Daily Archives 11th February 2018

एनआरएन नर्दन आयरल्याण्ड राज्य परिषदमा लीला

धर्मराज अधिकारी । बेलफास्ट । गैर आवासीय नेपाली संघ युकेले नर्दन आयरल्यण्डामा राज्य समन्वय परिषद् गठन गरेको छ । एनआरएनए युकेलाई हरेक नेपाली माझ पुर्‍याउने उदेश्य अनुरुप पहिलो पटक नर्दन आयरल्याण्डमा राज्य परिषद् गठन गरिएको हो । गैर आवासीय नेपाली संघ युकेको आयोजना तथा नेप्लिज कम्युनीटि नर्दन आयरल्याण्डको संयोजनमा आइतबार बेलफास्टमा सम्पन्न एक भेलाले स्थानीय सामाजिक अगुवा लीलाराम निउरेको अध्यक्षतामा सर्वसम्मत राज्य समन्वय परिषद् गठन गरेको हो । निउरे नेप्लिज कम्युनीटि नर्दन आयरल्यणडका अध्यक्ष समेत हुन । कार्यसमितिको उपाध्यक्षमा नारायण कुंबर, सचिवमा अब्जन आचार्य सहसचिवमा हुकुम केसी, कोषाध्यक्षमा गोमा खड्का, सहकोषाध्यक्षमा सुमित्रा कंडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भुमिश्वर
More

एनआरएनए युगान्डाले गर्यो अफ्रिकामा रक्तदान

कम्पाला ,युगान्डा । गैरआवासीय नेपाली संघ युगान्डाले युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । बिश्वब्यापी रक्तदान कार्यक्रम अभियान चलाउदै हिडिरहनु भएका अमेरिकाका एनआरएन रक्तदाता अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी हुनु भएको यस कार्यक्रममा उहाले १६१ औ पटक रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै मैनालीले नेपालिहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जिबनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानबिय कार्यको लागि आभार ब्यक्त गर्नु भएको थियो
More

अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी

अष्ट्रेलिया — नेपालको पर्यटन प्रबर्द्धन र नेपाली कला संस्कृतिको पहिचान दिलाउने उद्देश्यका साथ पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको आयोजना हुने भएको छ । आयोजकले महोत्सवको तयारी सुरु गरिसकिएको जनाएको छ । प्रवासी नेपालीहरुको संगठन एनआरएनले आयोजना गर्न लागेको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, झाँकीहरुका साथै नेपालको पर्यटन प्रबर्द्धनका लागि बिभिन्न स्टलहरु समेत राखिने महोत्सव संयोजक दीपक शर्माले जानकारी दिए । एनआरएन पश्चिम अष्ट्रेलियाले यही मार्चको ३१ तारिखमा पर्थको एलिजाबेथ क्युमा आयोजना हुने कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै नेपाली समुदायहरु, एनआरएन नेता तथा प्रतिनिधिहरु, दुतावासका अधिकारीहरु र पश्चिम अष्ट्रेलियास्थित उच्च राजनैतिक नेतृत्वहरुको उपस्थिती रहने शर्माको भनाई छ । ‘हामीले प्रत्येक दुईबर्षमा आयोजना गर्ने
More

