले नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापाले थ्रिफेज लाइन मर्मत जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिई अनुसन्धान सरु गरेको जनाएको छ ।
More

बाँदरलाई हानेको गोली लागेर एकजना ठहरै

पाल्पा । बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् ।
More

माओवादी केन्द्रको यस्तो निर्णय आयो

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र सरकार निर्माणको काम सँगसँगै अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्वाचनअघि नै पार्टी एकीकरणका लागि छलफल भइसकेकाले पार्टी एकीकरण र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपय स्थानमा पार्टीभित्र भएको अन्तर्घातका विषयमा छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेता तथा कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदल गठन गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
More

बर्दियामा भव्य स्वागत पाएपछि पूर्वराजा ज्ञानेन्द्र उत्साहित

बर्दिया । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह मंगलवार बर्दिया पुगेका छन् । पूर्व राजा शाहले बर्दियाको गुलरियामा रहेको श्री बंगलामुखी मन्दिरमा पूजाअर्चना समेत गरेका छन् । बर्दिया पुगेका शाहको शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । पूर्वराजा शाह राष्ट्रिय बाणिज्य बैंकबाट मन्दिरसम्म पैदलै गएका थिए । सो अवसरमा समर्थकहरुले पूर्वराजाको पक्षमा नारावाजी समेत गरेका थिए । नागरिक समाज बर्दियाको आयोजनामा पूर्व राजा ज्ञानेन्द्र शाह बर्दिया पुगेका हुन् ।
More

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमुखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस सहयोगी मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन
More

लयमा फर्कदै पूँजी बजार

काठमाडौं । लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ । कारोबार रकममा पनि आज केही वृद्धि भएको छ । सोमबार कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर रु ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको थियो । आज भने कूल १६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर रु ६३ करोड ३२ लाख २२ हजार ४१२
More

राष्ट्रपतिबाट पुरस्कार प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछालाई पुरस्कार प्रदान गनुहुँदै । तस्बिर : प्रदीपराज वन्त
More

पिपुल्स हेल्पफुल सहकारीको २ करोड कसले हिनामिना ग-यो

गौशाला । महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रु दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । जम्मा गरेको सो रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिनुभयो । जलेश्वर–६ का अजयकुमार साह, जलेश्वर–३ का अब्दुलकादिर खाँ, जलेश्वर–११ का राघवेन्द्र पाण्डे, जलेश्वर–८ का विमलादेवी पाठकसहितका प्रतिनिधिले सहकारी सञ्चालक समिति, सहकारीका अध्यक्ष निर्मलकुमार मैनाली, प्रबन्धकहरु विमल आचार्य, राजकुमार कर्ण, शैलेन्द्र मण्डल र जयबाबु चौधरी, क्यासियरद्वय हरिनारायण यादव र पीताम्बर झा विरुद्ध उजुरी दिएको पोखरेलले बताउनुभयो । उजुरीकर्ताले सहकारी संस्थाले गैरकानूनीरुपमा
More

मन्त्रिपरिषद्ले ७ प्रदेशको अस्थायी मुकाम कहाँ कहाँ तोक्यो ?

काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने
More

शालीनदीमा वर्तालु

मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँको पूर्वी भेगमा रहेको साँखुको शालीनदीमा लागेको एकमहिने माधवनारायण मेलामा मंगलबार स्नान गर्दै वर्तालु महिला । तस्बिर : रोशन सापकोटा
More

एकीकरणमा उन्मुख राप्रपा

काठमाडौं । पञ्चायत पृष्ठभूमिका विभाजित पार्टीहरुलाई एकीकृत वा नाम परिवर्तन गरी नयाँ पार्टी स्थापना गर्न तीन वटै राप्रपाका नेताबीच विमर्श शुरु भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि दोस्रो तहका नेताले नेतृत्व र नीतिको विकल्प खोजेका हुन् । हाल कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) तीन दलमा विभाजित भएका कारण निर्वाचनमा हार व्यहोर्नुपरेको महसुस नेताहरुले गरेका छन् । पार्टीका नेताले विचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक दल निर्माणका लागि विभिन्न विकल्पमा छलफल शुरु गरेको राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,
More

