Daily Archives 3rd January 2018

कुमारीत्व बिक्रीमा !

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियाकी बैली गिब्शन नामकी एक युवतीले प्रेमीले धोका दिएपछि कुमारीत्व लिलामीको निर्णय गरेकी छिन् । जसले उनको कुमारीत्व माथि सबैभन्दा बढी मुल्य लगाउने छ त्यसले नै उनको कुमारीत्व तोड्ने छ । २३ वर्षिया गिब्शनले आफ्ना प्रेमीका लागि कुमारीत्व साँचेको र उसले धोका दिएपछि कुमारीत्व बिक्री गर्ने निर्णय गरेकी हुन् । उनले एक वेश्यालय मार्फत् कुमारीत्व बिक्रीमा राखेको डेली मेल पत्रिकाले उल्लेख गरेको छ । आफ्नो निर्णयप्रति आलोचना गर्नेहरूलाई जवाफ दिदै उनी भन्छिन् पैसा कमाउनका लागि वैधानिक रूपमा शारीरिक सम्बन्ध राख्नुलाई अन्यथा लिनु आवश्यक छैन । उनलाई बाबु आमाले धर्मपुत्री बनाएका हुन् । आफु एक वर्षकी हुँदा नै
More

लन्डनमा राष्ट्रिय पोशाक दिवस तथा पृथ्बी जयन्ती मनाइंदै

लन्डन । लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले एक कार्यक्रमबीच ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउन लागेको हो । आगामी जनवरी ११ तारिख दिउंसो लन्डन सडबरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक भरत क्षेत्रीले जानकारी दिए । यस्तै सोही कार्यक्रम आयोजक मध्यका एक बाचस्पति रेग्मीले यो वर्ष देखी पृथ्वी जयन्तिलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने तयारी भएको जानकारी दिदैं कार्यक्रममा उपस्थित हुदाँ आआफ्नो भेषभुषा झल्किने लुगा लगाएर आउन आग्रह गरे । क्षेत्रीले बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, विभिन्न राजनीतिक दल निकट संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधि,
More

एनआरएन नागरिकता सम्बन्धी ऐन मन्त्रालयभित्रै गायव

लण्डन । । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन् । एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल चलेको भन्दै ढकालले ऐन ड्राफ्ट भइरहेको बताएका हुन्। तर यो ड्राफ्टलाई भने मन्त्रालय भित्रै गुपचुप पारिएको छ । यसअघि अमेरिकामा सम्पन्न संघको क्षेत्रिय सम्मेलनमा पुगेका कानुनमन्त्रालयका तत्तकालिन सचिवले समेत सो ऐन तयार भएको दावी गरे पनि सरोकारवालको हातमा भने परेको छैन् । परराष्ट्र अधिकारीहरुको टोलीलाई नेतृत्व गर्दै गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ‘नेपालको संबिधान २०७२ ले एनआरएनलाई सामाजिक आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भन्ने प्राबधान गरेको छ। त्यसलाई कुन
More

रुवान्डामा एक गैरआवासीय नेपाली इन्जिनियरको मृत्यु

किगाली , रुवान्डा । अफ्रिकन मुलुक रुवान्डाको किगालीमा कार्यरत एक नेपालीको ह्दयघातले मृत्यु भएको छ । रुवान्डाको किगालीमा कार्यरत ५८ वर्षिय इन्जिनियर बिकास मिश्रको यसैसाता हृदयधातका कारणले मृत्य भएको छ हो । क्यानेडियन राहदानी भएका मिश्र गैरआवासीय नेपाली हुन् । काठमाण्डौं घर भएका मिश्रले आइआइटी मुम्बईबाट इन्जिनियरिङ्ग गरेका थिए भने एमाहारो इन्जिनीरिङ्ग कम्पनीमा कार्यरत रहेको गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले जनाए । उक्त घट्नाको जानकारी रुवान्डा स्थित नेपाली दिपेन्द्र लामिछानेले गैर आबासिय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापालाई दिएको वताएको छ ।
More

करोडको परोपकारी कोषको घोषणा गर्दै अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक सम्पन्न

