Daily Archives 12th January 2018

नेपालको गुरुकुलका लागि अमेरिकाबाट सहयोग

नेपालमा गुरुकुल शिक्षाका निम्ति अमेरिकाबाट सहयोगको अभियान सुरु भएको छ । वैदिक संस्कृति तथा शिक्षा ग्रहण गर्न चाहने जेहेन्दार विद्यार्थीहरुकाे हितका निमित्त भाेजन, आवास आदि सुविधाका साथ तनहुँको देवघाटमा स्थापित महेश संस्कृत गुरुकुल विद्यापीठका लागि सहयाेग गर्न अमेरिकावासी नेपालीले तदारुकता देखाएका हुन् । उनीहरूले पहिलो चरणमा यसै हप्ता डेढ़ लाख रुपियाँभन्दा बढीको सहयोगसमेत गरिसकेका छन् । यस पुण्यकर्मका लागि खुलेर सहयाेग गर्नसमेत उनीहरूले आग्रह गरेको अभियानका सशक्त अभियन्ता पण्डित पीपलमणि सिग्देलले बताउनुभयो । उक्त अभियानमा नरेन्द्र सुवेदी, भगवती ज्ञवाली, परमानन्द खनाल, पण्डित डिल्लीराम उपाध्याय, गोकुल सापकोटा, कपिल बराललगायतका अमेरिकी नेपाली समाजसेवी एवं संस्कृतिकर्मीहरूको सहभागिता छ ।
More

कतारमा पक्राउ परेका पत्रकार महासंघका अध्यक्ष आचार्य रिहा

लण्डन । कतार प्रहरीको पक्राउमा परेका पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित चार पत्रकार रिहा भएका छन। नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको थियो । त्यहाँ कार्यरत एक नेपालीका अनुसार उनीहरुलाई सोधपुछ पछि अवेर राति रिहा गरिएको हो । ‘अध्यक्ष ज्यु छुटेर रुममा आइसक्नु भयो उहाँको फोन अहिले अफ भएको छ । के कस्तो सर्तमा रिहा गरेको हो अहिलेनै भन्न सकिन्न भोलि विहान सबै कुराको जानकारी हुने छ’ उनले भने । यसै बीच महासचिव रमेश विष्टले आफ्नो फेसबुक टाइमलाइन मार्फत सामान्य जानकारी मागेको वताएका छन
More

किन पक्राउमा परे कतारमा पत्रकार महासंघका अध्यक्ष आचार्य सहित ४ जना

लण्डन । कतार प्रहरीले पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित चार पत्रकार पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई शुक्रवार त्यहाँको सीआइडीले पक्राउ गरेको हो । त्यहाँ कार्यरत एक नेपालीका अनुसार पत्रकार महासंघ कतार शाखाको अधिवेशन चलरिहेको वेला करिब तीन बजे तिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछको लागि भन्दै प्रहरीले कार्यक्रम स्थलबाट उनीहरुलाई लिएर गएको हो । कार्यक्रम आयोजना स्थल बारे स्थानिय प्रशासनलाई जानकारी दिएको भए पनि कार्यक्रम गर्न भने अनुमति थिएन् । आयोजक नेपाल पत्रकार महासंघ कतार शाखाले प्रशासनको स्वीकृत विना एक होटलमा
More

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयासमा सरकार

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भन्नुभयो, “सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन ।” उहाँले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिनुभयो । प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आफू जतिसक्दो चाँडो सरकार छोड्न तयार
More

डा केसीको मागले अदालतप्रतिको जनआस्था घटाउने काम भयो: बार

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । बारको बैठकपछि आज महासचिव खम्मबहादुर खातीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा केसीले जनआस्था घटाउने काम गरेको उल्लेख छ । आफू अनुकूल फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुञ्जेलसम्म आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने जटिलता देखिने मात्र नभई गलत प्रक्रिया र
More

न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

काठमाडौं । सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा पर्नुभएका पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो । विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । पत्रकारिताका दौरानमा उहाँले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय
More

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ । श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको रु दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
More

ट्रकभित्र एलिसा र निराजनको रोमान्स

काठमाडौं । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ । मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो । जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ । दर्शन लामाको स्वर रहेको गीतको भिडियोमा एलिसालाई निराजनले ट्रकमा भगाएको देखाइएको छ । जहाँ उनीहरुको रोमान्टिक दृश्य समेत राखिएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतमा स्मृति मोक्तानको शब्द र सुसन लामाको संगीत छ । हेर्नुहोस् भिडियो ।
More

म्याग्दी महोत्सव

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा शुक्रबारदेखि शुरु भएको छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि औद्योगिक व्यापारिक मेलाको उद्घाटन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर सन्तोष गौतम
More

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताउनुभएको छ । रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उहाँले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताउनुभयो । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उहाँको भनाइ छ । “मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उहाँले भन्नुभयो । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उहाँको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उहाँले भन्नुभयो, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” न्यायकर्मी जनताको
More