Daily Archives 22nd January 2018

१० अर्ब रुपैयाँको पूर्वाधार विकास कोषबारे एनआरएन यूकेमा छलफल

लन्डन । गैरआवासीय नेपाली संघले स्थापना गर्न लागेको १० अरब रुपैंयाको ‘गैरआवासीय नेपाली पुर्वाधार विकास कोष’ बारेमा बेलायतको अल्डरसर्टमा एक अन्तर्कृया कार्यक्रम सुरु भएको छ । नेपाल राष्ट्र बैकका गभर्नर डा चिरनजिवी नेपाल, बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुबेदी, नेपाल उघोग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, पूर्वअध्यक्ष जीबा लामिछानेलगायत एनआरएनका अभियन्ताहरुको सहभागिता छन् । कार्यक्रममा पूर्वअध्यक्ष लामिछानेले भिडियो मार्फत सहभागिता जनाउने एनआरएन यूकका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए । कार्यक्रममा साना ठुला सबै लगानीकर्ताहरु उपस्थित हुने अपेक्षा गरिएको छ । कार्यक्रमा बेल्जियम, निदरल्याण्ड, आयरल्याण्डलगायताका देशबाट संघका पदाधिकारीको
More

एनआरएन अध्यक्ष भट्ट लन्डनमा

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट लन्डन आइपुगेका छन् । लण्डन आएसँगै उनलाई एनआरएन यूकेले विमानस्थलमा मै भब्य स्वागत गरेको छ अध्यक्ष भट्ट एनआरएन यूकेले अल्डरसटमा आयोजना गर्न लागेको लगानी सम्बन्धी कार्यक्रममा सहभागि हुन लन्डन आएका हुन । यस अघि उपाध्यक्ष पन्त आइतवार साँझ ८ बजे लन्डन आइपुगेका हुन् । उनलाई उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पदाधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा भाग लिन आयरलेण्डका अध्यक्ष नवराज कोइराला, गणेश प्रसाई एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य किरण अर्याल निसान सापकोटा, युरोप क्षेत्रीय संयोजक शिवकुमार वरुवाल, एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल,गोबिन्द सुवदी चिनिया
More

सडक सुरक्षा अभियानमा एनआरएन

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएन ) ले नेपालको सडक दुर्घटना रोक्न सडक सुरक्षा सुरु गरेको छ । विभिन्न सरकारी निकायहरु तथा संघसस्थासंग मिलेर नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्ने पहलका लागि वृहत अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ । देशमा भरहेका सडक दुर्घटनाले सयौ नेपालीहरुको वर्षेनी ज्यान लिने हुँदा यो कार्यक्रम आयोजना गरिएको एनआरएनले जनाएको छ । विदेशिएकाले पनि अब नेपाल सरकारसँग मिलेर विदेशमा सिकेको सिप र ज्ञान नेपालमा सिकाउदै दुर्घटना न्युनिकरण गर्नको लागि पहल गर्नु अहिलेको आवस्यकता ठानेर कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । यसै विषयलाई लिएर एनआरएनएले आइसिसी रोड सेफ्टी विभागसमेत गठन गरेको छ । समितिमा
More

राष्ट्रपति भण्डारीद्वारा वसन्तश्रवण

राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा सोमबार हनुमानढोकास्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्तश्रवणपश्चात् टीका, माला र फूलप्रसाद ग्रहण गर्दै । तस्बिर: रोशन सापकोटा
More

गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

चरिकोट । गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो । उहाँहरुले आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत
More

छोराद्वारा बुबाको हत्या

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ । गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ । हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।
More

३ लाख घुस माग्ने असई अख्तियारको खोरमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैया घुस सहित प्रहरीका असईलाई काठमाडौंको बालाजुवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रमेश खड्का रहेका छन् । बुटवलमा कार्यरत हुँदा लेनदेनको विषयलाई लिएर फस्र्यौट भएको कागजात खड्काले आफैंसंग राखेका थिए । सम्बन्धित व्यक्तिले सो कागजात माग गर्दा बार्गेनिङ गरेको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका खडकालाई आवश्यक कारवाहीका लागि हिरासतमा राखिएको अख्तियारले जानकारी दिएको छ ।
More

सल्यानको भान्टाखोलामा बस दुर्घटना, ४ को मृत्यु १२ घाइते

सल्यान । सल्यानको भान्टाखोलामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भान्टाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन् । मृतकमध्ये दुई महिलाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा बाफिकोट नगरपालिका दश कि ६५ बर्षिया छन्सरी बिक र रुकुम पाँच कि ३४ बर्षिय पुष्पा खडका केसी रहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट डेढ सय मिटर तल बस खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका सात जनाको
More

तीन सांसद प्रहरीको ‘वान्टेड’ सूचीमा

काठमाडौं । नेपाल प्रहरीले सांसदमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न ‘वान्टेड’को सूचीमा राखेको छ । प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ । त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी ठहर गरेका मनाङे पनि पक्राउको सूचीमा छन । पक्राउ पर्ने डर भएपछि मनाङे आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित रहे । त्यसैगरी थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारी मारिएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई पक्राउ
More

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ । उनी केही समयअगाडि नेपालबाट आएका थिए । दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए ।
More