Daily Archives 5th February 2018

एनआरएन यूकेले नर्दन आयरल्याण्डमा शाखा खोल्ने

लण्डन । गैरआवासीय नेपाली संघ युकेले नर्दन आयरल्याण्डमा शाखा विस्तार गर्ने भएको छ । एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार आगामी आइतवार त्यहाँ आयोजना हुने एक भेलाले शाखा गठन गर्न लागेको हो । गैरआवासीय नेपाली संघ युकेको राज्यसमिति अन्तरर्गतको समितिका संयोजक ललीत न्यौपानेका अनुसार नेपाली समूदायको विषेश उपस्थितीमा एक स्वागत तथा सम्मान कार्यक्रम समेतको आयोजना गरिने छ । सो कार्यक्रममा सहभागिता जनाउन गैरआवासीय नेपाली संघ युकेको टोली त्यस तर्फ जाने तयारी गरेको छ । टोलीमा एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, एनआरएनएका उपाध्यक्ष कुल आचार्य, उपाध्यक्षहरु पुनम गुरुङ, सुसिला राई, प्रेम घा मगर, महासचिव राजकुमार त्रिपाठी, उपहासचिव विनय अधिकारी, कोषाध्यक्ष
More

नेपाली रेस्टुरेंटमा भाँडा माझ्दै युरोपियनहरू

लन्डन । बेलायतका अधिकांश रेष्टुरेन्टको कमाइ शुक्रबार र शनिबार हुन्छ । ग्रेसरमा रहेको बेलिफ रेष्टुरेन्टका मालिक विष्णु खरेललाई विकेन्ड आउँन लाग्दा चिन्ताले सताउँछ । रेष्टुरेन्ट व्यस्त रहने दिन कामदार हिड्दिने हुनकी भन्ने चिन्ताले उनको मनमा स्थिर हुँदैन । किचेनमा काम गर्ने मजदुरको पारिश्रमिक हुवात्तै बढेको छ । उनीले कामको चिन्ता गर्दैनन् । उनीहरुमा खुट्टा भए जुत्ता जति पाइन्छ भन्ने मानसिकता छ । त्यही मानसिकताले गर्दा उनीहरु जुनसुकै बेला काम छाड्न सक्छन् । खरेलका अनुसार अहिले मालिकभन्दा मजदुर बलिया र सुरक्षित छन् । खरेलले भने, ‘अहिले नेपालीले रेष्टुरेस्टमा भाँडा माज्दैनन् । अधिकांश नेपालीले आफ्नो जीवन सहज पार्न रेष्टुरेन्टको विकल्पमा सुपरमार्केट, वज
More

सात वटै प्रदेशको पहिलो बैठक सम्पन्न

काठमाडौ । सातवटै प्रदेशमा ऐतिहासिक पहिलो बैठक सम्पन्न भएका छन् । फरक–फरक दिनमा प्रदेश सभाको बैठक बसेपनि सबै प्रदेशसभाले सभामुख निर्वाचनको मिति तय गर्दै पहिलो बैठकबाट प्रदेशसभाले अन्तरिम कार्यविधि पारित गरेका छन् । प्रदेश नम्बर एकको पहिलो प्रदेश सभा बैठक सोमबार विराटनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा भएको बैठकले सभामुख निर्वाचन मिति माघ उनान्तिस गतेलाई तय गरेको छ । पहिलो बैठकमा धारणा राख्ने सांसदले विकास निर्माणको एजेन्डालाई प्राथमिकतामा राख्दै अन्य प्रदेश भन्दा राम्रो बताउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य मधेसवादी दलका सांसदहरुले अबको ध्यान प्रदेशको समृद्धितर्फ केन्द्रित
More

मर्यादापालक

प्रदेश नं ४ को पोखरामा आयोजित प्रथम प्रदेशसभा बैठकको सुरक्षार्थ खटिएका मर्यादापालक । तस्विरः वासुदेव पौडेल
More

