Daily Archives 31st January 2018

लण्डनमा जनजाति महिलाको च्यारिटी डिनरमा २ लाख संकलन

लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूकेले गत आइतबार एक च्यारिटी डिनरको आयोजना गरी दुई लाख रुपैंया सहयोग संकलन गरेको छ । पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डनसिप रेस्टँरामा सम्पन्न च्यारिटी डिनरलाई सफल पार्न आदिवासी जनजाति महासंघ (नेफिन) यूके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको विशेष सहायता रह्यो । संयुक्त अनाथ तथा अपांग एकता केन्द्र नेपाल र पर्वतारोही पत्रकार देउराली चाम्लिङको सगरमाथा आरोहण अभियानको लागि सहयोग संकलन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको नेआजमम अध्यक्ष श्रीमती विमला कुमारी राईले बताइन् । सांझ ६ बजेदेखि शुरु भएको कार्यक्रममा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रमको
More

लन्डनमा शर्मिलाको कुसुमे रुमाल….[भिडियो]

लन्डन–लन्डनबाट “कुसुमे रुमाल” सार्वजनिक भएको छ। प्रवासमा रहेर लोक सस्कृतिको उजागर गर्दै आएकी गायिका शर्मिला पछाईं थापाको भर्खरै नयाँ गित कुसुमे रुमाल’ सार्वजनिक भएको छ । गितमा समावेस गरिएको सब्द चयनले धेरै संगीत पारखीहरुको मन जित्न सफल भएको छ । प्रवासी जीवन आफैमा कस्टकर रहिरहँदा पनि थापा निरन्तर लोक सस्कृतिको उजागार गर्ने हेतुले खटिने प्रवासी गायिका हुन। सामाजिक कार्यमा छवि बनाउनुभएकी समाजसेवी शर्मिला पछाईं सांगीतिक क्षेत्रमा पनि अगाडि बढ्नु भएको छ । आफ्नो कलालाई नयाँ(नयाँ ढंगले प्रस्तुत गर्ने र संस्कृति झल्काउने माध्यम रहेको गीत संगीतमा प्रवेश गरेसँगै पछाईंले सकारात्मक प्रतिक्रिया पाउनुभएको छ । बिगत १० बर्ष देखि बेलायतमा बस्दै आउनुभएकी
More

एनआरएन हङकङले मैत्रीपूर्ण महिला फुटबल आयोजना गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ हङकङले यही फेब्रुअरी १९ तारिखका दिन मैत्रीपूर्ण महिला फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । आज एनआरएन हङकङले पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सो खेलमा हङकङको प्रतिनिधित्व राष्ट्रिय महिला टिमले गर्ने र नेपालतर्पबाट सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल महिला टिमले गर्ने भएको छ । मंकक स्टेडियममा दिनको १ः३० बजे सो खेल हुने हङकङ र नेपालबीचको महिला मैत्रीपूर्ण फुटबल खेलको आयोजक हङकङ फुटबल एशोसियसन रहने एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले जानकारी गराइन । नेपाली टिमको संयोजन एनआरएनए हङकङले गर्ने भएकोले सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने भएको छ । लगभग १ लाख ५० हजार
More

नेपाली साहित्य विकास परिषद्को निर्वाचन एप्रिलमा

लण्डन । नेपाली साहित्य विकास परिषद् यूके को ११औँ कार्यसमितिको निर्वाचन आगामी एप्रिल महिनामा सम्पन्न हुने भएको छ । स्थानिय वयम्ली रेस्टूरेन्टको सभा हलमा परिषद्का संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहको अध्यक्षतामा बसेको परिषद्को वार्षिक बैठकले परिषद्का सल्लाहाकार तथा प्रमुख निर्वाचन अधिकृत कृष्ण भट्टको संयोजनमा आगामी एप्रील महिनामा सम्पन्न गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले यस अघि विषेश कारणवस स्थगन हुनगई निर्वाचन ग्याप हुन गएको अवधीलाई दशौँ कार्यसमितिको रूपमा रूपान्तरण गरी ११ औँ कार्यसमितिकको निर्वाचन गर्ने निर्णय गरेको छ भने परिषद्की महासचिव डा. सुधा श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्य़क्ष दौलत राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक
More

स्वराजको नेपाल भ्रमण टोलीमा को–को ?

