Daily Archives 9th February 2018

जापान भ्रमणमा रहेको नेपाली टोली र एनआरएनए बिच छलफल

टोकियो । जापान पुगेको नेपाली टोली र गैर आवासीय नेपाली संघ (एनआरएनए) बिच छलफल भएको छ । जनवरी २८ तारिखमा जापानको टोकियोमा आयोजित ‘नेवाः फूड फेस्टिवल २०१८’ मा सहभागी हुन जापान पुगेका नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य एवंम सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष निरञ्जन रत्न शाक्य तथा एकीकृत वस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनको टोलीले गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टसंग भेटघाट गरेको हो । भेटघाटका क्रममा भएको छलफलमा नेपालमा गएको भूकम्पपछि काठमाण्डौंका पुराना वस्तीहरु अत्यन्त नाजूक स्थितीमा रहेको र उक्त पुरानो वस्तीलाई व्यवस्थित गरि परम्परागत नेवार शैलीमा पुनःनिर्माण गर्न लागेको
More

बालबालिकालाई इन्टरनेटको खतराबाट यसरी बचाउनुस्

जगन कार्की । लण्डन — बेलायतमा गत महिना एउटा रोबोलोक्स भन्ने मोबाइल एप्सबाट बालबालिकाहरुलाई इच्छा अनुसार गेम बनाउन मिल्ने सामाजिक सञ्जाल जस्तो साइटमा कयौं बालबालिकाहरुलाई अञ्जान व्यक्तिहरुका फ्रेन्ड रिक्वेस्ट आउने र कार्टुनको भर्चुअल दुनियाँमा बिबिध अनियन्त्रित गतिबिधि हुने गरेको खबर संगै एप्स र सामाजिक सञ्जालको सुरक्षा सम्बन्धि खतरा बढेका खबरहरु सुनिन थालेका छन् । आजका बालबालिकाहरु सूचना र जानकारीको सागररुपी डिजिटल युगमा जन्म लिएका छन् । यिनीहरुका सामु अथाह सूचना, जानकारी र यसलाई हासिल गर्ने स्रोत र साधनहरु बिद्यमान छन्, त्यसका बाबजुद सुरक्षित रुपमा भरपर्दो र उचित मनोरञ्जोन, अद्ययनका सामग्री फेला पार्न भने चुनौतीको बिषय बन्दै गएको छ । कयौं
More

स्पेन नेपालमा राजदूतावास खोल्न सकारात्मक

स्पेन । स्पेनका पदाधिकारी नेपालमा स्पेनको राजदूतावास खोल्न सकारात्मक देखिएका छन् । स्पेनका लागि नेपाली राजदूतसँगको छलफलमा यहाँका पदाधिकारी सकारात्मक देखिएका हुन । पररास्ट्र मन्त्रालय स्पेनका एसिया, उत्तर अमेरिका तथा प्यासिफिक क्षेत्र हेर्ने महानिर्देशक फिडेल सेन्दागोर्ताले नेपाली राजदुत भरत बहादुर रायमाझीसँगको भेटघाटको क्रममा सो कुराको आश्वासन दिएका हुन । एनआरएन युरोपका उप सयोजक तथा नेपाल टुरिजम बोर्डका स्पेन प्रतिनिधि एकराज गिरीका अनुसार स्पेन राजदुतावास नेपालमा स्थापना गर्न गरिएको आग्रहहमा महानिर्देशक सेन्दागोर्ताले आर्थिक मन्दीका कारण नयाँ राजदुतावास खोल्न नसकिएको र नयाँ राजदूतावास खोल्ने निर्णयसँगै नेपाललाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए ।
More

के एनआरएन यूकेले जनअपेक्षा पुरा गर्ला ?

