Daily Archives 16th January 2018

बेलफास्टको पर्यटकिय क्षेत्रमा खुल्यो नेपाली रेष्टुरेण्ट

धर्मराज अधिकारी ! बेलफास्ट । बेलायतको नर्दन आयरल्याण्डमा नेपालीहरुको बाक्लिंदो बसोबास सगैं व्यवसाय पनि बढ्दै गएको छ । करीब एकसय नेपाली परिवार रहेको नर्दन आयरल्याण्डमा अधिकांशभन्दा बढि नेपालीहरु रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् । हालैमात्र नर्दन आयल्यण्डस्थित बेन्गोरमा करीब दुईसय सिट क्षमतको याक्स नेप्लिज एण्ड इण्डियन रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नेप्लिज कक्युनीटि इन नर्दन आयरल्याण्डका अध्यक्ष समेत रहेका व्यवसायी लिलाराम निउरे लगायतको लगानीमा सञ्चालित उक्त रेष्टुरेण्ट स्थानिय बरो काउन्सीलका मेयर ग्याभीन वाल्करले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा काउन्सीलर जोन बेरी, अलिस्टर क्याथकार्ट, सदीप म्याक्नी, लगायत स्थानीय सञ्चार माध्यामका प्रतिनिधहरु समेत सहभागि थिए । रेष्टुरेण्टको उद्घाटन गर्दे मेयर वाल्करले स्थानिय
More

नेपालका सबै मिडिया हाउस ‘जग्गा दलाल’

काठमाडौं । नेपालका प्रायः सबै सञ्चारगृह ‘जग्गा दलाल’ भएको खुलासा भएको छ । हिजो सोमबार मुक्तिश्री प्रा.लि.का अध्यक्ष अजय सुमार्गीले जग्गाकै विषयमा विवाद सिर्जना भएपछि आफूविरुद्ध कान्तिपुर मिडिया गु्रपले एकोहोरो आक्रमण गरेको सार्वजनिक गरेपछि नेपालका अधिकांश सञ्चारगृह जग्गा विवादमा मुछिएको पाइयो । का.म.न.पा वडा नं. १० को कित्ता नं. ३१८ को ९ रोपनी ४ आना जग्गा कैलाशप्रसाद सिरोहियाले व्यवसायिक आर्थिक संकट दर्शाउँदै किनिदिन अनुरोध गरेका थिए । ९ रोपनी जग्गामध्ये ५ रोपनी ९ आना जग्गा २३ करोड २१ लाख १२ हजारमा २०७० साल ३ महिना १६ गते अजय सुमार्गीले किनेका थिए । उक्त जग्गा एक वर्षपछि सिरोहियाले पुनः पुरानै मूल्यमा
More

दिपक मनाङ्गेलाई पाँचबर्ष जेल सजाय, सांसद पद निलम्बन

काठमाडौं । चार नम्वर प्रदेशका प्रदेश सभा सदस्य दिपक मनाङगेलाई सर्बोच्च अदालतले पाँच बर्षको जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेशसभामा निर्वाचित मनाङ्गेलाई सर्वोच्च अदालतले २०६४ सालमा पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै पाँच वर्षको जेल सजाँय सुनाएको हो । सर्बोच्च अदालतका न्यायाधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको हो । काठमाडौं जिल्ला अदालतले २०६४ सालमा उनीसँगै जोडिएका गणेश लामा सहित ४ जनालाई उक्त मुद्दामा सफाई दिएको थियो । तर नेपाल सरकारले मनाङ्गे विरुद्ध पुनरावेदनमा मुद्दा दर्ता गरेको थियो । त्यतिबेला नै पाँच वर्षे सजायँ पाएका मनाङ्गेलाई सर्वोच्चले पुनरावेदनको आदेशलाई सदर गर्दै
More

घुससहित इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए
More

हामीलाई निजामतिमा समायोजन गरियोस्

सारिका राई, अध्यक्ष, सामाजिक परिचालक कर्मचारी संघ विगत नौ वर्षदेखि स्थानीय तहमा कार्यरत सामाजिक परिचालकहरू आन्दोलनमा उत्रेका छन् । एक सातासम्म उनीहरूले माइतघर मण्डलामा धर्ना दिने कार्यक्रम छ । त्यसपछि वार्तामा नबोलाए प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएका छन् । मंसिर १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामाजिक परिचालकहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै सम्मानका साथ बिदा गर्ने निर्णय गरेपछि आफूहरूलाई सरकारी कर्मचारीमा समायोजन गरिनुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् । को हुन् सामाजिक परिचालक ? उनीहरूको माग के हो ? भन्ने सन्दर्भमा आन्दोलन हाँकिरहेकी सारिका राईसँग गरिएको कुराकानी: ० सामाजिक परिचालक कर्मचारी संघ केका लागि आन्दोलनमा उत्रेको हो ?
More