चिकित्सा शिक्षा आयोगका लागि नाम सिफारिस गर्ने जिम्मेबारी लोकसेवालाई

काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई पुर्णता दिन लोकसेवा आयोगलाई नाम सिफारिसको जिम्मेबारी दिइएको छ । आज बालुवाटारमा बसेको आयोगका पदेन सदस्यहरुको पहिलो बैठकले आयोगलाई पुर्णता दिने निर्णय गर्दै आयोगका उपाध्यक्ष र पदेन बाहेकका सदस्यको नाम सिफारिसको जिम्मेबारी लोकसेवा आयोगलाई दिएको हो । चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री शेरवहादुर देउवाको संयोजकत्वमा बसेको बैठकले आयोगको कार्यालय तत्काल शिक्षा मन्त्रालयमा राख्ने निर्णय पनि गरेको छ । आयोगको कार्यकारी अधिकार उपाध्यक्षमा रहने व्यवस्था छ । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न तीन सदस्यीय समिति बनाइएको थियो । चिकित्सा शिक्षा अध्यादेशमा चिकित्सा शिक्षामा विशिष्ट योगदान पुयाएका चिकित्सकहरु मध्येबाट सरकारले उपाध्यक्ष नियुक्ती गर्ने व्यवस्था छ
More

टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक आम्दानी वृद्धि हुँदै गएको छ । कम्पनीले आव २०७३-०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढी हो । आव २०७२-०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको कम्पनीको १४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो । यसैगरी, कम्पनीको खुद नाफामा १३ दशमलव ४२ प्रतिशतले वृद्धि भई आव २०७३-०७४ मा रु १५ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७३÷०७४ मा रु १०२ दशमलव ४९ पुगेको छ । यसवर्ष कम्पनीकै इतिहासमा
More

द्वन्द्वमा मारिएका सुरक्षाकर्मी र कर्मचारी शहीद घोषणा

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल सकिएकाले एक वर्ष म्यद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । सूचना तथा सञ्चारमन्त्री बस्नेतले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय गरेको पनि बताउनुभयो ।
More

बायोमेडिकल राज्यले चिनेन

ई.भावना बराल, बायो मेडिकल उपचार विधि प्रविधिको सहयोगबिना सम्भव हुँदैन । प्रविधिको सहयोगले डाक्टरले रोग पत्ता लगाएपछि उपचार गर्छन् । डाक्टरले उपयोग गर्ने प्रविधिलाई बायोमेडिकल इन्जिनियरिङ भनिन्छ । बायोमेडिकल विषयमा इन्जिनियरिङ गरेकी भावना बराल प्रविधिबिना उपचार कल्पना पनि गर्न नसकिने बताउँछिन् । यस्तो महत्वपूर्ण विषय बायोमेडिकललाई राज्यले कसरी हेरेको छ भन्ने बारेमा बरालसँग कुमार राउतले गरेको कुराकानी ः ० बायोमेडिकल इन्जिनियरलाई कसरी बुझ्ने ? – यसको क्षेत्र व्यापक छ, त्यसैले यहाँ दुई शब्दमा भन्दा न्याय नहोला । तर सामान्य भाषामा भन्दा उपचारमा डाक्टरलाई सहयोग पु¥याउने मेसिनरी उपकरणको निर्माण, सञ्चालन र मानिसमा प्रयोग गरिने कृत्रिम अंगको निर्माणलगायतलाई बुझ्दा हुन्छ । विरामीको
More

पहिरोमा परी दुईजनाको मृत्यु

अछाम । मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर नन्द विष्टसमेत घाइते भएकाले उपचारका लागि स्थानीय बयलपाटा अस्पतालमा पठाइएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
More

प्रदेश नं १ मा एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने

मोरङ । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । संसदीय दलको नेता चयनका लागि माघ २६ गते संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने निर्णय भएको हो । प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य
More

