Daily Archives 1st February 2018

धरानको पानी टंकीको वेलायतबाट बिरोध

लण्डन । किरात याक्थुङ चुम्लुङ युकेले धरानको विजयपुर दरबार परिसरमा निर्माण हुन लागको पानी टंकीको बिरोध जनाउँदै ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष दिल सिं मेन्याङवो र महासचिव गणेश ईजमले बिज्ञप्ति जारी गरी पिउने पानीको टंकी बन्नु नकारात्मक नभए पनि निर्माण गरिने क्षेत्रको छनौटले अदिवाशी जनजातिको ईतिहांस र पहिचानको प्रमाणहरु मास्नेमा शंका व्यक्त गरेका छन् । बिज्ञप्तिमा विजयपुर दरबार परिसरको संरक्षण गर्दै पानी ट्यांकी अन्य ठाउमा निर्माण गर्न अपिल गरिएको छ । धरान उपमहानगरपालिकाले एकीकृत सहरी विकास परियोजना(आईयूडीपी)अन्तर्गत ट्याङ्की बनाउने निर्णय गरेपछि विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति आन्दोलित भएको हो । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित परियोजनालाई दरबार परिसरमा
More

एनआरएनको १० अर्बको कोषमा किन लगानी गर्ने ?

जीवा लामिछाने । सामूहिक लगानीबाट परियोजना सफल रुपमा अघिको दृष्टान्त हामी सामू छ । पहिला पनि हामीले कोष स्थापना गरेर सफल बनाएका थियौं, त्यसको अनुभव र अझ धेरैलाई समेटेर अझ ठूलो कोष स्थापना गर्ने गृहकार्य भइरहेको छ । एनआरएन इनभेस्टमेन्ट कम्पनी स्थापना गर्दा जुन किसिमको कठिनाइ थिए, अहिले त्यस्तो कठिनाइ नआओस् भनेर सम्बन्धित निकायसँग समन्वय गरिसकेका छौं । अर्थ र परराष्ट्रमन्त्रालयलगायत हाम्रा सरोकारवाला सबैसँग गत डिसेम्बरमा यस विषयमा एक चरणको छलफल भइसकेको छ । अहिले बनाउन लागिएको १० अर्बको कोष हो । साना लगानी भएका साथीहरुको पनि त्यसमा सहभागिता गराएका छौं । साना लगानीका लागि तत्काल निश्चित प्रतिशत सेयर छुटाइएको
More

जघन्य अपराधमा मेलमिलाप गर्न पाइँदैन : प्रन्या पराजुली

वीरगञ्ज । प्रधानन्यायाधीस गोपाल पराजुलीले जघन्य अपराध जस्ता घटनालाई मेलमिलापका नाममा टुंग्याउन नमिल्ने बताएका छन् । वीरगन्जमा बिहीबार सुरु भएको जननिर्वाचित प्रतिनिधि, अदालतका रजिष्टार, न्यायधीशहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानले जनप्रतिनिधिलाई नै सानातिना मुद्दा मिलाउने अधिकार दिएपनि जघन्य अपराधका आरोपीलाई कानूनी कठघरामा नै उभ्याउनुपर्ने बताएका हुन । प्रधानन्यायाधीस पराजुलीले अन्यायमा परेकालाई न्यायको महसुस गराउन नसकिए सर्वसाधारणहरुको जनप्रतिनिधि र न्यायालयप्रतिको विश्वास घटने कुरामा ध्यान दिएर न्याय सम्पादन गर्नुपर्ने बताए । प्रधानन्यायाधीस पराजुलीले कुनै एक दलको नभइ सबैको प्रतिनिधिको रुपमा न्याय सम्पादन गर्ने कार्यमा क्रियाशील हुन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह पनि गरे । कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश एवं न्यायमा पहुँच आयोग
More

