Daily Archives 9th January 2018

‘छक्का पञ्जा २’ बेलायतमा प्रदर्शन हुंदै

लण्डन । वर्षको सर्वाधिक चर्चित नेपाली चलचित्र ‘छक्का पञ्जा २’ बेलायतका दर्शकमाझ पनि प्रदर्शन गरिने भएको छ । बेलायतस्थित ह्याव अ मोमेन्ट समुहले नेप्लिज इन्टरटेनमेन्ट समुहसंगको सहकार्यमा ‘छक्का पञ्जा २’ लाई बेलायतमा देखाउन लागेको हो । आउंदो फेब्रुअरी महिनाको ३ तारिख अल्डरसटको एमपायर हलमा चलचित्र प्रदर्शन गरिनेछ । सांझ ठीक ५ बजेबाट चलचित्रको प्रदर्शनी सुरु हुने आयोजकले बताएका छन् । चलचित्र हेर्न अग्रिम टिकट लिनेलाई १० पाउण्ड र ढोकामै लिनेलाई १५ पाउण्ड लाग्ने बताइएको छ । चलचित्र प्रदर्शनको आयोजक ह्याव अ मोमेन्टमा नविन गुरुंगका साथै नेप्लिज इन्टरटेनमेन्ट समुहमा बिरेन खड्का, अनिल मल्ल लगायत सक्रिय छन् । दिपकराज गिरी, दिपाश्री निरौला,
More

तालिवानी आक्रमणमा मारिएका नेपालीको परिवारलाई एनआरएनएको सहयोग

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले २० जुन २०१६ मा अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावास नजिकै तालिवानको आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डहरुले ज्यान गुमाएकामध्ये ११ जना मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनए अध्यक्ष भवन भट्ट र महासचिव बद्रि केसीले मृतकका परिवारलाई जनही १ लाख रुपैयाँको चेक प्रदान गरे । कार्यक्रममा संघका महासचिव केसीले मृतकका परिवारहरु समक्ष समवेदना प्रकट गर्दै विदेशमा रहेका नेपालीहरुले संकलन गरेर सहयोगस्वरुप पठाएको रकम सदभाव स्वरुप हस्तान्तरण गरिएको बताए । थप दुई जनाको परिवारलाई पनि काजगी प्रक्रिया पूरा गरेर रकम दिइने केसीले जानकारी दिए । संघका अध्यक्ष भवन भट्टले त्यस विभत्स घटनामा
More

देश र जनताको हितमा रहेर काम अघि बढाउनुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र जनताको हितमा रहेर अघि बढ्न प्रबुद्ध व्यक्तिहरूको समूहलाई निर्देशन दिनुभएको छ । नेपाल–भारतबीचको समग्र सन्धि, सम्झौता र सहमति पुनवरालोकन गर्न गठित उक्त समूहका नेपाली सदस्यहरूसँग आज भएको भेटमा उहाँले भन्नुभयो, “देश र जनताको हितमा तपाइँहरूले अघि बढाउने काममा हाम्रो सहयोग र साथ रहनेछ ।” नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहको छैटौँ बैठक आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन लागेको सन्दर्भमा प्रधानमन्त्री देउवासँग समूहले मुलुकको प्राथमिकता र हालसम्म भएको प्रगतिका बारेमा परामर्श गरी सुझाव लिएको हो । बैठकको तयारीका लागि यसअघि उक्त समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पनि
More

काँग्रेस प्रवक्तामा युवा नेता शर्मा मनोनीत

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गर्नुभएको हो ।
More

धेरैको धन्यवादको पात्र भएँ

पुष्पकुमारी झा, जिल्ला निर्वाचन अधिकारी, धनुषा धनुषामा निर्वाचन गराउने जिम्मेवारी पाएकी थिइन् पुष्पाकुमारी झाले । स्थानीय तहको निर्वाचन पटक पटक सरेकोमा त्यसलाई त्यति सहज मानिएको थिएन । तर १८ वटा स्थानीय तहको निर्वाचन र पछिल्लो संघीय संसद्को निर्वाचन कुशलतापूर्वक सम्पन्न भए । निर्वाचन अधिकृत झा भन्छिन्, ‘राजनीतिक दलले निर्वाचन चाहेको थियो, सकुशल सम्पन्न भयो । हामीले त व्यवस्थापन मात्र गरिदिएका हौं ।’ निर्वाचनको अनुभव र सरकारी सेवामा प्रवेशका बारेमा झासँग गरिएको कुराकानी ः ० निर्वाचन सफलतापूर्वक गराउनुभयो होइन ? – यो मैले भन्ने विषय होइन, मेघा इभेन्ट विवादरहित सजिलोसँग सफलतापूर्वक सम्पन्न भएको जगजाहेर छ । ० चुनौती कस्ता थिए ?
More