पर्वतको स्कूलका लागि अस्ट्रेलियामा १० लाख जुट्यो

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको पहिलो पुस्ताका डा. नारायण प्रधान पछिल्लो पुस्ताको निम्तो स्वीकार्दै जनवरी महिनाको अन्तिम आइतबार आयोजित एक परोपकारी उद्देश्यको रात्रिभोजमा समयमै श्रीमतीसहित आइपुगे । उनी आफ्नालागि तोकिएको ‘गोसाइँकुन्ड’मा कार्यक्रमभर हलचल नगरी बसे । भोजमा मात्रै सीमित थिएन यो कार्यक्रम । प्रसंग नेपालको प्रदेश नम्बर चारको पर्वत जिल्लामा भएको एउटा प्राथमिक बिद्यालयलाई सघाउन रकम संकलनको थियो । अस्ट्रेलियामा क्रियाशील पछिल्लो पुस्ताका युवाहरुको संस्था ‘भोइस फर मोटिभेसन’ले आयोजना गरेको यो कार्यक्रमको संयोजन निकै महत्वको थियो । नेपालका केहि जिल्ला र शहरहरुको नाममा टेबलहरु सजाइएका थिए । सहभागीहरुलाई आफ्नै देशको कुनै कुनामा पुगेको महसुस गराउन र गैरनेपालीलाई नेपाल पुगेको कल्पना
More

एनआरएन नर्दन आयरल्याण्डको अध्यक्षमा निउरे

बेलफास्ट (नर्दन आयरल्याण्ड) नर्दन आयरल्याण्डमा गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा लिलाराम निउरे अध्यक्षतमा सर्वसम्मत चयन भए । नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण कुँवर, सचिवमा अब्जन आचार्य, सहसचिवमा हुकुम केसी, कोषाध्यक्षमा गोमा खड्का र सहकोषाध्यक्षमा सुमित्रा कँडेल चयन भएका छन् । सदस्यहरुमा लक्ष्मण चिमौरिया, भूमिश्वर सापकोटा, सविन पाण्डे, लक्ष्मण निउरे, बलराम कँडेल, तेज रेग्मी र निर्जल अधिकारी चयन भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) संयुक्त अधियारज्य, राज्य समन्वय समितिको परिमार्जित विधानको दफा २८ बमोजिम सबै पदहरुमा एकमात्र उम्मेदवारी परेकाले सबैलाई निर्विरोध निर्वाचित गरिएको हो । एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यतामा बेलफास्टमा आइतबार भएको भेलाले एनआरएनए गठन गरेको हो
More

शर्मा नेपाल पत्रकार महासंघको अन्तराष्ट्रिय समितिमा

लण्डन । पत्रकार चिरन शर्मा नेपाल पत्रकार महासंघको केन्द्रिय समिति अन्तरर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको सदस्यमा मनोनयन भएका छन् । शर्मालाई नेपाल पत्रकार महासंघको काभ्रेको धुलिखेलमा सम्पन्न वैठकले सो समितिमा मनोनयन गरेको हो । नेपाल पत्रकार महासंघ वेलायत शाखाको निवर्तमान अध्यक्ष समेत रहेका शर्माले नागरिक दैनिकसंग आबद्ध छन् । यस्तै नेपाल पत्रकार महासंघ वेलायतका अध्यक्ष नरेश खपांगीलाई समेत सोही समितिमा मनोनयन गरिएको छ । महासंघका अध्यक्ष गाविन्द आचार्यको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा महासचिव रमेश विष्ट रहेका छन् । समितिका सदस्यहरुमा अनिता विन्दु, श्वेता सिन्हा, टीकाराम प्रधान, राधेश्याम दाहाल, हेमन्त काफ्ले, भूषण घिमिरे, धर्मेन्द्र कर्ण, राजकुमार दिक्पाल, संजय घिमिरे, दिवाकर बागचन्द,
More

नागा बाबाबाट हुने अश्लिलता रोक्न माग गर्दै रिट

काठमाडौं । सर्वोच्च अदालतमा शिवरात्रि पर्वका अवसरमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आज मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा सो माग गरिएको हो । रिट निवेदनमा भनिएको छ, “शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरेर नेपालमा नागा बाबा ल्याएर अश्लिलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ ।” निवेदनमा नेपालको रुढीवादी परम्परालाई मान्यता दिँदै सन्तान नभएका महिलाहरुलाई शिव लिङ्गमा ढोग्दा सन्तान हुने जस्ता कुरीतिलाई
More

