Daily Archives 11th January 2018

बागलुङमा १७ करोड ३२ लाखको सुन्तला उत्पादन

अनुकुल मौसम तथा क्षेत्रफल विस्तार हुँदा यस बर्ष सुन्तला उत्पादन बढेपछि जिल्लाका कृषकहरुले १२ करोड रुपैँया भन्दा बढिको सुन्तला बाहिरी जिल्लामा निर्यात गरेका छन् । जिल्लाका किसानहरुले उत्पादन गरेको सुन्तला चितवन, नारायणगढ, पोखरा, गुल्मी, रुकुम, बुटवल, धादिङ, काठमाण्डौँ लगायतका जिल्लाका व्यापारीले वगान वाटै खरिद गरेका हुनु । जिल्ला कृषि विकास कार्यालय बागलुङले दिएको जानकारी अनुसार यस बर्ष १७ करोड ३२ लाख ५० हजार रुपैँयाको सुन्तला उत्पादन भएको र त्यस मध्य १२ करोड १२ लाख ५० हजार रुपैँयाको सुन्तला बाहिरी जिल्लाका व्यापारीले वगान वाटै खरिद गरेका छन् । । अनुकुल मौसम एवं थप २० हेक्टर क्षेत्रफल विस्तार गरिएकाले अहिले ५ प्रतिशत
More

डा. केसी तारेखमा छुटे अनसन कायमै

काठमाडौं । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो । आदेश लगतै डा. केसी प्रहरी हिरासतबाट रिहा भएका छन् । उनी अदालतबाट सिधै शिक्षण अस्पताल पुगेर आमरण अनसन कायमै राखेका छन् । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आदेश सकारात्मक भएको र आमरण अनसन जारी राख्ने नराख्नेबारे भोलि निर्णय दिने बताए । ‘उहाँले जहाँ अनसन थाल्नु भएको थियो, त्यही बस्नु भएको छ’ डा. जीवन क्षेत्रीले भने । अदालतको
More

डोल्पामा आगलागीबाट ९ घर नष्ट

काठमाडाैं । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भएको भीषण आगलागी १४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् । डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी वमबहादुर केसीले बुधबार साँझदेखि लागेको आगोले ९ घर जलेर नष्ट भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको जानकारी दिए । ‘आगोले ९ घर जले पनि कुनै मानवीय क्षति नभएको जानकारी हामीलाई प्राप्त भएको छ’, सहायक प्रजिअ केसीले अनलाइनखबरसँग भने, ‘केही पशु चौपाया मरेको जानकारी आए पनि घटनास्थल सदरमुकामबाट २ दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिने भएकाले विस्तृत विवरण आइसकेको छैन ।’ आगलागी भएको स्थानमा
More

तिलौराकोटमा उत्खनन कार्य पुन सुरु

कपिलवस्तु । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ। प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन सुरु गरिएको हो। विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ। उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने अपेक्षा गरिएको पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले बताए। उनका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिनेछ। यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको थियो। पुरातत्व विभाग र
More