Daily Archives 11th January 2018

एनआरएनले लण्डनबाट १० अर्ब रुपैयाँबराबरको लगानी घोषणा गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँबराबरको सामूहिक लगानी गर्न सकिने जनाउँदै त्यसको खाकाका बारेमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । लगानी विदेशमा रहेका नेपाली, स्वदेशी लगानीकर्ता र सरकारसहितको सामूहिक लगानी हुनेछ । सो लगानी बारे जानकारी दिन गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु लण्डनमा भेला हुदैंछन् । नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउन लागेको हो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यका अनुसार २२ तारिख, सोमवार दिउँसो भेटघाट रेष्टुरेन्टमा विषेश कार्यक्रमको आयोजना गरिने छ
More

कृष्टिनालाई सहयोग गर्न एनआरएनए यूकेको आग्रह

बेलायत । ओखलढुङ्गा लिखु गाउँपालिका वाप्चु निवासी नीर सुनुवार र रेनुका सुनुवारको ४ वर्षिय छोरी कृष्टिना सुनुवारको उपचारमा सहयोगको आग्रह गरिएको छ । कमजोर आर्थिक अवस्था भएका सुनुवार दम्पत्तिकी ४ वर्षिय छोरी कृष्टिनालाई ब्लड क्यान्सर भएर गत असोजदेखि कान्तिबाल अस्पताल, बालमैत्री, पाटन अस्पताल हुँदै हाल बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital) मा उपचार भईरहेको छ । केही समय अगाडि मात्र उनलाई बोन्म्यारो रोग भएको पत्ता लागेको हो । आफ्नी ४ वर्षिय छोरीलाई उपचार गर्न सुनुवार दम्पत्तिसँग आर्थिक अभाव भएपछि उनीहरुले सबैमा सहयोगको आग्रह गरेका छन् । कृष्टिनालाई बोन्म्यारो प्रत्यारोपणको लागि १५ लाख भन्दा बढि खर्च लाग्ने उनको उपचारमा संलग्न
More

लण्डनमा २९६ औं पृथ्वी जयन्ती

लण्डन । २९६ औं पृथ्वी जयन्ती बेलायतमा एक कार्यक्रमका बीच मनाइएको छ ।हरेक वर्षजस्तै यसपटक पनि संयुक्त राष्ट्रवादी नेपाली संगठनको आयोजनामा बेलायतका नेपालीले पृथ्वी जयन्ती मनाएका हुन् । लण्डनको वेम्वली, सडवरी टाउनमा आयोजित कार्यक्रमका सहभागीले राष्ट्रनिर्माताका रुपमा पृथ्वीनारायणको स्मरण गरे र श्रद्धापुर्वक उनको तस्बिरमा माल्यार्पण गरे । कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, विशेष अतिथी डा राघव धिताल र एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, साहित्यकार विकलचन्द्र आचार्य, गायक योगेश्वर अमात्य, एनआरएन यूके उपाध्यक्ष ललित नेउपाने सहित बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । गणतन्त्र स्थापनापछि पहिलो पटक नेपाल सरकारले पनि यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक
More

राँगो मार्न गोली

पोखरा । कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आजसोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
More

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उहाँले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो– “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।” उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहनुभएका राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय
More

माओवादी मन्त्रीको राजीनामा

काठमाडौं । विना विभागीय भएको तीन महिनापछि सरकारमा सहभागी माओवादी मन्त्री सरकारवाट बाहिरिने भएका छन् । माओवादी केन्द्रको आज बसेको बैठकले सरकारमा रहेका मन्त्री बाहिरिने निर्णय गरेको हो । नयाँ जनादेश आएर सरकार गठन प्रक्रिया अघि बढन लागेकाले मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने निर्णय माओवादी केन्द्रले गरेको हो । आज बेलुकीसम्म प्रधानमन्त्रीसमक्ष माओवादी मन्त्रीहरुले सामुहिक राजिनामा बुझाउने तयारी छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका १७ जना मन्त्री देउवा सरकारमा छन् । निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीले माओवादी मन्त्रीलाई असोज १७ गते विना विभागीय बनाएका थिए । विना विभागीय हुँदा पनि तीन महिनासम्म माओवादी मन्त्रीहरु सरकारवाट बाहिरिएका
More

राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा राख्न अनुरोध

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय पोशाक दिवस पनि भव्य रुपमा मनाइदै छ । पुरुषहरुले एउटा समुदाय र लिङ्ग मात्र झल्किने टोपीको मात्र दिवस गरेको भन्दै महिलाहरु नै जुटे सबैलाई अटाउने दिन पृथ्वी जयन्तीलाई राष्ट्रिय पोशाक दिवस मनाउन । राष्ट्रिय एकता तथा राष्ट्रिय पोषाक दिवसको शुभकामना । तपाईंहरुसंग पनि राष्ट्रिय पोशाक लगाएका तस्विर हरु भए हामीलाई इनबक्स गर्नुहोला । सबैलाई आफ्नो पोशाक लगाएको फोटो फेसबुकमा राखेर पहिचान झल्काउन अनुरोध गरिएको छ
More

कांग्रेसमा चरम असन्तुष्टि छताछुल्ल

काठमाडौं । निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म चरम असन्तुष्टि बढ्दै गएको छ । पराजयको समीक्षा गर्न बैठकको माग गर्दै आएका नेता तथा कार्यकर्ताको आवाजलाई नेतृत्वले बेवास्ता गरेको छ । जसले गर्दा स्थानीय नेतृत्वदेखि गुट–उपगुटको कोठे बैठकमा नेतृत्वको कडा आलोचना हुन थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि नेपाली कांग्रेसले चुनावी समीक्षा गर्न सकेको छैन । स्थानीय तहदेखि केन्द्रीय नेताहरुलेसमेत चाँडो समीक्षा बैठक बोलाउन माग गरेपनि नेतृत्वले टेरपुच्छर नलगाउँदा पार्टीभित्र नेतृत्वप्रति चर्को आलोचना हुन थालेको छ । नेतृत्वले पार्टीको पराजयको समीक्षामा आलटाल र ढाकछोप गर्न थालेपछि स्थानीयस्तरका नेताहरुसमेत आफैं समीक्षामा जुट्न
More

प्याङ पूर्ण सरसफाइ वडा

इलामको माई जोगमाई गाउँपालिका–६ प्याङलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्दै वडास्तरीय खानेपानी तथा स्वच्छता समन्वय समितिका अधिकारीहरु । तस्वीर: गोविन्द लामिछाने
More

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो । यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकले शाहको शालिकमा माल्यार्पण गर्नुभएको
More

गौचनको हत्यामा संलग्न थप ३ पक्राउ

काठमाडौं । शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष पक्राउ पर्नेमा राजकुमार साह, सूर्य बाजी र श्याम गुप्ता रहेका छन् । उनीहरुमध्ये केहीले अभियुक्तहरुलाई सिमकार्ड दिएका थिए। केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जानकारी गराएको छ । उनीहरु समातिएसँगै पक्राउ अभियुक्तको संख्या ११ पुगेको छ । घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित ६ जना पक्राउ परिसकेका छन् । छानबिन समितिले हत्यामा प्रत्यक्ष संलग्न राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिसकेको छ । त्यस्तै, घटनामा प्रयोग भएको
More

रौतहटमा शितलहरका कारण मर्नेको संख्या ११ पुग्यो

रौतहट । लगातारको शितलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्याग्रीएर मर्नेको सँख्या एघार पुगेको छ । जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शितलहरको प्रभावमा परेको छ । उत्तरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर तुषारो र कुहिरोले ढाकिएको छ । गरीब तथा विपन्न वर्गका परिवारहरु चिसोले सबै भन्दा बढी प्रभावित बनेका छन भने पुराना रोगी, उच्चरक्तचाप, मुटुरोग तथा दमका बिरामीहरु थला पर्न थालेका छन । बुधवार मात्रै रौतहटमा कठ्याग्रीएर तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधवार रौतहटको परोहा सात रामपुरखापका साठी वर्षिय रामलगन प्रसाद पटेल, गौर टिकुलियाकी सत्तरी वर्षिया सियादेवी तथा गढीमाई
More

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा

पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पार्नुभयो । प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो । प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र
More

