Daily Archives 30th January 2018

भवन भट्टको नेतृत्वमा एनआरएनका ९ काम (३ महिने प्रतिदेवन)

काठमाण्डौं । गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । सोमवार काठमाण्डौंमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो । कार्यक्रमको सुरुमा संघका प्रवक्ता भूषण घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संघले नयां कार्यकालमा गरेका गतिविधिहरु र भावी कार्यक्रमहरु बारे जानकारी गराउनुका साथै संघले गरेका गतिविधिहरुलाई विश्वभर जानकारी गराउनको लागी सेजनसंगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । साथै उहाँले नेपालका संचारकर्मीहरुले सदैव गैरआवासीय नेपालीहरुका चासोका विषयहरुलाई आफ्नो संचार माध्यममा प्राथमिकता दिएकोमा आभार प्रकट गर्नु भयो । संघका अध्यक्ष भवन भट्टले गैरआवासीय
More

राज्यमन्त्री हुँ, कर्मचारीले टेर्दैनन्

यशोदाकुमारी लामा, भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री केही दिनयता भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री यशोदाकुमारी लामा आक्रोशित छिन् । कर्मचारीले टेरेनन्, सञ्चारमाध्यमले आफूले बोल्दै नबोलेको कुरा लेखेको भनेर उनी आक्रोशित भएकी हुन् । सरकार, प्रतिपक्ष र कर्मचारी मिलेर काम गर्ने हो भने भ्रष्टाचार नियन्त्रण हुने र देश स्वीट्जरल्यान्ड बन्न धेरै समय नलाग्ने उनको निष्कर्ष छ । यिनै परिवेशमा राज्यमन्त्री लामासँग राज ढुंगानाले गरेको कुराकानी : ० सरकारले गरेको निर्णयको धेरै आलोचना भयो नि ? – राज्यलाई अनिर्णयको बन्दी बनाएर राख्नु हुँदैन । राज्य भनेको अविछिन्न हुन्छ । कतिपय निर्णय यस्ता हुन्छ, जुन अर्को सरकार आएर गरोस् भनेर पर्खन मिल्दैन । मुलुक सञ्चालनका
More

एमाले स्थायी समितिमा देउवा सरकारको निन्दा

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेश
More

कांग्रेस नेताको जुत्ता पालिस कार्यक्रममा ३० हजार रुपैयाँ संकलन

काठमाडौं । राजनीतिक शुद्धिकरण अभियानका लागि नेपाली कांग्रेसका नेताहरुले मंगलबार जुत्ता पालिस गरेका छन् । आज विहान दश बजेदेखि एघार बजेसम्म राजधानीको बानेश्वरमा कांग्रेस केन्द्रिय सदस्यहरु धनराज गुरुङ, चन्द्र भण्डारी राधेश्याम अधिकारीलगायतले जुत्ता पालिस गरेका हुन । पन्चायत कालमा कांग्रेसका स्वर्गिय नेता कृष्णप्रसाद भट्टराईले किताव कापी किन्न पैसा नभएका कांग्रेस कार्यकर्तालाई दिनको एकघन्टा जुत्ता पालिस गर्न दिएको सन्देशलाई अनुशरण गर्दै जुत्ता पालिस गरिएको सहभागीले बताएका छन् । राजनीतिमा भएको भ्रष्टीकरणलाई व्यंग्य गर्दै कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जुत्ता पालिस गर्ने कार्यक्रम गरेको हो । व्यग्यको रुपमा गरिएको कार्यक्रममा तीस हजार रुपैया चन्दा समेत संकलन भएको छ । कृष्णप्रसाद भट्टराई जस्ता अग्रज भएको
More

शहीदप्रति श्रद्धाञ्जलि

शहीद दिवसको अवसरमा मंगलबार कञ्चनपुरको भीमदत्तनगरमा रहेको शहीद दशरथ चन्दको सालिकमा माल्यार्पण गरीं श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर: शेरबहादुर सिंह
More

भोलि बुधबार १५२ वर्षपछिको खगोलीय घटना

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि
More

एमालेले राष्ट्रियसभाको निर्वाचनपछि मतदानबाट मुख्यमन्त्री छान्ने

काठमाडौं । नेकपा (एमाले)ले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २१ गतेसम्म प्रत्येक प्रदेशमा मतदातालाई आफ्ना उम्मेदवारलाई मत हाल्नका लागि अभिमुखीकरण तालीम सञ्चालन हुनेछ । बैठकले प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीको चयन राष्ट्रियसभाको निर्वाचनपछि गरिने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् । बैठकले नयाँ सरकार गठनपछि वर्तमान सरकारले
More

१० चितुवा मृत फेला

पोखरा : कास्कीमा वैशाखदेखि अहिलेसम्म १० वटा चितुवा मृत फेला परेका छन्। जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार कास्कीका विभिन्न ठाउँमा ती चितुवा मृत फेला परेका हुन्। मृत फेला परेकामध्ये ७ वटा भाले र ३ वटा पोथी चितुवा छन्। साउन, भदौ र असोजमा १/१ वटा, पुसमा ४ वटा र माघमा ३ वटा चितुवा मृत फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ। आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ भेडीफारम नजिकै मृत चितुवा फेला परेको हो। ‘चितुवालाई विष खुवाएर मारिएको पोस्टमार्टम रिपोर्टले देखाएको छ’, बरालले भने,‘ यसबारे अनुसन्धान भइरहेको छ।’ मृत फेला परेकामध्ये दुई वटा चितुवालाई विष खुवाएर
More

धौलागिरी अञ्चल अस्पतालको सुत्केरीमाथि लापारबाही

बागलुङ : जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ निको हुँदै जानुपर्ने बेला सहिनसक्नु पीडा हुन थाल्यो’, उनले भनिन्, ‘त्यो दुखाइबारे नजिकका साथी र परिवारका सदस्यलाई सुनाउँदा उल्टै जिस्क्याए, पीडा त भइहाल्छ नि, अलि-अलि दुखाइ पनि सहन नसक्ने भन्न थाले ।’ उनलाई शारीरिक पीडा त थियो नै ! पिसाब गर्न पनि कठिन हुन
More