Daily Archives 10th February 2018

बेलायती प्रधानमन्त्री मेले दिइन् नेपाली उम्मेदवारलाई शुभकामना

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मे लण्डनमा स्थानीय निकायको चुनाव लड्दै गरेका एक नेपालीको चुनावी अभियानमा सामेल भएकी छन् । लण्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर उम्मेदवार लक्ष्य गुरुङलाई प्रधानमन्त्री मेले विजयको लागि शुभकामना दिदैं उनको प्रचारमा समेत सहभागी बनेकी हुन् । मेले गुरुङसंग चुनावी अभियान कसरी अघि बढ्दैछ भन्ने जिज्ञाषा राखेकी थिइन् । शनिबार बिहान आफ्नो पार्टीको चुनावी अभियानबारे बुझ्न प्रधानमन्त्री लण्डनकोे बार्नेट काउन्सिलमा पुगेकी थिइन् । सोहि काउन्सिलको हेल वार्डबाट गुरुङ कञ्जरभेटिभ पार्टीका उम्मेदवार हुन् ।
More

युएई आउन प्रहरी रिपोर्ट अनिवार्य

रामकुमार परियार । युएई सरकारले रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम लागू गरेको छ। मध्यपूर्वको विकसित राष्ट्र युएईले नागरिक र समुदायलाई शतप्रतिशत सुरक्षा र शान्तीको प्रत्याभुत गर्न यस्तो नियम लागू गरेको युएईबाट प्रकाशित हुने पत्रीका खालिज टाईम्सले जनाएको छ। यो नियम लागु भए संगै अब युएईमा रोजगार अनुमती प्राप्त गर्न असल चरित्र भएको प्रहरी रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ। यसका लागि रोजगारीका लागि आउन चाहने व्यक्तिले संबंधित देशको प्रहरीबाट असल चरीत्र र व्यवहार प्रमाणित गरिएको शिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने छ। अन्य मुलुकमा ५ वर्ष देखि नियमित बसिरहेका व्यक्तीले युएई आउन
More

एनआरएनए यूकेको टोली बेल्फास्टमा

बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको टोलीलाई नर्दन आयरल्याण्ड स्वागत गरिएको छ । नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरे, अब्डन आचार्य, खगराज कँडेललगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे । बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य समन्वय परिषद गठन गर्न लागिएको छ । एनआरएन यूकेका महासचिव आर के त्रिपाठी नेतृत्वको टोली अहिले बेलफास्टमा आइपुगेको छ । टोलीमा एनआरएन यूकेका उपाध्यक्ष, ललित न्यौपाने महासचिव आरके त्रिपाठी, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सल्लाहकार नरेन्द्र कँडेल, खेम पौडेल प्रभू न्यौपानेलगायत छन् । कार्यक्रमका लागि एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी नेतृत्वको टोली आइतबार नर्दन आयरल्याण्ड आउने कार्यक्रम
More

ग्लोवल पोलिसी फोरमले नेपालको गुणात्मक शिक्षामा सहयोग गर्ने

लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्ने भएको छ । फोरमले आगामी साता (२३ -२४ फेब्रुअरीमा) काठमाडौंमा हुने नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्धानहरु बोलाइ उनीहरुका देशको अनुभवबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तरक्रिया गर्ने भएको छ । नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्च शिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरत प्राध्यापक उपेन्द्र आचार्य
More

सरकार संविधान कार्यान्वयनमा सफल : प्रम देउवा

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताउनुभएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रसेका सभापति एवं प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी सङ्घीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो । उपप्रधान
More

देशको हित नहुने भयो भन्ने लागे अर्को फड्को : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको छ । महाबौद्ध गुम्बा, तीनखोलेको समुद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले देशलाई अप्ठ्यारो पर्न लाग्यो भने कुनै उपाय निकालेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भयो भन्ने लाग्यो भने मैले अर्को फड्को हान्न बेरै लाग्दैन ।” उहाँले अगाडि थप्नुभयो, “अब प्रचण्ड भनेकै त्यही भइसक्यो । माओवादी भनेकै त्यही भइसक्यो । अप्ठ्यारो पर्न लाग्यो भने कुनै न कुनै उपाय निकालेर अगाडि बढ्ने ।” उहाँले बुद्ध धर्मको संरक्षण गर्न अधिकार सम्पन्न प्राधिकरण आवश्यक भएको बताउनुभयो । गुम्बा
More

राजपा र फोरमबिच सहमति, राजपाले सभामुख र तीन मन्त्रालय लिने

काठमाडौ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच सहमति भएको छ । फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभामुख सहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ । फोरम नेपालले , समाजिक सुरक्षा र कृषि मन्त्रालय सहित तीन मन्त्रालय पाएको छ भने राजपा नेपालले भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी तीन मन्त्रालय पाएको छ । फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा यी दुई दलको बीचमा छलफल भएको थियो । यसअघि माघ २३ गते जनकपुरमा यी दुई दलको बीचमा भएको छलफल भएको थियो । सो छलफलमा राजपा नेपालले तीन बुँदे प्रस्ताव राखेको थियो ।
More

