Daily Archives 20th January 2018

ओली र प्रचण्डबीच भेटवार्ता, भोलि संयोजन समितिको बैठक

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । आज बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको एजेण्डा तयार गर्न दुई अध्यक्षबीच छलफल भएको बताउनुभयो । उहाँले समितिको भोलि बस्ने बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो । भेटवार्तामा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा छलफल भएको बताइएको छ
More

द्रब्य शाहको अर्धकदको शालिक

गोरखा नगरपालिक ५ पस्लाङ चौतारोमा गोरखा उद्योग बाणिज्य संघले राखेको द्रब्य शाहको अर्धकदको शालिक । संघले सो शालिक चार लाख रुपैयाँको लगानीमा राखेको हो । तस्बिर : प्रशन्न पोखरेल
More

वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गर्दा मुहानमै कालो पानी

काठमाडौं । वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन शुरु हुन्छ । निकुञ्जभित्रै नगरपालिका पाँच बस्ती छन् । यी बस्तीको फोहर सिधै वाग्मतीमा जान्छ । यो अझै रोकिएको छैन । बस्तीमुनि उपत्यकामा ल्याइएको पानीको मुहान छ । बस्तीको कारण मुहान पनि फोहर बन्ने गरेको छ । नगरपालिका–१ मा निर्वाचित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्ने हो भने यहाँको बस्तीलाई अन्यत्र सार्न गम्भीररुपमा काम गर्न अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई अनुरोध गरिएको
More

बजेटमा सहमति नभएपछि सरकारी काममा प्रभाव

वासिङटन । अमेरिकाको माथिल्लो सदन सिनेटमा सरकारको खर्चको विधेयक पारित हुन नसक्दा सरकारी काम काजमा प्रभाव परेको बताइएको छ । सो विधेयक पारित भएको भए एक महिनाको लागि सङ्घीय निकायलाई खर्च उपलब्ध हुने व्यवस्था रहेको थियो । यद्यपी निकायका कर्मचारी काममा फर्कने दिन सोमबारसम्म त्यसको व्यवहारिक प्रभाव देखिने जस्तो छैन् । ह्वाइट हाउसको संसद र सिनेट दुबै सदनमा रिपब्लिकनको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो पटक हो । यस अघि पछिल्लो पटक सन् २०१३ मा सरकारी निकाय खर्च विहीन भएर १६ दिनसम्म कामकाज रोकिएको थियो ।
More

विमान भित्र्याउने प्रतिस्पर्धामा वायु सेवा प्रदायक

काठमाडौं । मुलुकभित्र सुविधा सम्पन्न विमानस्थलको अभाव भइरहेको बेला निजी वायु सेवा प्रदायक कम्पनी भने नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् । सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि नयाँ विमान ल्याउन विभिन्न खालका तयारी गरिरहेको बेला निजी सेवा प्रदायक एक पछि अर्को गर्दै नयाँ विमान भित्र्याउन लागिपरेका हुन् । नेपालमा प्रतिष्ठित बुद्ध एयर, यति एयर, श्रीलगायतका निजी वायु सेवा प्रदायक मात्रै नभई भर्खर सञ्चालनमा आउन लागेका कम्पनीसमेत सेवा विस्तारका लागि नयाँ विमान खरिद गर्ने होडबाजीमा लागेका हुन् । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, उडान तथा अवतरणमा पालो कुर्नुपर्ने अवस्था रहेको छ । स्वदेशी मात्रै नभई
More

रु एक अर्ब बढीको शेयर कारोबार

काठमाडौं । यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको रु एक अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव
More

गर्भनर चिरञ्जीवी नेपाल लन्डनमा

लन्डन । नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डन आई पुग्नुभएको छ । गभर्नरको साथमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमी चन्द्र ढकाल र आइएमीका जनक शर्मा पौडेल सहभागि हुनुहन्छ । नेपाल ग्लोबल आईएमइ बैंकको बेलायत शाखाको उद्घाटन गर्न बेलायत आएका हुन् । उनले आइतवार अल्डरशटमा सो बैंकको कार्यालयको सुरुवात गर्ने छन । गभर्नर नेपाललाई एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन एनआरएन यूके महासचिव राजकुमार त्रिपाठी, लन्डन दूतावासबाट भूपेन्द्र घिमिरे, एनआरएन यूकेका गंगा राना, विमाल लिम्बु, धुर्म विभागका संयोजक होमनाथ पौडेल, कमल पौडैल, पत्रकार शिव भण्डारीलगायतले स्वागत गरेका थिए । बेलायतमा आइएमी हेर्ने अमित चालीसे पनि एयरपोर्टमा
More

