Daily Archives 8th January 2018

हेमन्त कुमार दवाडी एनआरएनएको प्रमुख कार्यकारी प्रमुख नियुक्त

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी अधिकृतमा डा. हेमन्त कुमार दवाडी नियुक्त गरिएको छ । उनलाई गैर आवासीय नेपाली संघको मंगलवार बसेको पदाधिकारी बैठकले सो पदमा नियुक्त गरेको हो । एनआरएनएका कार्यकारी अधिकृत भै सकेका दवाडी यसअघि उद्योग बाणिज्य महासंघका प्रमुख कार्यकारी अधिकृत थिए। बैठकले हालै मात्र आफ्नो सेवाअवधि पुरा गरेका राजेश रानालाई तिन महिनाको तलव दिने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय तथा संघको सम्पुर्ण परियोजनाको समेत जिम्मेवारी रहने सो पदमा भत्ता सहित महिनाको करिव दुई लाख रुपैयाँ तलव हुन्छ ।
More

सिरियाको इद्लिवमा २१ सर्वसाधारण मारिए

बेरुत । सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा विद्रोहीहरूको अखडालाई लक्षित गरेर गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु भएको छ । यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ । दक्षिणपूर्वी प्रान्तको शहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सिरियाली सरकार र रुससँग आबद्ध हवाई आक्रमण आज इद्लिवको कैयौँ स्थानमा जारी रहेको बेलायतसँग आबद्ध मानवअधिकारवादी संस्था अब्जरभेटरीका प्रमुृख अब्देल रहमानले बताएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा
More

इमिग्रेसन कडाई बारे आवाज उठाउंदै स्कटल्याण्डका करी व्यवसायी

लण्डन । बेलायतमा पछिल्लो समय इमिग्रेसनमा गरिएको चरम कडाईले प्रताडित बनेका स्कटल्याण्डका इण्डियन तथा नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले समस्या समाधानको लागि सामुहिक पहल गर्ने भएका छन् । स्कटल्याण्डका करी रेष्टुरेन्ट व्यवसायीहरुले स्थानीय सांसद, स्थानीय सरकारका प्रतिनिधी लगायतका बेलायती अधिकारीलाई बोलाएरै इमिग्रेसनका कारण व्यवसायले भोगिरहेका समस्याबारे अवगत गराउने जमर्को गरेका छन् । स्कटल्याण्डका सफल रेष्टुरेन्ट व्यवसायी काशिराम भण्डारीले यो अभियानको अगुवाई गरिरहेका छन् । आउंदो फेब्रुअरी १५ तारिख बिहिबार स्कटल्याण्डको काउडेनबीचस्थित नमस्ते सिम्ला प्यालेस रेष्टुरेन्टमा बिहान ९ देखि ११ बजेसम्म कार्यक्रम निर्धारित छ । सो क्षेत्रका सांसद लेस्ली मार्गरेट लेइर्ड , स्थानीय काउन्सिल लिडर, स्थानीय सरकारका प्रतिनिधीसहितका अधिकारीहरु उपस्थित हुने कार्यक्रममा १
More

एनसिआई ग्रुप यूकेमा मोहन गुरुङ नेतृत्वकै कार्यसमिति पुन: निर्वाचित

लण्डन । नेप्लिज कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसिआई ग्रुप) यूकेकोे अधिवेसनले पुरानो कार्यसमितिलाई पुन: एक अर्को कार्याकालका लागि निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो अधिवेसनबाट यसअघिको मोहन गुरुंग नेतृत्वको ७ सदस्यीय कार्यसमिति नै आगामी ३ वर्षका लागि सर्वसममतिमा निर्वाचित भएको छ । गुरु.ग नेतृत्वको कार्यसमितिमा अर्कराज तिम्सिना सचिव, एलएन पाण्डे कोषाध्यक्ष तथा सुरज केसी, सहदेव गिरी, रञ्जिता मल्ल र सुशिल प्रजापति सदस्य निर्वाचित भएका हुन् र यसअघि सदस्य पदमा १ जना बढिको उम्मेदवारी परेको भएपनि सहमतिमा उनले मनोनयन फिर्ता गरेपछि सिंगो कार्यसमिति सर्वसममत बनेको हो । सुमल कुमार गुरुंगको संयोजकत्वमा शंकर घिमिरे र लक्ष्मण शाह सदस्य रहेको निवाृचन समितिले नयां कार्यसमिति
More