राजदूत पुरीसँग नेपाली कलाकार

फिल्मी क्षेत्रको तालिमको लागि भारत जान लागेका नेपाली फिल्मी तथा नाटकका कलाकारहरुका साथमा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी भारतीय राजदूतावासमा । तस्बिर : रत्न श्रेष्ठ
More

किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

मलेखु । शनिबार बिहान धादिङको सलाङघाटमा भएको दुर्घटनामा थप एक किशोरीको शव निकालिएको छ । सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो । टुचिनको सहायताले निकालिएको जिपभित्र किशोरीको शव भेटिएको थियो । सशस्त्र प्रहरी, कुरिनटारबाट गोताखोरको टोलीले पानीभित्र पसेर शब निकाल्ने र गाडी बाँध्ने काम गरिरहेका बेला उद्धारमा खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चपाँई गम्भीर घाइते भएका थिए । उनलाई अन्य गोताखोरको टोलीले उद्धार गरी सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडाँैस्थित नेपाली सेनाको अस्पतालमा लगिएको प्रहरी निरिक्षक तिमल्सिनाले बताउनुभयो ।
More

मिनिसोको शाखा चितवनमा

भरतपुर । जापानिज ब्राण्डको आधिकारीक विक्रेता मिनिसोको ७ औँ शाखाको शनिबार चितवनमा उद्घाटन गरिएको छ । चितवन शाखाको पुर्व मिस नेपाल अस्मि श्रेष्ठ, कलाकार सन्दिप क्षेत्री, चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष भेषराज दवाडी लगायतले रिवन काटेर उद्घाटन गरेका हुन् । मिनिसोको जम्मा १० हजार प्रकारका सामानहरु रहेकोमा नेपालमा ४ हजार प्रकारका सामान पाइने मिनिसो नेपालका प्रवन्ध निर्देशक आशाराम तन्दुलकारले बताए । मिनिसोको विश्वका ७० वटा देशमा क्षेत्र विस्तार गरिएको तन्दुलकारले जनाए । डेढ वर्ष अद्यि नेपाल भित्रिएको यस कम्पनिले नेपालीहरुले प्रयोग गर्ने खानाका सामान बाहेकका ७५ प्रतिशत सामान विक्रि गर्ने मिनिसोका चितवन शाखाका प्रवन्ध
More

३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको उद्घाटन

दार्चुला । राष्ट्रिय गौरबको चमेलिया जलविद्युत आयोजनाको आज प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गरेका छन । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको ३० मेगावाटको आयोजनाको प्रधानमन्त्री देउवाले एक विशेष कार्यक्रमका बीच उदघाटन गरेका हुन । बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २ हजार ६३ सालको पुसदेखि निर्माण सुरु भएको आयोजनाले एक महिना अघि नै परीक्षण उत्पादन गरिसकेको छ । निर्माण शुरु भएको एघार बर्षपछि आयोजना निर्माण पुरा भएको हो । साढे ८ अर्ब लागत अनुमान गरिएको आयोजना पुरा हुँदा १६ अर्ब भन्दा बढि खर्च भएको छ । आयोजनाले वार्षिक १८ करोड ४२ लाख युनिट विद्युत उत्पादन गर्ने छ । आयोजनाका अनुसार वार्षिक एक
More

दुखनीदेवीको दुःख

सप्तरी, बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगाल्नुभएको थियो । पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर रु एक लाख ५० हजार ऋण लिई उहाँले छोरालाई मलेसिया पठाउनुभयो । छोरो रोजगारीका लागि मलेसिया उडेपछि कमाउला र आफूलाई पनि बुढेसकालमा आर्थिकरुपमा केही सहज होला भन्ने उहाँको सपना धेरै दिन टिकेन । मलेसियाको केर ग्लोबल फट्युनमा रोजगारीका लागि पुगेको छोरा मनोजकुमार मण्डल २२ दिनपछि बिरामी भएर नेपाल फर्किए । मलेसियामा नौलो परिवेश, समाज र वातावरणमा काम गर्दा उहाँको छोरामा कडा मानसिक समस्या देखाप-यो । सोही कारण कम्पनीले उहाँलाई नेपाल
More

प्रदेश चारका सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने

पोखरा । प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नेछन्। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले
More

तोप पड्काएर उद्घाटन

प्रधानसेनापति राजेन्द्र क्षत्री शनिबार बिहान काठमाडौँको टुँडिखेलमा प्रधानसेनापति तेस्रो खुल्ला म्याराथन प्रतियोगिताको तोप पड्काएर उद्घाटन गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ
More

प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध

हेटौँडा । प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । श्रेष्ठको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का सालिकराम जमरकट्टेल र समर्थक नेकपा (एमाले)का रामेश्वर फुँयाल रहनुभएको थियो । निर्विरोध निर्वाचित सभामुख श्रेष्ठ काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वर निवासी हुनुहुन्छ । यसैबीच अहिले अपराह्न तीन बजे वस्ने प्रदेश नं ३ को संसद् वैठकले निर्वाचनको परिणाम घोषणा गर्ने तयारी भइरहेको प्रदेशसभा संसद् सचिवालयका अधिकृत विनोद पौडेलले
More

