Daily Archives 14th January 2018

एनआरएन यूकेको २ सय सल्लाहाकार

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले करिव २ सय जनालाई सल्लाहाकारमा नियुक्ति गरेको छ । संघको शनिवार प्लमस्टेडमा बसेको बैठकले सल्लाहाकारहरुको चयन गरेको हो । अध्यक्ष योग कुमार फगामीको अध्यक्षामा बसेको बैठकले समाजका विभिन्न तप्काका व्यक्तित्वहरुलाई समेटेर सल्लाहाकार समिति गठन गरेको महामन्त्रि राजकुमार त्रिपाठीले जनाए । त्रिपाठीका अनुसार सल्लाहाकारको नामावलीको लिस्टलाई कार्यसमितिले अनुमोदन गरि सकेको छ । सो नामावली सोमवार विहान सम्म सार्वजानिक गर्ने तयारी गरिएको छ । वैठकले एनआरएन यूकेको सदस्यता शुल्क १० पाउण्ड तोकेको छ । यसअघि सदस्यता शुल्क २५ पाउण्ड थियो । वैठकले राज्य संयोजन उपसमितिको संयोजक ललित न्यौपानेद्धारा प्रस्तुत निर्दोेशिकालाई पारित गर्दै सो समितिको संयोजक तोक्न
More

१ सय ५२ जनाको मुक्तक संग्रहको बिमोचन

सरु पौडेल । बागलुङ । देशभरका १ सय ५२ जना मुक्तककारहरुका मुक्तकहरु समावेश गरि प्रकाशन गरिएको हातेमालो स्फुरण मुक्तक संग्रहको बागलुङमा बिमोचन गरिएको छ । हातेमालो साहित्य संगम बागलुङको सक्रियतामा प्रकाशन गरिएको उक्त मुक्तक संग्रहको सष्टा तथा सहयोगीदाता सम्मान एवँ रचना बाचन कार्यक्रमको अयोजना गरि बिमोचन गरिएको हो । संग्रहको उज्यालो ९० नेटवटका प्रोग्राम कोअर्डिनेटर अच्चुत घिमिरे, हातेमालो साहित्य संगमका केन्द्रिय अध्यक्ष सुनिल अधिकारी, रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटा, संगमका केन्द्रिय सदस्य तुलसीनारायण चित्रकार, धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन भने उज्यालो ९० नेटवटका प्रोग्राम कोअर्डिनेटर
More

“चारै दिशा” बोलको म्युजिक भिडियो सार्वजनिक

गीतकार दीप गिरीले रच्नुभएको “ चारै दिशा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार शिखर सन्तोषले संगीत भर्नुभएको सो गीत गायक राज खाम्वु र सुप्रसिद्ध भारतीय गायिका साधना सरगमको सुरिलो स्वरले कर्णप्रिय वनेको छ । शान थापाले निर्देशन गर्नु भएको सो म्युजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको उत्कृष्ट अभिनय रहेको छ भने कोरियोग्राफर राजिप समिर रहेका छन् । त्यसैगरी छायाङ्कन सौराप लामाले गरेका थिए भने सम्पादन सपिम पराजुलीले गरेका थिए । सो गीत युट्युबमा यो लिङ्कमा हेर्न सकिन्छ। संगीतकार राजु सिंहको प्रतिबिम्ब भाग २ एल्बमवाट २०५० साल ताका “सुनकेशरी” बोलको गीतबाट रचना शुरु गरेका गीतकार गिरीका “फुटेको
More

पूर्व सांसदहरुलाई पैसा नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विघटित सांसदलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत वितरण गर्न लागिएको रकम तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । विघटित संसदका सांसदहरुलाई नयाँ निर्वाचन भएपछि रकम खर्च गर्न दिनु गैरकानुनी भन्दै सर्वोच्चले उक्त कार्य कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले अर्थ मन्त्रालय, व्यवस्थापिका संसद् र प्रधानमन्त्री कार्यालयलाई दिएको आदेशमा निर्वाचनपछि नयाँ जनप्रतिनिधि आइसकेको अवस्थामा यस्तो रकम दिनु कानुन विपरीत हुने भन्दै तत्काल रोक्न भनिएको छ । सर्वोच्चको यो आदेशपछि पूर्व सांसदहरुले विकास कोषको नाममा सरकारी रकम खर्च गर्न नपाउने भएका छन् । सरकारले
More

दूरसञ्चार कम्पनीले प्रतिशेयर रु ५५ नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आव २०७३-७४ को मुनाफा रकम मध्येबाट रु ५५ प्रतिशेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न दशौँ वार्षिक साधारणसभाले रु ५५ प्रति शेयरका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधनलगायत विभिन्न प्रस्तावसमेत सर्वसम्मतले पारित गरेको छ । साधारणसभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको थियो । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कम्पनीले विगत वर्षमा जस्तै यसवर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो ।
More

प्रतिनिधिसभाले फागुन ७ पछि पूर्णता पाउने

काठमाडौं । निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । सञ्चालन र व्यवस्थापन प्रदेश तहमा निर्वाचन कार्यालय स्थापनासँगै अब निर्वाचन सञ्चालन र व्यवस्थापनको काम प्रदेशसभामा पुगेको छ । आयोगले प्रत्येक प्रदेशको उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । जसअनुसार, मोरङ, धनुषा, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटी जिल्लामा मतदान केन्द्र तोकिएको छ । यो निर्वाचनका लागि
More

जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित छ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ । मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीयबासी सुरेश राई र खाँदबारीका सुवासचन्द्र कुइँकेलको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्नेे सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
More

ग्लोबल आइएमई बैंकको शाखा बुर्तिवाङमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङको बुर्तिवाङमा रहेको शाखालाई औपचारिकता दिएको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बाग्लुङ– २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । त्यस्तै सोही शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरे । उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिए । उनले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग
More

हामी बदलिन्छौँ, देश बदल्छौँ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको बताउँदै भन्नुभयो, “पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्छ। ” हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल होइने उहाँको भनाइ थियो । प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने
More

कागलाई रोटी पकाइँदै

बैतडी । बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम) का अधिकांश जिल्लाका बासिन्दाले आज कागका लागि रोटी पकाइरहेका छन् । सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलने छ । माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताउनुभयो । नर (मानिस) हरि(विष्णु)मा लीन हुने अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघेसङ्क्रान्तिलाई नरहरि भनिएको उहाँले बताउनुभयो । यो दिन तरुललगायत खानेकुरा खाइन्छ । यस्तै आज राति पकाइएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्छन्
More

माघी महोत्सवमा थारु समुदाय

इटहरीमा आयोजित माघी महोत्सवमा जातीय पहिरनमा भुजाको लड्डुसहित सहभागी थारु समुदायका किशोरी र बालिकाहरु । तस्बिर: याम प्रधान
More

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताउनुभयो । आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उहाँले भन्नुभयो, “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।” उहाँले निर्वाचन आयोगले नयाँ सरकार गठनमा
More

माइक्रोबस चोर्ने २ जना नियन्त्रणमा

काठमाडौं । स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
More

राष्ट्रियसभा निर्वाचनका लागि ४ किसिमको मतपत्र

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रियसभा निर्वाचनका लागि चारवटा मतपत्र र मतभारअनुसारको दुईवटा मतपेटिका राखिने बताएका छन् । महिला, दलित, अल्पसंख्यक वा अपाङ्ग र अन्य गरेर चारवटा समूह राखिएकाले बेग्लाबेग्लै चार वटा मतपत्र हुने प्रवक्ता ढकालले बताए । यस विषयमा राजनीतिक दलसँग छलफल भइनसकेको प्रवक्ता ढकालले बताए । पर्सी मंगलबार निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेको छ । प्रवक्ता ढकालका अनुसार राष्ट्रियसभाको मतदाता भनेका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सभासद् हुन् । २ हजार ५६ मतदाता छन् । राष्ट्रियसभाको निर्वाचन २ वटा पद्धतिबाट हुनेछ । मुलुतः यो एकल संक्रमणीय प्रणालीबाट गर्ने हो । तथापि राष्ट्रियसभामा
More

एनआरएन अध्यक्ष भवन भट्टले किने १५ करोडमा जहाज, ६ महिना भित्र उडान भर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष भवन भट्टले नेपाल वायु सेवा निगमको बोइङ ७५७-२०० जहाज किनेका छन्। भट्टले १४ करोड ६० लाख रुपैयाँमा बोइङ किनेका हुन् ।उनले बुधवार निगमलार्इ बुझाउनुपर्ने रकम भूक्तानी गरेर जहाज किनेका हुन्। यो जहाज दुर्इ वर्षदेखि ग्राउण्डेड छ।यो विमानले ८६ हजार चार सय १० घण्टा उडान गरिसकेको छ। भट्टले एनआरएन निर्वाचनको बेलामा जहाज किन्न डेढ करोड रुपैयाँ बैना गरेका थिए।जहाज बैना गरेपछि भट्टले थप पैसा बुझाएका थिएनन्।थप पैसा नबुझाएपछि निगम व्यवस्थापनले ४५ दिनभित्र जहाज नकिने बैना जफत गर्ने निर्णय गर्यो।यो निर्णयको म्याद सकिनु एक दिनअघि कम्पनीले बाँकी रकम बुझाएर जहाज किनेको हो। नेपालमा होटल,संचारमाध्यम,ब्रुअरीमा लगानी गरिरहेका भट्टको
More

वर्षदिनभित्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी
More

प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत हिजो शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले हराएको हो । पहिलो हाफमा एक गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप तीन गोल गरेर प्रभावशाली जित दर्ता गरेको हो । माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिन र क्रिष्टियन एरिक्सनले एक एक गोल गरे । २६ औँ मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४७ औँ मिनेटमा केनले व्यक्तिगत पहिलो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे । त्यसको १२ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गरेपछि
More

जाजरकोटमा फैलिएको रोग इन्फ्लुएन्जा भएको पुष्टी

काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल एन्फ्लुएन्जा भएको पुष्टी भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा विरामीको नमुना परीक्षणपछि यो पुष्टी भएको हो । प्रयोगशालामा विरामीको खकार, सिंगान र ¥याल परीक्षण गर्दा ‘क’ समूहको एच थ्री एन टु भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिनु भएको छ । ५ नमुना मध्ये एउटामा यो जीवाणु फेला परेको डा. आचार्यले जानकारी दिनु भएको छ । यसैबीच, हिजो स्वास्थ्य सचिव पुष्पा चौधरीको टोली जाजरकोट पुगेर फर्किएको छ । स्वास्थ्य सचिव चौधरीले रुघाखोकी जटिल प्रकृतिको महामारी नभएको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको
More