Daily Archives 18th January 2018

सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर

आज मिति २०७४ माघ ४ तद् अनुसार १८ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्धार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा एक सहमती पत्रमा हस्ताक्षर भएको छ । सहमती पत्रमा कमलामाई नगरपालिकाकाको तर्फबाट प्रमुख खड्ग खत्री र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गर्नु भयो । सिन्धुली गढीको किल्लाले आधुनिक नेपाल निर्माणको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको छ । यसले नेपाली सेनाको गौरवमय इतिहासलाई प्रतिविम्वित गर्दछ । सिन्धुली गढीको लडाईमा त्यस बखतको गोरखा सेनाले अंग्रेज सेनालाई हराए पछि नै नेपालको एकीकरण सम्भव भएको कुरामा मतैक्यता रहँदैन । महत्वपूर्ण ऐतिहासिक धरोहरहरु बोकेको सिन्धुली गढीको
More

दुर्घटनामा तीनको मृत्यु

मेलम्ची । तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना१ च९९५० नंको बोलेरो गाडी आज अपराह्न बाह्रबीसे नगरपालिका–६ सखुवास्थित अरनिको राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नंं ६ की पासाङ तामाङ र वडा नंं ९ की समीक्षा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । राजमार्गमा अनियन्त्रित भई गाडी दुर्घटना भएको बताइएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभे्रपलाञ्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा अन्य आठ जना घाइते भएकामासोही अस्पतालमा उपचार भइहेको छ ।
More

राप्रपा एमालेमा विलय

सल्यान । कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले) सल्यानमा विलय भएको छ । सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिनुभयो । आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका अध्यक्ष सिंहले बताउनुभयो । “राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा विलय हुने निर्णय गरेका हौँ”, सिंहले भन्नुभयो
More

यी हुन् समानुपातिकमा प्रदेशसभाका विजयी उम्मेदवार

काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली आज सार्वजानिक गरेको छ । आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप्रकारका रहेको छ । प्रदेश नं १ नेकपा एमाले : प्राप्त सीट संख्या : १५ १ वीनादेवी राई २ सावित्री जोशी ३ उषाकला राई ४ कृष्णकुमारी राई ५ पदमकुमारी गुरुङ ६ होमकुमारी साँवा ७ आशारत्न जवेगु ८ यसोदा अधिकारी ९ अम्विका थापा १० सरिता थापा ११ सावित्राकुमारी रेग्मी १२ सुनिताकुमारी चौधरी १३ जसमाया गजमेर (विश्वकर्मा) १४ बसन्तीदेवी यादव १५ गुलेफुन खातुन नेपाली काँग्रेस : प्राप्त सीट संख्या : १३ १ प्रतापप्रकाश
More

भृकुटीमण्डपमा सोनाम ल्होसार

तामाङहरुको महान चाड सोनाम ल्होसारको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित कार्यक्रममा सहभागी तामाङ समुदाय । तस्बिर : रत्न श्रेष्ठ
More

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनुभएको छ । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ कहाँ अस्थायी राजधानी तोक्ने, कहाँ कहाँ प्रदेशको राजधानी तय गर्ने भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताउनुभयो । उहाँले प्रदेश प्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय
More

आइएमई छक्कापञ्जा

साठी हजार रुपैयाँ पठाउँदा पर्व लक्षित ‘आइएमई छक्कापञ्जा’ अफरमा रु. १० लाखनगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकाया चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।
More

‘एनआरएन यूकेमा २ सय ९३ सल्लाहकार मध्य २३ जना पत्रकार’

लण्डन । पछिल्ला केहि दिनदेखिको व्यापक चर्चा र प्रतिक्षापछि एनआरएन यूकेको सल्लाहकारको अन्तिम सुची सार्वजनिक गरिएको छ । सल्लाहकारहरुमध्ये १ सय ४४ जना विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा समुदायका अगुवाहरुबाट छानिएका छन् । त्यस्तै, १ सय १७ जना एनआरएन, नेपालका राजनीतिक दलनिकट संगठनका नेता, सामाजिक व्यक्तित्व तथा व्यवसायीहरु छन् । मिडियाको क्षेत्रमा सक्रिय रहेकाहरुबाट २३ जनालाई सल्लाहकारहरु मनोनित गरिएको छ भने युवाहरुको प्रतिनिधीत्व गराएर ९ युवालाई सल्लाहकार बनाइएको छ । एनआरएन यूकेले २ सय ९३ जनालाई सल्लाहकार मनोनित गरेको छ । विभिन्न माध्यमबाट समुदायमा योगदान गर्ने तथा एनआरएन अभियानमा सहयोग गर्ने समाजका हरेक तप्काका महत्वपुर्ण व्यक्तिहरुलाई समेटेर सल्लाहकार मनोनित गरिएको
More

काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा

काठमाडौं । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरु उपस्थित हुनुहुन्छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल शुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका
More

प्रदेशको अस्थायी मुकामविरुद्ध कहाँ कहाँ विरोध ?

काठमाडौं । सरकारले बुधबार सातवटै प्रदेशका अस्थायी केन्द्र तोकेपछि आज देशका बिभिन्न स्थानमा विहानैदेखि विरोध प्रदर्शन भएका छन । दुई नम्बर प्रदेशको राजधानी बीरगञ्जमा नबनाएको भन्दै घन्टाघरमा विरोध याली निकालिएको छ । प्रदर्शनकारीले विरगंजको घण्टाघर नजिक बा ह च ७३६५ नम्बरको एउटा गाडीमा तोडफोड समेत गरेका छन् । कपिलबस्तुको तौलिहवामा पनि पाँच नम्बर प्रदेशको राजधानी माग गर्दै प्रदर्शन भएको छ । तौलिहवा पूर्वाधार लगायतका हिसावले प्रदेश सदरमुकामका लागि उपयुक्त भएपनि कपिलबस्तु बनाइएको भन्दै आज स्थानीय राजनीतिक दलको आब्हानमा कपिलबस्तु बन्द आब्हान गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशको राजधानी नतोकेपछि दाङमा पनि आन्दोलन चर्केको छ । प्रदेश राजधानी घोषणा नभएको
More