पूर्वराजा ज्ञानेन्द्र शाह उडिसा प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जाँदैछन । झन्डै दुई साताको धार्मिक र सदभाव यात्रामा शाह आज अपरान्ह भारतको उडिसा जान लागेका हुन । पूर्वराजा शाह एयर इन्डियाको विमानद्वारा कोलकाता हुँदै भुवनेश्वर प्रस्थान गर्ने उनको निजि सचिवालयले जानकारी दिएको छ । शाहले उडिसास्थित पुरी मठका जगतगुरु शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औँ वर्षका अवसरमा आयोजित विभिन्न समारोहमा विशेष अतिथिको रुपमा सहभागिता जनाउने कार्यक्रम छ । सो क्रममा पूर्वराजाले गौशालाको उदघाटनका साथै उडिसास्थित जगन्नाथ पुरी, लिंगराज मन्दिर आदिमा पूजा गर्ने कार्यक्रम छ । शाहलाई उडिसास्थित पुरी मठमा नागरिक अभिनन्दन गरिने कार्यक्रम छ । पूर्व राजा शाह करिव दुई साता
More

८० प्रतिशत जनता हिन्दु राष्ट्र कै पक्षमा : थापा

बारा । बाराको कलैयामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उपप्रधान मन्त्री कमल थापाले वास्तवमा नेपाली जनताले हिन्दु राष्ट्र नहोस भन्ने चाहना राखेको हैन अहिले पनि जनमत संग्रह गर्ने हो भने ८० प्रतिशत जनताले हिन्दु राष्ट्र कै पक्षमै भोट हाल्ने बताएका छन । स्पष्ट रुपमा नेपाली जनताले वाम गढबन्धनलाई सरकार बनाउन मुख्य मतादेश दिएका छन । यसपालिको चुनावमा वाम गठबन्धन र लाकतान्त्रिक गठबन्धन विचमा साझो प्रतिस्पर्धा थियो तर बाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धन अत्यन्तै कमजोर रुपमा देखा परेको समेत बताए । वाम गढबन्धनले सरकार बनाउने मैन्डेट प्राप्त गरेकोले जिम्मेवार पार्टीको नेताको हैसियताबाट प्रजातन्त्रको मुल्य मान्यता अनुसार वाम गढबन्धनले नै सरकार बनाउने
More

भैरवस्थान जाने तीर्थयात्रीको लागि आकासे पानी सङ्कलन

उच्च पहाडमा रहेको भैरवस्थान मन्दिरको लागि आकासे पानी संकलन गरी खानेपानीको व्यवस्थापन हुने भएको छ । जिल्लाको महत्वपुर्ण धार्मिक पर्यटकीय स्थल भैरवस्थानमा खानेपानीको चरम अभाव छ । उच्च पहाडमा रहेको मन्दिरमा आसपासमा पानीका मुहान नरहेको र मन्दिरभन्दा उचाई रहेको भाग निकै टाढा रहेकाले मन्दिर पुग्ने दर्शनार्थीले पानीको समस्या भोग्दै आएका छन् । नजिकैका साना–साना मुहान बर्षातको समयमा पानी हुने र हिउँदको समयमा सुक्ने भएकाले मन्दिर लगायत मन्दिरको आसपासको बस्तीका लागि आकाशे पानी संकलन गरेर खानेपानीको व्यवस्थापन गर्न लागिएको हो । अमलाचौर बर्षातको पानी संकलन आयोजनामार्फत मन्दिर तथा आसपासका बस्तीहरुमा खानेपानीको प्रबन्ध मिलाउन लागिएको खानेपानी डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
More

प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दै

विराटनगर : बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्। मर्यादापालक आआफ्नो स्थानमा एकै लहरमा उभिएका छन्। बाहिर र भित्र पनि उनीहरूको बाक्लो उपस्थिति छ।प्रदेश १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरागवी सभामुखको सचिवालयबाट पश्चिमतर्फको प्रदेशसभा हलतर्फ बढे। मुख्य द्वारमा खटिएका मर्यादापालक सरागवीको आगमनसँगै सतर्क भए। सरागवी हलको दायाँ भागबाट सोझै सभामुखको टेबल भएतर्फ उक्लिए। उनी त्यहाँ रहेको अग्लो कुर्सीमा बसे अनि पहिलो प्रदेशसभा अधिवेशन सुरु भएको घोषणा गरे। त्यसपछि आरम्भ भयो प्रदेशसभाको कारबाही। उनले प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त सन्देश पढेर सुनाए। प्रदेशसभाको पहिलो बैठकले पारित गर्नुपर्ने कार्यविधि, सभामुख÷उपसभामुखको निर्वाचन कार्यतालिका र सभामुखलाई सघाउने अध्यक्षमण्डलको नामावली पारित गर्न सदस्यसँग पक्ष
More

