Daily Archives 6th February 2018

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसद गरी २०५६ जना मतदाताले मतदान गर्नेछन् । संविधानको धारा ८६ को उपधारा २ र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ को दफा ३ को १ अनुसार निर्वाचनकमन्डलले दिएको मतको आधारमा एकल संक्रमणीय मतप्रणाली र बहुमतीय प्रणालीबाट प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना राष्ट्रियसभा सदस्यहरु निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा ३ महिला, एक
More

‘सुमार्गीको सवा २ अर्ब रुपैयाँ चाहेको बेला निकाल्न देउ’

काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब सवा २ अर्ब रुपैयाँ चाहेको बेला निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन आदेश जारी गरेको हो । पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो । उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का गर्न भन्दै
More

‘कर्णाली सुनको डल्ला हो, कालिगढको आवश्यक छ’

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेकपा (एमाले) र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताउनुभयो । प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ ।” नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन, उहाँले भन्नुभयो – “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले
More

महिला अधिकारकर्मीहरुले बलात्कार घटनाका दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग

काठमाडौं। महिला अधिकारकर्मीहरुले बलात्कार एवम् यौनजन्य हिंसाका घटनाका दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन्। महिला अधिकारकर्मीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग सामूहिक भेटगरी देशका विभिन्न भागमा महिलामाथि भइरहेका बलात्कार तथा यौनजन्य हिंसाका दोषीलाई पक्राउ गरी कार्वाही गर्न प्रहरी प्रशासन तत्पर नदेखिएको भन्दै आपत्ति पनि जनाएका छन्। महिलामाथि बलात्कार तथा यौनजन्य हिंसा गर्नेमाथि कडाभन्दा कडा कार्वाही गर्न प्रधानमन्त्रीसँग माग गरिएको महिला सुरक्षा दवाव समूहकी अध्यक्ष सावित्री थापाले जानकारी दिइन्। उनले महिलालाई सुरक्षा दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु परेको उल्लेख गरिन्। महिला अधिकारीकर्मीले ललितपुरमा ३ महिना अघि सामूहिक बलात्कार गरेको आरोप पक्राउ परेकालाई पनि अदालतले साधारण तारेकमा छाडिदिएकोमा पनि आपत्ति जनाएका
More

बेलायती राज्यमन्त्री दम्पतिको नेपाल भ्रमण

काठमाडौं । संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टर र उहाँकी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री श्रीमती क्यारोलाइन डाइननेग नेपालको साताव्यापी भ्रमणका लागि आगामी बिहीबार यहाँ आउनु हुने भएको छ । यही माघ २५ देखि फागुन २ गतेसम्म हुने भ्रमणका क्रममा उहाँहरुले नेपाल सरकारका वरिष्ठ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
More

नमूना बस्ती

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार साँचो हस्तान्तरण गर्नुभएको कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर । तस्वीर: उत्तमकुमार उपाध्याय
More

प्रदेश नं १ मा एमालेबाट संसदीय दलको नेता बन्न तीनजनाको दाबी

विराटनगर । नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो । सो पार्टीको विधानअनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ । प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा १४ जिल्ला पर्छ । यसैबीच प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति
More

राष्ट्रपतिबाट एकीकृत नमूना बस्ती हस्तान्तरण

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ, यो एकदमै अतुलनीय छ” । प्रदेश नंं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । फाउण्डेशनले बस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि
More

मुख्यमन्त्री छान्न माओवादीलाई सकस

सुर्खेत । प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा दाबी गरिरहेका जुम्ला (क) का सांसद नरेश भण्डारी र कालीकोट (ख) का सांसद महेन्द्रबहादुर शाहीबीच निकै रस्साकस्सी चलिरहेको छ । दुवै संसद्हरुले मुख्यमन्त्रीका लागि आफ्नो अडानबाट पछि नहटेपछि छनोट प्रक्रिया लम्बिएको पूर्व गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताउनुभयो । “राष्ट्रियसभाको निर्वाचन आउन एक दिनमात्रै बाँकी रहेकाले आजभोलि नै मुख्यमन्त्रीको टुङ्गो नलाग्ने र निर्वाचनलगत्तै छनोट प्रक्रिया अघि बढ्छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीको टुङ्गो सहमतिबाटै लगाउने र त्यसका लागि भरमग्दुर प्रयास भइरहेको उहाँको भनाइ
More

राजेशपायलको भ्यालेनटाइन गीत ‘तिमीलाई नसम्झिने त…’ (भिडियो)

काठमाडौं । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायले राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित गरेर ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक गरिएको हो । बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोलाई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका राधाकृष्ण आचार्यल निर्देशन गरेका हुन् । ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ गीतको यस भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । यस प्रेमभाव गीतको भिडियो निकै मार्मिक बनेको छ । प्रेम गर्ने प्रेमी–प्रेमिका लागि लक्षित यो गीत राजेशपायलले गाएको पछिल्लो प्रेमभाव युक्त गीत हो
More