Daily Archives 7th January 2018

Nepathya on a 3 city concert tour

Nepathya is to embark on a 3 city concert tour this January as part of their 25 years celebration. The band had performed open air shows during 2017 in Kathmandu, Butwal and Pokhara. The band now plans to extend their 25 year celebration to other parts of the country as well. The 3 city concert tour will commence from Damak in Jhapa district scheduled for 12th January, Friday with a stopover in Narayanghat on 15th January, Monday and will end with the final stop in Bhairahawa on 18th January Thursday. The band has already begun their rehearsal of both old
More

तीन सहरका प्रस्तुती लिएर नेपथ्य यात्रामा

स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले अब यसै अवसरमा मुलुकका तीन सहरको सांगीतिक यात्रा गर्नेभएको छ । केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । पुस २८ गते झापाको दमकबाट सुरुहुने यो यात्रा माघ १ गते नारायणघाटहुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ। मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरहरुको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरुगरिसकेको छ । यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ । त्यहाँस्थित ‘थ्रीइन्क भिजन’, जय
More

प्रदेश प्रमुखको सिफारिस सोमबारको मन्त्रिपरिषदले नगर्ने

काठमाडौं । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको सिफारिस नगर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने र प्रदेशसभा सदस्यको सपथ गर्ने स्थान टुंगो लगाउने चर्चाले व्यापकता पाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा सरकारले प्रदेश प्रमुखको सिफारिस अर्को मन्त्रिपरिषद्को बैठकका लागि सारेको बुझिएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका लागि सातजना प्रतिष्ठित व्यक्तिहरूको नाम सिफारिस तयारी गरेको थियो । सरकारले माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, पूर्वप्रधानसेनापति रुक्मागद कटवाल, पूर्वउपकूलपतिद्वय डा. सुरेशराज शर्मा र केदारभक्त माथेमा तथा पूर्वमुख्यसचिव विमल कोइराला र पूर्वसचिव जयराम
More

अध्यक्ष ओली थाइल्याण्ड जानुअघि नै एकता संयोजक समितिको बैठक बस्ने

काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक पुनः स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मौसम प्रतिकुलताका कारण समयमै काठमाडौं आइपुग्न नसकेका कारण बैठक स्थगित भएको हो । गृह जिल्ला चितवनमा रहनु भएका माओवादी अध्यक्ष दाहाल आज समयमै काठमाडौं आउने र एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो । तराई क्षेत्रमा चिसो बढेसँगै बाक्लो हुस्सु लागेपछि हवाइ उडान अवरुद्ध हुँदा अध्यक्ष दाहाल काठमडौं आउन नसक्नु भएको हो । यद्यपि, दाहाल सडक मार्गहुँदै काठमाडौं आउँदै हुनुहुन्छ । अध्यक्ष दाहाल काठमाडौं आएपछि दुई अध्यक्षबीच कुराकानी भएर मात्र एकता संयोजन समितिको
More

काठमाडौँ पूर्णखोप घोषणा

उपराष्ट्रपति नन्दबहादुर पुन आइतबार पूर्णखोप सुनिश्चितता–काठमाडौँ महानगरपालिका घोषणा सभामा खोपकार्यमा उत्कृष्ट सहयोग गरेवापत सम्मान गर्नुहुँदै । तस्बिर: नवीन पौडेल
More

पूर्व राजा ज्ञानेन्द्र चार दिने लखनउ भ्रमणमा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आजवाट भारतको लखनउ भ्रमणका निस्केका छन् । पूर्व राजा परिवारका सदस्य सहित आज विहान बाँकेको जमुनाह नाका हुँदै लखनउ प्रस्थान गरेका हुन । उनको साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही घुमफिरका लागि लखनऊ गएको उनको नीजि सचिवालयले जानकारी दिएको छ । निजी भ्रमण भनिए पनि पूर्व राजाको भ्रमणका क्रममा राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको छ । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेटघाट गर्ने अनुमान गरिएको छ । पूर्वराजा २७ गते मात्रै नेपालगञ्ज फर्किने कार्यक्रम रहेको छ ।
More

निर्माण सामाग्रीको मुल्य एक्कासी बृद्धि गरिएकोमा महासंघको आपत्ति

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन बिपरित निर्माण सामग्रीमा मूल्यवृद्धि गरिएको भन्दै आपत्ती जनाएको छ । महासंघले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद ऐन बिपरित स्टील र सिमेन्टको मूल्यबृद्धि गरिएको भन्दै ऐनमा उल्लेख मुल्य समायोजनाको व्यबस्थालाई कडाईका साथलागू गर्न माग गरेको हो । विना जानकारी निर्माण सामग्रीमा ९ देखि साँढे १२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर व्यवसायीहरुलाई मारमा परेको महासंघको भनाई छ । महासंघले भारत तथाअन्य देशहरुबाट निर्माण सामग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । महासंघले राज्यबाट संचालित भई सम्पन्न भईसकेका परियोजनाहरुको निर्माण कार्यवापतको भुक्तानी तत्काल गर्न पनि सरकारको
More