नायिका आशा भुषालसँगको रमाइलो कुराकानी (भिडियो)

सानै उमेरमा कलाकारितामा लागेकी नायिका आशा भुषाल विशेष गरी ठूलो पर्दाका चलचित्र, म्युजिक भिडियो र टेलिसिरियलहरुमा अभिनय गरेकी छिन् ।
More

मोतिपुरमा मयुर नृत्य

तुलसीपुर–६ मोतिपुरमा थारु जातीको महान पर्व माघीको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा मयुर नृत्य प्रस्तुत गर्दै थारु कलाकारहरु । तस्बिर : नारायणी रजौरे
More

‘अँध्यारोमा रात्रिभोज’ आयोजना गरिँदै

कैलाली । रोटरी क्लब अफ धनगढीले नेत्रहीनहरुको सहयोगार्थ नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ (अँध्यारोमा रात्रिभोज) कार्यक्रम गर्दैछ । रोटरी क्लब अफ धनगढीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमबारे जानकारी दिएको छ । आँखाको ज्योतिबिना संघर्षमय जीवन बाँचिरहनुभएका व्यक्तिहरुलाई दया नभई माया, स्नेह र सहयोगको खाँचो छ भन्ने सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । दिन पनि रातसरह अन्धकार भएकाहरुलाई खानाको जोहो गर्न कति कठिनाइ हुन्छ भन्ने महसुस समाजका विभिन्न वर्ग र पक्षलाई गराउन रात्रिभोजको आयोजना गरिएको रोटरी क्लब अफ धनगढीका कार्यक्रमका संयोजक डा गणेशबहादुर सिंहले
More

डा. केसीलाई प्रहरी हिरासतमै राखिने

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकेन । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई मंगलबार विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दै हुनुहुन्छ ।
More

राष्ट्रियसभाका लागि १० दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो । ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । उहाँका अनुसार नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी) र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन्
More

डा. केसीको बयान– ‘प्रधानन्यायाधीशले न्यायपालिकाको मानमर्दन गरे’

काठमाडौं । मानहानीको मुद्दामा डाक्टर गोविन्द केसीसँग सर्बोच्च अदालतले बयान लिएको छ । सर्बोच्च अदालतका न्यायधीश ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासमा उनको लिखित बयान लिइएको हो । बयानमा डाक्टर केसीले आफ्नो अदालतप्रति निष्ठा रहेको र अपमान नगरेको बताएका छन् । उनले प्रधानन्यायधीस गोपाल पराजुलीले गरेका निर्णय र कार्यहरुले न्यायापालिकाको उल्टै मानमर्दन गरेका कारण त्यसविरुद्ध विशेष सचेत नागरिकको हैसियतले आवाज उठाएको बयान दिएका छन् । अदालतको भ्रष्ट प्रवृत्तिविरुद्ध आफ्नो लडाई भएकाले त्यसमा अडिक रहेको पनि बयान क्रममा बताएका छन् । बयानपछि केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट र डाक्टर केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने बताइएको छ ।
More

डा. केसीको पक्षमा ४ अधिवक्ताको बहस

काठमाडौं । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उहाँलाई उपस्थित गराइएको हो । बयान सकिएपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशमा सुनुवाइ हुनेछ । प्रा डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र भण्डारी र लेखनाथ न्यौपानेले बहस गर्दै हुनुहुन्छ । बयानका क्रममा प्रा डा केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गर्नुभयो । प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र
More

नेपालको छापामारशैलीको न्यायप्रति अन्तर्राष्ट्रिय चिन्ता

लन्डन । ग्लोबल पोलिसी फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले एक वक्तव्य प्रकाशित गरी नेपालको छापामार शैलीको न्यायप्रति चिन्ता व्यक्त गर्नुभएको छ । माओवादी र कांग्रेसको गठबन्धनले छापामार शैलीमा रातारात तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय बितेको छैन । अहिले सर्वोच्च अदालत आफैले हतार हतारमा छापामार शैलीमा डा. गोविन्द केसीलाई गिरफ्तार गर्ने आदेश दिनु र प्रहरी प्रशासनले केही राष्ट्रिय महत्वका विषयमा आफ्ना माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका डा. केसीलाई तुरुन्तै पक्राउ गर्नुजस्ता छापामार शैलीको कार्य निन्दनीय छ । यस्ता शैलीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी धुमिल भएको कुरा प्रा.
More

मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु

नुवाकोट । आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका–१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो । आइतबार राति दुई जनाबीच विवाद उत्पन्न हुँदा रोकाले सिग्देललाई लात्तीले प्रहार गरी मुटुमा चोट पु-याएकाले नुवाकोटमा उपचार हुन नसकेपछि सोमबार साँझ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कामदारहरुले
More

विरोध प्रर्दशन

डा गाविन्द केसीकोे पक्राउको विरोधमा मङ्गलबार माइतीघर मण्डलामा आयोजना गरिएको प्रर्दशनमा सहभागीहरु । तस्वीर : रोशन सापकोटा
More

डा केसी सर्वोच्च अदालतमा उपस्थित

काठमाडौं । वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो । डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गर्नुभएको थियो । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।
More

के प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली मेडिकल माफिया नै हुन् ? हेर्नुस् २०७० देखिको उनको फैसला

काठमाडौं । १४ औं पटक आमरण अनसन बसेकै ठाउँबाट प्रहरीले पक्राउ गरेका डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई मेडिकल माफिया भएको आरोप लगाएका छन् । ५ वटा माग राखेर डा. केसीले हिजो सोमबार त्रिविवि शिक्षण अस्पतालमै आमरण अनसन सुरु गरेका थिए । उनले अनसन बस्नुअघि पत्रकार सम्मेलन गरेर प्रधान न्यायाधीश मेडिकल माफिया भएको आरोप लगाएका थिए । डा. केसीले २०७० सालदेखि प्रधान न्यायाधीश पराजुलीले गरेको फैसला प्रस्तुत गरेका थिए । यस्ता थिए प्रधानन्यायाधीश पराजुलीले गरेको फैसला– मिति २०७० फागुन २६ झगडिया जानकी मेडिकल कलेज, जनकपुर अदालत पुनरावेदन अदालत पाटन न्यायधीश गोपाल पराजुली मुद्दा नेपाल मेडिकल काउन्सिलले पूर्वाधार नपुगेको भनेर एमबीबीएस
More

निर्माणधिन पुलबाट खसेर दुई जनाको मृत्यु

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर सोमबार साँझ दुई मजदुरको ज्यान गएको छ। निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलाली जिल्लाको महोन्याल गाउँपालिका-५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका-४ का पुरन थापाको ज्यान गएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताए। वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि निर्माणाधीन रहेको छ । ‘निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कनेबेलामा चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शव भेटिएको वडाअध्यक्ष फगामीले जानकारी दिए । अन्तिम चरणमा पुगेको पुलबाट मजदुरको खसेर मृत्यु
More

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता संयोजक समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आज अपरान्ह समितिको बैठक बोलाइएको हो । बाम तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका दुई दलबीच चुनावपछि आज पहिलो पटक छलफल हुन लागेको हो । एकता गर्ने औपचारिक सहमतिपछि तीन महिनापछि बस्न लागेको बैठकमा पद बाँडफाँड र बैचारिक मतभेद टुग्याउन छुट्टाछुट्टै कार्यदल बनाउने तयारी छ । एकता समितिमा एमालेका तर्फवाट अध्यक्ष केपी ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, र ईश्वर पोखरेल रहेका छन । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
More

अब सातै प्रदेशबाट सवारी अनुमतिपत्र दिइने

काठमाडौँ — सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए । काठमाडौं र देशका केही सीमित सहरबाट वितरण हुँदै आएका कारण सवारीचालक अनुमतिपत्रका लागि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बर्सेनि लाखौं व्यक्ति लाइसेन्स लिन इच्छुक देखिए पनि न्यून संख्यामा मात्र लाइसेन्स जारी हुँदै आएको छ जसका कारण आवेदन खुल्नासाथ यातायात कार्यालयमा लाइसेन्स लिन चाहनेको लामो भीड लाग्ने गरेको छ र लाइसेन्स प्रक्रिया जटिल र सकसपूर्ण भएको भन्दै यातायात विभाग पनि विगत लामो समयदेखि आलोचित हुँदै आएको
More