प्रतिनिधिसभा बनेपछि काँग्रेसले सरकार छाड्छ : नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाले पूर्णता पाउना साथ काँग्रेस सरकारबाट हट्ने बताउनुभएको छ । तनहुँको दमौलीमा बन्ने अत्याधुनिक सुविधासम्पन्न सभाहलको आइतबार शिलान्यास गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “काँग्रेस सत्तामा बस्न नचाहे पनि देशलाई सरकारविहीन बनाएर छाड्न नमिल्ने भएकाले सरकारमा बसिरहन बाध्य भएको हो ।” अब काँग्रेसले शसक्तरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सिंहदरबारको अधिकार स्थानीय तहबाटै स्थापित गराएरै छाड्ने उहाँको दाबी छ । व्यावसायिक कृषि, पर्यटन र ऊर्जाको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै उहाँले धार्मिक एवं पर्यटकीयस्थल व्यास पराशर, तनहुँसुर र चुँदी रम्घाको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको
More

सरकारले निर्माण व्यवसायीलाई ४४ अर्ब रकम तिर्न बाँकी

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले यहाँ आज पत्रकार सम्मेलन गरी आगामी १५ दिनभित्र बाँकी रकम भुक्तानी नपाएमा रु २०० अर्ब बराबरको नेपाल सरकारका राष्ट्रिय गौरवका आयोजनालगायत अन्य विभिन्न निर्माण कार्य बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले सरकारअन्तर्गत सडक डिभिजनलगायत निर्माण कार्य गराउने कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिनुभयो । महासंघका महासचि रामशरण देउजाले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब घटाउनुपर्ने वा ऐन कानूनमा उल्लेख भएअनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएअनुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँले निर्माण व्यवसायीलाई भारतलगायत अन्य
More

एमालेबाट समानुपातिकमा को–को परे ? (नामावलीसहित)

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराही पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुमा मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष), विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष), मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष), मोतीलाल दुगड (मधेशी÷पुरुष), थममाया थापा (आदिवासी जनजाति÷महिला) रहनुभएको छ । त्यसैगरी, डा शिवमाया तुम्बाहाम्फे (आदिवासी जनजाति÷महिला), सुजिता शाक्य (आदिवासी
More

राजधानी र भाषाको विवादमा फस्दै प्रदेश नं २

जनकपुरधाम । प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो । राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा जिल्लामा भाषिक चर्चा परिचर्चा र विरोधका कार्यक्रम दिनप्रतिदिन भइरहेको छ । र।ाष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार प्रदेश नं २ को आठ जिल्लामा मैथिली भाषी ४५.३० प्रतिशत, भोजपुरी भाषी १८.५८ प्रतिशत र हिन्दी भाषी ०.१२ प्रतिशत रहेका छन् । विवाद चुलिनुका कारणमध्ये कतिपय प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने बेलामा
More

पर्सा प्रहरी

वीरगञ्जको लिंकरोडस्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा आइतबार बरामद गरेको नगद तथा जिन्सी सामग्री सार्वजनिक गर्दै पर्सा प्रहरी । हुन्डीको अवैध कारोवारमा संलग्न भएको अभियोगमा प्रहरीले चारजना अभियुक्तसहित ५५ लाख ६४ हजार रुपैयाँ बरामद गरेको छ । तस्बिर : विजयकुमार महतो
More

पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बेलायतबाट दुई पत्रकार

काठमाडौं । नेपाल पत्रकार महासंघले गठन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बेलायतबाट दुईजना पत्रकारलाई समावेश गरिएको छ । पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी र पूर्वअध्यक्ष चिरन शर्मालाई समितिको सदस्यमा मनोनय गरिएको हो । समितिको संयोजकमा सभापति गोविन्द आचार्य, सहसंयोजकमा महासचिव रमेश विष्ट रहेका छन् । सदस्यहरुमा अनिता विन्दु, श्वेता सिन्हा, टीकाराम प्रधान, राधेश्याम दाहाल, हेमन्त काफ्ले, भुषण घिमिरे , धर्मेन्द्र कर्ण, राजकुमार दिक्पाल, सञ्जय घिमिरे, दिवाकर बागचन्द, आङछिरिङ शेर्पा, पवन वर्षा शाह, सरिता ढकाल, शान्ता बस्नेत, गणेश बन्जाडे, दामोदर नेपाल, चेतनाथ आचार्य, भूपराज बस्याल, लोकेन्द्र शाह, खेम कार्की र भोला आचार्य रहेका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख
More