धर्मराज अधिकारी । विश्वका ७७ भन्दा बढि देशमा सञ्जाल फैलिएको गैर आवासीय नेपाली संघको न्वारन आजभन्दा पन्ध्रबर्ष अघि बेलायतमा भएको थियो । स्थापनाकालदेखि यो पन्ध्रबर्षको अबधिमा एनआरएनले धेरै उकाली ओराली मात्र पार गरेको छैन, यसलाई स्वदेशबाट हेर्ने दृष्टिकोणपनि फरक-फरक छ । एनआरएनलाई जनताको संस्थाभन्दापनि नव धनाढ्यहरुको क्लवको रुपमा धेरैले चित्रित गरेका छन् । केहि हदसम्म यसमा सत्यता पनि छ, तर पछिल्लो पटक संस्थाप्रति देखिएको जनचासोलाई मात्र हेर्ने हो भने पनि पहिलो पुस्ताका नेपालीहरुले यसलाई आफ्नो संस्थाको रुपमा हेर्न थालेका छन् । सन् २००३ मा स्थापना भएको एनआरएनए युके २०१८को शुरुवातसंगै ईंङ्ल्याण्ड बाहिर जाने प्रयत्न गर्दैछ । यो १४ बर्षको अबधिमा
More

हत्याका दोषी गुरुङलाई भारतबाट नेपाल ल्याइयो

काठमाडौं । एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो । घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो । सो अदालतको
More

शारीरिक सम्पर्क गर्न नमान्दा श्रीमति कुट्ने पक्राउ

काठमाडौं । आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानूनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी
More

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा राष्ट्रपतिलाई आइतबार बुझाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ । आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित हुनुभएको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो । उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली काँग्रेसका ६, माओवादी केन्द्रको तीनजना महिला र अर्का एक दलका एकजना निर्वाचित हुनुभएको छ
More

छुल्ठिम सङ्ग “तिमीले सुनेउ र के” भन्दै समिर {भिडियो रिलिज}

काठमाडौं । नेपाली मोडलङ्गको दुनियामा नयाँ मोडल उदय भएको छ । आफ्नो पहिलो भिडियोबाट निकै सन्तुस्ट भएका मोडल समिर तामाङ्ग अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्र कि चर्चित नायिका छुल्ठिम गुरुङगसंग स्क्रिन सेर गरेका समिर भन्छन मेरो पहिलो कोसिस निकै सफल भएको मैले महसुस गरेको छु । निर्देशक फराज अर्पणको शब्द संगीतमा सजिएको गीतमा डेभिड शखंरको आवाज रहेको छ । निर्देशक फराज अर्पण कै निर्देशन रहेको भिडियो लाई सँगस नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । मैले म्युजिक भिडियो अभिनय गर्ने सोच गर्दै थिए त्यतीकैमा फराजजी संग भेट भयो र वहाले नै छुल्ठिमजी संग भिडियो
More

राष्ट्रियसभामा को–कसको नाम सिफारिस हुँदैछ ?

काठमाडौं । सरकारले राष्ट्रियसभाका ३ सदस्य मनोनयनको गृहकार्य सुरु गरेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित हुने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संबैधानिक व्यवस्था छ । बुधवार भएको निर्वाचनबाट ५६ सदस्य निर्वाचित भएपछि सरकारले तीन जनाको मनोनयन गर्ने तयारी थालेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पनि सिफारिस गरिने ३ जनाबारे छलफल अगाडि बढाइसकेको र केही दिनमै राष्ट्रपतिलाई पत्राचार गरिने जनाएको छ । सरकारको तयारीअनुसार एक महिलासहित २ जना पुरुषलाई राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइने भएको छ । महिलामा कमला पन्त वा अमुदा जोशीमध्ये एकजनालाई पठाउने तयारी भएको छ भने नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेल
More

बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप

काठमाडौं । बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन । रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएपछि कम्पनीले संस्थागत रुपमा नै लगानी गर्न पाउने व्यवस्था गरिएको हो । कम्पनीले आज एक सूचनामार्फत संस्थागत लगानीकर्तालाई एफपिओ बिक्री गर्ने जानकारी दिएको हो । कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका
More