महोत्सवमा आश्रमलाई सहयोग

गैडाकोट । देवघाट धाममा रहेको राम जानकी ग्रागी कन्या गुरुकूल तथा बालिका आश्रममा रहेका बालिकाहरुलाई सोनी एण्ड हरिश एम्युजेन्ट कम्पनी नेपालले एक दिनको खाना, खाजासहित विभिन्न सहयोग गरेको छ । गैडाकोटमा गत पुष २७ गतेदेखि सुरु भएको दोस्रो गैडाकोट महोत्सव अवलोकन पुगेका बालबालिकालाई सो सहयोग गरिएको हो । कम्पनी सञ्चालकद्वय हरिश भट्ट र सोनी चौधरीले सयुक्त रुपमा आश्रमकी आमा सावित्री मातालाई एक दिनको खाजा खाना बरावराको ५१ सय रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उक्त कम्पनीकै संयोजनमा रहेको रमाइलो मेलाका विभिन्न खेलहरु पनि बालिकालार्ई निःशुल्क खेल्ने मेसो मिलाइयो । आश्रमकी संरक्षक भगवतीले छुटीका बेलामा बालबालिकालाई महोत्सव अवलोकनका साथै मेलामा
More

प्रचण्डलाई खुश्बुको ज्ञापन

काठमाडौं । आश्रय सेल्टर नेपालले असहाय, अनाथ तथा सडक बालबालिकाको संरक्षणका लागि विस्तृत कार्यक्रम र भौतिक पूर्वाधारको विकासमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरेको छ । आश्रय सेल्टर नेपालकी अध्यक्ष खुश्बु ओलीले मंगलबार पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै नेपालमा बालबालिकाको स्थिति अत्यन्तै कमजोर रहेकाले पर्याप्त बजेट र कार्यक्रम बनाउन माग गरेकी हुन् । ‘बालबालिका भविष्यका कर्णदार हुन् । भविष्यका राष्ट्रका नेतृत्वकर्ता हुन् । तर, लाखौं बालबालिकाले अहिले पनि भविष्य निर्माण गर्ने विद्यालयको ढोका देख्न नै पाएका छैनन्। कतिपय बालबालिकालाई कदेखि ज्ञसम्म लेख्न पनि आउँदैन। माघको जाडोमा धेरै बालबालिका पेटीमा खाली पेट सुतिरहेको देखिन्छ’,
More

कांग्रेस सभापति देउवाद्वारा केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौं । निर्वाचनमा हारको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रिय समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी बिहीबार केन्द्रिय समिति बैठक बोलाएका हुन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा निर्वाचनको समिक्षा र भावी रणनीतिका विषयमा छलफल हुनेछ । बैठक बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । वैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका पराजयपछि पहिलोपटक कांग्रेस केन्द्रिय समिति बैठक बस्न लागेको हो । निर्वाचन पराजयपछि कांग्रेसका केही नेता पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाको राजिनामा माग गर्दै आएका छन भने
More

बेनीमा कृषकलाई सम्मान

म्याग्दीको बेनीमा आयोजित बृहद कृषि मेला प्रदर्शनीमा उत्कृष्ट फसल उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिँदै । म्याग्दी उद्योग वाणिज्य संघ र कृषि विकास कार्यालयको आयोजनामा चार दिनसम्म सञ्चालित प्रदर्शनीमा उत्कृष्ट हुने २८ जना कृषक पुरस्कृत भएका छन् । तस्बिर : सन्तोष गौतम
More

काठमाडौं–तराईमधेश द्रुतमार्गको डिपिआर सेना आफैले तयार गर्ने

काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको थियो । भारतीय पक्षसँग डिपिआरबारे सहमतिमा पुग्न समिति नै गठन गरिएको थियो । छलफलमा भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । डिपिआरका विषयमा दुवै पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाआफैँ विस्तृत अध्ययन प्रतिवेदन तयार
More

अध्यक्ष ओली बिहीबार फर्कने

काठमाडौं । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उहाँका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।
More

कसरी पुग्यो धर्माको चक्कु राजुको गर्धनमा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । राजुको घाँटीमा धर्माले चक्कु प्रहार गरेपछि तत्कालै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु-याएपश्चात उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । धर्मालाई पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको प्रहरीले बताएको छ । राजु सशस्त्र प्रहरी बलको जवान पदबाट निलम्बित हुन् भने धर्मा विवाहिता हुन् । कुन विवादमा चक्कु
More

भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी

काठमाडौं । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क संकलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी दिए । दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क संकलन गरेको थियो । ‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन बिताउन बाध्य भएका नेपालीहरूको उद्धारका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन सुरु गरेका छौँ’ रेग्मीले भने, ‘तीन चार महिनाभित्र यो कार्य सकिने अनुमान छ ।’ त्यसपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र र राज्य सरकारसँग पहल गरिने उनले बताए । दूतावासका अनुसार भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी
More

आज २० औं भूकम्प सुरक्षा दिवस

काठमाडौं । सन् १९९० साल माघ २ गते भूकम्पले पुर्याएको क्षतीको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिने छ । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि २०७२ साल वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्पले करिब
More

छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी उपहार

भद्रपुर । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गर्नुभएको छ । हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उहाँले आफ्नो वडामा रहेका चार विद्यालयका एक÷एक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णयले उहाँलाई थप सामाजिक काम गर्ने हौसला बढेको पाइन्छ । “मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना
More

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

भोजपुर । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनाइ छ । हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दीसमेत च्यातिएको प्रहरीले जनाएको छ । गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए ।
More