तीन महिला सगरमाथा चढ्ने

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएका छन् । ‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पायाङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा सर्वाच्च शिखरमा जाने पर्यटन पत्रकार संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा जनाइएको छ । सो अवसरमा लाक्पा याङ्जीले पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै यस क्षेत्रमा महिलाको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ आफूहरु आगामी चैत २४देखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत आरोहणमा जान लागेका महिला पर्वतारोहीलाई एभरेष्ट हार्डवेयरले आवश्यक सामान उपलब्ध गराउने छ । सोलुखुम्बु घर भएका आरोही तीनै जनाले
More

पार्टीमा महत्वपूर्ण योगदान दिएका राष्ट्रियसभामा : कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य समितिको हिजो सम्पन्न बैठकले आगामी केन्द्रीय कार्य समितिको निर्वाचन समीक्षा बैठकमा प्रस्तुत गर्न पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्य समितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ । बैठकले दशकौँसम्मको अथक संघर्ष प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबाट प्राप्त भएको ठहर गरेको
More

भोलि ११ बजे प्रदेश मुकाममै सांसदहरुको सपथग्रहण

काठमाडौं । नवनियुक्त प्रदेश सभा प्रमुखहरु आज सवन्धित प्रदेशको अस्थायी मुकाममा पुग्दैछन् । प्रदेशप्रमुखले आजै पदवहाली गरि काम शुरु गर्ने तयारी पनि गरेका छन् । प्रदेश सभा सदस्यको आइतवार विहान सपथ गराउने तयारी भएका सबै प्रदेश सभा प्रमुखहरु तोकिएका सातवटै मुकाममा आज पुग्न लागेका हुन । १ नम्बर प्रदेश प्रमुखमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश नम्बर ७ मा मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन् । निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई हिजो नै प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सहितको प्रतिवेदन बुझाइसकेको
More

फागुन २५ गते सलमान खानले टुँडिखेलमा नेपालीलाई नचाउने

काठमाडौं । आगामी फागुन २५ गते काठमाडौँ टुँडिखेलमा बलिउड स्टार सलमान खानले नेपाली दर्शकलाई नचाउने भएका छन् । ओडिसी इन्टरटेनमेन्टले सलमानको उपस्थितीमा दबंग टुर गर्न लागेको हो । कार्यक्रमका लागि सबै तयारी पुरा भैसकेको हिजो शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बलिउड अभिनेता एवं निर्देशक सोहेल खानले जानकारी दिए । यसअघि क्यानिडियन गायक ब्रायन एडम्सलाई नेपाल ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । सोहेल खान इन्टरटेनमेन्ट र जेए इभेन्ट्ससँग मिलेर ओडिसीले कार्यक्रम गर्न लागेको हो । टुँडिखेलमा दुई घण्टा लामो स्टेज कार्यक्रममा सलमानले आफ्ना चर्चित फिल्मका गीतमा प्रस्तुति दिनेछन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रममा सोनाक्षी सिन्हा, कृति
More

खडेरी; कवि भूपिन (भिडियो)

बाग्लुङमा जन्मेर चितवनलाई कर्मथलो बनाउँदै आएका कवि भुपिनका कविता सुन्दा नै आङ सिरिङ हुन्छ । उनका कवितामा मातृभूमि मोह , मातृत्व झल्केको हुन्छ ।
More

‘इन्टु मिन्टु लन्डनमा’युकेमा छायाङ्कन हुँदै

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भिसा स्वीकृत नहुँदा लामो समयदेखि सुरु हुन नसकेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ७५ प्रतिशत छायांकन सकिएको छ । केही हप्ता अगाडि मात्र नायिका शाह लन्डन उडेकी थिइन् । कोरियोग्राफर रेनाशा वान्तवा राईले पहिलो पटक निर्देशकको जिम्मेवारी सम्हालेको फिल्मको छायांकन स्थलबाटै फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर प्रस्तुत छन् । यो फिल्मको नेपाल छायांकन सम्पन्न भइसकेको छ भने यूके छायांकनको पहिलो तालिका पुरा हुँदैछ । फिल्ममा यूकेका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्माण टिमले बताएको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका
More