‘गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन ।” कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ द्रोण पोखरेलले
More

आइओएम डिनमा प्रा डा शर्मालाई पुनःबहाली गर्न आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनबाट बर्खास्तीमा पर्नुभएका प्रा डा शशी शर्मालाई सर्वोच्च अदालतले आज पुनःबहाली गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज चार वर्षपछि चार दिनका लागि पुनःबहाली गर्न आदेश दिएको हो । त्रिवि कार्यकारी परिषद्को २०७० साल पुस २५ गते बसेको बैठकले प्रा डा शर्मालाई २०७० साल पुस २८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि अर्थात् ०७४ साल पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो । परिषद्कै २०७० साल पुस २९ गते बसेको बैठकले प्रा डा शर्माको नियुक्ति बदर गरी प्रा डा राकेशप्रसाद
More

शौचालयमा लडेर डा. पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ। मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पुर्याउदा निधन भइसकेको अस्पतालले जनाएको छ। प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए। विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उनी विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए। – डिसी नेपालबाट ।
More

यस्तो छ- संघीय संसदको तयारी, प्रदेशसभा संसद्को टुंगो छैन

काठमाडौं । नेपाल सरकार र व्यवस्थापिका–संसद् सचिवालय तथा प्रदेशसभा संसद् सचिवालयमा जनशक्ति र सचिवालय व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै आवश्यक समन्वय नहुँदा अहिले अन्योल पैदा भएको छ । संघीय संसद् र प्रदेशसभा संसद्बीच कामको प्रकृति मिल्दोजुल्दो भएको हुँदा कर्मचारी व्यवस्थापन यसरी गर्ने भनी सरकारबाट समयमै समन्वय र पत्राचार नहुँदा अहिले यो विषय जटिल बन्न गई प्रदेशसभा संसद्का प्रारम्भिक दिन प्रभावित हुने स्पष्ट संकेत देखिएको छ । जनशक्ति र भौतिक पूर्वाधार भएर पनि संघीय संसद् सचिवालयले आगामी संसद् अधिवेशनको सञ्चालन गर्न तयारीलाई तीव्र बनाइरहँदा प्रदेशसभा संसद् सचिवालय भवन, चाहिने जनशक्ति र आवश्यक अन्य पूर्वाधारको भने हालसम्म टुंगो लागेको छैन । व्यवस्थापिका–संसद्
More

साँस्कृतिक पहिचान

बागलुङ महोत्सवमा आयोजित सांस्कृतिक झाँकी प्रदर्शनीमा परम्परागत वेषभूषामा सजिएका मगर समुदायका महिलाहरु । तस्बिर : रामबहादुर थापा
More

सप्तरीमा शित लहरले मृत्यु हुनेको संख्या ७ पुग्यो

राजविराज । एक सातादेखिको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । चिसोले शनिवार थप एक जनाको ज्यान गएपछि मर्नेको संख्या ७ पुगेको हो । तिलाठि कोईलाडि गाउँपालिका २ लौनियाँका ५५ वर्षिय सुजान ठाकुरको शुक्रवार राति चिसोका कारण मृत्यु भएको हो । खाना खाएर राती सुतेका उनी विहान नउठेपछि हेर्न जाँदा ओछ्यानमै मृत फेला परेको छिमेकी तथा उमेश्वर राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक प्रदिप मण्डलले जानकारी दिए । यसअघि महादेवा गाँउपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षिया नाजो बेगम र १० का ६५ वर्षिया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल
More

‘प्याब्सन’ पूर्वअध्यक्ष एवं पूर्वसांसद डा. बाबुराम पोखरेलको निधन

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ‘प्याब्सन’का पूर्व अध्यक्ष एवं पूर्व सांसद डाक्टर बाबुराम पोखरेलको ६७ बर्षको उमेरमा निधन भएको छ । ललितपुर धोबिघाटस्थत निवासमै रहेको समयमा असजिलो महशुष भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा आज विहान साढे छ बजे उनको वाटोमा नै मृत्यु भएको हो । पोखरेल लामो समयदेखि स्वासप्रस्वास सम्वन्धी समस्यावाट पीडित थिए । केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्केका पोखरेलमा मुटुको पनि समस्या थियो । पोखरेलको शव नर्भिक अस्पतालमा राखिएको छ । अमेरिकामा रहेका जेठा छोरा आएपछि मंगलबार मात्रै उनको अन्त्येष्टि गरिने बताइएको छ । पोखरेलका २ छोरा र एक श्रीमती छन् । काठमाडौं वानेश्वरस्थित
More