राष्ट्रियसभा निर्वाचनपछि महासमिति बैठक बोलाउन सभापति देउवालाई दबाब

काठमाडौं । सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछि सरकारको तयारी शुरु हुन थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले बताउनुभयो । काँग्रेस पदाधिकारी र प्रभावशाली नेतासँगको छलफलपछि प्रधानमन्त्री देउवाले तत्काल प्रमुख दलका शीर्षनेतासँग आवश्यक परामर्श गर्ने बताउनुभएको जनाइएको छ । छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र
More

ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च

झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिनुभयो । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्की र सोही
More

भित्रिएलान सन् २०१८ मा १२ लाख पर्यटक

काठमाडौं । नेपाल पर्यटन र्बोडले नेपाल आउने पर्यटकको संख्या सन दुई हजार अठारमा बा-ह लाख पु-याउने लक्ष्यका साथ कार्यक्रम ल्याउने भएको छ । अघिल्लो साल करिव दश लाख पर्यटक नेपाल भित्रिएकोमा आगामी बर्ष थप दुई लाख पर्यटक भित्राउने र्बोडको तयारी छ । विगतमा अस्थिर राजनीति, बन्द हडताल, नाकाबन्दी झेल्दै सन २०१५ मा भुकम्पको मार खेपेको कारण नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन अनुमान गर्न नसक्ने गरी ओरालो लाग्यो । त्यसैले नेपालको पर्यटनमा भुकम्पपछि सन २०१६ लाई सर्भाइभ र २०१७ लाई रिभाइभल बर्षको रुपमा लिइएको थियो । जसका कारण सन २०१७ मा अहिलेसम्मकै सबैभन्दा बढि अर्थात दश लाख पर्यटक भित्रिएका छन् । त्यसैले
More

म्यानचेस्टर युनाइटेड अंक तालिकामा दोस्रो

लन्डन । एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गए राति अवे मैदानमा भएको खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा फर्किएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एन्थोनी मार्शल र जेसी लिङ्गार्डले एक–एक गोल गर्नु भयो । जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४७ अंक भएको छ । तेस्रो स्थानमा झरेको चेल्सीको २१ खेलबाट ४५ अंक छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि छ । यस्तै, अन्य खेलमा न्युकासल युनाईटेडले स्टोक सिटीलाई १–० ले हराउँदा ब्राईटन र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।
More

ग्यास र पेट्रोलको मूल्य पुनः वृद्धि

काठमाडौं । नेपाल आयल निगमले ग्यास र पेट्रोलको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले बताउनु भएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३
More

समानुपातिक सूची सच्याउन दलहरुलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको ठहर गरेको छ । ३ दिनको समय दिएर प्रस्तावित नामावली सच्याउन पत्राचार समेत गरेको छ । आयोगको बैठकले कांग्रेस, राजपा, संघीय फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सूची त्रुटीपूर्ण ठहर गरेको हो । ६ दलले पठाएको नामावलीमा क्रमसंख्या मिचेको, समावेशी समूह नमिलेको, महिलाको ठाउँमा पुरुष पठाएको जस्ता त्रुटी भेटिएको आयोगका प्रवक्ता सहसचिव दिनेश घिमिरेले जानकारी दिनु भएको छ । उहाँले ३ दिनको समय दिएर भोलि पत्र पठाउँछौं र सच्याएर आएपछि अन्तिम परीणाम घोषणा हुने बताउनु भएको छ ।
More

यौन हिंसाविरुद्ध हलिवुडसम्बद्ध महिलाको अभियान सुरु

लन्डन । चलचित्र उद्योगसहित अन्य क्षेत्रहरुमा हुने गरेको यौनजन्य हिंसा तथा दुब्र्यवहार विरुद्ध लड्न अमेरिकी चलचित्र उद्योग (हलिवुड)सम्बद्ध महिलाले अभियान सुरु गरेका छन् । तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकहरुले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ नामक अभियान सुरु गरेका हुन् । न्युयोर्क टाइम्स पत्रिकामा जानकारीमुलक सूचना प्रकाशित गरेर हलिवुडका महिलाले यो अभियान सुरु भएको घोषणा गरेका छन् । मनोरञ्जन उद्योगका महिला समेटिएर सुरु गरिएको यो अभियानमा अन्य क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्य रहेको बताइएको छ । सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि हाइ प्रोफाइल अभिनेत्रीहरुले यौनदुब्र्यहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने
More