Daily Archives 19th January 2018

गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

काठमाडौं । वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ हुनुहुन्छ । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको वासिङ्गटन डिसीबाट दीपक शर्माले जानकारी दिनुभयो । ‘सहयोगमा एकजुट’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कार्यक्रममा गायक विष्ट स्वयं उपस्थित हुने र संकलित रकम कार्यक्रममै उहाँलाई हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा कलाकार सरोज खनाल, रीमा विश्वकर्मा, निशा अधिकारी, शिवहरि पौडेल,
More

प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले उहाँहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन आजै राजपत्रमा प्रकाशन गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत्तत् प्रदेशका प्रमुखहरु आआफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लाग्नुभएको छ । आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको
More

भुषालको उद्दारका लागि एनआरएनको १५ लाख ५० हजार रुपैयाँ

काठमाडौं । साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका स्थानेश्वर भुषालको उद्दारका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) ले १५ लाख ५० हजार उपलब्ध गराएको छ । एनआरएन अध्यक्ष भवन भट्टले परराष्ट्र सचिव शंकरदास वैरागीलाई उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन् । भुषालको उद्दारका लागि १ लाख ५० हजार रियाल (४० लाख ९८ हजार) रुपैयाँ आवश्यक परेको थियो । प्रवासी नेपाली समन्वय समितिले उठाएको रकममा नपुग एनआरएनले थपेको हो । समितिले २५ लाख ४८ हजार रुपैयाँ संकलन गरेको थियो । उक्त रकममा एनआरएनले १५ लाख ५० हजार रुपैयाँ थप गरेको हो । मध्यबिन्दु–४, नवलपरासीका भुसालले ब्लडमनिको रकम तिर्न नसक्दा भुषाल ६ फेब्रुअरी
More

डिप्रेसनको औषधि खान नमान्दा डिर्भोस !

काठमाडौं । डिप्रेसनको औषधि खान नमान्दा आफूले सम्बन्ध विच्छेद गर्नुपरेको आरोप मीना ढकालले लगाएकी छन् । ढकालले हास्य कलाकार मनोज गजुरेलसँग गत पुस ११ गते सम्बन्ध विच्छेद गरेकी थिइन् । विगत २ वर्षदेखि आफूलाई डिप्रेसनको औषधि सेवन गर्न बाध्य पारेको र अहिले सेवन गर्न नमान्दा सम्बन्ध विच्छेद गर्नुपरेको उनले बताइन । स्वास्थ्यमा खेलवाड भएपछि सहमतिमै दुवै पक्षले भक्तपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेको उनको भनाइ छ । नेपालमै प्रतिबन्धित औषधि डाक्टरले प्रयोग गर्न दिएर आफ्नो स्वास्थ्यमा गम्भीर खेलवाड गरेकोसमेत उनको आरोप छ । उक्त औषधिले महिनावारीका बेला अत्याधिक रक्तश्राम हुने गरेकाले माइती पक्षको भनाइ छ । माइती पक्षले डिप्रेसनलगायतको उपचारका
More

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको भेटवार्तामा प्रदेश सरकार र राष्ट्रियसभा गठन तथा पार्टी एकताबारे छलफल भएको छ । बालकोटस्थित ओली निवासमा करिब तीन घण्टा भएको दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनमा छलफल गरेको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत विषयमा साझा धारणा बनाएर जानेबारेमा छलफल भएको छ । छलफलमा पार्टी एकतालाई टुङ्गो पु-याउन शनिबार दुई अध्यक्षबीच
More

परिचय दिदैँ प्रदेश प्रमुख

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई आफनो परिचय दिदैँ प्रदेश प्रमुख तस्बिर लिदैं । तस्बिर : रोशन सापकोटा
More

राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखले लिए सपथ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठको ७ वटा प्रदेशका प्रमुख नियुक्त गरेको थियो । ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’ को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । आज सपथ लिएका प्रदेश प्रमुखहरुमा प्रदेश १ बाट गोविन्द सुब्बा, प्रदेश २ बाट रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ बाट अनुराधा कोइराला, प्रदेश ४ बाट बाबुराम कुँवर, प्रदेश ५ बाट उमाकान्त झा, प्रदेश ६ बाट
More

डाक्टर केसी औषधी बोकेर रौतहटको गढीमाईमा

रौतहट । शितलहर प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा डाक्टर गोबिन्द केसीले राहत बाडेका छन । उनले दलित तथा गरिबहरुको निशुल्क उपचार समेत गरी रहेका छन । बिहिवार बिहान अचानक रौतहटको समनपुर पुएका डाक्टर केसीले सुन्दरपुर, हरैया तथा लक्ष्मीपुरका स्थानियका घर घरमै पुगेर विपन्न परिवारलाई न्यानो कपडा, कम्बल तथा खानेकुरा बाडेका हुन । शितलहरले बीस जना भन्दा बढीको मृत्यु भएको सुनेपछि राहत बोकेर विपन्न बस्तीमा आएका डाक्टर केसीले बताए । मधेशमा चिसोले दिनहु मान्छे मरिरहदा पनि सरकार लुटतन्त्रमै व्यस्त रहेको आरोप केसीले लगाए । केसीले मुसहर बस्तीमा उनले झण्डै १ सय ५० थान कम्बल पनि बाडेका छन । बिहीबार साँझ
More

प्रदेशसभा सदस्यले प्रमाणपत्र प्राप्त

प्रमुख निर्वाचन आयोगको प्राङ्गणमा शुक्रबार आयोजित समारोहमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्यहरुले प्रमाणपत्र लिएपछि । तस्बिर : रत्न श्रेष्ठ
More

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित हुनुभएको हो । समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल हुनुहुन्छ । उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी जनजाति, ६६ खस आर्य, १२ थारु, २९ दलित, ३७
More

पञ्चकन्या माईद्वारा शेयर निष्कासन

मंगलबारे । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ । सन्दकपुर गाउँपालिकास्थित बाह्र मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको सो कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिनुभयो । शेयर खरिदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने छन् । खरिदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार ५०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने निर्देशक प्रधानले बताउनुभयो । आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाकाका
More

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ । नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टी (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टी (जग), नेपाल परिवार दल (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास), नेपाल नौलो जनवादी पार्टी (चुच्चोले चिट्ठी बोकेको परेवा) चिन्ह दिइएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र
More

प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ । राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिनु हुने राष्ट्रपति कार्यालय स्रोतबाट थाहा भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी केन्द्र तोक्नुका साथै प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सरकारले प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गाकेशर खनाल
More

महासमिति बैठक बोलाउन सभापति देउवामाथि चर्को दबाब

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको हारबारे गम्भीर समीक्षा गर्न माग गरेका छन् । चुनावपछि बिहीबार पहिलोपटक बसेको केन्द्रीय कार्य समितिको बैठकमा सदस्यहरुले हारको कारण पहिल्याएर पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन माग गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको एजेण्डा राष्ट्रियसभा चुनाव मात्र भनिए पनि केन्द्रीय सदस्यहरुले समग्र राजनीतिक अवस्था र चुनावी परिणाबारे आफ्नो धारणा राखेका हुन् । हिजो बिहीबारको बैठकमा नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननरसिह केसी, महेश आचार्य, दिलेन्द्र प्रसाद बडु, एन पि साउद दीपक गिरी, धारणा राख्नुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ब्यहोर्नुपरेको हारका विषयमा गम्भीर र
More