Daily Archives 21st January 2018

वेलायतमा खुल्यो ग्लोबल आईएमई बैंकको कार्यालय

ग्लोबल आईएमई बैंकले वेलायतमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ। लन्डनदेखि एक घन्टाको दूरीमा रहेको अल्डरसटमा स्थापना गरिएको बैंक कार्यालय आईतबार साँझ उद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले रिबन काटेर बैंक कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्र ढकाल, वेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर क्षेत्री,सीइओ जनक शर्मा , स्थानीय काउन्सिलर मेयर सहभागी थिए। यसैगरी गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, सल्लाहकार हेमराज शर्मा उद्घाटन समारोहमा सहभागी भएका थिए। ग्लोबल आईएमई बैंकले निकट भविष्यमा यो प्रतिनिधि कार्यालयबाट कारोबार गर्ने लक्ष लिएको अध्यक्ष ढकालले जानकारी दिए। बैंकले यसअघि अष्ट्रेलियामा कार्यालय स्थापना गरेको थियो। ग्लोबल आईएमइर्ए बैंक नेपालको
More

न्यायिक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशन चल्दैन : प्रधानन्यायाधीस

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधानको मर्म अनुसार चल्ने अदालतको न्यायिक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहेको बताएका छन् । आइतवार प्रेस काउन्सिल नेपालको अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषय सडकबाट निर्णय हुने हो भने संविधान बमोजिमका संस्थाहरुको अन्त्य त्यही बिन्दुबाट हुने बताएका हुन । न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचनाहरु सुन्नुपरेको भन्दै उनले आलोचनाले न्यायको नियमित प्रवाहमा असर पुयाउने बताए । पछिल्लो समय अदालतका काम कारवाहीमा प्रेसबाट अनावश्यक हस्तक्षेप हुने गरेको र न्यायाधीशहरुले न्याय सम्पादन गर्नै डराउनुपर्ने परिस्थिति सिर्जना भएको गुनासो पनि प्रधानन्यायाधीस पराजुलीले गरे । उनले प्रेस काउन्सिलबाट प्रेसको नियमन र
More

शेयर खरिद गर्न उक्साउनेलाई कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई रु ७५ हजार जरिवाना गरेको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले कारबाही गरिएको हो । सिभिल बैंकको साधारणसभा अगावै ४० प्रतिशत हकप्रद आउने, शेयर किन्दा राम्रो छ, फाइदा गराउने जिम्मा हाम्रो भयो भन्ने आशयको भाइबरमा म्यासेज ग्रुप बनाएर जानकारी पठाएको पाइएको बोर्डको अध्ययनबाट खुलेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका
More

पार्टी एकता संयोजन समिति बैठकः गृहकार्य गर्न अर्को कार्यदल गठन गरिने

भक्तपुर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको समितिको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको प्रतिवेदन अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको हो । समितिका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले बनाएको साझा चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गर्न नयाँ कार्यदल गठन गर्नेसमेत सहमति गरेको बताउनुभयो । एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलमा नेता गिरिराजमणि पोखरेल, भीमबहादुर रावल,
More

सांसदलाई शपथ

प्रदेश नं ७ का नौ जिल्लाका प्रदेश सांसदलाई आइतबार कैलाली जिल्ला समन्वय समिति धनगढीको हलमा पद तथा गोपनियताको शपथ खुवाउँदै ज्येष्ठ प्रदेश सदस्य दिव्यश्वरी शाह तस्वीरः तिलकराज ओझा
More

काँग्रेस नेता लेखक र कतारका मन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वश्रम तथा रोजगारमन्त्री रमेश लेखकले कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिलामन्त्री डा इसा साद ए अल नैमीसँग आज भेटवार्ता गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति कतारद्वारा आयोजित शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन हाल कतारको राजधानी दोहामा रहनुभएका नेता लेखक र कतारका मन्त्री डा नैमीबीच प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा भेटघाट भएको हो । भेटका अवसरमा नेता लेखकले लाखौँको संख्यामा नेपालीलाई रोजगारको अवसर दिनुभएकामा कतार सरकारलाई धन्यवाद दिनुभएको थियो । उहाँले सन् २००८ मा आफू श्रम तथा रोजगारमन्त्री हुँदा भएको द्विपक्षीय श्रम सम्झौताको प्रभावकारिताबारे कतारका मन्त्री डा नैमीसँग जिज्ञासा
More

अध्यक्ष ओलीलाई प्रम मोदीद्वारा टेलिफोन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ । अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको बताइएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री
More

सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशित

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचन मण्डल) मतदाता नामावली आज प्रकाशित गरिएको छ । निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशित भएको हो । प्रदेश नं १ मा मोरङ जिल्लाको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र
More

पार्टीलाई गुट–उपगुटबाट मुक्त गर्नुपर्ने कांग्रेस सभापति भेलाको निस्कर्ष

भक्तपुर । नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि सात प्रदेशबाट सहभागी काँग्रेस नेताहरुको भेला घोषणापत्र जारी गर्दै सम्पन्न भएको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो । कायस्थले भन्नुभयो, “भेलाले देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गरेको छ, काँग्रेसले भोग्नुपरेको पराजयका कारण खोजी गर्दै समस्या केलाउने काम भयो । अबका चुनौती के के छन् ? पार्टीको अबको कार्यदिशा के हुनुपर्छ भन्नेबारेमा बृहत्
More

एनआरएन नेदरल्याण्डको टोली लण्डनमा

लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टसहितका केन्द्रीय नेताहरु लण्डनमा जम्मा हुदैंछन् । यसैक्रममा गैरआवासीय नेपाली संघ नेदरल्याण्डको टोली लण्डन उत्रिएको छ । एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य आइतवार विहान लुटन विमानस्थलमा उत्रिएको हो । उनीहरुलाई स्वागत गर्न एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी र सदस्य होमनाथ पौडेल लुटन पुगेका थिए । उनीहरु सोमवार एनआरएन यूकेको आयोजनामा अल्डरशटमा हुने लगानी सम्बन्धि एक दिने भेलामा भाग लिन लण्डन आएका हुन् ।
More