प्रेमिकाको हत्या गरी कालीगण्डकीमा फाल्ने युवक पक्राउ

पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन्। पर्वत जिल्लाको बिहादी गाउँपालिका-२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका-८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए। तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो। माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन्। पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साबिती बयान दिएका थिए। उनले कमलासँग आफूले शारीरिक सम्बन्ध राखेको र गर्भ
More

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो । माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन् । पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साबिती बयान दिएका थिए । उनले कमलासँग
More

फोरमद्वारा प्रदेश नं २ को संसदीय दलको नेतामा राउत चयन

संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् । जनकपुरमा शनिबारदेखि बसेको फोरमको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राति राउतलाई दलको नेतामा चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए । नेतृत्वले सहमतिको प्रयास गर्दै जाँदा
More

पत्याउनै नसकिने घटना टिकाथलीमा

सरु पौडेल , काठमाण्डौ -ललितपुरको टिकाथलीको एक घरमा विगत एक महिनादेखि दिउँसै तर्साउने , कप फुटाउने,इटा फुटाउने , धान चामल छरिदिने जस्ता क्रियाकलाप गरेर हैरान पारेको छ । त्यस घरमा कोठामा बस्ने सबैजना डरले भागिसकेका छन् । एक्काइसौँ शताब्दीमा भुत प्रेतमा विश्वास गर्ने एकदमै कम हुन्छन् तर यस घरमा घरमूलीको मृत्यु भएको एक वर्षको दिनदेखि तर्साउने ,कप फुटाउने ,टिभि फुटाउने जस्ता क्रियाकलापहरु भइरहेका छन् । घरबेटीले पत्रकार रवि लामिछानेलाई खबर गरेपछि पत्रकार रवि लामिछानेको टिम त्यहाँ गएर घटनाको बारेमा बुझेपछि टिभि फुटेको त्यस घरकी छोरी अञ्जना उपाध्यायले जनाएकी छिन् । छायाजस्तो केही आउने र उसले छोएपछि सामान पल्टिने फुट्ने हुने
More

चीनले दियो अमेरिकालाई‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी

एजेन्सी । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ। अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो। चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग गर्न निकै ठूला भएको भन्दै नयाँ स–साना परमाणु हतियार विकास गर्ने योजना सार्वजनिक गरेको हो । रूसले भने अमेरिकी योजनाको यसअघि नै विरोध गरिसकेको छ । अमेरिकाले चीन, रूस, उत्तर कोरिया र इरान आफ्नो सुरक्षा खतराका रूपमा रहेको औंल्याउँदै साना हतियारको आवश्यकता भएको जनाउँदै आएको छ ।
More

तीन महिने बालिका उखुबारीमा

बर्दिबास । उखुबारीमा फालिएकी तीन महिने बालिकालाई महोत्तरीको औरही नगरपालिका-१ बाट प्रहरीले उद्धार गरेको छ। उखुबारीमा साँझको समयमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेको हो। बर्दिबास-औरही-जलेश्वर सडकखण्ड अन्र्तगत औरहीको सरस्वती आयल सेन्टर भन्दा एक सय मिटर दक्षिण सडक भन्दा करिब ५० मिटर भित्रको उखुबारीबाट बालिकालाई प्रहरीले उद्धार गरेको हो। प्रहरी गस्तीको क्रममा उखुबारीमा बालिका रोइरहेको सुनेपछी औरही प्रहरी चौकीका असई टलक भण्डारीको टोलीले उद्धार गरेको हो। प्रहरीले बच्चाको स्वास्थ्य परीक्षणपछि स्थानीय इन्सुफ लहरीलाई तत्कालका लागि दुधदानी खरिद गरेर रेखदेखको लागि जिम्मा दिएको छ। बच्चा कसरी उखु बारीमा पुग्यो भन्ने बारे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश मल्ले जानकारी दिए।
More