Daily Archives 13th February 2018

बर्मामा नेपाली गायक गायिका दर्शक नचाउँदै

बैंकक। ‘कर्म भए बर्मा गइन्छ’ भनेझैं बर्मा पुगेर नेपालका प्रख्यात गायक अान्नद कार्की र गायिका इन्दिरा जाेशीले यहाका दर्शकलाइ नचायका छन्। गायक कार्की र जाेशीले महाशिवरात्रिकाे अघिल्लाे रातमा धुम मच्चाएका हुन्। कार्कीले नेपाली र हिन्दी गीत गाएका थिए। कार्कीले वनमा फूल्याे फूल, यी हल्लाहरु हुन् र नेपालस माया जस्ता गीत गाएका थिए। बर्माकाे प्रख्यात संखाइ शिव धाममा शिवरात्रिकाे अघिल्लाे रात नेपाली गायक गायिककाले दर्शक नचायका हुन्। जाेशीले उध्रेकाे चाेली , मत त मर्छु कि क्या हाे ठूली, चाैवन्धी चाेली अनि राताे घाँघर जस्ता गीत गएका थिए। शिवधाममा नेपाली गीत सुन्न बर्मा, थाइल्याण्ड र भारतीय दर्शक उपस्थित थिय। शिवरात्री मेलामा नेपाली
More

एनआरएनएको समाचार संयोजकमा चिरन शर्मा मनोनित, इलाइब्रेरी स्थापना गरिने

लन्डन । गैरआवासीय नेपाली संघको न्युज कोर्डिनेटर (समाचार संयोजक) मा लण्डनस्थित नागरिक दैनिकका संवादाता चिरन शर्मा मनोनित भएका छन् । संघको मेडिया तथा पब्लिकेशन समितिको शनिवार सम्पन्न बैठकले शर्मालाई समाचार संयोजकको जिम्मेवारी दिएको हो । संघका प्रवक्ता भुषण घिमिरेद्धारा जारी विज्ञप्ति अनुसार एनआरएनएको सहयोगमा काठमाण्डौंस्थित पत्रकार महासंघको केन्द्रिय कार्यालयमा इलाइब्रेरी स्थापना गरिने भएको छ । विद्युतीय माध्यम कन्फ्रेन्स कलमार्फत् भएको बैठकमा करिब १ दर्जन भन्दा बढी देशबाट सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा संघका प्रवक्ता तथा समितिका संयोजक भूषण घिमिरेको सभापतित्वमा सम्पन्न बैठकले गैरआवासीय नेपाली संघको अभियान र नेपाली सञ्चारसँगको सम्बन्धका विभिन्न आयाममा छलफल गरेको थियो । बैठकमा गैरआवासीय
More

झापा गोल्डकप विजेतालाई १२ लाख रुपैयाँ

विर्तामोड । झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुन १९ गतेदेखि हुने भएको छ । झापा–११ फुटबल क्लबको आयोजनामा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । मूल आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता टोलीलाई यो वर्ष १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ पुरस्कार दिइने जानकारी गराएको हो । अघिल्लो वर्ष विजेता टिमले सात लाख रुपैयाँ पुरस्कार पाएको थियो । प्रतियोगितामा एउटा विदेशी टिमसहित १० टिम सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए । प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, थ्रीस्टार, आयोजक झापा–११, हिमालयन शेर्पा क्लब, सुदूरपश्चिम–११, रुपन्देही–११,
More

निगमका थप दुई विमान काठमाडौंमा

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ । चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२’ विमान आज त्रिुभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हँुदै दिउँसो काठमाडाँै आइपुगेको निगमका प्रवक्ता रिवन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले छवटा जहाज थपेको हो । तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए । छ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन् भने बाँकी चिनियाँ एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको प्रवक्ता श्रेष्ठले
More

राजपाले समानुपातिक सूची सच्यायो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । सूचीअनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । राजपाले सोमबार रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारीदेवी खङ्गको नाम आयोगमा पठाएको थियो । आयोगले सोमबार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समावेशी समूहको प्राथमिकता क्रमलगायत आधारमा उम्मेदवार छनोट नभएकाले फागुन २ गते साँझ ५ बजेभित्र नामावली सच्याएर पेश गर्न पत्राचार गर्ने निर्णय गरेको थियो ।
More

कलश -याली

तनहुँको दमौली स्थित पराशर आश्रम संरक्षण समितिले मंगलवारदेखि आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७४ को अवसरमा आयोजित कलश सहित र्यालीमा सहभागिहरु । तस्वीर : सानेबहादुर नेपाली
More

पार्टी एकताको विषय भोलिसम्ममा टुङ्गिन्छ : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताउनुभएको हो । पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आउनुभएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताउनुभयो । देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उहाँले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको
More

फागुन १० गतेभित्र नयाँ सरकार गठन हुने

बनेपा । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा आज बनेपामा आयोजना गरेको ‘वामपन्थी एकता आवश्यकता र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “निर्वाचन आयोगको ढिलाइका कारण सरकार गठन छिटो हुन नसकेको हो ।” नेता पौडेलले नयाँ समाजवादी क्रन्तिको कार्यनीतिका आधारमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको जानकारी दिदैं स्वदेशी तथा विदेशी शक्ति केन्द्रलाई पार्टी एकताको चुनौती भएको बताउनुभयो । दुवै पार्टीको पृष्ठभूमिका आधारमा नयाँ पार्टी बन्न लागेको जानकारी दिँदै उहाँले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने
More

बीस दिनमा मेलम्ची सुरुङमा ब्रेक थ्रु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७.५ किलोमिटर रहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको
More

गुर्जामा हिमपात

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सोमबार राती परेको हिमपातपछि मंगलबार विहान देखिएको सेताम्मे हिउँ । तस्वीर: कमल खत्री
More