Daily Archives 27th January 2018

मधेश केन्द्रित दल सरकार गठनको जोड घटाउमा

काठमाडौं । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)ले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउँछन् । दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् । प्रदेशसभा बैठकलगत्तै
More

शालिनदीमा भक्तजनको भीड

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण मेला लाग्ने शालिनदीमा यस वर्षको अन्तिम शनिबारको मेलामा करिब पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सो मेला माघ १८ गते बिहीबार सम्पन्न हुनेछ । तस्बिर : पूर्णप्रसाद मिश्र
More

प्रहरी इन्काउन्टरमा टिके घाइते

काठमाडौं । एक साताअघि डिल्लीबजार कारागारबाट भागेका कैदी टीकाबहादुर थापा प्रहरी इन्काउन्टरमा घाइते भएका छन् । शनिबार चितवनको रामनगरमा उनी घाइते भएका हुन् । पक्राउ गर्न गएको प्रहरी टोलीलाई गोली हानेपछि जवाफी फायरमा उनको घाइते भएका हुन् । ‘पक्राउ गर्न खोज्दा हामीलाई गोली हाने,’ महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले भने,‘जवाफी फायरिङमा उनी घाइते भएका हुन् ।’ दर्जनौं चोरी तथा डकैतीमा संलग्न भएका उनलाई २ वर्षअघि महाशाखाले नै पक्राउ गरेको थियो । गत माघ ४ गते राती उनी डिल्लिबजारबाट भागेका थिए।
More

सोमबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

काठमाडौं । निर्वाचन आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आगामी सोमबार चुनाव चिन्ह प्रदान गर्दैछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ १५ गते दिनको ४ बजे हुने र सोही दिन उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारलाई नाम फिर्ता लिन चाहेमा आइतवार दिउँसो २ बजेसम्मको समय दिइएको छ । सो निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र
More

ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन: नेता श्रेष्ठ

गोरखा । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । आज गोरखामा सञ्चारकर्मीसँग नेता श्रेष्ठले भन्नुभयो, “सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।” सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ । वैचारिक, राजनीतिक लाइन के हुने, संगठनात्मक नीति कस्तो बनाउने भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताउनुभयो । पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, “ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन ।”
More

प्रशिक्षक प्रदीपले वेस्टह्याममा कोर्स गर्ने

काठमाडौं । थ्री स्टार क्लबका पूर्वप्रशिक्षक तथा अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदीप हुमागाईंले इंग्ल्यान्डको चर्चित क्लब वेस्टह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी डिप्लोमा कोर्स गर्ने भएका छन् । सो कोर्सको अवसर पाउने हुमागाईं पहिलो नेपाली प्रशिक्षक हुन् । उनको कौशलता र उत्कृष्ट प्रदर्शनका कारण उनलाई छनोट गरिएको क्लबले जनाएको छ । उनी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । खेलकुद विषयमा विश्वविद्यालयमा पढेर प्रशिक्षण पेसामा संलग्न भएका प्रशिक्षक हुमागाईं मैदानको रणनीति बनाउन र खेलाडीको मनोविज्ञानअनुसार काम गर्ने कलामा उत्कृष्ट रहेको बताइन्छ । उनले अहिलेसम्मकै सर्वाधिक अंक ल्याएर ए लाइसेन्स प्राप्त गरेका थिए । हुमागाईंले ८ देखि १४ फेब्रुवरीसम्म लन्डनमा हुने डिप्लोमा प्रशिक्षण कोर्स
More

सिस्नेका स्थानीयले जिप्रका घेराउ

मन्त्रीपरिषदको बिहीबारको बैठकले रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सिस्नेका स्थानीयवासीले शनिबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै । तस्वीर : लोकेन्द्र खनाल
More

अवैध शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

फलेवास । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरुलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको अवैध सम्बन्धबाट शिशुलाई जन्म दिई नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् । सोही मुद्दा उपर लामो समयको अनुसन्धान पछि शुक्रबार पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश ध्रवप्रसाद सापकोटाको इजलासले दुबैलाई कैद सजाय हुनेगरी फैसला गरेको हो । शिशु हत्या गर्ने मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र
More

यसरी सञ्चालन हुनेछ प्रदेशसभा

काठमाडौं । संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनलाई व्यवस्थित तुल्याउन सजिलो होस् भनेर अन्तरिम कार्यविधिको मस्यौदादेखि सभास्थलमा कुर्सी राख्ने तरिका समेतका विषय समेटिएको दिग्दर्शन नै बनाएर पठाएको छ । विधि र प्रक्रियाका हिसाबमा प्रदेश सञ्चालनमा कुनै कमजोरी नहोस् भनेर अन्तरिम कार्य विधि समेटिएको दिग्दर्शन नै बनाएर पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो । प्रदेशसभा संरचना हाम्रो मुलुकमा नितान्त नौलो अभ्यास भएको हुँदा पहिलो बैठक र यसले गर्ने निर्णय आगामी दिनका लागि नजिरका रुपमा हेरिने हुँदा संघीय संसद् सचिवालयले पनि यो विषयलाई गम्भीरताका साथ लिएको छ– उहाँले भन्नुभयो । प्रदेशको व्यवस्थापिका एक सदनात्मक हुनेछ जसलाई प्रदेशसभा भनिनेछ ।
More

सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो । उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उहाँले बताउनुभयो । उहाँले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताउनुभयो । देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका
More

नारायणगढ–मुग्लिन सडक : अब दिउँसोमा ६ घण्टा बन्द

चितवन, १३ माघ– नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दिउँसो ६ घण्टा बन्द हुने भएको छ । सडक निर्माणलाई तीब्रता दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा गाडी चलाउन रोक लगाइन लागेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि शनिबारदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको हो । नारायणगढबाट छिर्ने यात्रुबाहक गाडीलाई दासखोला पुल अगाडि, मालबाहक गाडीलाई भतेरी जंगलमा मुग्लिन हुँदै छिर्ने यात्रुबाहक बसलाइ मुग्लिन बजार र बेनीटारमा तथा मालबाहक गाडीलाई लेबारटार आँबुखैरेनीमा रोकिने चितवनका ट्राफिक प्रहरीले जनाएको छ । दिउँसो सडकखण्ड बन्द हुने भएकाले यात्रु र चालकलाई बैकल्पिक
More

पाँचथरमा जीप दुर्घटना, घटनास्थलमै दुईको मृत्यु छ घाइते

पाँचथर । याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन्। दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग१ज ६०८५ नंको जीप गए राति ११ बजेतिर बे्रक फेल भएर सडकबाट करिब ३०० मि तल खसेर दुर्घटनामा परेको थियो। – रासस
More

तीन वटा ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमहास्थित सडकमा आज दिउँसो तीन वटा मालबाहक ट्रक एकआपसमा ठोक्किँदा एकजना चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख ५५६६ ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८७३० तथा ना७ख १८३५ नंको ट्रक एकापसमा ठोक्किँदा ट्रक चालक उदयपुर त्रियुगा नगरपालिका–४ का कविराम माझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ । सोही दुर्घटनामा परी त्रियुगा नगरपालिका–४ का शैला दनुवार, उहाँकी आमा सञ्जना दनुवार, सोही ठाउँकी रञ्जु माझी र नीरबहादुर माझी घाइते भएका छन् । घाइतेको लहानस्थित सप्तऋषि नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ
More

रुखको हांगाले लागेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा रुखको हांगा भाँचिएर टाउकोमा चोट लाग्दा शुक्रबार एकजनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिकाका-४ बगरकोटका ५२ वर्षीय केशव खड्काको मृत्यु भएको हो । बिहान घर नजिकैको सामुदायिक वनमा सल्लाको दाउरा काट्ने क्रममा रुखको हांगा भाँचिएर खड्काको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी सहायक निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । – अनलाइन खबरबाट ।
More

बलेवा बिमानस्थल चैतभित्र सञ्चालन हुन्छ; प्राविधिक प्रबन्धक

बागलुङ-बलेवा एक महत्वपूर्ण ऐतिहासिक स्थल हो ,जहाँ भूपी शेरचन राजमार्ग खुल्नुभन्दा २६ वर्षअघि नै बागलुङको बलेवा विमानस्थलमा जहाज आएको थियो । पोखरा र बागलुङमा यति फरक हो कि पृथ्वीराजमार्ग खुले पनि पोखरा विमानस्थल चलिरहृयो तर पोखराजस्तो यात्रुको आउजाउ नहुने बलेवा बिमानस्थल बन्द भयो । पोखरा-बागलुङ सडक बनेपछि २०४८ सालमा बलेवा विमानस्थल बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालन गर्न थुप्रै पटक पहल भयो तर पनि बलेवाको मैदानमा जहाज आउन सकेन । अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि फेरि विमानस्थलको चर्चा सुरु भएको छ । बाग्लुङ क्षेत्र नं. २ का पूर्व सभासद प्रकाश शर्मा पौडेललगायतले यो एयरपोर्ट सञ्चालनका लागि थुप्रै पटक पहल
More

सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सातैै प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ। सिटिइभिटीले शुक्रबार आयोजना गरेको ‘संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्’ विषयको अन्तक्र्रियामा सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले सिटिइभिटीले सञ्चालन गर्ने कार्यक्रमको गुणस्तर अभिवृद्घि गरिने र अनुगमन तथा मूल्यांकन प्रणालीलाई व्यावहारिक र पारदर्शी बनाइने बताए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशीले वार्षिक पाँच लाख युवा श्रम बजारमा आउने गरे पनि अहिले एक लाख १४ हजारलाई मात्र तालीम दिन सकिएको बताउँदै अब सात प्रदेशमा सात नमुना पोलिटेक्निक बनाइने कुरा नीति र बजेटमा व्यवस्था
More

धनुषामा टाटासुमो दुर्घटना ६ को मृत्यु ४ घाइते

काठमाडौँ । काठमाडौंबाट झापा जान लागेको टाटा सुमो आज बिहानै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने अन्य चार जना घाईते भएका छन्। काठमाडौंबाट झापाका लागि छुटेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज बिहान ३ बजेतिर धनुषाको गणेशमान चारनाथ -८ पोर्तहा भन्ने ठाऊँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ४ जना घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको
More