भ्रातृत्व अभिवृद्धिका लागि आएकी : स्वराज

काठमाडौं । नेपालको दुईदिने भ्रमणका आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफू कुनै एजेन्डा बोकेर नेपाल नआएको बताएकी छन् । भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनले पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै आफू दुई देशबीच भ्रातृत्व विकासको लागि आएको बताइन् । पहिलो दिन आज उनले दुई महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने भएकी छिन् । विदेशमन्त्री स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान ९:३० बजे होटल सोल्टीमा गर्ने कार्यक्रम छ। नयाँ सरकार गठनअगाडि भारतीय पक्षबाट भएको उच्चस्तरको भ्रमणलाई महत्वका साथ हेरिएको छ । साँझ ६ बजे एमाले अध्यक्ष केपी ओली सहितका पार्टी पदाधिकारी र साँझ ८ बजे
More

बाम गठबन्धनले वर्तमान सरकारले गरेको सबै निर्णयको बिरोध गर्ने

भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठकले वर्तमान सरकारले गरेको सबै निर्णयको बिरोध गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले सरकारले गरेको सबै निर्णयको बिरोध गर्ने निर्णय गरेको हो । कामचलाउ सरकारले दुरगामी महत्व राख्ने निर्णय गरेको भन्दै विरोध गर्ने निर्णय भएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताबारे भएका प्रगतिबारे ब्रिफिङ गर्नु भएको छ । बैठकमा सुवासचन्द्र नेम्बाङ संयोजगत्वको वाम एकता कार्यदलले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको रिपोर्ट बुझाएको थियो । बैठकले मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रिपरिषद
More

भारतीय विदेशमन्त्री स्वराज-अभिवादन

भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि अभिवादन गर्दै । उहाँ विशेष विमानबाट अपराह्न काठमाडौँ आईपुग्नु भएको हो । तस्बिर : रमेश गिरी
More

लण्डनमा परोपकारी कविता कन्सर्ट, कवि नवराज पराजुलीले कविता वाचन गर्ने

बेलायतमा पहिलोपल्ट बृहत् रूपमा कविता कन्सर्टको आयोजना गरिने भएको छ । पछिल्लो समय लोकप्रिय र स्थापित नेपाली कलाकारदेखि नेपाल आइडलजस्ता नवकलाकारहरूको प्रस्तुति बेलायतमा आम बन्दै गए पनि एकल कवितावाचनलाई नै केन्द्र बनाएर हुन लागेको यो पहिलो कन्सर्ट हो । “नेपलिज ब्रिटिश कम्युनिटी युके (एनबीसी युके)”को आयोजनामा आगामी मार्च १० मा सम्पन्न हुने उक्त कन्सर्टमा ‘सेलिब्रिटी’ कवि नवराज पराजुलीले आफ्ना लोकप्रिय कविता वाचन गर्नेछन् । कार्यक्रमलाई ‘लण्डन कविता कन्सर्ट’ नाम दिइएको छ । कवि पराजुली प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित छन् । कार्यक्रमबारे जानकारी दिन गत बुधवार एनबीसी युकेले गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको संयोजन गरिरहेका रामशरण सिंखडाले च्यारिटीका रूपमा आयोजना हुने उक्त
More

रु ३३ लाखसहित छ जुवाडे पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार गणेशचोकस्थित नेपाल प्रहरीका भूतपूर्व असई भद्रबहादुर क्षेत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा रु छ लाख ४९ हजार ५६० नगद र रु २६ लाख ७५ हजारका चेकसहित उनीहरू पक्राउ परेका हुन् । प्रहरीले जुवाको खालबाट रु २६ लाख ७५ हजारको चेक पनि बरामद गरेको छ
More

महासमिति बैठक बोलाउन नेता कोइरालाको माग

विराटनगर । नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महासमितिको बैठक छिटो बोलाउन माग गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले व्यापक रुपमा विधानमा संशोधन, संघीय संरचनामा कसरी जाने, क्षेत्र र जिल्लाको अधिकारका साथै क्रियाशील सदस्यतालगायत विषयका साथै महाधिवेशनको तिथि तोक्नुपर्ने भएकाले महासमितिको बैठक आवश्यक रहेको स्पष्ट पार्नुभयो । लोक कल्याणकारी विचारले वृद्धभत्ता वितरणको आयु घटाइएको भए पनि राज्यले धान्न ‘सक्ने कि नसक्ने’ विषयमा विचार गरेर घोषणा गर्नुपर्ने भन्दै डा कोइरालाले यस प्रकारको निर्णयबाट आपूलाई पनि असजिलो महसुस भएको धारणा प्रकट गर्नुभयो । पार्टीको सभापतिको उम्मेदवार हुने विषयमा पत्रकारका प्रश्नमा
More