अन्तराष्ट्रिय पर्वत समाजको यहि २७ तारिख बेल्जियममा बसेको विशेष बैठकले एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने निर्णय गर्दै सम्पन्न भएको छ |समितिका अध्यक्ष पुरन गिरीको अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यको प्रमुख आथित्यमा सम्पन्न उक्त बैठकमा गैरआवासीय नेपाली संघका युरोप सह संयोजक एकराज गिरि ,गैरआवासीय नेपाली संघ मानार्थ सदस्य ,गैरआवासीय नेपाली संघको नेदरल्याण्ड , डेनमार्क र स्वीडेनका राष्ट्रिय समिति अध्यक्षहरु लगायत पर्बत समाजमा आवद्द पदाधिकारी साथै अन्य क्षेत्रमा सक्रीय समाजसेविहरुको गरिमामय उपस्तिथि रहेको थियो । उक्त बैठकमा समाजका अग्रज सन्तोष जोशी सुभाषले राख्नु भएको एक करोडको परोपकारी कोषको घोषणाको प्रस्तावलाई सर्वसम्मतिले पास गर्ने निर्णय गर्दै त्यो कोष आगामी
More

राप्रपाको बैठक बस्नेवित्तिकै स्थगित

काठमाडौं । आजदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको बैठक बसेको केही बेरमै स्थगित भयो । बैठक भोलि बिहान ८.०० बजे बस्ने गरि स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीति र भावी कार्यदिशा विषयक राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ । आज १४ केन्द्रीय सदस्यले छलफलमा भाग लिए । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरु भएको बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता भुवन पाठकले
More

प्रदेशसभाको नतिजा कहाँ बुझाउनु ? प्रमुख आयुक्त डा. यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र उनीहरुको भ्रातृ संगठनलाई भन्नुभएको छ । नेकपा (एमाले)का भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त डा यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृ संगठनको ध्यानाकर्षण गराउनुभयो । संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उहाँले संविधान र कानूनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक
More

पुस १९ वर्षकै चिसो दिन : मौसमविद्

काठमाडौं । आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताउनुभयो । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो । जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उहाँले बताउनुभयो । तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ । एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ । आकाशमा
More

गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो, “परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो ।” अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पार्नुभयो । पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उहाँले
More

‘आफूलाई जनताको बीचमा पाउँदा खुशी लाग्छ’

धनगढी । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीस्थित शिवपुरी धार्मिक स्थलमा पूजाअर्चना गरेका छन् । परिवारका सदस्यहरुका साथमा धनगढी उपमहानगरपालिका चार उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुगेर उनले पुजापाठ गरेका हुन । पूजापाठपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले जनताको विचमा आउन पाउदा खुसी मिलेको बताए । सो क्रममा पूर्व राजा शाहले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मूर्तिमा पुजा गरेका थिए । पूर्वराजा शिवपुरी धार्मिक स्थलमा आउने भनेपछि ठुलो संख्यामा सर्वसाधारण त्यहा पुगेका थिए । सो अवसरमा समर्थकहरुले पूर्वराजाको पक्षमा नारावाजी समेत गरेका थिए । केही दिनदेखि पश्चिम नेपालमा
More

टेलिया सोनेरालार्इ ६५ अर्ब कर तिराउन सरकारको १५ दिने अल्टिमेटम्

काठमाडौं । नेपाल सरकारले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड रुपैयाँ कर चुक्ता गर्न सूचना जारी गरेको छ । ठूला करदाता कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा अन्य विधिबाट कर असुल उपर गर्ने चेतावनी समेत दिएको छ । कर कार्यालयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाले हालको कम्पनी एक्जियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पूँजीगत लाभकर बुझाउन भनेको हो । यसअघि गत जेठ १३ मा करदाता कार्यालयले टेलिया सोनेरालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो। २०७२ चैत्रमा टेलिया सोनेरालाले एक्जियटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो । त्यत्तिबेला
More

पूर्व राजा शाहको स्वागत

पूर्व राजा ज्ञानेन्द्र शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा बुधबार स्वागत गर्दै स्थानीयवासी । तस्बिर: तिलकराज ओझा
More

‘अस्थायी राजधानी तोक्ने निर्णय भएको छैन’

काठमाडौं । सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न उक्त कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
More