पूर्वराजा ज्ञानेन्द्र सुर्खेतबाट सिधै लखनउ जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नेपालगन्जमा छन् । पुस १३ गते नेपालगञ्ज आएका पूर्वराजाले यो बीचमा बर्दिया, दाङ र कैलालीको भ्रमण गरिसकेका छन् । शनिबार नेपालगञ्जस्थित प्रसिद्व शक्तिपीठ बागेश्वरी मन्दिरमा पूजाआजा गर्न पुगेका पूर्वराजाका समर्थकहरुले जय जयकार गरे । पश्चिम तराईको भ्रमणका लागि नेपालगञ्ज पुगेका पूर्वराजा शाहले हिजो शनिबार बागेश्वरी मन्दिरमा पूजाआजा गरे । पूर्वरानी कोमल शाहसहित मन्दिर पुगेका पूर्वराजा शाहले करिब २० मिनेट पूजाआजा गरेका थिए । उनीहरुलाई राजावादीहरुले मन्दिर परिसरमा भव्य स्वागतसमेत गरेका थिए । शनिबार दिन सुनसानजस्तै रहेको बागेश्वरी मन्दिरमा राजाको प्रवेश हुने थाहा पाउने बित्तिकै मान्छेको भीड लागेको थियो । पूर्वराजाको सुर्खेत पनि जाने कार्यक्रम
More

आज दोस्रो दिन पनि रुपन्देही बन्द

बुटवल । व्यवसायी हत्याको विरोधमा आज दोस्रो दिनपनि रुपन्देही बन्द छ । व्यवसायी बसन्त पौडेलको शुक्रवार भएको हत्याको विरोधमा एमाले निकट युवा संघ तथा अनेरास्ववीयुले बन्द गराएका हुन । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने आन्दोलनकारीले बताएका छन् । बन्दकर्ताले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग राखेर प्रदर्शन जारी राखेका छन । बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित छ । पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग दुई दिनदेखि ठप्प छ । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत ठप्प छन् । बन्दमा राजनीतिक दल र ब्यवसायिक प्रतिस्ठानको समर्थन छ । मृतकका परिवारले दोषिलाई पक्राउ नगरेरसम्म शव नबुझ्ने अडान राखेका छन्
More

भोली प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले भोली सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख चयन गर्नेछ । त्यसपछि प्रदेशसभामा सपथ ग्रहण र पहिलो बैठक राजधानी मै बस्नेछन् । प्रदेशसभाको अस्थायी मुकाममा सहमति जुटाउन बोलाइएको सर्वदलीय बैठकमा एमाले, माओवादी र राजपाले साथ नदिने बताएपछि सरकारले प्रदेशसभालाई नै मुकाम तोक्न जिम्मा दिन लागेको छ । प्रदेश अस्थायी मुकाम तोक्दा आन्दोलन झन चर्किने र सरकारको नेतृत्वमा आउन चाहेको दलले आफूहरुलाई अप्ठेरोमा पार्न खोजेका कारण निर्णयबाट सरकार पछाडि हटेको छ । सातै प्रदेशसभाको पहिलो बैठक राजधानी मै बस्ने भएको छ । सरकारले दलीय सहमतिका आधारमा अस्थायी मुकाम तोक्ने कसरत गरे पनि दलहरुको साथ नपाउँदा पहिलो बैठक राजधानीमै बस्ने
More

साउदीका ११ जना राजकुमार पक्राउ

रियाद । सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि साउदी अरबका राजपरिवार यसको विरोधमा उत्रिएका छन् । साउदी सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमारलाई सरकारले पक्राउ गरेको छ । आफूहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोस्न खोजेको भन्दै उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तलाई दिने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्टाउनुपर्ने मागसमेत गरेका छन् । यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका कारण सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ । पक्राउ परेकामाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी गरेको
More

पुरुष भलिबलको उपाधि छन्त्याल कन्ट्रक्सनलाई, फाईनलमा पश्चिमाञ्चल पराजित

बागलुङमा पाँचौं बागलुङ महोत्सवको मुख्य आकर्षण मध्य रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्ट्रक्सनले जितेको छ । शनिबार भएको फाईनल खेलमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ कास्कीलाई ३–० को सोझो सेटमा हराउँदै छन्त्यालले उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा छन्त्याल कन्ट्रक्सनले पश्चिमाञ्च क्षेत्रिय भलिबल संघलाई तिन सेट लगातार २५–२१, २७–२५ र २५–२१ मा पराजित गरेको थियो । प्रतियोगितामा एक खेल पनि नहारेको पश्चिमाञ्चलले फाईनलमा पराजित हुँदा निराश बनेको थियो । उपाधि जितेको छन्त्यालले ट्रफि सहित नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥योभने उपविजेतामा चित्त बुझाएको पश्चिमाञ्चलले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो
More

काठमाडौंको, तापक्रम शून्य दशमलव ५ मा झर्‍यो

काठमाडौं । काठमाडौँमा आज यो वर्षकै चिसो छ। आइतबार बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि शुक्रबार एक दशमलव ५ डिग्री र शनिबार एक दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आइतबार शुन्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो। पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट आएको हावाले चिसो बढेको मौसमविद्ले बताएका छन्। गत वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डले देखाएको छ। सबै भन्दा
More