Daily Archives 10th January 2018

राजदूत सुवेदीद्वारा विश्व उर्जा परिषदका महासचिव समक्ष ओहोदाको प्रमाणपत्र पेश

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले विश्व उर्जा परिषदका महासचिव क्रिस्टोफ फ्राइ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । परिषदका स्थायी प्रतिनिधि राजदूत डा. सुवेदीले बुधबार १० जनवरीका दिन परिषदको लन्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै 
राजदूत सुवेदीले महासचिव फ्राइलाई नेपालको संविधान बमोजिम भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भइ नयां सरकार निर्माण हुने प्रक्रियामा रहेको अवगत गराएका थिए । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकमा राजनीतिक स्थिरता कायम भइसकेको 
परिप्रेक्ष्यमा अब नेपाल सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने उल्लेख
More

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

दुनै । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
More

फरार अभियुक्त ३३ वर्षपछि पक्राउ

त्रिशूली । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालवहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी आज नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो । अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई छ÷छ महिना कैदको सजाय तोकेको थियो । अदालतले तीनैजनालाई आजै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ ।
More

डा केसीलाई तारेखमा थुनामुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो । मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए।
More

बालबालिकालाई बस्नेतको न्यानो टोपी

काठमाडौं । युवा सशक्तिकरण नेपालका अध्यक्ष सरोज बस्नेतले बालबालिकालाई न्योनो टोपी वितरण गरेका छन् । न्योनो टोपी गौरीघाटस्थित प्रणवानन्द आश्रम तथा विद्या मन्दिरमा आश्रित बालबालिकालाई वितरण गरिएको हो । पछिल्लो समय कलाकार, व्यवसायी, समाजसेवी, सर्वसाधारणको एउटा ट्रेन नै बसेको छ । आफ्नो जन्मदिनको अवसरमा केही न केही सेवाभावको काम गरौं भन्ने । सोही ट्रेनलाई पछ्याउँदै सरोज बस्नेतले पनि आफ्नो जन्मदिनको अवसर पारेर असहाय बालबालिहरुलाई गत मंगलबार न्योनो टोपी वितरण गरेका हुन् । बस्नेत क्रिष्टल एक्पोर्ट इम्पोर्टका सञ्चालकसमेत रहेका छन् । उनले यसअघि पनि विभिन्न क्षेत्रमा समाजसेवाकाको काम गर्दै आएका छन् । यसपटक पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो जन्मदिनको अवसर पारेर जाडोको
More

राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ: प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताउनुभएको छ । पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि उहाँले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक हो भन्नुभयो । निर्वाचनपछिको अवस्थाका बारेमा समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक कहिले बस्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता शर्माले भन्नुभयो, “पार्टी तत्काल राष्ट्रिय राजनीतिका महत्वपूर्ण कार्यमा व्यस्त छ, तर यही अवधिमा पार्टी सभापतिज्यूले बैठक बोलाउनुहुन्छ ।” उहाँले केन्द्रीय समिति बैठकमा पार्टीले निर्वाचन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी पुरा गरेको र पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको सम्बन्धमा समीक्षा
More

दाउरा वितरणमा नेपाली सेना

लगातारको शीतलहरका कारण बढ्दै गइरहेको जाडो छल्न कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा दाउरा वितरण गर्दै नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा र सिंहशार्दुल गुल्मको सैनिक टोली । तस्बिर : शेरबहादुर सिंह
More

नियमित स्वास्थ्य जाँचका लागि अध्यक्ष ओली बैंकक प्रस्थान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो तर यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ ।” गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि समानुपातिकतर्फको परिणाम सार्वजनिक हुन बाँकी छ । अध्यक्ष ओलीले संविधान कार्यान्वयन र जनताको हितका
More

निसासिएर दुई बालिकाको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित नेपाः भवन नजिकै विष्णुकुमार लिम्बूको घरमा डेरा बस्दै आएका एक दम्पतीका दुई बच्चा निसासिएर गएराति मृत्यु भएको छ । अत्यधिक जाडोका कारण डेर घरको कोठामा दाउरा र भुसको आगो बालेर ढोका थुनी सुतेको अवस्थामा आलम मिया, उनका श्रीमती र दुई छोरी निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई विराटनगर अस्पताल पु-याएका थिए । उपचारकै क्रममा आलमका दुबै छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा सात वर्षीया आलिया खातुन र दुई वर्षीया आयात खातुन रहेको छ । ३५ वर्षीय आलम मियाँ र उनकी २८ वर्षीया श्रीमती फोसिला खातुनको अझै
More

डा.केसीविरुद्धको मुद्दाको सुनुवाई सुरु

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ गरिएका डा. गोविन्द केसीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा केसीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको हो । उनको बयान भने न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले लिएको थियो । मुद्दाको सुनुवाईका लागि केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालतमा पुर्‍याइएको थियो । सर्वोच्चको आदेशपछि सोमबार साँझ पक्राउ परेका डा. केसीलाई हिजो अदालतमा पुर्‍याएर बयान लिइएको थियो । मुद्दाको सुनुवाईका क्रममा आज दुबै पक्षका कानुन व्यवसायीहरुले बहस गर्दै छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं अनसन सुरु गरेपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले
More