तमु धीं लन्डनको १० औं वार्षिकोत्सव सम्पन्न

लन्डन– तमु धीं लन्डनको १० औं वार्षिकोत्सव, ल्होसार कार्यक्रम तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तमुहरुको महान पर्व खि ल्होसार तथा आफ्नो १० औं वार्षिकोत्सव कार्यक्रममा च्या ल्हो (चरा वर्ग) को विदाई र खि ल्हो (कुकुर वर्ग) को आगमनको पावन अवसरमा ल्होसार पर्ब स्वागत गर्न हजारौं तमुहरु सहभागी भए । ग्रिन फोर्ड टाउन हल लन्डनमा आइतबार विशेष समारोहमा प्रमुख अतिथि तमु धीँ यूकेका अध्यक्ष ग्याम गुरुङ तथा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी सहित संस्थाका उच्व व्यक्तित्वहरुले १० वटा बत्ती बालेर समुद्‍घाटन गरेका थिए । तमु धीं लन्डन इकाईका अध्यक्ष दीपक गुरुङ तथा उनकी धर्मपत्नी प्रथम लेडी बिना गुरुङले
More

एमाले वेलायतको १३ औं स्थापना दिवस (फोटो फिचर)

लन्डन । एमाले निकट संगठन प्रवासी नेपाली मञ्च यूकेले आइतबार १३ औं स्थापना दिवस मनाएको छ । लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्ट, साउथ ह्यारोमा बेलायतको विपक्षी पार्टी लेबर सांसदसहित स्थानीय नेताहरुको उपस्थितिमा दिवस मनाइएको हो । कार्यक्रममा मन्तव्य दिंदै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक विकासका लागि बेलायतवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहने धारणा व्यक्त गरे । उनले नेपालको राजनीतिक विकासक्रमबारे अवगत गराउंदै प्रवासमा रहेका नेपालीलाई समेटेर मुलुकको समृद्धिका लागि मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास समेत व्यक्त गरे । उनले बेलायतस्थित लेवर पार्टीका सांसदसहितका प्रनिनिधिलाई कार्यक्रममा सहभागी भएकोमा विशेष धन्यवाद दिए । कार्यक्रममा बेलायती अतिथीहरु लेबर
More

इबे र अमाजोनमा नेपाली उपभोक्ता

भरत कार्की । लण्डन। आधुनिक बजारमा संसार भरि नै अनलैन मा धेरै उपभोक्ता र बिक्रि कर्ता लाई समेट्न सफल इबे र अमाजोन ले छुटै पहिचान बनाएको छ। ठुला ठुला कम्पनि भन्दा पनि सस्तो र सरल र छिटै उपभोक्ता को घर घर मा सुबिधा पुर्याएर आफ्नो भिन्दै किसिमको छबि बनौन सफल भैसकेको छ । बिस्तारै आफ्नो सुबिधाहरु विस्तार गर्दै संसार भरि आफ्नो उपभोक्ता हरुलाई अझै सरल सजिलो र राम्रो र जुन दिन अनलैन मा सामान किनेको तेही दिनमा उपभोक्ताको घरमा पुर्याउने लक्ष्य राखेको छ। संसार भरि छरिरहेका नेपाली उपभोक्ताहरु पनि आकर्षित भएका छन् इबे र अमाजोनको सुबिधाले । त्यस्तै किसिमले एसको
More

सहमति जुटाएर प्रदेश प्रमुख तोक्नुस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवाबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेश प्रमुख चयन, राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा राष्ट्रपति भण्डारीले प्रमुख दलहरुबीच सहमति जुटाएर प्रदेश प्रमुख तोक्न सुझाव दिएकी छिन । साथै राष्ट्रपतिले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीले भने धेरै ठाँउमा प्रदेशको अस्थायी मुकाम माग भएर आन्दोलन चलिरहेको सन्दर्भमा सरकारले औपचारिक निर्णय गर्दा समस्या बढन सक्ने जानकारी राष्ट्रपतिलाई गराएका छन् । भेटमा नयाँ सरकार गठन र राष्ट्रिय सभा
More

लखनउमा यूपीका मुख्यमन्त्रीसँग पूर्वराजाको भेट

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच आज भेटवार्ता भएको छ । लखनउस्थित मुख्यमन्त्रीको निवासमा आज विहान शाहले योगी आदित्यनाथसँग भेटवार्ता गरेका हुन । शाह चार दिने बाँकेको जमुनाह नाका हुँदै हिजो लखनउ प्रस्थान गरेका थिए । भेटवार्ताका क्रममा मुख्यमन्त्री आदित्यनाथले पूर्व राजा शाहलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरेका छन । उनले उत्तर प्रदेश सरकारको तर्फवाट मायाको चिसो समेत प्रदान गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले विगतमा नेपालमा राजा सहितको हिन्दु राज्य हुनुपर्ने धारणा राख्दै आएकाले शाहसँगको भेटलाई महत्वपुर्ण रुपमा हेरिएको छ । लखनउ भ्रमणमा पूर्व राजाका साथमा पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही
More

हिमालको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित हुडिकोटबाट माछापुच्छरे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक । हिम श्रृङ्खलासहित पोखरा तथा लेखनाथका तालसहितको दृश्य अवलोकन गर्न सकिने हुडिकोटमा पर्यटक पुग्ने क्रम बढ्दै गएको छ । तस्बिरः वासुदेव पौडेल
More