Monthly Archives February 2018

इच्छा विपरीत हुने यौन सम्बन्ध बलात्कार

राधिका सापकोटा, अधिकारकर्मी नेपाली समाजमा महिलामाथि हुने यौनजन्य हिंसा बढ्दो क्रममा छ । दिनप्रतिदिन बालिकादेखि युवती उमेरका महिलामाथि बलात्कार घटना शृंखला बढेका छन् । पछिल्लो समय ‘लिभिङ टुगेदर’ मा रहेन र छुट्टिने सामान्यजस्तै भएको छ । तर त्यसपछि हुने परिणामले नेपाली समाजलाई कता डो¥याउँदैछ भन्ने कुरा महिला अधिकारकर्मीहरूले विश्लेषण गरिरहेका छन् । यिनै प्रसंगमा कानुन व्यवसायी तथा अधिकारकर्मी राधिका सापकोटासँग राज ढुंगानाले गरेको कुराकानी : ० बलात्कारको घटना बढ्दो छ नि ? – पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको देखिएको छ । मिडियाले यो इस्युलाई उठाइरहेको हुन्छ, त्यसबेला सबैतिरबाट यस्ता घटना बाहिर ल्याइन्छ । यस्ता घटना अरु बेला
More

संसदीय दलको नेता मै हुँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता आफैं हुने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले होली पर्वको अवसर पारेर बुधबार आफ्नै निवास टोखामा गरेको चियापानमा देउवाले पार्टी सभापति आफू भएकाले संसदीय दलको नेता पनि आफैं बन्ने दाबी गरेका हुन् । उनले फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गरे । संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दाबी गर्दै आएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सर्वसम्मतको अवस्था नरहेको भन्दै संसदीय दलमा आफ्नो उम्मेदवारी दाबी रहेको बताए । उनले नेतृत्वको कमजोरीले पार्टीको अवस्था खुम्चेको भन्दै अब संसदीय दलको नेतृत्व आफूले लिने बताए । नेपाली
More

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन टुँडिखेलमा भेला

काठमाडौं । आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङले जानकारी गराउनुभयो । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वसामु चिनाउनका लागि एकै पटक यति धेरै मानिसको सहभागिता गराएर वाचन गर्न लागिएको उहाँले बताउनुभयो । ‘भगवान् बुद्धको जन्मस्थल र बुद्धिजमको उद्गमस्थल नेपालको लुम्बिनी हो’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा बुद्धको जन्म नेपाल हो भन्नेसहित बुद्धको उपदेश, प्रवचन, धम्मपदको सारगर्भित अंशसमेत
More

नयाँ शैलीबाट काम गर्न गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि आज पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभयो । सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको सुनिश्चितता हुन आवश्यक रहेको बताउनुभयो । प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नति, साधनस्रोतको अभाव लगायतका समस्या रहेकोबारे आफू जानकार रहेको बताउँदै उहाँले ती समस्या समाधानका लागि ठोस योजनासहित मन्त्रालयले काम गर्ने विश्वास दिलाउनुभयो । इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यकतालाई पनि उहाँले आँैल्याउनुभयो । सो क्रममा गृहमन्त्री थापाले प्रहरी
More

बुद्ध नेपालमा जन्मिएको सन्देश

विश्व किर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपालमा जन्मिएका हुन भनेर आगामी शनिबार टुडिखेलमा वाचन गर्नबारे बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष अक्कलबहादुर तामाङलगायत । तस्वीर: प्रदीपराज वन्त
More

प्रम ओली आफ्नै रचनामा रमाउँदा …

काठमाडौं । म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर… । यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो । ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा-युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ । ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहनुभयो । राष्ट्रिय सेवा दलको १३ औँ वरिष्ठ समूहको अन्तिम दीक्षान्त कवाज कार्यक्रमका सहभागीले आज ललितपुरमा सो गीत गुञ्जिरहँदा नाचकलाको जोसिलो प्रदर्शन गरेका थिए । उसो त ओलीले पहिलो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुँदा
More

नेपाल मगन्ते देश हो : परमानन्द झा

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले भारत पुगेर नेपाललाई ‘मगन्ते देश’ भन्नु भएको छ । भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन जानु भएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ हो भन्नु भएको हो । ‘दैनिक जागरण’ले बुधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ । चीनसँग डराउन जरुरी छैन शीर्षकको समाचारमा त्यो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ । पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको प्रश्नमा पूर्वउपराष्ट्रपति झाले, ‘यो भ्रम सिर्जना गर्ने सोच हो । यसमा कुनै सत्यता छैन’ भन्नु भएको छ । उहाँले, ‘कुनै
More

