Daily Archives 6th January 2018

बुद्ध फाउण्डेशन यूके अध्यक्षमा पुन दीपक श्रेष्ठ

लन्डन । बुद्ध फाउण्डेशन यूकेले अध्यक्षमा दीपक श्रेष्ठ पुन निर्विरोध निर्वाचित भएका छन् । शनिबार सांझ गेसो हल प्लमस्टिडमा आयोजित पहिलो अधिवेशनले कार्यसमिति चयन गरिएको हो। फाउण्डेशनको उपाध्यक्षमा क्रमशः एभरेष्ट गौतम, हरिस ज्ञवाली, सचिन श्रेष्ठ महासचिवमा अर्जुन कटुवाल सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्ष राजन खकुरेल सहकोषाध्यक्ष धनराज मल्ल लगायत ११ जनाको नयाँ कार्यसमिति गठन भएको छ । तदर्थ समितिले चुनाव गराउन पत्रकार फडिन्द्र भट्टराईको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन समितिमा अर्क तिमिल्सिना तथा नरेन्द्र कंडेल रहेका थिए । फाउण्डेशनले यतिखेर कपिलवस्तुमा वुद्ध वृद्धाश्रम निर्माण गरिरहेको छ । संस्थाको गत वर्ष ट्राफलगर स्क्वायरमा भएको बुद्ध जयन्तीले विश्वभरका
More

पूर्वअध्यक्ष लामिछाने सहित एनआरएन नेताहरु लण्डनमा भेला हुदैं

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु लण्डनमा भेला हुदैंछन् । नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउन लागेको हो । गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार सो २२ जनवरी सोमबार, अल्डरशटमा हुने अन्तरक्रियामा गर्भनर चिरन्जीवी नेपालका अतिरिक्त, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहनेछ। त्रिपाठीका अनुसार यूरोपस्थित संघका सबै पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ । यसै बीच गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा
More

जाजरकोटमा भाइरल ज्वरोले ९ को मृत्यु

काठमाडौं । अत्याधिक जाँडोसँगै जाजरकोट भाइरल ज्वारोमय भएको छ । यो जिल्लामा एक साता पहिलेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकी कारण ८ दिने नाबालक सहित ९ जनाको मृत्यु भएको छ । ज्वरो र रुघाँखोकीका कारण जुनीचाँदे गाउँपालिकामा तीन सय भन्दा बढी गाउँलेहरु विरामी परेको स्वास्थ्य चौकी बड्कुलेका ईञ्चार्ज हरिबहादुर सिंहले बताए । उनले दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि आउने झण्डैं ६० देखि ७० जना भाइरल विरामी नै आउने गरेको बताए । ज्वरो र रुघाँखोकी कारण जुनीचाँदे गाउँपालिका २, मजकोटका ६५ वषर्ीया धनसरा नाथ, ५७ वर्षीया आइती तिरुवा, (३, का ६७ वर्षीय करसिंह टमाटा, ७५ वर्षीय सतरुप शाही र ५ जना
More

२० अर्बको फलफूल आयात

काठमाडौं । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज उहाँ आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै फलफूलको गुणस्तर परीक्षणका लागि बजारभित्र नै प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कामनपा–१४ का वडाध्यक्ष शोभा सापकोटाले व्यवसायीले वडामा व्यवसाय दर्ता गरी तोकिएको कर समयमा बुझाउनुपर्ने बताउँदै त्यसो भएमा व्यवसायीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सकिने विचार व्यक्त गर्नुभयो । नेपाल फलफूल
More

लालुलाई साढे तीन बर्ष जेल सजाय

झारखण्ड । भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई) ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ । उहाँलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ । पूर्व मुख्यमन्त्री लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो । सिविआई विशेष न्यायाधीस शिवपाल सिंहले पूर्व मुख्यमन्त्री यादव विरुद्धको सजाय भिडियो सम्मेलनमार्फत घोषणा गर्नु भएको हो । अदालतले लालु यादवले अदालतले तोकेको जरिवाना नबुझाएमा जेल सजायमा छ महिना थप गरी कैद बस्नुपर्ने पनि जनाएको
More

खेलप्रेमी दर्शक

बागलुङ महोत्सवमा शनिबार भएको खुल्ला भलिबल प्रतियोगिताको फाइनल खेल हेर्दै खेलप्रेमी दर्शक । तस्बिर : रामबहादुर थापा
More

मौसमविद् भन्छन्ः ‘अझै चिसो बढ्छ’

काठमाडौं । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुल्ला भएकै कारण केही दिन न्यूनतम तापक्रम स्थिर रहने बताइएको छ । मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै न्यूनतम
More

पप सम्राट ओमविक्रम बिष्टलाई एनआरएन यूकेले सहयोग गर्ने

लन्डन । ‘म मौनतामा अल्झिरहेको एउटा जीवन‘।।’ हो, पप सम्राट ओमविक्रम बिष्ट अहिले मौन छन् गीत जस्तै । अस्वस्थ्य छन्, आवाज निस्कन्न । दुबै मृगौलाले काम गर्न छाडेका छन् । हाल अमेरिकामा आफ्नो पुनर्जीवनको 
प्रार्थना गरिरहेका छन् बिष्ट । देश विदेशबाट उनको शीघ्र स्वास्थ्य लाभको कामना भइरहेको छ । शुभचिन्तक र विभिन्न संघसंस्था उनको उपचार सहयोगार्थ चन्दा संकलनमा जुटिरहेका छन् । यसै सिलसिलामा बिष्टको उपचारार्थ बेलायतमा समेत चन्दा संकलन शुरु गरिएको छ । गैर आवासीय नेपाली संघ बेलायतले आर्थिक संकलन शुरु गरेको हो । यो अभियानको नेतृत्व सोलिसिटर एवं एनआरएनए यूके सल्लाहकार राजु थापाले गरेका छन् । एनआरएनए यूके उपाध्यक्ष
More

किसानको दैनिकी

बागलुङको तमानखोला गाउँपालिका–१ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै । तस्बिर : रामबहादुर थापा
More

नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह: सचिव ज्ञवाली

पोखरा । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्पmको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनु पर्नेमा जोड दिनुभयो । मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग र गलत काम गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भन्नुभयो– “यो सरासर जनमतको अवमूल्यन हो ।” उहाँले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको
More