सिँचाइ मन्त्रालयका सचिवको शव भेटियो

धादिङ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ । सशस्त्र प्रहरी गोताखोरको टोलीले उहाँको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उहाँका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिनुभयो । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक
More

बागलुङ समाज जापानको अधिबेशन

जापान  | बागलुङबाट जापान आइ बसोबास गरेका बागलुङहरुको साझा संजाल बागलुङ समाज जापानको दोश्रो अधिवेशन यहि फेब्रुवरी महिनाको ११ तारिक टोकियोमा सम्पन्न हुने भएको छ। टोकियोको शिन ओकुवो स्थित सोलमारी मुरा हलमा दिउसो २:०० बजेदेखी अधिवेसन शुरु गरिने समाजका महासचिव कृष्ण सुबेदीले जानकारी दिनु भयो । अहिले आवस्यक कामको सम्पूर्ण तैयारी भैसकेको र हिजै देखि साधारण सदस्यता समेत खुलाइएको कुरा समाजका कोषाध्क्ष्य सिद्दार्थ श्रेष्ठले दिब्यदृष्टिलाइ बताउनु भयो | समाजले छोटो समयमै निकै राम्रा कामहरु गरेको कारणले अहिले समाजमा आउन चाहने धेरै रहेको उहाँको बुझाई छ |
More

डाँफेलाई सहारा अस्ट्रेलियाको उपाधि

अस्ट्रेलियामा सञ्चालित सहारा अस्ट्रेलिया लिग फुटबलको उपाधि डाँफे फुटबल क्लबले हात पारेको छ। सहारा क्लब अस्ट्रेलियाको आयोजनामा सञ्चालित लिगको फाइनलमा सगरमाथा क्लबलाई ३ -१ गोलले हराउँदै डाँफेले उपाधि जितेको हो। नेपालको पोखरालाई केन्द्र बनाएर समाजिक तथा खेल क्षेत्रमा लागि परेको सहारालाई प्रवासमा बिस्तार गर्ने योजना बमोजिम राजमान थकालीले सहारा अस्ट्रेलिया स्थापना गरेका हुन्। यो वर्षदेखि प्रारम्भ भएको सहारा अस्ट्रेलियाको पहिलो संस्करण जितेको डाँफेले सिड्नीको व्यवसायीक फुटबलमासमेत सहभागिता जनाएको छ। ‘यो उपाधिले हामीलाई उत्साह थप्नुका साथै आगामी दिनमा यहाँको फुटबलमा अझ बढी लाग्ने प्रेरणा मिलेको छ,’ प्रशिक्षक जगदिश खडकाले भने। निकै प्रतिस्पर्धात्मक फाइनलमा एफसी डाँफेले प्रतिद्धन्द्धीमाथि दबाब सृजना गर्दै सगरमाथालाई पराजय
More

‘एनटी नेप्लिज गट ट्यालेन्ट २०१८’ को उपाधी कृष्णालाई

डार्बिन । सन् २००५ देखि बेलायतबाट सुरु भएको ‘गट ट्यालेन्ट’ ब्रान्डको टेलिभिजन रियालिटी शो’ले संसारभरका ६० भन्दा धेरै देशहरुबाट धेरै प्रतिभा खोजिसकेको छ । अझै पनि धेरै देशहरुमा टेलिभिजन दर्सकमाझ यो ब्रान्डको शो लोकप्रिय छ । यस्तै नामकरण दिएएको ‘एनटी नेप्लिज गट ट्यालेन्ट२०१८’ को फाइनल राउण्ड गैरआवासीय नेपाली संघ नोर्दन टेरिटोरीको आयोजनमा अस्ट्रेलियाको टपइन्ड सहर डार्बिनमा भव्यताका साथ सम्पन्न भएको छ । जसमा कृषा पौडेलले आफ्ना पाँच जना फाइनलिस्टलाई पछि पर्दै नृत्य विधाबाट पहिलो भइन् । त्यस्तै गायनबाट दोश्रो सिद्धार्थ गुरुङ भए भने तेस्रो स्थान आशिका उप्रेतीले हात पारिन् । प्रथम हुने कृषा पौडेलले तीन रातको बाली होलिडे प्याकेज हात
More

दोस्रो स्मृती दिवसमा सुशील कोइरालाको सम्झना

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए। कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह तथा अर्जुन नरसिंह केसिसहितका नेताहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले कोइरालाले देखाएको मार्गमा कांग्रेस हिंड्नुपर्नेमा जोड दिए। कार्यक्रमको नेता अर्जुन नरसिंह केसिले आाफ्नो चरित्र विकास र चिन्तन विकास गर्ने हो भने अर्को चुनावमा कांग्रेस ठूलो पार्टी बन्ने बताए। उनले वाम गठबन्धनलाई तासको घरको संज्ञा दिए। केसीले वाम गठबन्धन लिभिङ टुगेदरमा बसेको पार्टी भएको बताउँदै बिहे भएको ९ महिनादेखि १० महिनामा आफैं छुट्टिने टप्पणी गरे। अर्का नेता प्रकाशमान
More