पाँच पार्टीको बैठक भोली, ३ वटा एजेन्डामा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीबारका लागि ५ पार्टीको बैठक बोलाएका छन् । राष्ट्रियसभाको निर्वाचन मिति तोक्न, सात प्रदेशको अस्थायी मुकाम तोक्न तथा प्रदेश प्रमुखको नियुक्तिका लागि राजनीतिक सहमतिका लागि प्रधानमन्त्री देउवाले पाँट पार्टीको बैठक बोलाएको बताइएको छ । बैठक बिहीबार विहान ९ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कांग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरु सहभागी हुनेछन् । १.राष्ट्रियसभा निर्वाचनको मिति घोषणा बिहीवारको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले पहिलो प्राथमिकतामा राष्ट्रिय सभा निर्वाचनको मिति घोषणा गर्न दलहरुलाई प्रस्ताव गर्नेछन् । त्यसका लागि यसअघि नै प्रधानमन्त्रीले निर्वाचन आयोगसँग मितिबारे छलफल गरिसकेका छन् । आयोगले माघ २५ गते उपयुक्त हुने सुझाव
More

भरतपुरमा ट्राफिक सचेतना

चितवनको भरतपुरमा बुधबार ट्राफिक सचेतना कार्यक्रममा सहभागी नेपालमैत्री समाजका प्रतिनिधिका साथमा स्थानियवासी । यहाँ ट्राफिक प्रहरीले हरेक दिन सचेतना कार्यक्रम गर्दै आएको छ । तस्बिर : नारायण ढुंगाना
More

नेपाली काँग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश : डा कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र काँग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन वलियो बनाउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनको बेलामा वाम गठबन्धनले दिएको राष्ट्रपतीय शासनलगायतका धमधमीतर्फ सो गठबन्धन अग्रसर भएमा मुलुक धरापमा पर्ने नेता कोइरालाको भनाइ थियो । संविधानतः लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे काँग्रेसले सहयोग गर्ने उहाँले वचनबद्धता प्रकट गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर,
More

अटिजम रोग होइन, अपाङ्गता हो

सविता उप्रेती बौद्धिक अपांगता (अटिजम) का विषयमा बुझउँदा र साना ठूला बालवालिकालाई तालिम दिदै वितेको छ दोलखाकी सविता उप्रेतीका दिन । अटिजम स्नायु र नशाको विकासमा आउने ह्रासले उत्पादन हुने न्यूरो डेभलपमेन्ट डिसाएबेलिटी हो भन्छिन् सविता । लामो समयदेखि यो क्षेत्रमा काम गरिरहेकी उप्रेतीको संघर्ष आफैमा प्रेरणाको स्रोत हो । अटिजम भएका बालबालिका एकदमै चकचके हुन्छन् वा निस्कृय ? यी नै विषयमा केन्द्रीत रहेर शिक्षिका सविता उप्रेतिसँग गरिएको कुराकानी– ० अटिजम भनेको के हो ? – वास्तवमा यो रोग होइन, किन भने औषधि उपचार हुनेलाई रोग भनिन्छ, यसको औषधि र उपचार यही नै हो भनेर पत्तो नलागेको कारणले यसलाई हामी
More

समीक्षा गर्न आजवाट राप्रपा बैठक

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न राप्रपा केन्द्रिय समितिको बैठक आजवाट शुरु हुँदैछ । राजधानीमा हुने केन्द्रिय समिति बैठकमा निर्वाचनको समिक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । तीन दिनसम्म चल्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावि कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्ने कार्यसूची रहेको छ । साथै बैठकमा पार्टीको भावि कार्यक्रमको रुपरेखा पनि प्रस्तुत राप्रपाले जनाएको छ ।
More

दिपायललाई राजधानी प्रस्ताव गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोक्ने प्रस्ताव गरेपछि पहिले क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा प्रदर्शन सुरु भएको छ । स्थानीयले आज विहानै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेसँगै प्रदेश ७ मा विरोध सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार भइसकेको जनाएको छ । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी राजधानीको खाका तयार गरिएको जानकारी दिनु भयो । उनका अनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश
More

एमाले अध्यक्ष ओली अस्वस्थ, निवासमै आराम

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ । उहाँ केही दिन सार्वजनिक कार्यक्रममा नगई निवासमै आराम गरिरहनु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन र निर्वाचनपछि बधाई दिन र लिन गरिएको कार्यक्रमको व्यस्तताका कारण धपेडी महसुस भएपछि अध्यक्ष ओली बाहिरी कार्यक्रममा नगई भक्तपुर बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहनु भएको हो । उहाँका स्वकीय सचिव अनिश दाहालका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा अन्य प्रतिकूल अवस्था नरहेकाले निवासबाटै सामान्य राजनीतिक भेटघाट र सम्पर्कको काम गरिरहनुभएको छ ।
More