प्रदेशसभामध्येकै पहिलो बैठक हेटौँडामा सम्पन्न, सभामुखको निर्वाचन २७ गते

हेटौडा । प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य डोरमणि पौडेलले आज यहाँ बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे । छलफलमा भाग लिँदै नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
More

छिटफुट वर्षा र हिमपातको सम्भावना

काठमाडौं । उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ । उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारदेखि शुरु भएको यो प्रणाली अझै केही दिन जारी रहनेछ । तुवाँलोका कारण भिजिबिलिटी कम हुने हँुदा हवाई उड्डयनमा समस्या आउनाका साथै घाम कमजोर लाग्ने छ । यसैबीच देशको सुदूरपश्चिम भेगका कतिपय स्थानमा छिटफुट वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त क्षेत्रमा पश्चिमी वायुको
More

अध्यक्ष ओलीसँग स्वराजको भेट आजै, एमालेद्वारा रात्रिभोजको आयोजना

काठमाडौं । नेकपा एमालेले नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजको स्वागतमा आज रात्रीभोज गर्दैछ । राजधानीको सोल्टी होटलमा आज साँझ एमालेले रात्री भोज आयोजना गरेको हो । भोजमा एमालेले ३ सयभन्दा बढिलाई निम्ता गरिएको छ । रात्रिभोजमा विदेशमन्त्री स्वराज, विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार, नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी लगायत सहभागि हुनेछन् । भोज अघि एमाले अध्यक्ष केपी ओलीले स्वराजसँग सोल्टी होटलमै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा एमालेले स्वराजमार्फत भारतसँग सम्वन्ध सुधार गर्न चाहेको सन्देश दिन चाहेको बताइएको छ । साथै उसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक
More

पैसा पठाउँदा आईफोन उपहार

आइएमईका सीइओ सुमन पोखरेल रिया आइएमईमार्फत् अमेरिकाबाट पैसा पठाउँदा आइफोन एक्स प्राप्त गर्नु हुने भाग्यशाली विजेता हेमराज विसीलाई उपहार प्रदान गर्दै । यो योजना यही फेब्रअरी १५ सम्म कायम रहने आईएमइ समूहले जनाएको छ ।
More

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, चिनिया राजदूत दक्षिणी सीमामा

जनकपुर । नेपालका लागि चिनियाँ राजदूत यु होङले बाढी प्रभावित धनुषावासीलाई राहत वितरण गरेकी छन् । उनले धनुषा नगरपालिकामा पुगी १ सय ३० परिवारलाई राहत वितरण गरेकी हुन । चिनियाँ राजदूत राहत बाँड्न त्यसबेला तराई पुगेकी छन्, जुन बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने भ्रमणमा नेपाल आउँदै छिन् । राहत वितरण कार्यक्रममा राजदूत होङले बाढीले क्षति पुयाएका तराईका बाइस जिल्लामा चीन सरकारले सहयोग गर्न चाहेको बताइन । राहत वितरणका लागि राजदूत होङ बिहीबारसम्म जनकपुरमै रहने कार्यक्रम छ । राहतमा ऊनीको कपडा, कम्बल, खाना पकाउने भाँडा, झुल र स्टोभलगायत सामग्री रहेका छन् । चाइना एड र यूएनडीपीको सहयोगमा सीआईसी धनुषाले
More

यति एयरलाइन्सको यो कुन शैली हो ?