आगोमा जलेर एक महिलाको मृत्यु

इलाम । आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ। मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई-५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएको बताइएको छ। धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ। अहिले उनको शव घर फर्काइएको छ। -रासस
More

रुखबाट लडेर महिलाको मृत्यु

इलाम । इलाममा अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका–४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो । अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी राई अरिङ्गालले टोकी सोही रूखबाट झर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । ३० वर्षीय दिलमाया राईसँगै निजको छोरा र अन्य छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको बताइएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । – रासस
More

शिशु जन्माएर फाल्ने महिलालाई ज्यान मुद्दा

भोजपुर । गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिए । फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन् । उनको थप अनुसन्धान भइरहेको छ । उनका अनुसार मग्रातीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । -रासस
More

एमाले संविधान संशोधन गर्न तयार

काठमाडौं । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ । दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्नु हुनेछ । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच विभिन्न चरणमा वार्ता भएका छन् । फोरमसँगको वार्तापछि एमाले नेता सुवास नेम्वाङले आज सहमतिका बुँदामा हस्ताक्षर हुने बताउनु भएको छ । उहाँले सकारात्मक ढंगले छलफल भएको र आज सहमति गरिने जानकारी
More

बेहुली लिन गएका बेहुला रित्तै फर्किए

महोत्तरी । मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ। तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका-८ भ्रमरपुरा बस्ने किशोरी यादवका छोरा दिपेशकुमार यादवको महोत्तरीकै नैन्ही बस्ने कमलेशकुमार यादवको छोरी बबिता यादवसँग दुई महिनाअघि नै विवाहको छिनोफानो भयो। बबिताका बुबाको निधन भइसकेकाले आमा र उनका दाई मिन्टु यादवले दुई महिनाअगाडि नै बेहुलाका घरमै गएर विवाहको छिनोफानो गरेका थिए। विवाहका लागि बेहुला पक्षले केही प्रस्ताव गरेनन्। आफूखुसी सरसमान दिन दुवै पक्ष सहमत भयो र ११ फागनुमा लगन हेरियो। ११ फागुनको राति ९
More

यसरी खेल्दैछन् डण्डीबियो

चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । प्रदर्शन मितिसँगै निर्माण टिमले फिल्मको दुई नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा खगेन्द्रको हातमा डण्डीबियो देख्न सकिन्छ । उनले फिल्ममा एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् । फिल्ममा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको
More

बागलुङमा क्रिकेट विकास समिति गठन

बागलुङमा क्रिकेट विकास समिति गठन गरिएको छ । क्रिकेट खेलको विकास र संरक्षणका लागि क्रिकेट खेलमा आस्था राख्ने व्यक्तिहरुको भेलाले सो समित गठन गरेको हो । जिल्ला खेलकुद विकास समितिको कार्यलयमा भएको खेल प्रेमीहरुको भेलाले विष्णु प्रसाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय बागलुङ क्रिकेट विकास समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रोशन खड्का, सचिवमा फणिन्द्र खड्का, कोषाध्यक्षमा दिपेन्द्र खड्का रहनु भएको छ । समितिको सदस्यमा रामु खड्का, डिलवहादुर केसी र कमल पन्त रहनु भएको छ । समितिको सल्लाहकारमा गरिमा आवसिय माविका प्रिन्सीपल श्यामप्रसाद शर्मा रहनु भएको छ । समितिले आगामी वैशाख भित्र जिल्ला क्रिकेट संघ बागलुङ गठन गर्न पहल गर्ने
More

नारायणगढको ढल नारायणीमा

भरतपुर । सरोकारवाला निकायले समयमै ध्यान नदिँदा नारायणी नदी दिनप्रतिदिन प्रदूषित बन्दै गएको छ । भरतपुर–नारायणगढ बजार क्षेत्रबाट निस्कने ढल सिधै मिसाइनुको साथै हरेक दिन नदीमा कपडा धुने, गाडी धुने, मरेका पशु फाल्ने जस्ता समस्याले गर्दा पवित्र नदीमा फोहोर बढ्न थालेको हो । उद्योग वाणिज्य संघ, भरतपुर महानगरपालिका, स्थानीय टोल विकास संस्थालगायतका सरोकारवाला निकायले नदी किनारलाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्ने योजनासहित काम गरे पनि यस्ता गतिविधिलाई रोक्न सकेका छैनन् । ढल प्रशोधन गर्नको लागि करिब दश वर्ष पहिले एशियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण भएको ढल प्रशोधन केन्द्र पनि अहिले अलपत्र अवस्थामा छ । प्रशोधन केन्द्र निर्माण भए पनि
More

छ्यापछ्याप्ती नक्कली नोट !

