Daily Archives 29th January 2018

एनआरएन आइसिसी रोड सेफ्टी विभागद्धारा काठमाडौ मेयर विद्यासुन्दर शाक्यसँग छलफल

एनआरएन आइसिसी रोड सेफ्टी विभागले नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्न पहलकदमी शुरु गरेसँगै ७ र ८ माघ २०७४ मा सरकारी निकाय र जनप्रतिनिधिसँग नेसनल कन्भेन्सन अन रोड सेफ्टी छलफल सम्पन्न गरेको छ । राजधानीमा सडक सुरक्षा रोक्ने विषयमा सरकारी निकायका प्रतिनिधिसँग छलफल गरेको एनआरएन आइसिसी रोड सेफ्टी विभागले आज काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग भेटभाट गरि काठमाडौमा सडक जाम हटाउन र दुर्घटना रोक्ने भन्ने विषयमा छलफल गर्यो । सडक सुरक्षा मजबुत बनाउन एनआरएन अन्तराष्ट्रीय परिषदद्धारा गठित रोड सेफ्टी विभागले तदारुकताका साथ अभियान सञ्चालन गर्न लागी परेको छ । जसअनुसार एनआरएनए आइसिसी रोड सेफ्टी विभागका संयोजक थर्कप्रेम सेनले काठमाडौ महानगरका
More

साहित्य महासङ्घद्धारा साहित्य दुत सम्मान घोषणा

गत २८ जनवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई साहित्य दुत सम्मान २०१८ घोषणा गरेको छ । विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ, त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने नेपाली पहिचान बोकेका देशविदेशका उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्य दुत सम्मान घोषणा गरेको छ । नेपाली साहित्य दुत सगरमाथा प्रोफेसर तुलसी दिवस (नेपाल), नेपाली साहित्य दुत कन्चनजंघा प्राडा. टंक प्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्य दुत लोत्से मनप्रसाद सुब्बा (भारत), नेपाली साहित्य दुत मकालु टेक नारायण रिमाल (म्यानमार), नेपाली साहित्य दुत चोयो भक्त घिमिरे (भुटान/अमेरिका), नेपाली साहित्य दुत
More

काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङको चुनावी अभियान शुरु

ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङले आफ्नो चुनावी अभियान शुरु गरेका छन्। बार्नेट काउन्सिलको हेल वार्डबाट उम्मेदवारको रुपमा छनोट गरिएका गुरुङले आइतबार बिहान मिलहिल क्षेत्रमा घरघरमै पुगेर स्थानीय वासिन्दाका समस्याहरुका बारेमा जानकारी लिएका थिए। उनको सो अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जर्भेटिभ पार्टीका पदाधिकारीहरु ओली हेजल, ली ट्याफ, श्रीमती स्मीता ट्याफ तथा बार्नेट काउन्सिलमै कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवारहरु लेथ जेलाह तथा एलिएट सिमवर्ग पनि सहभागी भएका थिए। “हामीले भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, चोरीको समस्या तथा त्यसक्षेत्रमा
More

निर्वाचन चिह्न पाएसँगै उम्मेदवार प्रचारप्रसारमा

काठमाडौं । राष्ट्रियसभा सदस्यका उम्मेदवार आज निर्वाचन चिह्न पाएसँगै निर्वाचन प्रचारप्रसारमा जुट्नुभएको छ । यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि सातै प्रदेशमा स्थापना गरिएको निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गरेको थियो । सातवटै प्रदेशमा गरी राष्ट्रियसभाका अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन कार्यतालिका अनुसार, आज दिनको २ बजेसम्म उम्मेदवारलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएको थियो । निर्वाचन अधिकृतको कार्यालयलाई उद्धृत गर्दै ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, प्रदेश न १ मा महिला तीन र अन्य
More

एनआरएन केन्द्रीय मिडिया समितिको सहसंयोजकमा शर्मा

लण्डन । गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समितिकको सहसंयोजकमा नेपाल पत्रकार महासंघ यूकेका निवर्तमान अध्यक्ष चिरन शर्मा मनोनित भएका छन् । संघको विधान बमोजिम प्रवक्ता भूषण घिमिरेले शर्मालाई सहसंयोजकको जिम्मा दिएका हुन् । सो जिम्मेवारी संघको सहप्रवक्ता सरह हो । यस्तै सो समितिको सहसंयोजकमा अमेरिका क्षेत्रबाट विजय घिमिरे र अष्ट्रेलियाबाट हेमन्त काफ्ले मनोनयन भएका छन् । घिमिरेद्वारा सोमवार जारी विज्ञप्ति अनुसार सो समितिमा निम्न व्यक्ति रहेका छन् १ डिल्ली ढकाल, अष्ट्रेलिया २ बुध्दिसागर घिमिरे, न्यूजिल्याण्ड ३ रामचन्द्र गिरी, मलेसिया ४ किसन राई, हङकङ ५ आनन्द कोइराला, जापान ६ दिल कुमार श्रेष्ठ, कतार ७ मेघराज सापकोटा, युएइ ८ नवराज वि के,
More

पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ २२ गते भारतको ओडिसा जाने भएका छन् । ओडिसामा हुने एक धार्मिक महोत्सवमा विशेष अतिथिकारुपमा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । उनी त्यहाँ ‘१४५औं श्रीमज्जगद्गुरु–शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती पट्टाभिषेक–पञ्चविंशतिवर्षपूर्ति महोत्सव’मा सहभागी हुनेछन् । पूर्वराजा शाह त्यहाँका शंकराचार्यको विशेष निम्तोमा जान लागेका हुन् । उनी झन्डै एक हप्ता भारतमा रहने बुझिएको छ । त्यसक्रममा उनले त्यहाँ केही राजनीतिक भेटघाटसमेत गर्नसक्ने जनाइएको छ । यसअघि, पूर्वराजा शाह मध्य तथा सुदूरपश्चिमको भ्रमणकाक्रममा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा लखनउ पुगेका थिए ।
More

पार्टी एकता पनि ७०-३० कै अनुपातमा : नेता पाण्डे

चितवन । नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०-३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०-४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०-३० को अनुपातमा लगेको बताउनुभयो । प्रदेशमा ७०-३० को भागबन्डा गरिएको बताउँदै नेता पाण्डे भन्नुभयो, “राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०-३० प्रतिशतको आधारमा गरिएको छ, पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्छ ।”उहाँले एक जना मन्त्री यता र उता हुँदा प्रतिशतमा तलमाथि भए पनि समग्रमा यसैलाई आधार
More

राष्ट्रियसभामा पूर्वयुवराज्ञी हिमानीलाई ल्याइने !

काठमाडौं । राष्ट्रियसभामा दरबारको पनि प्रतिनिधित्व हुने चर्चाले यतिबेला नेपालको राजधानी ताँतेको छ । दरबारको प्रतिनिधिको रुपमा पूर्वयुवराज्ञी हिमानी शाहलाई राष्ट्रियसभामा ल्याइने चर्चाले व्यापकता पाएको छ । यद्यपि यसको पुष्टि कतैबाट पनि हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारको क्रममा बैंककमा रहँदा पूर्व युवराज्ञी हिमानीले भेटेको समाचारसँगै यस्तो चर्चा नेपालको राजनीतिमा चलेको हो । राजनीतिमा आउने इच्छा देखाएसँगै हिमानीलाई राष्ट्रिय सभामा सांसद बनाउन दरवार निकट व्यक्तिहरुले लविङ सुरु गरेको बताइएको छ । दरबारलाई पनि संसदमा प्रवेश गराउन सकियो भने आम जनतामा राम्रै म्यासेज जाने विश्लेषण गरिएको छ । हिमानीलाई संसदभित्र छिराउने बाटो तत्काल बन्द भइसकेको छैन ।
More

शर्माले चार करोड रुपैयाँभन्दा बढीको श्रोत खुलाउन सकेनन, विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो । सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् विसं २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ । आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ
More

बिचल्लीमा परेका कामदार नेपाल फिर्ता

काठमाडौं । कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ । त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट प्राप्त उद्धार रकमले हवाई टिकटको व्यवस्था गरी एअर अरेबियाको उडानद्वारा नेपाल पठाएको जनाएको छ । त्यसपूर्व सोही कम्पनीमा लामो समयदेखि आवासीय प्रवेशाज्ञा नवीकरण नभएका १७ जना कामदारलाई राजदूतावासको पहलमा कुवेतको अध्यागमन प्रक्रिया पूरा गरी स्वदेश पठाइ सकिएको छ । साथै कुवेतमा रहेका नेपाली समुदायसँग सम्बद्ध सिन्धुपाल्चोक सेवा समाज, दलित एकता सञ्जाल, लुम्बिनी समाज, कल्याणकारी युवा समाज एवं सो कम्पनीमा समस्यामा परेका नेपालीको सहयोगार्थ गठित राहत समितिको आर्थिक सहयोगमा
More