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सम्पन्न भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले आयोगले स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा आयोग परिवारलाई धन्यवाद दिनुभयो । निर्वाचन मत परिणामको प्रतिवेदनमा विजयी उम्मेदवारको नाम, दलगत र निर्वाचित समावेशिताको अवस्थालगायत विवरण समेटिएको छ । कार्यक्रममा डा यादवले आयोगले राष्ट्रपतिको मार्गनिर्देशनअनुसार
More

ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिनुभयो । सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “सहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले
More

ग्लोवल पोलिसी फोरमले नेपालको गुणात्मक शिक्षामा सहयोग गर्ने

लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्ने भएको छ । फोरमले आगामी साता (२३ -२४ फेब्रुअरीमा) काठमाडौंमा हुने नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्वानहरु बोलाइ उनीहरुका देशको अनुभवबाटनेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तरक्रिया गर्ने भएको छ । नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्चशिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरतप्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत
More

सरकारद्वारा तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् । बस्नेत कांग्रेसको झापा जिल्ला पूर्व सभापति हुन्र भने पौडेल कांग्रेसकै पार्टी कार्यालय मुख्य सचिव हुन् । सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको ५९ जना हो । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८र८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने व्यवस्था छ ।
More

बिहेकै अघिल्लो दिन बेहुला बेपत्ता

विवाह गर्न ठिक्क परेका बेहुला विहेको अघिल्लो दिन नै हराएका छन् । माघ २२ गतेका दिन विवाह गर्ने निधो भएका गैंडाकोट वडा नम्बर १४ निवासी बेहुला बालकृष्ण खरेल माघ २१ गते राति १ बजेबाट बेपत्ता भएका हुन् । बेहुला बेपत्ता भएको ५ दिनपछि स्थानीयले बेहुला खोजी गरिदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आफुले विहे गर्ने बेहुला हराए पछि बेहुली पनि विचल्लीमा परेकी छन् । घर नजिकैकी युवतीसँग विवाह गर्ने टुंगो लगाएर सबै तयारी गरेका बालकृष्ण आइतबार राति १ बजे घरबाट एकाएक बेपत्ता भएपछि उनी अहिलेसम्म बेखबर छन् । दुलाह र दुलहीपक्षका घरमा विवाहको सबै तयारी
More

आगलागीबाट तीन बालिकाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरी एक घरमा आगो लाग्दा तीन बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो सवा तीन बजे वीरबहादुर मोक्तानको घरमा लागेको आगोमा परेर तीन बालिकाको मृत्यु भएको हो।मृत्य हुनेमा ६ वर्षिय बालिका अस्मिता मोक्तान, ७ वर्षिय बालिका रिपोला मोक्तान र ३ वर्षिय बालिका मंगली माया मोक्तान रहेका छन्। अस्मिता धन बहादुरको छोरी हुन् भने रिपोला र मंगलीमाया बीर बहादुरका छोरी हुन्। यी दुबै दाजुभाइको घर जोडेर बनाइएको थियो।घरमा बुबाआमा नभएको समयमा बालिकाले घरमा भएको पोष्टर बालेका थिए । पोष्टर बाल्ने क्रममा बीरबहादुरको घर सल्कन पुगेको थियो । घर भित्रै रहेका यी बालिका गाउँले आउनुपूर्व जल्न पुगेका थिए। घरमा आगो
More

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मोरङ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। पथरीशनिश्चरे-९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन। –रासस
More