काठमाडौं: दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए। औषधि विक्रेकतालाई पाँच सयको नोट देखेर शंका लाग्यो। उनले तत्कालै प्रहरीमा खबर गरे । कालिमाटी वृत्तको प्रहरीले औषधि खरिद गर्ने धनुषाका धीरजबहादुर ठकुरी र भोजपुर खावाका निगम राईलाई पक्राउ गर्‍यो। महानगरीय प्रहरी वृत्त कालिमाटीमा लगेर उनीहरुलाई केरकार गरेपछि नोट दिने एमएस मोटरसाइकल ग्यारेजका सञ्चालक मनोज केसीको नाम पोले । प्रहरीले केसीलाई सोमबार एकथान पाँच सयको जाली नोटसहित पक्राउ गर्‍यो । केसीले सोलु तिम्ला घर भई कपन बस्ने भेषकुमार थापामगरको नाम पोले । थापामगरले अन्य दुई युवाको नाम पोले
More

नेपालमा लगानीका अवसरबारे लण्डनमा अन्तरक्रिया

लण्डन । नेपालमा लगानीका अवसरहरु बारेको एक अन्तरक्रियात्मक कार्यक्रम मंगलबार लण्डनको वीलवीचमा सम्पन्न भएको छ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सले एनआरएन यूके बिजनेस डेभलपमेन्ट विभागको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेका युवा उद्यमीहरुले प्रिजेन्टेसन गरे । साउथ लण्डन एकेडेमीको सभाहलमा गरिएको कार्यक्रममा डिएफआईडीकी प्रतिनिधी टेसा गड्ली पनि उपस्थित थिइन् । कार्यक्रममा सहभागी तीन दर्जन बढि लण्डनस्थित नेपाली व्यवसायी, एनआरएन तथा ईच्छुक लगानीकर्ताहरुमाझ नेपालमा व्यवसाय सञ्चालन गरिरहेका विभिन्न ६ कम्पनीका सञ्चालक तथा प्रतिनिधीहरुले पावर पोइन्ट प्रिजेन्टेसन गरेका थिए । कार्यक्रममा प्रिजेन्टेसन गर्नेहरु नौलो सोंच र प्रविधीको उपयोग गर्दै नेपालमा उदाहरणीय व्यवसायहरु सञ्चालन गर्न सफल भएका कम्पनीहरु
More

अन्तरिम विधान र जनसंगठन एकताको खाका ल्याउन उपसमिति

काठमाडौं । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ । एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमालेका सचिव विष्टले जानकारी दिनुभयो । दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ । दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो
More

संसदीय दलको चुनावलगत्तै कांग्रेसले छायाँ सरकार गठन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन भएको एक साताभित्रै छायाँ सरकार बनाउने भएको छ । प्रायः निवर्तमान मन्त्रीहरूलाई नै ती मन्त्रालयको छायाँ मन्त्री बनाउन पार्टी सभापति शेरबहादुर देउवालाई सांसदहरूले सल्लाह दिएका छन् । गत शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको संयुक्त बैठकले विधान संशोधन गरेको थियो भने अस्ती आइतबार केन्द्रीय समितिबाट अनुमोदन भएपछि उक्त विधान कार्यान्वयनमा आएको छ । जसमा सरकारको कामकारबाहीको अनुगमन गर्न छायाँ सरकार बनाउने अवधारणासमेत छ । फागुन २१ गते हुने संसदीय दलको निर्वाचनका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ । २० गते संघीय सांसदहरूले सपथ लिएपछि मात्रै
More

रुपाली होली

कञ्चनपुरको भीमदत्तनगरस्थित बैजनाथ मन्दिर परिसरमा रुपाली होली खेल्दै स्थानीय । डडेल्धुराको रुपाल गाउँबाट बसाई सरी कञ्चनपुर आएकाहरु ४५औँ पुस्तादेखि परम्परागत रुपाली होलीलाई निरन्तरता दिँदै आएका छन । तस्बिरः शेरबहादुर सिंह
More