मलाई बुधवार काठमाडौंबाट भरतपुर जानु थियो । मैले यति एयरलाइन्समा एक दिनअघि नै समयको हिसाव मिलाएर दिउसो एक बजेको टिकट काटेँ । ‘नेपाली समय र नेपाली सेवा’ भन्ने सोच हामीमा अलि बढि नै भएकोले घरबाट एयरपोर्ट लाग्नुअघि आफ्नो एयरलाइन्सलाई जहाज समयमा उड्ने नउड्ने कन्फर्म गर्न फोन लगाएँ । फोनमा एउटी मधुर श्वरकी धनीले भनिन्, प्लेन समय मै उडदै छ ‘छिटै आइपुग्नु होला । नत्र प्लेन छुट्न सक्छ । हतार गर्दै एअरपोर्ट पुगे, बोर्डिङ् पास लिएँ । बोर्डिङ पास लिदैँ गर्दा काउन्टरमा बस्ने महिलाले प्लेन आधा घण्टा ढिलो उढ्ने जानकारी गराइन । जब म सेक्युरिटी भित्रको प्रतिक्षालय पुगेँ, त्यहाँको दृष्य कहालीलाग्दो
More

प्रदेश ३ बाट प्रदेशसभाको अधिवेशन आरम्भ

काठमाडौं । देश संघीय संरचनामा रुपान्तरण भएपछि प्रदेश ३ को प्रदेशसभा पहिलो बैठक बस्दै छ । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने र सभामुख चयनको प्रस्ताव राखिएको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नु हुनेछ । यसअघि हेटौडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यो पटक प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको हो । उहाँले प्रदेश प्रमुख अनुराधा कोइरालाले पहिलो प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनु हुनेछ । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजे पछि बोलाइएको छ । प्रदेशसभाको बैठकमा भाग लिन ३ नम्बर प्रदेशका १३
More

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपालको दुईदिने भ्रमणमा आउँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज काठमाडौं आउन लाग्नु भएको हो । उहाँको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत नेपाल आउँदै हुनुहुन्छ । भारत सरकारले गएको सोमबार मात्रै गोखलेलाई विदेशमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सचिव नियुक्त गरेको हो । टोलीमा सभावेश हुने कुटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको देखिएको छ । नेपालमा रहँदा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम छ ।
More

सांसदलाई धम्क्याएर दुई करोड माग्ने पक्राउ

पोखरा : प्रदेश सांसद बिन्दुकुमार थापालाई अपहरण गरी फिरौती असुल्न खोज्ने ४ जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको छ । निर्वाचनमा विजय भएलगत्तैदेखि मनोज पुनको नाम लिएर थापालाई धम्क्याउँदै दुई करोड रुपैयाँ असुल्न खोज्ने स्याङ्जाका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । बुटवलमा एमालेका २ जना युवा नेता हत्याको जिम्मेवारी लिएका मनोज पुनको नाम लिएर स्याङ्जा टक्सारका शंकर भनिने नलबहादुर गुरुङ, आशीष खड्कालगायतले सांसद थापासँग १ महिनादेखि पैसा मागिरहेका थिए । उनीहरूविरुद्ध बुधबार सांसद थापाले कास्की प्रहरीमा शरीर बन्धक तथा अपहरणसम्बन्धी आरोपसहित उजुरी दर्ता गराएका छन् । प्रहरी उजुरीमा उल्लेख मुद्दामा कास्की अदालतबाट थुनामा राख्ने समय मागी गुरुङलगायतमाथि अनुसन्धान थालिसकेको
More

फुलचोकीबाट हराएका जोनको सकुशल उद्दार गरियो

काठमाडौं । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ । उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनी घनाजंगलमा भेटिएका हुन् । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ । आलेले अनलाइनखबरसँग भने, ‘माथिबाट लडेको उनी झाडीमा अडि्कएका रहेछन् ।’ मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो । तर, नभेटिएपछि उद्धारकर्ताहरुको टोली बुधबार पनि विहान ११ बजेदेखि नै खटिएका थिए । फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । सुरूमा त जंगलको
More

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिलाको प्रयोग ;पाँचजनाविरद्ध लागुऔषध मुद्दा

पर्सा । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ। वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो। वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिए। उनले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हतपती चेक जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा महिलाको प्रयोेग गरिरहेको बताए। मकवानपुर जिल्लाको
More