कांग्रेस जिल्ला सभापतिको भेला हुने

सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पराजयबारे छलफल गर्न कांग्रेसका जिल्ला सभापतिको भेला हुने भएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा भएको कांग्रेसका १९ जिल्लाका सभापतिको बैठकले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको हो । जिल्ला सभापतिहरुको भेलाका लागि बर्दिया कांग्रेस सभापति सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय पहल समिति गठन भएको छ । अर्को निर्वाचनसम्म कांग्रेसलाई पहिलो दलको रुपमा उभ्याउनका लागि निर्वाचनको समिक्षा र भावी रणनीति तयार गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेला आवश्यक रहेको निस्कर्ष भेलाले निकालेको छ । भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, मुगु लगायतका जिल्ला सभापतिहरु सहभागि थिए ।
More

भृकुटी मण्डपमा माघेसक्रान्ती मेला

काठमाडौँ । नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे सकरातीमा लोपोन्मुख बन्दै गएका मगर समुदायका विभिन्न गीत, संगीत र सांस्कृतिक प्रस्तुतिसमेत गरिने आयोजकले जनाएको छ। यहाँ बुधबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातीदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउँदै आएको बताउँदै उनीहरुको सांस्कृतिक, सामाजिक विकास क्रमलाई महोत्सवमा चित्रण गरिने जानकारी दिए। उनले भने, “माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैरमगर समुदायले पनि मनाउने गरेको चाड हो, अर्थात् राज्यको नै चाड हो,
More

आज राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बिहीबार मनाईंदैछ । पृथ्वी जयन्ती समारोह नागरिक समिति, राष्ट्रिय एकता तथा पृथ्वी विचार अभियान, नेपाल प्रज्ञा प्रतिष्ठान लगायतले पृथ्वीनारायण शाहको स्मरण गर्दै सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गर्दैछन् । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उहाँले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२र०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो
More

भूकम्पपीडितको दोस्रो किस्ता बुझ्ने म्याद नथपिने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानको दोस्रो किस्ता बुझ्न तोकेको पुस मसान्तको समयसीमा नथप्ने छ । दोस्रो किस्ता प्राप्त गरिसक्नुपर्ने भनी तोकिएको अवधिमा लाभग्राहीले अनिवार्य दोस्रो किस्ताको सिफारिस लिइसक्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए । ‘प्रधानमन्त्रीको अध्यक्षतामा रहने प्राधिकरण निर्देशक समितिको बैठकले गरेका निर्णयलाई प्राधिकरण आफैँले थपघट गर्न सक्ने अधिकार छैन,’ उहाँले भन्नुभयोे, ‘त्यसकारण तोकिएको अवधिभित्रै लाभग्राहीले दोस्रो किस्ताको कम्तीमा सिफारिस लिइसक्नुपर्छ ।’ ०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीका लागि दोस्रो किस्ता बुझ्ने म्याद यही पुस मसान्त तोकिएको छ । ती लाभग्राहीले ०७५ जेठसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ । ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले भने
More

जाजरकोटमा भाइरल ज्वरोले मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । अस्ति एक जना र हिजो एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १४ पुगेको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार अस्ति बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण मृत्यु भएको छ । त्यस्तै जुनीचाँदे –५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको मृत्यु भएको छ । दुवैको उपचार अभावमा मृत्यु भएको हो ।
More

मसाल महामन्त्री सिंह प्रचण्ड निवासमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष दाहाल र उहाँलाई भेट्न आज बिहान उहाँको निवास खुमलटार पुग्नुभएका महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा ९एमाले० र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो । महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्व हुनुहुन्छ । भेटका क्रममा उहाँहरुबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष
More

क्यान्सर पीडित राईलाई मलेसियाबाट सहयोग

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३, माङ्लेबुङका क्यान्सर पीडित एक व्यक्तिलाई प्रवासी समाज, मलेसियाले आर्थिक सहयोग गरेको छ । फालेलुङ–३ बस्ने क्यान्सर रोगबाट पीडित कालुराम राईलाई प्रवासी समाज मलेसियाले रु एक लाख १२ हजार ६२१ सहयोग प्रदान गरेको हो । राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबाङ साँवासहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको थियो । विपन्न परिवारका राईको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो सहयोग हस्तान्तरण गरिएको अध्यक्ष साँवाले बताउनुभयो । उक्त सहयोग पाएपछि राईले खुशी व्यक्त गर्नुभएको छ । उहाँले यो सहयोगले आफनो उपचारमा थप मद्दत पुगेको र आफू छिट्टै स्वस्थ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । फालेलुङ गाउँपालिका–३, का वडाध्यक्ष वीरविक्रम
More