Daily Archives 3rd February 2018

एनआरएन यूकेको काउन्सिल बैठक सेप्टेम्बर २९ मा

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले विधान अनुरुप हरेक दुई वर्षमा गर्ने काउन्सिल बैठक आगामी सेप्टेम्बर २९ तारिख, २०१८ शनिबार गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि सुरु हुने उक्त बैठकमा यूकेस्थित समस्त नेपाली संघसंस्थाका अध्यक्ष, उपाध्यक्ष, महासचिव वा दुईजना प्रतिनिधि सहभागी हुने एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघ संस्था समन्वय विभाग प्रमुख पुनम गुरुङले बताइन् । उक्त बैठक एनआरएनए यूकेको दुई वर्षे कार्यकालको सबैभन्दा महत्वपूर्ण भएको संघको ठहर छ । उक्त सभामा कुनै संस्था नछुटोस् भन्ने उद्देश्यले संघ संस्था समन्वय विभाग प्रमुख एवं एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङको अध्यक्षतामा संघ संस्था विभाग उपसमिति
More

सभास्थलमा प्रदेश सांसदहरु

प्रदेश नं. ७ को आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा हुने पहिलो प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा सभास्थलमा जम्मा भएका प्रदेश सांसदहरु । तस्वीर: शेरबहादुर सिंह
More

प्रदेशको मतदान स्थलमा उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्य तथा स्थानीय तह प्रमुख उपप्रमुखलाई जहाँ भएपनि राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ । कांग्रेसले स्वदेश तथा विदेश जहाँभए पनि २२ गतेभित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुन भनेको हो । साथै पार्टी र राष्ट्रियसभाका उम्मेदवारसँग निरन्तर सम्पर्कमा रहन र २४ गते अनिवार्य रुपमा पार्टीका उम्मेदवारलाई भोट हाल्न कांग्रेसले निर्देशन दिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस पार्टीको ‘ह्वीप’पालना गर्न निर्देशन गरिएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनयही माघ २४ गते सातओटै प्रदेशमा हुँदैछ ।
More

पूर्वयुवराज्ञी हिमानी शाहद्धारा बटुक भैरबमा पूजाअर्चना

ललितपुर । पूर्व युवराज्ञी हिमानी शाहले शनिवार ललितपुरको बटुक भैरबमा पूजाअर्चना गरेकी छिन् । दिउसो मन्दिर परिसरमा पुगेर उनले बटुक भैरवको दर्शन गर्नुका साथै मन्दिरमा दश महाविद्यापूजा गरेकी हुन । पूजाका क्रममा शाहले भैरव जगाउने पूजा गर्न पाउनु आफ्ना लागि सौभाग्यको कुरा भएको बताएकी छिन् । देशमा शान्ति र सम्बृद्धिको कामनासहित दश महाविद्या पूजा आयोजना गरिएको हो । हिमानी मन्दिरमा पूजाअर्चनाका लागि पुग्दा राजावादी संघसंस्थाका प्रतिनिधिले उनको पक्षमा नारावाजी समेत गरेका थिए ।
More

पशुपति महोत्सव आयोजना गरिने

काठमाडौं । युवा पुस्तालाई पशुपति क्षेत्रको महत्व बुझाउने उद्देश्यले यहाँ क्रियाशील १३६ संस्थाको सहकार्यमा पहिलोपटक पशुपति महोत्सव आयोजना गरिने भएको छ । फागुन ३० गतेदेखि चैत ६ गतेसम्म गरिने एक हप्ते कार्यक्रममा रुद्राभिषेक, ॐ एवम् राष्ट्रिय झण्डोत्तोलन, एकलाख एक शालिग्रामको पूजन, पशुपति क्षेत्रको प्राचीन सांस्कृतिक प्रदर्शनी लगायत कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका सचिव सागर थापाले जानकारी दिनुभयो । महोत्सवमा स्वदेश एवम् विदेशका लाखौँ धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । यस क्षेत्रमा मनाइँदै आएको प्राचार्य जात्राको अवसर पारेर महोत्सव आयोजना गर्न लागिएको आज आयोजित छलफल कार्यक्रममा सुनाइयो । प्राचार्य जात्रालाई नेपाल मण्डलकै पहिलो जात्रा मानिन्छ ।
More