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणको लागि नेपाल आउने भएकी छिन् । भोली १८, माघ अर्थात विहीबार उनी काठमाडौं आउन लागेकी हुन् । विशेष प्रयोजन नखुलेको कारण आकस्मिक भ्रमणमा स्वराज विशेष विमानबाट साँझ काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ । स्वराज २४ घण्टा काठमाडौंमा रहने भएपनि होटल तय भइनसकेको बताइएको छ । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा रहने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएकाले मोदी भ्रमणको गृहकार्यका सिलसिलामा
More

पक्राउ परेका डाक्टरहरु अधिकांश चिनियाँ

काठमाडौं । प्रहरीले दुई दिन अघि राजधानीका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका डाक्टरहरु अधिकांश चिनियाँ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका मध्य १३ जना चिनियाँ, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको जनाएको हो । मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँच वटा निजी अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरिएको थियो । उनीहरुले नेपालमा काम गर्न अनुमति नलिएको र मेडिकल काउन्सिलले लिने परीक्षा पनि पास नगरेको पनि प्रहरीले जनाएको छ । सीआइबीले एपोलो अस्पताल, ठमेलका सञ्चालक मीनाकुमारी श्रेष्ठसहित ८ जना चिनियाँलाई पक्राउ गरेको थियो भने सीआईडब्लूईसी
More

सामूहिक बलात्कारको अनुसन्धान गर्न टोली गठन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्न आज एक टोली गठन गरी काम शुरू गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले आजै एक अनुसन्धान टोली गठन गरी काम शुरु गरेको उल्लेख छ । आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीको दर्ता, छानबिन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाइ नागरिकलाई न्यायमा पहुँच पु¥याउन नेपाल प्रहरीलाई आग्रह गरेको छ । यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर र संवेदनशील नहँुदा पीडित
More

पार्टीमा एकजुट भएर लाग्न प्रधानमन्त्री देउवाद्वारा निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिनुभएको छ । आज काँग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उहाँले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताउनुभयो । धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा काँग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री देउवाले यस अवस्थामा पद त्याग्नु नहुने भन्दै पदमा नै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागि राजीनामा फिर्ता लिन आग्रह गर्नुभयो । “राजीनामा दिएर होइन, अब सबै मिलेर पार्टीलाई पहिले जस्तै ठूलो र लोकप्रिय बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
More

अधिवेशनको तयारी अन्तिम चरणमा

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभाको प्रथम अधिवेशन भोलि बिहीबार दिनको १ बजेबाट हेटाँैडाको सभागृहमा शुरु हुने भएको छ । उक्त सभागृह अधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगिसकेको प्रदेशसभा सचिवालयका अधिकृत विनोद पौडेलले जानकारी दिनुभयो । अहिले उक्त सभागृहमा कुर्सी सजावट, माइक व्यवस्था, प्रदेश सभामुख रहने स्थान र सचिवालयका सचिवहरु बस्ने कार्यकक्ष तोकिसकिएको छ । यसैबीच भोलिदेखि शुरु हुने प्रदेशसभाको अधिवेशनको प्रथम बैठकमा कार्यबाहक सभामुख डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले डाक्नुभएको बैठकको पत्र, आन्तरिम कार्यविधिको प्रस्तावना र संवैधानिक रुपबाट सभामुखको निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने प्रदेश सचिवालयका सहसचिव डा रोजनाथ पाण्डेले आज सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । उहाँका
More

होचो मान्छे भेटिएको दाबी

देशकै होचो मान्छे भेटिएको दाबी गरिएको उचाइ ३१ इन्चका विराटनगर–१९ बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदार । तस्वीर : गोपालप्रसाद पोखरेल
More

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने !

काठमाडौं । निर्वाचनपछि बन्न लागेको बामगठबन्धनको सरकारसँग सम्बन्ध सुधारका लागि भारतले राजनीतिक पहल थालेको छ । नाकाबन्दीपछि विग्रिएको सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने हुनुभएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको बिहीबारदेखि हुने भ्रमणले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारी थाल्ने बताइएको छ । भारतीय स्रोतकाअनुसार फागुनको अन्तिम सातातिर मोदीको नेपाल भ्रमण हुन सक्ने छ । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने बताइएको छ । मोदीले धार्मिक भ्रमण गर्नुका साथै नेपाललाई विशेष सहयोगको घोषणासमेत गर्न सक्ने बताइएको छ । नाकाबन्दीपछि नेपालमा बढेको भारत
More

एक महिने स्वस्थानी व्रत समापन

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ । बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमे अन्तर्गत कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य भएको छ । विधिपूर्वक एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८
More

