Daily Archives 23rd January 2018

धर्ना

विभिन्न माग राखी नयाँ बानेश्वर चोकमा मंगलबार दूधेबच्चासहित धर्ना बसेका नेपाल सामाजिक परिचालक कर्मचारी संघ आबद्ध कर्मचारी । तस्बिर: रत्न श्रेष्ठ
More

वाम र मधेशी गठबन्धन बीचको तालमेल प्रयास असफल

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा वाम र मधेसी गठबन्धनबीच तालमेल गर्ने प्रयास असफल भएको छ । मधेसी गठबन्धनमा आवद्ध राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले राज्य पुनर्संरचनाको मुद्दा उठाएपछि तालमेल प्रयास भाँडिएको हो । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयासमा एमाले र माओवादी तथा फोरम र राजपा शीर्ष नेताहरुबीच मंगलबार दुई पटक छलफल भएको थियो । प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिटमा तालमेल गर्न दुबै गठनबन्धन सकारात्मक थिए । मधेसी दलले ६ सिट मागेको थियो भने वाम गठबन्धनले ५ सिट लिन प्रस्ताव गरेको थियो । तर, मधेसी दलहरुले राज्य पुनर्संरचनाको मुद्दालाई सर्त बनाएपछि वाम गठबन्धनले तालेमल चाहेन ।
More

संसद् सचिवालयका दुवै सचिवले लिनेभए स्वेच्छिक अवकाश

काठमाडौं । संघीय संसद् सचिवालयका दुवै सचिवले स्वेच्छिक अवकाशका लागि राजीनामा दिनुभएको छ । सरकारले बीस वर्ष सेवाअवधि र ५० वर्ष उमेर नाघेका स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई बाँकी सेवाअवधिको सुविधासहित अवकाश योजना ल्याएपछि उहाँहरुले राजीनामा दिनुभएको हो । तीन सय ३० को हाराहारीमा दरबन्दी रहेको संसद् सेवामा कर्मचारीको सेवा उमेरहद ६० वर्ष रहेको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले स्वेच्छिक अवकाश रोज्नुभएको जानकारी दिनुभयो । उहाँहरुले दिएको राजीनामा भने स्वेच्छिक अवकाशको कार्यक्रम लागू भएको मितिदेखि स्वीकृत हुनेछ । सचिवालयका हालसम्म एक सहसचिव, एक उपसचिव, चार अधिकृतसहित १४ जनाले स्वेच्छिक अवकाशका लागि राजीनामा
More

राप्रपाद्वारा समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दलकातर्फबाट उम्मेदवार बनाउन नेपाली काँग्रेस र नेकपा (एमाले) दुवैसँग छलफल गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो छलफल गर्ने निर्णय गरेको हो । छलफलका लागि नेताहरु सुशील श्रेष्ठ, कुन्तीकुमारी शाही, बिक्रमबहादुर थापा र गीताभक्त जोशी रहेको वार्ता समिति गठन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । छलफलपछि मात्र पार्टीले एउटा दलसँग सहकार्य गरी दलकातर्फबाट उम्मेदवारको नाम सार्वजनिक गर्ने छ । निर्वाचनमा जुन दलसँग समन्वय गर्दा अधिकतम उम्मेदवारलाई जिताउने सम्भावना हुन्छ, सोही दललाई राप्रपाले पनि
More

काँग्रेसले चार प्रदेशमा उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको पार्टी कार्यालयले जनाएको छ । बैठकले प्रदेश नं ४ मा सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपाङ्ग), प्रदेश नं ५ मा दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपाङ्ग) लाई उम्मेदवार बनाएको हो । त्यस्तै काँग्रेसले प्रदेश नं ६ मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा
More

माओवादी केन्द्रका उम्मेदवार तय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुनुहुन्छ । नेता शर्मा भने पूर्वमन्त्री तथा उहाँले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अध्यक्ष दाहालको सचिवालयका अनुसार प्रदेश नं १ मा बिना पोखरेल (महिला) र प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । सो प्रदेशमा एक उम्मेदवार छनोट गर्न बाँकी छ । यस्तै प्रदेश नं ३
More

राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको इतिहासमा एकै वर्ष स्थानीय निकाय तथा प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेका छन्, ठूला नदी पार गरिसकियो, अब खोल्साखाल्सी तर्न बाँकी छ, यसलाई पनि सहजतापूर्वक पार गर्नुपर्छ । म राजनीतिक दलहरुसित राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन आह्वान गर्छु ।” राष्ट्रियसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने आयोगको
More

सत्तरी वर्षमा चालक अनुमति परीक्षा उत्तीर्ण

भक्तपुर । यहाँका एक वृद्धले सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्नुभएको छ । सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका पूर्णबहादुर बस्नेतले आज ७० वर्षका उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गर्नुभएको हो । आइतबार लिखित परीक्षा उत्तीर्ण गर्नुभएका बस्नेतले आज प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गर्नुभयो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महेश बस्नेतका पिता पूर्णबहादुरले ३९ वर्षदेखि साइकल चलाउँदै आउनुभएको थियो । दुई वर्षअघि नातिनीको स्कुटर चलाउन थाल्नुभएका पूर्णबहादुरले स्कुटरमा श्रीमतीलाई राखेर धार्मिक मठमन्दिरमा जान अब सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै पटक स्कुटरमा पशुपति, डोलेश्वर, आशापुरीलगायत मन्दिर पुगेको छु, कहिलेकाहीँ गाउँमा स्कुटर चलाउँदा छोरा महेशले लाइसेन्स नभई स्कुटी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको
More

गौचन र तिवारी हत्याका अभियुक्त पक्राउ

चितवन । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ यहाँ पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताउनुभयो । अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नं ६ गीतानगरबाट पक्राउ गरिएको हो । कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताउनुभयो । केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । गीतानगरको भित्री बस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो । कार्कीले अपराधीलाई सिआइबीले छाड्दैन भन्ने
More

राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक

काठमाडौं । वाम गठबन्धन र मधेश केन्द्रित दल राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा सहकार्य गर्न सकारात्मक देखिएका छन् । नेकपा (एमाले) संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेशबमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा छलफल सकारात्मक देखिएको एमाले स्थायी कमिटीका सदस्य सुवास नेम्वाङले बताउनुभयो । ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने भएको छ । एमाले र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताबीचको सो छलफलपछि समग्र मुलुकमा एमाले र प्रदेश नं २ मा मधेशी दललाई नेतृत्व
More