प्रधानन्यायाधीश पराजुलीलाई कारबाही हुन्छ : प्रहरी प्रमुख अर्याल

दाङ । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीविरुद्ध बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको उजुरीका विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ र नागरिक समाज दाङले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रहरी प्रमुख अर्यालले प्रधानन्यायाधीसले ज्यान मार्ने धम्की दिएको भन्दै परेको उजुरीमा छानविन भैरहेको बताएका हुन । साना–ठुला सबैलाई कानून बराबर भएको भन्दै उनले उजुरी दर्ता भैसकेपछि प्रहरीले कानून अनुसार प्रक्रिया अघि बढाएको जानकारी दिए । पछिल्लो समयमा प्रहरी अधिकृतदेखि जवानसम्म विभिन्न अपराधिक घटनामा मुछिएकोमा असन्तुष्टि जनाउदै उनले दोषि सबैलाई कानून अनुसार कारवाही गर्ने प्रतिबद्धता समेत जनाए ।
More

एमालेले प्रदेश नं २ मा संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

महेन्द्रनगर । प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा ९एमाले०को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ । एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ । प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव
More

ज्योतिष हरिहर बने ब्रान्ड एम्बासाडर

ब्रिसबेन । अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा रहेको क्वीन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युट (क्यूआर्इआई) ले युवा ज्योतिष हरिहर अधिकारीलाई नेपालका लागि ब्रान्ड एम्बासाडर घोषणा गरेको छ । नेपालमा क्यूआर्इआईका विभिन्न कोर्स एवं संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच पुलको काम गर्ने उद्देश्यका साथ ज्योतिष हरिहरलाई आगामी एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासाडर नियुक्त गरेको हो । ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा, रहनसहन र अन्तर्राष्ट्रिय विद्यार्थीको जीवनबारे अध्ययन गरे । क्वीन्सल्यान्ड राज्य र यसका प्रमुख ठाउँ घुमेर यहाँको खानपान तथा रहनसहन एवं यस शैक्षिक संस्थाको बारेमा
More

राजपा संसदीय दलको नेता छान्दै

महेन्द्रनगर । प्रदेश २ को संसदीय दलका नेता छान्नका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक आज जनकपुरमा बस्दैछ । बैठकमा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित पाँचवटै सदस्य र राजपा नेपालबाट प्रत्यक्ष एंव सामानुपातिकतका प्रदेशसभा सदस्यसहित ३१ जनाको सहभागिता रहनेछ । आजै सर्वसम्मतबाट संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको राजपाका नेता प्रमोद साहले बताउनुभयो । साहका अनुसार भोलि प्रदेश २ को पहिलो बैठक बस्ने भएकाले संसदीय दलका नेता छान्नु नै आजको बैठकको मुख्य कार्यभार रहेको छ । बैठकमा संसदीय दलका नेताका लागि राजपाका जीतेन्द्र सोनल, नवल किशोर साह, मनिष सुमन र राम नरेश रायको नाम चर्चामा रहेका छन्
More

ब्रसेल्स मेलामा नेपालमण्डप मुख्य आकर्षण

काठमाडौं । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ । नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ । बेल्जियम–नेपालमैत्री संघसँगको सहकार्यमा नेपाली दूतावासको संयोजनमा नेपालको सांगीतिक समूह ‘द रक एण्ड सिद्धी’को रोमाञ्चक प्रस्तुतीले नेपालमण्डपलाई थप आकर्षक तुल्याएको थियो । स्थानीय कलाकारसहितको आजको सांगीतिक एवं प्रस्तुतिमा मेला अवलोकन गर्ने पाहुनाको मुख्य आकर्षण नै नेपालमण्डप बनेको छ । उक्त मण्डपमा नेपालको यात्रा गर्न चाहने युरोपेली नागरिकका
More