‘प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिए’

काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको एकभन्दा बढी नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौबाट प्रतिलिपी माग गरेका छन् । चिकित्साशिक्षा सुधारमा निरन्तर लागेका डा. केसीले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश पराजुलीको तीनओटा नागरिकता रहेको जिकिर गरिएको छ । डा. केसीले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटी उजुरी दर्ता गराएका हुन् । डा. केसीसहित, अधिवक्ता ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारी र डा. अभिषेकराज सिंह जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उजुरी दर्ता गराएका हुन् । प्रधानन्यायाधीशले नै एकभन्दा बढी नागरिकता लिएपछि उसले गर्ने निर्णय कसरी न्यायिक हुन्छ ? भन्दै डा. केसीले प्रश्नसमेत गरे । डा. केसीले आफूले सधैं अदालतको
More

फुल्चोकीमा हराएका विद्यार्थी अझै फेला परेनन्

ललितपुर । सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी अझै भेटिएका छैनन् । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका हुन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना गरेर तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको बताउनुभयो । अभिभावक संगठनहरु, प्याब्सन र आफन्तहरुले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । हुलियाका आधारमा उनीजस्तै व्यक्ति देखिएको सूचनाका आधारमा गाउँ–गाउँमा समेत खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले बिहीबारदेखि नै दिनरात खोजी गरिरहेका छौँ ।” तामाङलगायत ११ जना विद्यार्थी लिएर
More

नेपालकै होची महिला मालती

मोरङ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन । तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गर्नुभयो । नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भन्नुभयो, “प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका
More

पोखरीमा डुबेर एकजनाको मृत्यु मृत्यु

महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा मंगलबार पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने रामसेवक भण्डारीकी पत्नी ६० वर्षीया शान्तिदेवी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताउनुभएको छ । शारीरिक रुपमा अपाङ्ग रहेकी भण्डारी शौचका लागि वनमा गएको र एकडारा–२ मै अवस्थित पोखरीमा सरसफाइका लागि गएको बेला उनको पोखरीमा चिप्लँदा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । मृतक महिलाको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
More

ट्याक्टर दुर्घटना, चालकको ज्यान गयो

लहान । सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा गएराति ट्याक्टर अनियन्त्रित भई पल्टिँदा त्यसका चालकको मृत्यु भएको छ । स १ त ५१३७ नंको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्याक्टर चालक सोही गाउँपालिका–४ निवासी १७ वर्षीय जितेन्द्र मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । – अनलाइन खबरबाट ।
More

आज स्वास्थानी पूर्णीमा ; साङ्गे गर्दै ब्रतालुहरु

काठमाडौं । स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ । स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो
More

ट्राफिक नियम अवज्ञा गरेपछि

काठमाडौं । माइती घर मण्डला हुँदै अगाडि बढेका दुईवटा ट्रिपरलाई ट्राफिक प्रहरीले रोकिन इसारा गर्यो । इँटा बोकेर हुँइकिएका दुबै टिपर अटेर गरेर अगाडि बढे । त्यहाँ रोकिएनन् । माइती घरबाट उम्केर कुँदेका ती दुबै ट्रिपर थापाथली चोकमा पुग्दा ट्राफिक प्रहरीको फन्दामा परे । दुबै ट्रिपर रोकेर ट्राफिकले साइड लगायो र कागजात कब्जामा लिएर कारवाहीको प्रकृया अगाडि बढायो । कार्यालय समयमा राजधानीको चक्रपथ भित्र मालवाहक सवारी गुडाउन नपाइने नियम छ । ट्राफिक जाम हुने समस्या कम गर्न बिहानदेखि बेलुकासम्मै व्यस्त सडकमा सामान बोक्ने सवारी साधनलाई गुड्न नदिने नियम लागू गरिएको हो । तर यो नियम उल्लङ्घन भएका दृश्य प्रशस्तै देखिन्छन्
More

उडानको तयारीमा रहेको विमानमा आगो लागेपछि

अमेरिकाको शिकागोस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा उडानको तयारीमा रहेको अमेरिकन जेट एयरलाइन्सको विमानमा आगोलागेपछि यात्रुहरु अताल्लिएका थिए। आगलागीपछि यात्रुका विमानलाई सकुसल उद्धार गरिएको थियो। इन्जिनमा खराबी आएपछि रनवे छोड्न लागेको विमानमा आगलागी रहेको थियो – रासस
More