Daily Archives 4th January 2018

जतिसक्दो चाँडो महासमिति बैठक बोलाऊ : गगन थापा

दमक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताउनुभएको छ । झापाको दमकमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– “काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ ।” नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने भएकाले केही ढिलाइ हुन पुगेको हो भन्दै कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने बताउनुभयो । “कानुनी प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो नयाँ सरकार गठन गर्न
More

उद्घाटन समारोह

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बिहीबार काठमाडौँमा आयोजित नेपाल श्रमिक आपूर्तिकर्ता संघको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मंसुर लगायत । तस्बिर : नवीन पौडेल
More

जनअभिमतको कदर गर्न राष्ट्रपतिद्वारा निर्वाचन आयोगलाई सुझाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन आयोगले गरेको कार्यको प्रशंसा गर्दै बधाई दिनुभएको आयोगले जनाएको छ । राष्ट्रपति भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मत परिणाम संविधान र प्रचलित कानूनको मर्म र भावनाअनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव पनि दिनुभएको थियो । साथै राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति नभइसकेको अवस्थामा प्रदेशसभाका सदस्य निर्वाचित भएको विवरण बुझाउन तथा शपथ ग्रहण गराउने सम्बन्धमा पनि
More

घनले हानी सँगै सुतेका दुई साथीको हत्या

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधिन माउन्टेन रिसोर्ट एण्डा स्पा भवनमा गत आइतबार गरिएको दुईजनाको हत्या सँगै सुतेको साथीले गरेको पुष्टि भएको छ । मोबाइल चोरको दोष लगाएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले हान्दा दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चारजना खाना खाएर संगै सुतेकोमा चोरको आरोप लगाएको रिसको झोँकमा घनले हान्दा भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको र अर्का साथी २७ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए
More

लण्डनमा नयाँ वर्षलाई स्वागत गरे युवाहरुले

लण्डन । नयाँ वर्ष सन् २०१८ को अवसरमा नेप्लीज युथ नेटवर्क (एनवाइएन) ले दक्षिण पूर्वी लण्डनमा एक कार्यक्रमको आयोजना गरेको छ। सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स युके (एसएनपी युके) को सहयोगमा सेन्ट माइकेल्स कम्युनिटी सेन्टर वेलिङमा गत शनिबार आयोजित कार्यक्रमको मुख्य उद्देश्य बेलायतमा बसोबास गरिरहेका नेपाली युवाहरुलाई सांस्कृतिक तथा सामाजिक गतिविधिहरुमा संलग्न गरी उनीहरुको व्यक्तित्व विकासमा सघाउनु रहेको थियो। सो अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता, गायन, नृत्य, वाद्य वादन तथा खेलकुद लगायतका कार्यक्रममा किशोरकिशोरी तथा बालबालिकाले उत्साहका साथ भाग लिएका थिए। झण्डै सात घन्टा चलेको रमाइलो कार्यक्रमको सन्चालन नेप्लीज युथ नेटवर्ककी संयोजक निकिता खरेल, सम्राट कोइराला, अपेक्षा न्यौपाने र श्रीकृत वाग्लेले गरेका
More

अमेरिका ब्वाईजको सुटिङ मै सकियो २ करोड

काठमाडौं । महंगो बजेटमा निर्माण गरिएको चलचित्र ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ । निर्माण यूनिटले सुटिङ मै २ करोड खर्च भएको जनाएको छ । झापा र काठमाण्डौंमा छायांकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो । फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप सुट गर्दा २ करोड बजेट पुग्न गएको बताए । बड्डी इन्टरटेन्मेन्ट र सिबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्देशित फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ । निर्माण यूनिटले यस अगाडि नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै बैशाख १४ देखि फिल्म रिलिज गराउने तयारी गरेको थियो । तर उक्त डेटबाट फिल्म केही समय पर सरेको छ
More

आगो ताप्दै इनरुवावासी

केही दिन यतादेखि बढेको चिसोबाट जोगिनका लागि सुनसरीको इनरुवा नगरपालिकाले वितरण गरेको दाउरा बालेर आगो ताप्दै इनरुवाका स्थानीयवासी । तस्बिर: अजितकुमार झा
More

‘नयाँ सरकार गठन अघि नै पार्टी एकता’

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा जोड दिइएको बताएका छन् । प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार संयुक्तरुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको जिकिर गरे । अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकारात्मक रहेको पनि दाबी गरे । उनले दुवै पार्टीका नेताहरुलाई समूचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद नभएको प्रस्ट पारे । अहिले सुशासन, समृद्धि र राष्ट्रिय एकताका विषयमा
More

अध्यक्ष दाहाल पत्रकार सम्मेलनमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको भरतपुर विमानस्थलमा बिहीबार प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त पत्रकार सम्मेलनमा । तस्बिर: नारायण ढुंगाना
More

‘नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक’

भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गर्नुभयो । काँग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताउनुभयो ।
More