Daily Archives 17th January 2018

एनआरएन युकेको २ सय सल्लाहकारको औचित्य

धर्मराज अधिकारी । गैर आवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको एकमात्र साझा र विश्वव्यापी (सार्क क्षेत्र बाहेक) सञ्जाल भएको संस्था हो । यस संस्थाप्रति नेपाल र प्रवास दुबैतिर आशा, भरोसा र निराशा दुबै छ । वेलायतमा रहेका करिब २ लाख नेपाली समूदायको प्रतिनिधी मूलक संस्थाको रुपमा गैरआवासीय नेपाली संघ वेलायत चिनिन्छ । दुई दुई वर्ष हुने निर्वाचनको वेला र त्यस पछि गठित नयाँ कार्यसमितिले मनोनयन गर्ने सल्लाहकारहरुका कारणले यो संस्था वेलाबेलामा चर्चामा आउने गर्छ । अहिले योग कुमार फगामीको नेतृत्वमा रहेको कार्यसमितिले करिब २ सय जनाको नाम सल्लाहकारमय प्रस्ताव गरे पछि समाजमा तरंग ल्याएको छ । सल्लाहकार बस्नेहरुलाई संघको प्रस्ताव
More

पूर्व राजा शाह

सुर्खेतको देउतीबज्यै मन्दिरमा बुधबार पूजाआजा गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह । तस्बिर : लक्ष्मी भण्डारी
More

कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको निर्णयअनुसार प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगर तोकिएको छ । प्रदेश–२ को जनकपुर, प्रदेश–३ को हेटौंडा, प्रदेश–४ को पोखरा, प्रदेश–५ को बुटवल, प्रदेश–६ को सुर्खेत र प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । प्रदेशप्रमुखमा भने प्रदेश नम्बर–१ मा डा. गोविन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाप्रसाद खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई
More

समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

काठमाडौं ।निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो । प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । दलहरुले प्राप्त गरेको मतलाई सेन्ट
More

यसअघि उम्मेदवार नबनेकालाई एमालेले अवसर दिने

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन लागि प्रदेशबाट सिफारिस पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यसअघिका निर्वाचनहरुमा उम्मेदवार हुने अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न सरकार नै लागिपरेको आरोप लगाउँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले सरकार कामचलाउ भइसकेको अवस्थामा पनि नियुक्ति, सरुवा, दरबन्दी रचना गर्नेलगायतका काम गरिरहेको भन्दै यस्ता गैरकानुनी काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
More

बौद्धमार्गीहरुको -यालीमा गोली प्रहार, सातको मृत्यु

याङ्गुन । म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको -यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको -याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ । एकजना प्रहरी अधिकारीले भनेका छन्– उक्त -यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो । साथै यस झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ । रोहिङ्या मुसलमान समूदायको बलियो प्रभाव
More

घुस माग्ने सुपरभाइजरविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ । नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले आज जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
More

पहिलो पटक क्यान्सर रोगीको तथ्याँक लिइँदै

काठमाडौं । क्यान्सर रोगीको संख्या र उनीहरुको स्थिति थाहापाउन सरकारले उनीहरुको तथ्याँक संकलन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत पहिलो पटक ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणाली’को आजदेखि शुरु गरेको हो । सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्याँक छैन । पहिलो चरणमा उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरबाट तथ्याँक संकलन कार्यको शुरु हुने र यसपछि सातवटै प्रदेशका ७७ जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना संकलन गरिने परिषद््का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले राससलाई जानकारी दिनुभयो । क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिइने छ । यस
More

शताब्दी पुरुष जोशीसँग भलाकुसारी

शताब्दी पुरुष सत्यमोहन जोशीसँग उहाँको निवासमा बुधबार भलाकुसारी गर्दै एमाले महासचिव ईश्वर पोखरेल । तस्बिर : प्रकाश सिलवाल
More

आन्दोलनरत नर्ससँग वार्ता गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज आन्दोलनरत नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ । मन्त्रालयले प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य हुनुहुन्छ । समितिका संयोजक डा श्रेष्ठले आज संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय वार्ता निष्र्कषमा पुग्न नसकेको जानकारी दिनुभयो । “आज वार्ताका लागि बस्न ढिला भयो, सबै विषयमा छलफल गर्न पाइएन, यो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जतिसक्दो छिटो टुङ्गोमा पु-याउने प्रयास गरिरहेका छौँ,”–उहाँले भन्नुभयो वार्ता भोलि पनि जारी रहने छ । संघका कावा अध्यक्ष गंगा थापाले आज सामान्य
More