चितवन राष्ट्रिय निकुञ्जमा २१३ प्रजातिका चरा

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा चरा गणना भइरहेको छ । शनिबारदेखि सुरू भएको चरा गणना आज बिहीबारसम्म हुने पक्षीविद् तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिंडारीले जानकारी दिए । ‘चितनव निकुञ्ज र निकुञ्जसँगै जोडिएर बग्ने राप्तीलगायतका आसपासका खोलामा चरा गणना भइरहेको छ’ बिंडारीले भने, ‘अहिले सबै खालका चराको गणना भइरहेको छ ।’ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको उनले बताए । उनले २१३ प्रजातिको चरा भेटिएको बताए । उनले भने, ‘पानीमा आश्रित ४५ प्रजातिका चरा भेटिएको छ ।’ यस पटकको गणनामा चखेवाचखेवी प्रजातिको चरा बढेको छ । पानी हाँसका प्रजातिका चरा बढेका छन् । २८ सयभन्दा
More

भ्रष्टाचार विरुद्ध अभियान गरेका २० जनाको सांसद पद धरापमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ। उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ। “निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद हुन्,” श्रोतले भन्यो। प्राप्त सूचना अनुसार सन् २०१५ पछि पार्टी शक्तिमा आएपछि नियुक्त भएका उनीहरुलाई कारबाहीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ। दिल्ली संसदका ती २० जना सदस्यहरू माथि कारबाही भएर सांसद पद खारेज भएमा आम आदमी पार्टीको
More

स्वास्थ्यकर्मीको लापारबाहीले रक्तश्राव भएकी महिलाको मृगौला फेल

बाँके । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ। रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन्। महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त
More

यूरोप ,अमेरिका र जापानको सपना बाँडेर करोडौँ ठगी गर्ने पारस लोहनी पक्राउ

काठमाण्डौ – नुवाकोट पुख्र्यौली घर भएका पारस लोहनी ललितपुर महालक्ष्मीस्थानमा बस्छन् । बाग्लुङका तीन जना युवाहरुलाई पोर्चुगल पठाइदिने सपना देखाएर ३६ लाख रुपैँया लिएपछि पारसले आज आज भोलि भोलि भन्दै भाखा राखेर ती युवाहरुलाई दुई वर्ष पुरै काठमाण्डौमै अलमलाइदिए । कुनै प्रमाणबिना नै बाग्लुङ नारायणस्थानका अमर शर्मा, नेत्रप्रसाद शर्मा र आकाश लामिछानेको १२ –१२ लाख गरी ३६ लाख रुपैयाँ लिएका पारस पैसा लिएपछि भेट्ने त परै जाओस् फोन उठाउन सम्म कठिन पथ्र्यो । बल्ल बल्ल फोन उठाए भने व्यस्त छु भन्थे अथवा कहिले भोलि हुन्छ पर्सि हुन्छ भन्दै भाखा राख्न पोख्त थिए । बाग्लुङका ती युवाहरुलाई अब भिसा लाग्छ भिसा
More

स्कुले बालकको बलिदानीमाथि नेताको घोटला

लाहान । ११ वर्षअघि आजकै दिन तराई/मधेसका जिल्लाहरुमा आगो बलेको थियो । सिराहाको लाहानमा चलेको गोलीबाट तत्कालीन स्कुले बालक रमेश महतोको ज्यान गएसँगै दर्जनौं सवारी साधनमा आगजनी भयो । र, त्यहीँबाट तराई/मधेसका प्रायः सबै जिल्लाहरु आन्दोलनमय बने । त्यसबेला भर्खरै जारी गरिएको अन्तरिम संविधानप्रति तीव्र असन्तुष्टि जनाउँदै काठमाडौंमा संविधान जलाउने उपेन्द्र यादवसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि शुरु भएको मधेस आन्दोलनको पहिलो शिकार लाहानस्थित मनकामना स्कुलमा कक्षा ९ मा अध्ययनरत रमेश महतो (१७) भए । तर, तिनै रमेश महतोका परिवारजन भने नेताहरुप्रति असन्तुष्ट बनेका छन् । महतो परिवारको आरोप छ, ‘नेताहरु रमेशको नाम लिएर लखपति मात्रै भएनन्, आफ्नो राजनीतिको भर्‍याङ बनाएर
More